स्वायत्तता जोगाउन बीमा समिति संघर्षमा, बीमा क्षेत्रको विकास र सुशासन मै चुनाैति
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले समितिको स्वायत्तता जोगाउन संघर्ष गर्ने घोषणा गरेका छन् । बीमा समिति कर्मचारी युनियनको दशैं शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयक २०७५ मा समितिको स्वायत्तता खोसिएको बताएका हुन् । उनले खोसिएको स्वायत्तता जोगाउन कर्मचारी युनियनले समेत सहयोग गर्नुपर्ने धारणा राखे छन् । ‘अर्थमन्त्रालयले संसदमा पठाएको बिधेयक देख्नु भएकै छ, सानो सानो काम गर्न पनि मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ, समितिको स्वायत्तता पुरै खोसेको छ, अब हामीले स्वायत्तता फर्काउन एकिकृत पहल गर्नु पर्नेछ, संघर्ष गर्नुपर्नेछ’, अध्यक्ष चापागाईँले भने । उनले बीमा समितिप्रति अर्थमन्त्रालय अनुदार देखिएको संकेत समेत गरेका थिए । बीमा ऐन २०४९ ले दिएको अधिकार समेत खोसेको चापागाईँले आरोप लगाए । ‘हामीले हाल प्राप्त गरिएको भन्दा पनि धेरै स्वायत्तता खोजेका थियौं तर बिधेयकले अहिलेका अधिकार समेत घटाएको छ, यसले बीमा क्षेत्रको विकास र सुशासनमै कमी आउन सक्छ’, अध्यक्ष चापागाईँले भने । उनले बीमा समितिको नियामकिय क्षमतामा उल्लेख्य सुधार भैरहेको, बीमा क्षेत्रको वृद्धि विकासमा पनि बढोत्तरी भएको बताएका थिए । ‘अहिले बीमा क्षेत्रको वृद्धि विकासले एउटा गति लिएको छ, हामी त्यसको उचित नियमनको प्रयास गरिरहेका छौं तर प्रस्तावित ऐनको बिधेयकले हाम्रो मनोबल उच्च बनाउने देखिएको छैन’, अध्यक्ष चापागाइँले कर्मचारीहरुसँग भने । उनले दशैं सकिए लगत्तै समितिको स्वायत्तताका लागि संघर्ष सुरु हुने धारणा पनि राखे । बीमा समितिका सबै कर्मचारी सहभागी रहेको शुभकामना आदान प्रदान कार्यक्रममा निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि शुभकामना दिएका थिए । कर्मचारी युनियनका अध्यक्ष पदम सोडारीले स्वायत्तता प्राप्तिका लागि समितिको नेतृत्वले चाल्ने हरेक कदममा युनियनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
व्यापारिक तनावका कारणा विश्वको आर्थिक वृद्धिदर खुम्चदै, नेपालकाे वृद्धिदर ६ प्रतिशत नाघ्ने
वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ । संयुक्तराज्य अमेरिका र चीनबीचको बढ्दो व्यापार तनावले व्यापार क्षेत्रको वृद्धिमा कमी आउने भएकाले पनि कोषले सन् २०१८ र २०१९ को विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत कायम गरेको छ, कोषले सोमबार सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा विकासशील अर्थतन्त्र रहेका मुलुकहरुको आर्थिक परिदृश्यमा खासै वृद्धि नहुने अनुमान गरिएको छ । सन् २०१९ मा चीन र संयुक्तराज्य अमेरिकाको पनि आर्थिक वृद्धिमा कमी आउने कोषको अनुमान छ । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार युद्धले चीन सहित अरु एसियाली मुलुकहरु र अर्जेन्टिना, टर्की तथा ब्राजिल समेतका मुलुकमा जोखिम निम्त्याउने छ । तर नेपालकाे वृद्धिदर भने ६ प्रतिशत भन्दा बढी हुने विश्व बैंकले जनाएकाे छ । विश्व बैंकले नेपालमा अागामी तीन वर्षसम्म अार्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि रहने प्रक्षेपण गरेकाे छ ।
