विकासन्युज

सेल्सबेरीले ल्यायो विशेष छुट योजना, ५००० सम्मको खरिदमा आकर्षक उपहारहरु

काठमाडौं । विगत २६ वर्षदेखी पोखराबाट डिपार्टमेन्ट स्टोर व्यवसाय शुरु गरेको सेल्सबेरीले काठमाडौंको चक्रपथ महाराजगन्जमा आफ्नो १०औँ शाखा विस्तार गरेको छ । बिहीबार(आज)देखि शुभारम्भ भएको उक्त शाखामा दैनिक ग्रोसरिज, फ्रोजन तथा आयातित मासुहरु, डेरी प्रोडक्ट, तरकारी तथा फलफुलहरु, सबै ब्राण्डका मदिरा, बियर, वाइन, ट्वालेटरिज्,पर्सनल सौन्दर्यका सामाग्रीहरु सुपथ मूल्यमा पाइने छ । साथै, घरमा चाहिने अत्यावश्यक किचनका गुणस्तरिय सामानहरु सस्तोमा पाइने सेल्सबेरी डिपार्टमेन्ट स्टोरका संस्थापक सुशील प्रधानाङ्गले बताए । यसको उपलक्ष्यमा सेल्सबेरीले विशेष छुट योजना समेत ल्याएको छ । यो छुट योजना अन्तर्गत ग्राहकहरुले १००० देखी ५००० रुपैयाँको खरिदमा आकर्षक उपहारहरु पाउनेछन् । त्यसैगरी, १० हजार रुपैयाँको खरिदमा ३ लिटरको प्रेसर कुकर नि:शुल्क पाउनेछन् । साथै, बम्पर उपहारमा ग्राहकले भेष्पा स्कुटर पनि जित्न सक्नेछन् । यस स्टोरमा ताजा तरकारी तथा फलफुल लगायत घरमा चाहिने अत्यावश्यक सबै प्रकारका सामानहरु विशेष छुटमा उपलब्ध हुनेछन् । पार्किङको लागी पर्याप्त ठाउँको व्यवस्था, बच्चाहरुको लागी प्ले जोन र रेस्टुरेन्ट सुबिधा भएको यो स्टोर अपांगमैत्री रहेको बताइएको छ । सेल्सबेरी डिपार्टमेन्ट स्टोरको हाल पोखरामा ३ वटा, काठमाडौं र ललितपुरमा ६ वटा तथा धरानमा १ शाखा सञ्चालनमा रहेको सेलवेज तथा सेल्सबेरीका संस्थापक प्रधानाङ्गले जानकारी दिए ।

पटकपटक मुल नहर भत्किन थालेपछि सिक्टा सिंचाईको गुणस्तर छानविन गर्न माग

काठमाडौं। परिक्षणका क्रममा पटकपटक मुल नहर भत्किन थालेपछि गरिएको छ । परिक्षणका क्रममा दोस्रो पटक यही साउन ७ गते ढकेरी नजिकै नहर भत्किएपछि गुणस्तर छानविन गर्न माग गरिएको हो । पटक पटक नहर भत्किन थालेपछि राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिंचाई आयोजनाको गुणस्तरमाथि प्रश्न उठाउँदै केन्द्र र प्रदेश सरकारसँग छानविन गर्न माग गरेको छ । परिक्षणका क्रममा पहिलो पटक २०७३ असार १४ गते सोही स्थानमा नहर भत्किएको थियो । गाउँपालिका अध्यक्ष लाहुराम थारुले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्षसहित गाउँ कार्यपालिकाको बैंठकले नै गुणस्तर छानविन गर्नुपर्ने निर्णय गरेको जानकारी दिनुभयो । वडा नं.२ का वडाध्यक्ष मदन ओलीले सिक्टा सिचाई आयोजनाको गुणस्तरका कारण गाउँबस्तीमा जोखिम निम्त्याएकाले केन्द्र र प्रदेश सरकारले गुणस्तर जाँच गरी ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । सरकारले विशेष प्राथमिकतामा राखेको आयोजनाले बाँकेको कृषि क्षेत्रलाई कायापलट गर्ने अपेक्षा राखिएको छ । तर, परिक्षणकै क्रममा पटक–पटक आयोजनाको मुल नहर भत्किन थालेपछि कामको गुणस्तरबारे चौतर्फी रुपमा प्रश्न उठिरहेको छ । रासस

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । नवनियुक्त श्रेष्ठ २३ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । श्रेष्ठको नेतृत्वमा करिब ३ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले १ अर्बभन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता

काठमाडौं। कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष ०७५÷७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताउनुभयो । यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ । प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्काे अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु दुई हजार भाडा समेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं ४ का वडाध्यक्ष धनबहादुर राईले जानकारी दिनुभयो । स्वास्थ्य चौकीले प्रदान गर्ने रु एक हजार ८००को हकमा भने नियमित जाँच गराएको हुनुपर्ने स्वास्थ्य चौकीका प्रमुख कामेश्वर अधिकारीले बताउनुभयो । उक्त स्वास्थ्य चौकीले २४ सै घण्टा प्रसूति सेवा दिइरहेको छ । रासस

