सनराइज बैंकद्धारा वीरायतन नेपाललाई ५ लाख सहयोग
काठमाडौं । सनराइज बैंक लिमिटेडको एघारौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरको गैर सरकारी संस्था वीरायतन नेपाललाई ५ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । बैंकले अनाथ तथा असाहाय बालबालिकाहरुको संरक्षणको निम्ति काम गर्दै आईरहेको ललितपुरको सानेपामा अवस्थित उक्त संस्थालाई सो मात्राको रकम सहयोग गरेको हो । उक्त संस्थामा आश्रीत सम्पूर्ण बालबालिकाको उचित स्याहार–शुसार, पठन–पाठन, खान–पान तथा उनीहरुको समुचित विकाशका निम्ति हुने खर्चका लागि उक्त रकम बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडले हस्तान्तरण गरेका छन् । उक्त समारोहमा बैंकका संचालकहरु ई. बच्छराज तातेड्, ज्योतिकुमार बेगानी, ओम्कृष्ण जोशी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीको उपस्थिति रहेको थियो ।
नारायणी डेभलपमेन्ट बैंकमा नयाँ लगानीकर्ताको प्रवेश, सञ्चालनको तयारी
काठमाडौं । चितवनमा कार्यक्षेत्र रहेको नारायणी डेभलपमेन्ट बैंकले पुनः सञ्चालनको सम्पूर्ण तयारी पूरा गरेको छ । बैंकलाई पुनः सञ्चालनका लागि राष्ट्र बैंकसमक्ष निवेदन दिइएको छ । कारोबार सञ्चालनको लागि स्वीकृतिको प्रतीक्षा गरिरहेको बैंकले जनाएको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दा नारायणीबाट तत्कालिन समयमा प्रवाह भएका कर्जा अत्यन्तै जोखिमयुक्त रहेको, सर्वसाधारण निक्षेपकर्ता, लगानीकर्ताहरुको निक्षेप तथा लगानीको सुरक्षा गर्न बैंक असक्षम रहेको भनी १३ बूँदे निर्देशन जारी गरेको थियो । ती निर्देशनहरुमा पूरै सुधार गरी पुनः सञ्चालनका लागि राष्ट्र बैंकमा निवेदन दिएको बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले अत्यन्तै जोखिम युक्त भनेका ९५ प्रतिशत कर्जा असुलउपर भैसकेको छ । नयाँ लगानीकर्ता प्रवेश भै नयाँ संचालक समिति बनेपछि बैंकमा उल्लेख्यरुपमा सुधार आएको छ । सर्वसाधारण निक्षेपकर्ता तथा लगानीकर्ताको अधिकार तथा हित संरक्षण गर्न बैंक सक्षम अवस्थामा पुगेको छ । राष्ट्र बैंकले सुधारका लागि दिएको समयावधिभित्र आफ्नो पुँजी पु¥याई बैंक संचालनको प्रक्रियामा छ । बैंकले आवश्यक साधारण सभाहरु पनि सम्पन्न गरिसकेको जानकारी दिएको छ । नयाँ संचालक समिति र बैंक ब्यवस्थापनको संयुक्त प्रयासले बैंकको पँुजीकोष अनुपात सीमाभित्र ल्याइ सकिएको र समस्याग्रस्त बित्तीय संस्थाको सुचिवाट फुकुवा गरिदिन राष्ट्र बैंकमा निवेदन समेत पेश गरिसकिएको छ ।
कैलाश विकास बैंकको एकैदिन ३ शाखा सञ्चालनमा, थप २१ वटा खोल्दै