सिटिसी मलमा शुरु भयो नयाँ मोबाइल गन्तव्य, खरिदमा ६० प्रतिशतसम्म छुट
काठमाडौं । राजधानीको सिटिसी मलमा नयाँ मोबाइल गन्तव्य शुरु हुने भएको छ । बिहीबारदेखि सञ्चालनमा अाएकाे सिटिसी मोबाइल हबले भारी छुट सहित मोबाइल मेला समेत सञ्चालन गर्दैछ । औपचारिक सुरुवातसँगै मोवाइल हबले असोज ३१ गतेसम्म दशैको धमाका मोबाइल मेला सञ्चालन गर्न लागेको हो । दशै धमाकामा मोवाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउनेछन् । त्यसका साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको छ । सिटिसी मोबाइल हबमा शून्य प्रतिशत किस्ताबन्दी तथा व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोबाइल वितरण गरिनेछ । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आउन लागेको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको सुबिधा उपलब्ध हुनेछ । नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा छन् ।
एनआइबिएल एस क्यापिटलको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडले १५ प्रतिशत लाभांश पारित गरेको छ । मंगलबार सम्पन्न क्यापिटलको छैटौँ साधारण सभाले संस्थाको प्रस्तावित लाभांशलाई पारित गरेको हो । साथै, उक्त अवसरमा संस्थाले “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
माइग्रेन राेग, भ्रम र निराकरणका उपाय
काठमाडौं। पहिला पहिले माईग्रेनलाई भ्यास्कुलर रोग भनिन्थियो । तर, अहिले यसलाई न्युरोलोजिकल रोग भनेर भन्ने गरिन्छ। माइग्रेन एक प्रकारको टाउको दुखाइ हो, जुन निकै कडा हुने गर्दछ। यसको कारणले टाउको दुखेमा कम गर्न गाह्रो पर्छ । यो अवस्थामा रोकी रोकी टाउको दुख्ने र दुई घन्टादेखि कैयौँ दिनसम्म पनि दुखिरहने पनि हुनसक्छ । यो एक न्युरोलोजिकल समस्या हो । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । मस्तिष्क रसायनमा हुने असन्तुलन नै माइग्रेनको प्रमुख कारण हो तर सबै टाउको दुख्नेलाई माईग्रेन पनि भनिदैन। यसको टाउको दुक्ने तरिका बेग्लै प्रकारको हुनेगर्छ जस्तै एक तर्फ मात्र टाउको दुख्ने। दुखाई धेरै जसो समय टाउकोको अगाडि भागबाट सुरु भएर बिस्तारै पछाडी तर्फ प्रस्थान गर्दछ। यदी टाउको दुख्न सुरु भएको केही समयमै औषधी खाएमा दुखाई कम हुनसक्छ । यदी त्यही समयमा औषधी खाईएन भने ७२ घण्टा सम्म पनि टाउको दुख्न सक्छ। यो बिशेष गरी युवाहरु माझ देखिन्छ। कसैलाई घाममा बस्दा टाउको दुख्छ भने कोही मान्छेलाई एकदम नराम्रो गन्ध वा सुगन्धले पनि टाउको दुख्न थाल्छ । यसलाई माइग्रेनको ट्रीगर भनिन्छ। माइग्रेनको ट्रिगर भन्नाले यस्ता चिजहरु हुन् जसले माईग्रेनलाई निम्त्याउन मद्त