चावहिल-जोरपाटी-साँखु सडकमा माधव नेपाल र रघुबिर महासेठका २ घण्टा: १५ दिनमा हिलो र धुलो मुक्त बन्ने

काठमाडौं । बिहिबार बिहान ८ः३० बजेतिर पाँच सात वटा गाडीको लस्कर चावहिलबाट जोरपाटी तर्फ हुईकिन्छ । प्रहरीको साइरनसहित अघि बढेको टोली हायत भाटभटेनी नजिकै पुगेर रोकिन्छ, गाडीबाट ओर्लन्छन पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल । उनको साथमै हुन्छन सोही क्षेत्रका प्रतिनिधी सभाका सदस्य कृष्ण राई, प्रदेश सभाका सदस्य रामेश्वर फुयाल र मणिराम फुयाँल, गोकर्णेश्वर नगरका मेयर सन्तोष चालिसे, शंखरापुर नगरका मेयर सुवर्ण श्रेष्ठ, कागेश्वर मनहराका मेयर कृष्णहरी थापा । साथमा थिए भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ र सडक विभागका महानिर्देशक रबिन्द्र श्रेष्ठ पनि । पुर्व प्रधानमन्त्री नेपाल र मन्त्री महासेठको टोलीले भाटभटेनी आसपास, वौद्ध र हायत होटल जोड्ने मोड, लामा पेट्रोलपम्प हुँदै थलीको मोडसम्म पुगेर करिब एक दर्जन ठाउँमा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा भौतिक पुर्वाधार मन्त्री महासेठले ठेकेदार सुकुन्तलाल हिराचनलाई सोधेः खाल्डा खुल्डी, धुलो र हिलो मुक्त कहिले हुन्छ ? हिराचनले प्रतिवद्धता जनाए–अर्काे पटक आउँदा खाल्डा खुल्डी, धुलो, हिलो र डुबानको समस्या रहन्न । त्यतिकैमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले भनेः अर्काे १५ दिनपछि म फेरी अनुगमनमा आउँछु नी । हिराचनले तुरुन्तै जवाफ दिए–१५ दिनपछि आउँदा ती काम भैसक्नेछन् । नेकपाका बरिष्ठ नेता नेपाल, मन्त्री महासेठ, सांसदहरु, नगरपालिकाका मेयरहरु, सडक विभागका महानिर्देशक श्रेष्ठ, आयोजना प्रमुख लगायतको टोलीले करिब २ घण्टा चावहिल जोरपाटी साँखु सडकको स्थलगत निरिक्षण गरेको थियो ।

एनआईसी एशिया बैंककोे पोखरामा शाखारहित बैंकिङ्ग सेवा

  काठमाडौं । एनआईसी एशिया बैंकले गुल्मीको गुल्मीदरबार गाउँपालिकाको ठूलो पोखरामा १७ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिराबहादुर खत्रीको उपस्थितिमा सम्पन्न भयो । शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले खुमलाल अर्याललाई नियुक्त गरेको बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने छन् । बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, टेलिफोन, मोबाईल, एडिएसएल, डिस होमको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमा भित्र रहि कर्जा कारोबार, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । एनआईसी एसियाको मुलुकभर २३६ शाखा कार्यालयहरु, २२९ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा छ । बैंकको वासलातको आकार १ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कर्जा लगानी १ खर्ब २० अर्ब र निक्षेप संकलन १ खर्ब ४९ अर्ब रुपैयाँ छ । बैंकमा ग्राहकहरुको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

जनकपुर–जयनगर रेल सञ्चालनको परीक्षण

महेन्द्रनगर, धनुषा । जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो । भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेको नेपाल रेल्वेका अभियन्ता विनोद ओझाले बताए। जयनगरबाट खजुरीसम्म इन्जिनसहित ५३ वटा बोगी गिट्टी (ब्लास्ट) बोकेर खजुरी स्टेशनसम्म पुगेको थियो । उक्त रेलले आवश्यक स्थानमा ब्लास्ट ओछ्याउने काम गर्नुका साथै सहज रूपमा आवत–जावत गरेको छ । सफल परीक्षणपछि रेल सञ्चालनमा अब द्विविधा नहुने उनले बताए। रेल हेर्न त्यस क्षेत्रका स्थानीयवासीको ठूलो संख्यामा भीड लागेको थियो । दुई मुलुक जोड्ने दक्षिण एसियाकै पहिलो रेल्वेको स्टेशनमा हेर्ने आउनेको भीड जम्मा भएको थियो । भारतको ७ अर्ब रुपैयाँको सहयोगमा जनकपुर हुँदै जयनगर–कुर्था ब्रोडगेज रेलसेवा निर्माण अन्तिम चरणमा पुगेको हो । रासस

ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पतालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पताल एन्ड रिर्सच सेन्टरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । सेवा दिने सम्बन्धि सम्भौतापत्रमा दिर्घायु गुरुका प्रबन्ध निर्देशक सुरजबला श्रेष्ठ र ग्लोबल आईएमईका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । ग्लोबलले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको जनाएको छ ।दिर्घायु गुरु अस्पताल चावेलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १२ प्रतिशत सम्म छुट पाउने छन् । ग्लोबल आइएमईको १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि र  कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।