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कंचनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र छिन्चुमा गरी तीन शाखाहरु स्थापना गरी आइतबारदेखि कारोबार शुरु गरेको हो । महेन्द्रनगर शाखाको उद्घाटन प्रदेश नं. ७ का प्रदेश सभासद् लालबहादुर खड्काले गरेका छन् । त्यस्तै, विरेन्द्रनगर शाखाको उद्घाटन विरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुबेदी तथा छिन्चु शाखाको उद्घाटन भेरी गंगानगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्दले छुट्टा छुट्टै गरेका हुन् । यी तीन शाखासहित बैंकको शाखा संख्या ७० पुगेका छन् भने एटीएम संख्या २६ पुगेका छन् । बैंकले छिट्टै बांके जिल्लाको नेपालगंज, दाङ् जिल्लाको तुल्सीपुर, झापा जिल्लाको बिर्तामोड, सुनसरीको धरानतथा अन्य विभिन्न ठाँउहरुमा २१ वटा शाखा संचालन गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।
कैलाश विकास बैंकलाई बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड
काठमाडौं। कैलाश विकास बैंकले यस वर्षको बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जित्न सफल भएको छ । न्यू बिजनेश एज प्राइभेट लिमिटेडको आयोजनमा शुक्रबार सम्पन्न बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८” बाट बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड कैलाशलाई प्रदान गरिएको हो । कैलाशले यस अघि पनि नेपाल राष्ट्र बैंक, पोखरा उधोग बाणिज्य संघ र नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट सम्मान तथा एवार्ड प्राप्त गरेको थियो । अत्याधुनिक प्रविधिको उपयोग गर्दै मोबाएल, एसएमएस, ईन्टरनेट बैंकिङ्ग सेवा, सेयर लगानीकर्ताहरुको लागि डिम्याट, सी–आस्वा, भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले निकट भविष्यमा भिसा कार्डको सुभारम्भ गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
सुजुकीकाे दशै तथा तिहार छुट अफर, जापान घुम्ने अवसर
काठमाडौ। भीजी अटोमोबाइल्सबाट बिक्री बितरण हुदै आएको जापानिज कम्पनीबाट उत्पादित सुजुकीले बाइक तथा स्कूटरमा दशै तथा तिहारलाई लक्षित गरी छुट अफर ल्याएको छ। नेपाल भरको कुनैपनि सुजुकी शोरुमबाट बाइक तथा स्कूटर खरीदमा ८ हजार रुपैयाँ छुट र स्कुटर को खरीदमा १० हजार रुपैयाँ छुट दिने कम्पनीले जनाएको छ । बम्पर उपहारमा बाइक तथा स्कूटर खरीद गर्ने १० जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फ़त बिजयी भइ जापान जान पाउनेछन्। यो योजना भादौं २० गतेबाट कार्तिक ३० गतेसम्म लागू हुनेछ। देशभरीका कुनै पनि सुजुकी शोरुमबाट बाइक तथा स्कूटर सजिलोसंग खरीद गर्न सक्ने छन्। स्कीम अवधीभर सुजुकी बाइक र स्कूटर गरेर ४ हजार २०० बेच्ने लक्ष्य रहेको भीजीका बजार प्रवन्धक नबराज कोइरालाले जानकारी दिए् ।
बुढीगण्डकी फेरी प्रतिष्पर्धा बिनै चाईना गेजुवालाई