गर्दछ। यिनलाई अउरा पनि भनिन्छ। कुनै मान्छेलाई द्र्श्यबाट समस्या हुनसक्छ जस्तै उज्यालोमा हेर्दा घामको किरणहरु छरिएको देख्ने,समस्या हुने देखिन्छ। कुनै मानिसलाई अउरा गन्धबाट आउने गर्दछ। पेट्रोल, नेलपालिस, केहीको गन्ध आउने बित्तिकै टाउको दुख्ने, वाकवाकी आउँला जस्तो हुने गर्दछ। माईग्रेन हुनु आँफैमा एउटा मेडिकल कन्डिसन हो। यो वंसानुगत पनि हुनेगर्छ। यदी परिवारको कुनै सदस्यलाई माइग्रेन छ भने उसलाई पनि माईग्रेन हुने ८० प्रतिशत सम्भावना हुनेगर्छ। यो धेरै जसो महिलामा बढी देखिने गर्दछ। हर्मोनल चेन्जको कारणले गर्दा पनि महिलामा यो बढी देखिएको हो। एक अध्ययन अनुसार विश्वका करिब १८ प्रतिशत महिला तथा ६ प्रतिशत पुरुष माइग्रेनबाट पीडित रहेका छन। खानेकुराले पनि माइग्रेन निम्त्याउ छ पक्कै पनि खानेकुराले माईग्रेनलाई निम्ताउने मद्त गर्दछ। यसको मतलब खाने कुराले गर्दा माइग्रेन हुने होईन। खानेकुराले गर्दा विरामीलाई माईग्रेनबाट हुने पीडा निम्ताउनु हो। मानिसलाई माइग्रेनको बिरामी भएको अवस्थामा हुने गर्दछ। केही खानेकुरा त्यस्ता हुन्छन् जसले टाउको दुख्न मद्त गराउँदछ। त्यसका लागि बिरामीले एउटा हेडेक डायरी बनाउन जरुरी छ। किनभने बिभिन्न मानिसलाई बिभिन्न खानेकुराले माइग्रेन निम्ताउन मद्त गर्दछ। हेडेक डायिरीमा आफुलाई कती बेला टाउको दुख्न सुरु भयो, कुन समयदेखी कुन समयसम्म टाउको दुख्यो, यो भन्दा अगाडि मैले के खाए,के गरिरहेको थिए, मलाई उज्यालोले पो असर गर्यो कि, आवाजले पो टाउको दुख्यो कि भन्ने सबैकुरा टिप्न जरुरी छ। यसरी डायरी बनाउँदा आफुलाई के के कुराले असर गरिरहेको देखिन्छ र त्यसलाई ध्यान दिने हो भने पक्कै पनि हामीले आफुलाई माईग्रेनबाट हुने दुखाईबाट टाढा राख्नसक्छौ। कसैलाई दही खायो भने समस्या देखिन सक्छ । दही नै नखानु यसले माइग्रेन हुन्छ भन्नु होईन। कसैलाई बोतलको अचारले हुनसक्छ, कसैलाई कडा कफीले हुनसक्छ। हरेक मानिसलाई बिभिन्न कारणले गर्दा माईग्रेनबाट हुने दुखाई निम्ताउन थप मद्त गर्नेहुन्छ । त्यसैले आफुलाई के खानेकुरा, के तरिकाले असर गर्छ भन्ने पत्ता लगाउन जरुरी छ। माइग्रेन सम्बन्धी भ्रम यस्ता छन माइग्रेन सम्बन्धी मानिसहरुमा धेरै किसिमको भ्रम हुने गरेको छ। सबैभन्दा पहिला उनिहरुलाई यो त निकै नहुने रोग हो र यो लागेपछी कहिले पनि निको हुँदैन, अब सधैंभर यसरी नै बाँच्न पर्छ भन्ने धारणा रहेको हुन्छ। यो एकदमै गलत धराण हो।माइग्रेन मानसिक रोग हो र ? यो भयो भने मानिस पागल हुन्छ भन्नु मानिसहरुमा भएको अर्को भ्रम हो। त्यस माइग्रेनको औषधी खानुहुदैन यसको साईड एफेक्ट धेरै हुन्छ भनेर उनिहरु आफुलाई कोठामा टाउको बाँधेर एकदम थुनथान पारेर बसिदिन्छन्। त्यो सबैभन्दा ठुलो भ्रम हो। त्यसरी समय बर्बाद गरेर हुँदै हुँदैन। बाँच्न चाँही १०० बर्ष बाँच्ने तर हरेक महिनाको ३÷४ दिन आफुलाई त्यसरी थुनेर राख्ने भने त जीवन जिउनुको कुनै अर्थ नै हुँदैन। जब बाँचिन्छ तब रमाएर