विकासन्युज

सेञ्चुरी बैंकका ग्राहकले नेपाल क्यान्सर हस्पिटलमा १० प्रतिशत छुट पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् विभिन्न सेवा सुविधामा सो मात्राको छुट दिइने सम्बन्धि सेञ्चुरी बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

आइमार्स् माेवाइल फोन नेपाली बजारमा आउदै, ब्राण्ड एम्बेस्डरमा अनमोल केसी नियुत्त

काठमाडौं । ओपल मल्टिनेशनल प्राइभेट लिमिटेडको आधिकारिक बितरकले बजारमा आउन लागेको आइमार्स् मोबाइल्स्ले  ब्राण्ड एम्बेस्डरको रुपमा लोकप्रिय अभिनेता अनमोल केसी नियुक्त गरेको छ । अब आइमार्स नेपालका नयाँ रेन्जका स्मार्ट फोन तथा बार फोनहरु छिट्टै नेपाली बजारमा आउने भएका छन् । आइमार्स् अन्तर्गत वृहत प्रोडक्टहरुको रेन्ज भएता पनि प्रारम्भिक चरणमा कम्पनीले विभिन्न फिचर फोन तथा स्मार्ट फोनका ६ वटा मोडल मात्र लन्च गर्ने भएको छ । यस अन्तर्गत फिचर फोनका २ मोडल तथा स्मार्ट फोनका ४ मोडल रहेका छन् । स्मार्ट फोनका ४ मोडलमध्ये एक  मोडल पनि रहेको छ । नयाँ आकर्षक फोनहरु कम्पनीले आउने केही हप्तामै लन्च गर्ने कम्पनीले जनाएको छ । त्यसको केही समयपछि फेरि दुई नयाँ मोडलहरु लन्च गर्ने योजना बनाएको छ । नेपाली बजारमा आउने आइमासर्् स्मार्ट फोनका हरेक मोडलमा अत्याधुनिक फोर–जी टेक्नोलोज तथा भाल्ट टेक्नोलोजी रहेको छ । ३ वटा मोडलमा सीडीएमए नेटवर्क क्षमता पनि छ । भविष्यमा कम्पनीले आप्mनो अन्य प्रोडक्टहरु जस्तै ल्यापटप, टेलिभिजन, तथाअन्य एक्सेसरिज पनि नेपाली बजारमा ल्याउने योजना बनाएको जानकारी दिएको छ । आइमार्स्ले देशभरका विभिन्न स्थानहरुमा आइमार्स् प्लाजाको स्थापना गरी  विभिन्न प्रोडक्टहरुको रेन्ज प्रदान गर्ने योजना बनाएको छ । आइमार्स् चाइनाले ब्राण्डको नेपालमा बजार व्यवस्थापन तथा सर्भिस प्रत्यक्ष रुपमा हेर्ने भएको छ । नेपालका लागि कन्ट्री म्यानेजरमा सुशील न्यौपानेलाई नियुक्त गरेको छ । आइमार्स् बारे आइमार्स् चाइनाको ‘हेङ् दा ग्रुप’अन्तर्गतको सञ्चार क्षेत्रमा कार्यरत एक कम्पनी हो । सन् २०१८ मा कम्पनीले आप्mनो प्रोडक्टलाई विश्वव्यापी रुपमा लैजाने निर्णय लिई आइमार्स् नाम अन्तर्गत फिचर फोन, स्मार्टफोन, स्मार्ट टेलिभिजन, ल्यापटप तथा अन्य एक्सेसरिजको बिक्रीवितरण गर्न सुरु गरेको हो । ‘हेङ् दा ग्रुप’बारे ‘हेङ् दा ग्रुप’विगत १५ वर्षदेखि विभिन्न अग्रणी मोवाइल ब्राण्ड जस्तै लेनोभो, लाभा, इन्टेक्स्, प्mलाई, बर्ड तथा कोन्का प्रस्तुत गर्दै आइरहेको कम्पनी हो । वृहत रुपमा रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, बिक्रीवितरण तथा अपरेटिङ्गमा संलग्नयोे हाई–टेक कम्पनीआप्mनो मूलनारा “बदलावस्मार्ट जिन्दगीको लागि”मा प्रतिबद्ध रहँदै आएको छ ।

५ वर्षमा ८ हजार किलोमिटर सडक बन्ने, पुर्वपश्चिम राजमार्ग ४ लेनको बनाउन बोलपत्र आब्हान हुदै

विराटनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले आउदो ५ वर्षमा ६ हजार किलोमिटर लामो सडक निर्माण गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प ‘सुखी नेपाली, समृद्ध नेपाल’ पूरा गर्न पूर्वाधारको विकासमा जोड दिइएकाले अबको ५ वर्ष्भित्रमा न्युनतम ६ देखि ८ हजार किलोमिटर सडक निर्माण गर्ने उनले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गरी चार लेनको बनाउन चाँडै बोलपत्र आह्वान गरिने मन्त्री महासेठले जानकारी दिए । निर्माण व्यावसायी संघ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा समाप्त भएकाले अब मुलुकको समृद्धि र विकासमा मात्र सरकार केन्द्रित हुने बताए । भदौपछि सरकारले सोचेअनुसारको काममा लाग्ने उनले दावी गरे । अगामी संसदीय निर्वाचनअघि मेचीदेखि महाकालीसम्म हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्ने अठोटका साथ सरकारले काम गरिरहेको मन्त्री महासेठको भनाई छ । मुस्ताङमा रहेको युरेनियम खानी प्रयोगमा ल्याउन सके ५० देखि ६० वर्षको बजेट त्यसैले धान्ने उनको भनाइ थियो । निर्माण व्यवासायीलाई मुलुकी ऐनबाट होइन, निर्माण करार ऐनबाट कारबाही गरिने र निर्माणका क्रममा कमी कमजोरी रहेको पाइए व्यावसायी मात्र होइन, सम्बन्धित कर्मचारीलाई समेत कारवाही गरिने स्पष्ट पारे।

युवा उद्यमीको प्रश्नः होङसी शिवमको विदेशी लगानी यहि हो ?

प्रबलजंग पाण्डे काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले होङसी शिवम् सिमेन्टले विदेशी लगानी ल्याउने भनेर नेपाली बैंकबाटै ऋण लिएको भन्दै प्रश्न गरेका छन् । नेपाली लगानीमै मुलुक सिमेन्टमा आत्मनिर्भरताको बाटोमा अघि बढिरहेका बेला विदेशी लगानीका नाममा नेपाली बैंकबाटै ऋण लिएर प्रतिफल विदेश जाने अवस्था बनेको भन्दै पाण्डेले प्रश्न गरेका हुन् । नेपाल उद्योग बाणिज्य महासंघका कार्य समिति सदस्य समेत रहेका युवा उद्यमी पाण्डेको पनि सिमेन्ट उद्योगमा लगानी रहेको छ । विदेशी लगानीका नाममा नेपाली बैंकबाट ऋण लिएर नाफा जति विदेश लैजानुको साटो स्वदेशी उद्योगीहरुलाई नै अवसर दिनुपर्ने पनि उनले बताएका छन् । उनले फेसबुकमा लेखेका छन्ः ‘नेपाल को सबै भन्दा ठुलो बिदेशी लगानीमा भर्खरै सन्चालनमा आएको सिमेन्ट उद्योगले सबै लगानी बिदेशबाटै ल्याउछ भनेको त नेपाली बैक हरुबाटै ऋण लिएर प्रतिफल बिदेश जाने रै छ । नेपाली पुंजी नै लगानी हुने हो भने नेपाली नै लगानी कर्ता भएको भए त प्रतिफल बिदेश जाने त थिएन , जबकी नेपाली कै लगानीमा नेपाल सिमेन्टमा आत्मनिर्भर उन्मुख भैरहेको थियो ।’

फिफा उत्कृष्ट खेलाडीको मनोनयनमै परेनन मेस्सी

लण्डन । अर्जेन्टियन स्टार फुटबलर लियोनेल मेस्सी यसपालीको विश्व फुटबल महासंघ (फिफा) विश्व पुरुष खेलाडीको मनोनयनमै पर्न असफल भएका छन् । उनीसँगै ब्राजिलियन स्टार नेइमार पनि उत्कृष्ठ खेलाडीको सूचिमा पर्न असफल भएका हुन । यस बर्ष उत्कृष्ठ खेलाडीको सूचिमा क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको छ। यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए । तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए । फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवाडीका लागि मनोनयनमा परिसकेका छन् । रासस

नेपाली मुद्रा हालसम्मकै कमजोर भई ११४.२४ पैसा पुग्यो, डलर बलियो हुनुको कारण यस्तो छ

काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसंग झनै कमजोर भएर नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार लागि १ डलर बराबर ११४ रुपैयाँ २४ पैसा बिक्री दर तोकेको छ । यो हालसम्मको उच्च दर हो । अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो । भारतीय रिजर्व बैंक (आरबीआई) ले मंगलबारका लागि १ डलर बराबर ७१ रुपैयाँ ३७ पैसा भारु तोकेको छ । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्नेगर्छ र बजार भाउ बढ्छ । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । ५ महिनाको बीचमा नेपाली रुपैयाँ झण्डै ९ रुपैयाँले कमजोर भएको छ । बैंकरले डलर अझै मजवुत हुने अनुमान गरेका छन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीे डलर मंगिएर ११६ रुपैयाँ पुग्ने बताएका छन् । उनले डलर मजवुत भएका कारण विदेशबाट ऋण लिन समस्या भएको जानकारी दिएका छन् । यता नेपाल राष्ट बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुगाना अमेरिकी अर्थतन्त्र मजवुत हुदा नेपाली रुपैयाँ कमजोर भएको बताउछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीतिका कारण अमेरिकी अर्थतन्त्र मजवुत हुदा डलर महंगिएको हो । पछिल्लो समयमा अन्य मुलुकमा भएको लगानी अमेरिकामा फिर्ता हुन थालेपछि डलर संचिती बढेको छ । भारतबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । भारतमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ । डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ । आउदो दशैं महंगो हुने देखिएको छ । डलर बलियो भएपछि अर्जे्न्टिना, इण्डोनेसिया र टर्कीको मुद्रा धेरै कमजोर हुन पुगेको छ । डलर बलियो हुँदाका बेफाइदा डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । यस्तै जलविद्युत आयोजनाको लागत पनि बढ्ने छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।

होङसी शिवमको क्षमता विस्तारमा ५ नेपाली बैंकको १६ अर्ब लगानी, उद्योगले दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने

काठमाडौं । होङसी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको क्षमता विस्तार गर्न ५ नेपाली बैंकले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।एनएमबी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकले ऋण लगानी गर्ने भएका हुन् । अगुवा बैंकको तर्फबाट एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी र होङसी सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयले सोमबार ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उद्योगमा एनएमबीको ६ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्टको ४ अर्ब, प्रभुको ३ अर्ब, एभरेष्टको १ अर्ब २५ करोड र एसबीआईको १ अर्ब रुपैयाँ ऋण लगानी हुने छ । उद्योगले नेपाल राष्ट्र बैंकबाट ९ अर्ब ८२ करोड रुपैयाँ वैदेशिक लगानी ल्याउन स्वीकृति पाएको छ । ७ वर्ष अवधि रहेको कर्जाको सुरक्षण जमानत बैंक अफ चाइना र मिङसेङले दिएका छन् । बैंकले थप लगानी गरेपछि होङसी शिवमको उत्पादन क्षमता दोब्बर बढेर दैनिक १२ हजार टन पुग्ने छ । हाल उद्योगले दैनिक ६ हजार टन अर्थात १ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको छ । गत जेठदेखि उद्योगले सिमेन्ट उत्पादन थालेको हो । काम शुरु गरेको १६ महिनामा उद्योग सञ्चालनमा आएको छ ।  गत वर्षको भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गरेको छ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । उद्योग सञ्चालनका लागि आवश्यक ५० मेगावाट मध्ये १२ मेगावाट आफैले उत्पादन गर्ने छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी छ । कारखानामा नेपालको व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ । सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । चिनियाँ गुणस्तर पीओ ४२.५ र पीओ ५२.५ ग्रेडको “लो अल्काली” ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दैछ । १३ करोड टन उच्च गुणस्तरको आफ्नो चुनढुङा खानी छ । उद्योगले ६ सेट हवल स्वचालित प्याकेजिङ मेशिन र १२ सेट बोरा सिमेन्ट लोडिङ मेशिन जडान गरेको छ । जसको प्याकेजिङ र ढुवानी क्षमता १० हजार टन भएको उद्योगले जनाएको छ ।

होण्डा एक्स् ब्लेड अब नेपाली बजारमा, मूल्य ८ लाख ८५ हजार ९०० रुपैयाँ

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले नयाँ होण्डा एक्स् ब्लेडलाई नेपाली बजारमा सार्वजनिक गरेको छ । भारतीय बजारमा केहि समय अगाडि लन्च भएको यस मोटरसाइलको नेपाली बजारमा पनि माग भएको कारण होण्डाले यस बाइकलाई नेपाली बजारमा लन्च गरेको हो । १६० सिसि अन्तर्गतको मोटरसाइलहरुमा रोबो फेस एईडी हेड ल्याम्प प्रयोग गर्ने होण्डा एक्स् ब्लेड पहिलो मोटरसाइल हो । नेपालको सडकहरुका लागि अति उपयुक्त यस बाइकलाई होण्डाले स्पोर्टी र मस्कुलर लुक दिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यस बाइकमा स्ट्रिट टिच डिजिटल मिटर, लामो र आरमदायी सिट, मोनोसक सस्पेन्सन, डुअल आउटलेट मूफलर, राजोर इजड एलईडी टेल ल्याम्प, फराकिलो टायर, बढी समय टिक्ने सिल चेन जस्ता धेरै विशेषताहरु रहेका छन् । १६० सिसि इञ्जिन रहेको यस होण्डा एक्स् ब्लेडको मूल्य २ लाख ८५ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । जुन, नेपाली बजारमा विभिन्न ५ रङमा उपलब्ध रहेको छ ।