काठमाडौं । सरकारले १ हजार २०० मेगावाट क्षमताको बुढीगण्डकी जलासययुक्त आयोजना पुनः चिनियाँ कम्पनी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले आयोजना बनाउन पुनः चाइना गेजुवा ग्रुप लिमिटेडलाई दिने निर्णय गरेको उर्जामन्त्री बर्षमान पुनले बताए । उनले अाइतबार पत्रकार सम्मेलन गरेर यस्ताे जानकारी दिए । उनले आयोजना पुनः चिनियाँ कम्पनीलाई दिनुमा आफ्नो कुनै हात नरहेको समेत स्पष्ट पारेका छन् । यस अघि तत्कालिन पुष्पकमल दाहाल र उर्जामन्त्री जनार्दन शर्माले बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय गरेका थिए । तर शेरबहादुर देउवाले सो निर्णयलाई उल्टाएर नेपाल आफैंले बनाउने घोषणा गरिदिएका थिए । सरकारले प्रतिष्पर्धा बिनै चिनियाँ कम्पनी गेजुवालाई सुम्पिने निर्णय गरेको हो ।
एक हप्ताभित्रै शैक्षिक प्रमाणपत्र धितो राखेर यसरी लिनुस् ऋण
काठमाडौं । एक हप्तापछि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण पाइँदैछ । सरकारले एक हप्ताभित्रै बैंक तथा वित्तिय संस्थाहरुमा शैक्षिक योग्यताको प्रमणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा ७ लाखसम्म ऋण दिन लागेको हो । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यबिधी २०७५, लाई मन्त्रिपरिषद बैठकले भदौ २१ गते पारित गरेको थियो भने अर्थमन्त्रालयले असोज ६ गते सार्वजनिक गरेको थियो । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यबिधी कार्यान्वयनका लागि केहि दिनभित्रै परिपत्र जारी गर्दैछ । ‘सहुलियतपूर्ण ब्याज अनुदानको कर्जा प्रवाहका लागि ३।४ दिनभित्रै बैंक तथा वित्तिय संस्थाहरुलाई कर्जा प्रवाह गर्न परिपत्र जारी गर्दैछौं, परिपत्र जारी भएको भोलीपल्टैबाट ऋण लिने प्रक्रिया आरम्भ हुन्छ’, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले विकासन्युजसँग भने । सरकारले राष्ट्र बैंकमा अनुदान शोध भर्ना खाता खोलेर एक अर्ब रुपैंयाँ जम्मा गर्नेछ । तयार छन् बैंकहरु नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले राष्ट्र बैंकबाट परिपत्र आउने वित्तिकै शैक्षिक प्रमाण पत्र धितो राखे ऋण दिने प्रक्रिया आरम्भ हुने बताए । ‘राष्ट्र बैंकको सर्कुलर आउने वित्तिकै हामी कार्यान्वयनका लागि तयार छौं, स्थानीय तहमा शाखा खोल्ने देखि केन्द्रिय बैंकका हरेक निर्देशन अक्षरस पालना गर्दै आएका छौं, प्रमाणपत्र धितोमा राख्ने लगायतका अन्य सहुलियतपूर्ण कर्जा प्रवाहमा गर्न नविल बैंक तयार छ’, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले विकासन्युजसँग भने । उनले सहुलियतपूर्ण कर्जा सम्बन्धी सरकारको नीति कार्यान्वयनका बिषयमा नेपाल बैंकर्स संघ पनि छलफलमै रहेको जानकारी समेत दिए । सेञ्चुरी कमर्सियले बैंकका प्रमुख कार्यकारी अधिकृत तुल्सिराम गौतमले पनि नेपाल राष्ट्र बैंकको परिपत्र आउने वित्तिकै प्रक्रिया पुरा गरेर आउनेहरुलाई ऋण दिने बताए । ‘राष्ट्र बैंकको परिपत्र आएपछि सहुलियतपूर्र्ण कर्जा प्रवाह आरम्भ हुन्छ, प्रक्रिया पुरा गरेर आउनेहरुलाई प्रमाणपत्र धितोमा राखेर ऋण दिन हामी तयार छौं’, सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमले भने । यस्तो छ प्रमणपत्र धितोमा राखेर ऋण पाउने प्रक्रिया शैक्षिक प्रमणपत्र धितोमा राखे ऋण पाउन