बाँच्न सक्नुपर्छ त्यसका लागि औषधी खान जरुरी छ किनभने औषधीले त्यसलाई ठीक हुन मद्त गर्दछ। माईग्रेन सम्बन्धी मानिसहरुमा भएको भ्रम मेटाउनुपर्छ मानिसहरुमा माईग्रेन सम्बन्धी भ्रम हटाउन सबैभन्दा पहिला हाम्रो शिक्षा प्रणाली नै बदल्न जरुरी छ। धेरै अगाडी देखीको हाम्रो शिक्षा प्रणालीमा चाँही रेप्रोडक्टिभ र सेक्सुअल हेल्थको बिषयमा पढाई हुन्छ तर मेन्टल हेल्थको बारेमा पढाई हुँदैन मानौ कि मेम्टल हेल्थ महत्वपुर्ण छैन। यो मान्छेले पछी गएर बच्चा जन्माउनु पर्छ भनेर रेप्रोडुक्टीभ हेल्थको बारेमा पढाईइन्छ तर पछि गएर व्यक्तिले आफ्नो मेन्टालिटीलाई स्थिर राखेर काम गर्नुपर्छ, समस्या परेको खण्डमा आफुलाई सम्हाल्न पर्छ र पछी गएर समाजलाई योगदान गर्नुपर्छ भन्ने सोच राख्दैनन। मेन्टल हेल्थको बारेमा बुझेको मानिसले अरुलाई बुझ्न सक्छ र चाहिएको खण्डमा त्यस ब्यक्तीलाई मद्दत पनि गर्नसक्छ। एउटा मानिस स्वस्थ हुनलाई उसको मेन्टल हेल्थ ठिक हुन एकदम जरुरी छ। मेन्टल हेल्थ ठिक भएको अवस्थामा मात्र मानिसले आनन्दको साथ काम गर्नसक्छ। त्यसैले यदी मानिसहरुमा भएको भ्रम मेटाउने हो भने सबैभन्दा पहिला मानिसहरुलाई मेन्टल हेल्थ सम्बन्धी शिक्षा दिन जरुरी छ। माइग्रेन हुनुको कारण महिलामा शरीरमा हुने मेजर हर्मोनल परिवर्तनका कारण माइग्रेन हुने गर्छ । गर्भावस्था, मिन्सुरेसन, रजोनिवृत्ति हुने समय महिलाको शरीरमा हर्मोनल परिवर्तन हुन्छ । जुन टाउको दुखाइको कारण पनि बन्न सक्छ । एक अध्ययनअनुसार माइग्रेनबाट पुरुषको तुलनामा महिला बढी प्रभावित हुन्छन् ।तनावका कारण पनि माइग्रेनको समस्या हुन्छ । तनावले मस्तिष्कमा सीधा असर पार्छ । कहिलेकाहीँ मस्तिष्कले त्यस्ता पदार्थ रिलिज गर्छ, जसले टाउको दुखाउने माइग्रेन पनि पैदा गर्छ । अत्यधिक या अपर्याप्त निद्राका कारण पनि माइग्रेन हुन्छ । कफिको अत्यधिक प्रयोग पनि माइग्रेनको कारण हो । अत्यधिक कफी सेवन गर्दा र अत्यधिक कफी सेवनलाई एकैपटक बन्द गर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । वातावरणमा आउने परिवर्तनले पनि माइग्रेन हुन्छ । कडा हल्ला, माइग्रेनको कारण बन्न सक्छ । अधिक प्रकाश र अत्यधिक गर्मीले पनि माइग्रेन हुन्छ । तापमानमा हुने परिवर्तनको कारण पनि अत्यधिक टाउको दुखाइ हुन सक्छ । धूम्रपान र मदिराको अधिक सेवन माइग्रेनको कारक हो । चकलेट, मसलेदार खानेकुराले पनि माइग्रेन हुन सक्छ । माइग्रेनको लक्षण टाउकोको नसा धड्किरहेको आभास हुन्छ । टाउकोको एउटा भागबाट दुख्न सुरु हुन्छ र पूरै भाग चर्को दुखाइले आक्रान्त बन्छ । जुन मानिस माइग्रेनको दुखाइबाट पीडित हुन्छ, उसले कुनै पनि नियमित काम गर्न सक्दैन । यसले आँखा दुखाउनुका साथै बान्तासमेत हुने गर्छ। यस्तो समस्या भएका मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् । माइग्रेनको टाउको दुखाइले मानिसमा निकै छटपटी सिर्जना गर्छ । माइग्रेनको समस्या भएका मानिसमा कहिल्यै पनि राम्रोसँग