कैलाश विकास बैंकको एकैदिन ३ शाखा सञ्चालनमा, थप २१ वटा खोल्दै

<p>काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कंचनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र छिन्चुमा गरी तीन शाखाहरु स्थापना गरी आइतबारदेखि कारोबार शुरु गरेको हो । महेन्द्रनगर शाखाको उद्घाटन प्रदेश नं. ७ का प्रदेश सभासद् लालबहादुर खड्काले गरेका छन् । त्यस्तै, विरेन्द्रनगर शाखाको उद्घाटन विरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुबेदी [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कंचनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र छिन्चुमा गरी तीन शाखाहरु स्थापना गरी आइतबारदेखि कारोबार शुरु गरेको हो ।

महेन्द्रनगर शाखाको उद्घाटन प्रदेश नं. ७ का प्रदेश सभासद् लालबहादुर खड्काले गरेका छन् । त्यस्तै, विरेन्द्रनगर शाखाको उद्घाटन विरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुबेदी तथा छिन्चु शाखाको उद्घाटन भेरी गंगानगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्दले छुट्टा छुट्टै गरेका हुन् ।

यी तीन शाखासहित बैंकको शाखा संख्या ७० पुगेका छन् भने एटीएम संख्या २६ पुगेका छन् । बैंकले छिट्टै बांके जिल्लाको नेपालगंज, दाङ् जिल्लाको तुल्सीपुर, झापा जिल्लाको बिर्तामोड, सुनसरीको धरानतथा अन्य विभिन्न ठाँउहरुमा २१ वटा शाखा संचालन गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

Share News