कम्तिमा स्नातक तह उतिर्ण गरेको र ४० बर्ष उमेर ननाघेको हुनुपर्नेछ । शैक्षिक प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग विभाग, समिति, शिप विकास तालिम केन्द्र, प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद लगायतका सरकारी निकायबाट कम्तिमा ७ दिनको शिप विकास तालिम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गर्नु पर्छ । आवेदन दिएको २१ दिनभित्र ऋण दिने वा नदिने भन्ने निर्णय गरिसक्नुपर्नेछ । त्यससँगै कम्पनी दर्ता गरेर स्थायी लेखा नम्बर(प्यान)मा दर्ता हुनुपर्नेछ । ऋण नतिरे के हुन्छ ? ऋण नतिरे पासपोर्ट रोक्का, कर्जा सूचना केन्द्रको कालो सूचिमा राखिने, चल अचल सम्पति बेचबिखनमा रोक, बैंक खाता रोक्का, सामाजिक सुरक्षा भत्ता र अन्य सरकारी सुबिधा पनि कटौती गरिनेछ । यी हुन सहुलियत ब्याजदरमा पाइने अन्य कर्जाहरु महिलाहरुको उद्यमशिलता विकासका लागि शिप सिकाएर सामुहिक जमानीमा ६ प्रतिशत ब्याज अनुदान दिएर १५ लाख रूपैयाँसम्म ऋण दिने कार्यक्रम पनि कार्यान्वयनमा आउँदैछ । यस्तै दलितहरूको उत्थानका तथा सामुहिक उत्पादन प्रणालीमा सहभागीता गराउन ५ प्रतिशत ब्याज अनुदानमा सामुहिक जमानी मार्फत उपलब्ध गराउने भनिएको १० लाख रूपैयाँ ऋण लगायतका अन्य कार्यक्रम पनि कार्यान्वयनमा आउँदैछ ।
कपास विकास समितिको ८३५ बिघा जग्गा अतिक्रमण
बाँके । खजुरास्थित प्रशोधन केन्द्र रहेको कपास विकास समितिको ८२५ बिघा जग्गा अतिक्रमण गरिएको छ । कपास खेती गर्ने गरिएको सो जग्गा २०५८ सालदेखि अतिक्रमण गरिँदै आएको छ ।कपास विकास समितिका निमित्त प्रमुख विजयकुमार जोशीका अनुसार सो जग्गा र भौतिक संरचना फिर्ता नगरिँदा कपास खेती विस्तारमा समस्या भएको छ । “मुलुकमा शान्ति स्थापना भइसक्दा पनि समितिले उक्त जग्गा भोगचलन गर्न पाएको छैन,” उनले भने । सो जग्गामा मुक्त कमैया र अन्य परिवार बस्दै आएका छन् ।समितिलाई सरकारले उपलब्ध गराएको बर्दियाको कुम्भरस्थित ६०० हेक्टर जग्गामध्ये ५५० हेक्टर जग्गा सर्वसाधारणले अतिक्रमण गरी भोगचलन गर्दै आएका छन् । उनीहरुले सो जग्गा आफ्नो स्वामित्वमा हुनुपर्ने माग गर्दै आएका छन् । सरकारले ३८ वर्षअघि १ हजार २०० हेक्टर वन फँडानी गरी समितिलाई कुम्भरमा ६०० हेक्टर कपास खेतीयोग्य जमीन उपलब्ध गराएको हो । ३७८ शेयर सदस्य परिवारले ५५० हेक्टरमा बाली विविधीकरणका माध्यमबाट कपास, धान, गहुँ मकै, मसुरो र तोरी बाली लगाउँदै आएका थिए । बर्दियाको कालिका–४ स्थित कपास फार्मका सानोश्री र जमुनीस्थित समितिको चार बिघा जग्गा र भौतिक संरचनामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले प्रयोग गर्दै आएको जोशीले बताए। जग्गा कब्जा गरेपछि असुरक्षाका कारण समितिले कपास खेती गर्न छाडेको हो । समितिले बाँकेको खासकुस्मा, कचनापुर, कम्दी, बर्दियाको जमुनी र दाङको पूर्वी उत्तरी क्षेत्रमा गरी ३०० बिघामा कपास खेती गर्दै आएको छ । रासस