निद्रा पर्दैन । शरीरमा थकान महसुस त हुन्छ तर निद्रा भने पर्दैन । माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ । माइग्रेनले मुडमा तीव्र परिवर्तन ल्याउँछ । यसले मानिस विनाकारण अकास्मात् उदास र उत्साहित हुने गर्छन् । माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति राख्ने गर्छन् । यस्ता मानिसलाई पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ । माईग्रेन पूर्ण रुपमा निको हुन सक्छ समयमा औषधी खाई, आफुलाई के के कुराले असर गर्छ त्यो पत्ता लगाउन सक्यो भने पक्कै पनि माइग्रेन पूर्ण रुपमा निको हुनसक्छ। ट्रिगरको पहिचान र त्यसको त्याग, उचित औषधिको सेवन, उचित जीवनशैली तथा व्यायाम , माइन्ड बडी मेडिसिन जस्तैः बायोफिड ब्याक तथा योग, सप्लिमेन्ट्स जस्तैः रिबोफ्लोविन तथा म्याग्निसियम, एक्युपन्चर तथा एक्युप्रेसर, रोग ठीक पार्ने उद्देश्यका साथ आफ्नो हरेचाह गर्ने हो भने माईग्रेन निको भएर जान्छ। यो पूर्ण रुपमा निको हुँदैन भन्नु भ्रम मात्र हो। (मनोवैज्ञानिक डा. नम्रता प्रधानसँगको अन्तर्वातामा आधारित )
बालिका तथा महिला हिंसा विरुद्ध रेडियो बहस हुँदै
काठमाडौं । सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर असोज २५ गते देशभरिका ९ सय किशोरीहरुले आफ्नै सवालमा सामुदायिक रेडियोमा वहस गर्ने भएका छन् । किशोरीले आफैले नेतृत्व गरेर रेडियोमा बहसमूलक कार्यक्रम सञ्चालन गर्ने भएका छन् । बहसमा ३ सय किशोरी एक दिन रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता कार्यक्रमको अतिथीको रुपमा बहसमा सहभागी हुनेछन् । जस अनुसार देशभरि ९ सय जना नयाँ किशोरी एकै दिन रेडियोमा प्रवेश गर्नेछन् । सामुदायिक रेडियोको अगुवाईमा जिल्लाका किशोरी अभियन्ताहरुलाई आमन्त्रण गरि किशोरीहरुबाटै रेडियो कार्यक्रम संचालन हुने भएको हो । समुदायमा बालबालिकाको हक हित एवं संरक्षण तथा बालिका एवं किशोरीहरुको जीवन परिवर्तन गर्न आफना् तवरबाट भूमिका निर्वाह गर्दै आएका किशोरीहरुले प्राप्त गरेका सफलता एवं सिकाइबारे आदान प्रदान गर्ने र विभिन्न निकायहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे कार्यक्रम केन्द्रित हुनेछ । बालबालिकाको अधिकार र किशोरीको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ ९अकोराव० र सीआईएनको संयोजनमा देशभरका ३ सय रेडियोमार्फत् यो गल्र्स टेकओभर गर्न लागिएको हो । किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर उनीहरुको समस्या र मुद्धाबारे सरोकारवाला निकाय र आम जनमानसमा अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्य रहेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ । टेकओभरमा सहभागी हुँदा किशोरीहरु थप प्रेरित भई समाजमा बालिका, किशोरी र महिलाविरुद्ध हुने हिंसा, दुव्र्यवहार, विभेद जस्ता समस्या समाधानका लागि उनीहरुकै नेतृत्वमा प्रभावकारी अभियान सञ्चालन हुने अपेक्षा गरिएको छ । गत वर्ष गरिएको गल्र्स टेकओभरले किशोरीहरुको क्षमता अभिवृद्धि भई आफ्नो सवाल उठाउन सक्षम देखिएकाले यो पटक पनि उनीहरुलाई नै समावेश गराएर रेडियो कार्यक्रम गर्न लागिएको प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले बताए । गत वर्षको टेकओभरमा सहभागी भएका झण्डै ४० जना किशोरी अहिले विभिन्न रेडियो स्टेशनमा नियमित रुपमा कार्यक्रम प्रस्तोता भई काम गरिरहेका छन् । अकोराबका अध्यक्ष सुवास खतिवडाले कार्यक्रमले नेपालमा ९ सय जना किशोरीहरुले हिंसा विरुद्ध आवाज उठाउनु आफैमा नयाँ भएको बताए।
टेलिकमबाट ६ रुपैयाँमा ६० मिनेट कुरा गर्न सकिने, ६०० मा भ्वाइस र एसएमएस अनलिमिटेड
काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको विजया दशमीको उपलक्ष्यमा फोन र इन्टरनेट सेवामा विभिन्न छुट योजना ल्याएको छ । कम्पनीले भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने जनाएको छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । तर भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ । डाटा प्याक अन्तर्गत प्रत्येक दिन ६ रुपैयाँमा ३६ एमबी डाटा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । उपरोक्त अफरहरु यही असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ । कम्पनीका अनुसार ६०० रुपैयाँमा १५ दिनसम्म जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । प्रत्येक दिन २ जीबी प्याक गरी १५ दिन समयावधिको ३० जीबी उपलब्ध गराउने भएको छ । सोही प्याक ७ दिन समयावधिका लागि ३०० मा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने छ । कम्पनीले आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान जनाएको छ । १००, २०० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत, ५००, १०००, को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस दिने कम्पनीका प्रवक्ता प्रतिभा बैद्यले जनाइन ।
सवारी लाइसेन्स् अनियमितता गर्ने कार्यालय प्रमुख सहित ९ जना कर्मचारी विरुद्ध भ्रष्ट्राचार मुद्दा
काठमाडौं । यातायात व्यवस्था कार्यालय ९ जना कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरुबाट अनियमितता गरेको पुष्टी भएपछि मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनेहरुमा तेजनारायण यादव, शाखा अधिकृत इश्वरराज रेग्मी, मेकानिकल इन्जिनियर श्याम के।सी।, शाखा अधिकृत भूपराज दाहाल, शाखा अधिकृत शिवप्रसाद सुवेदी, शाखा अधिकृत विष्णुप्रसाद सुवेदी, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमति, ठूलोभर्यासङ्ग काठमाडौं कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी रहेका छन् । सवारी चालक अनुमतिपत्र , बागमतिमा कार्यरत कर्मचारीहरु आर्थिक लाभ घुस रिसवत लिएर परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी गरेको अख्तियारले आरोप लगाएको छ । उनीहरु विरुद्ध भ्रष्टाचार ऐन अनुसार मुद्दा चल्नेछ ।