अपांगता मैत्री भ्यान सेवा सुरु
काठमाडौं । अपांग मैत्री भ्यानको सेवा आरम्भ भएको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले एक समारोहका बीच अपांगतामैत्री भ्यानको सेवा आरम्भ गरेका हुन । अपांगता भएका व्यक्तिहरूका लागि स्वालम्बन जीवन पद्धति केन्द्र काठमाडौं (सिआइएल) ले टोयोटा हायस भ्यानमा हाइड्रोलिक लिफ्ट जडान गरी अपांगता मैत्री बनाएको हो । अपाङ्गता भएका व्यक्तिहरु निर्बाध रुपमा आफुले चाहेको स्थानमा आवतजावत गर्न सहज होस भन्ने उदेश्यका साथ उक्त भ्यानमा हाइड्रोलिक लिफ्ट जडान गर्न अष्ट्रेलियन स्वयंसेवक कार्यक्रम, अष्ट्रेलियन राजदूतावास मार्फत करिब ८ लाख सहयोग प्राप्त भएको थियो । उक्त समारोहमा अष्ट्रेलियन राजदूतले अपांगतामैत्री भ्यान नेपालको पहिलो भएको र यसले अपांगता भएका व्यक्तिहरूको आवागमनको अधिकारलाइ थोरै भएपनि सुनिश्चत गर्ने बताए । उनले नेपालमा अपांगतामैत्री पर्यटन प्रबर्धन गर्नमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । त्यसैगरी अर्का वक्ता मुकुन्द दाहालले उक्त भ्यान नमूनाको रूपमा हुने र यस्तो प्रविधिलाइ विस्तार गर्नु पर्ने बताए । अर्का वक्ता सूर्यभक्त प्रजापतिले यसको दीगोपनामा ध्यान दिनु पर्ने कुरा बताए । अपांगतामैत्री पर्यटन प्रबर्धनमा लामो समय देखि लागेका पर्यटन कर्मी पंकज प्रधानाङ्गले नेपालमा आउने अपांगता भएका व्यक्तिहरूलाइ सहज हुने बताए । हालसम्म अपांगता भएका पर्यटकहरूले नेपालमा यातायातमा समस्या भएको कारण खुशी हुन नसकेको, नेपालमा अपांगतामैत्री यातायात नहुँदा लज्जित हुनु परेको बताए । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष गणेश केसीले भ्यानलाइ सहयोग गर्ने कोरियाको इन्डिपेन्डेन्ट लिभिङ सेन्टर र अष्ट्रेलियन स्वयंसेवक कार्यक्रमलाइ धन्यबाद दिए ।
चिनीको मूल्य ६३ रुपैयाँलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति (सालेस)ले चिनीको गेट मूल्य ५३ र खुद्रा मूल्य ६३ लाई थप कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा अपराह्न बसेको समितिको बैठकले यही असोज १८ गतेको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवालाले प्रतिबद्धता जाहेर गरेअनुसार सो मूल्यलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुले सुलभ रुपमा यात्रा गर्न सक्ने गरी बस, माइक्रोबस तथा यातायात साधन र हवाई यातायातलाई सर्वसुलभ बनाई थप कडाइका साथ लागू गर्न समेत सरोकार पक्षलाई निर्देशन दिएको छ । त्यसैगरी समितिको यही असोज १५ को निर्णयानुसार खाद्यलगायत दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा उपभोक्ताले प्राप्त गर्ने गरी व्यवस्थापन गर्न र अस्वाभाविक मूल्यवृद्धि, एकाधिकार गर्ने र उपभोक्ता ठगी गर्नेलाई कडाइका साथ कारवाही गर्न थप निर्देशन दिएकोे छ । समितिका सभापति भरतकुमार शाहले सालेसअन्तर्गत चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिले विभिन्न सुझावसहित बिहीबार समितिसमक्ष प्रस्तुत गरेको प्रतिवेदनमाथि थप अध्ययन गरी कार्यान्वयन गर्ने जानकारी दिएका छन् ।
माइक्रोम्याक्सको नयाँ मोबाइल नेपाली बजारमा, मूल्य ८ हजार ८०० रुपैयाँ
काठमाडौं । स्मार्टफोन जगतमा माइक्रोम्याक्सले नयाँ प्रस्तुति क्यिू४००२ बोल्ट ४ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरुले प्रत्येक फोनको खरिदमा आकर्षक ब्याग उपहार पाउने छन् । ग्राहकहरुले प्रत्यक हप्ता २५० एमबी एनसेल डाटा १२ हप्तासम्म निःशुल्क प्राप्त गर्नेछन् । बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यिू४००२ बोल्ट ४ मा १.० गिगाहर्जको क्वायकोर प्रोसेसरका साथै १ जीबी र्याम रहेको छ । यसमा ५.० इन्च एफभीजीए एचडी स्क्रिन रहेको छ जसमा ७२० बाई १२८० पिक्सेल रहेको छ । यसमा शक्तिशाली २००० एमएएचको व्याट्री रहेको छ । यसमा ५एमपी हाई रेजुलेसन प्राईमरी क्यामरा र अगाडि पट्टी २ एमपी सेल्फी क्यामरा रहेको छ । यसमा रहेको १.० जीएचजेड क्वाड कोर प्रोसेसरले यो सेग्मेन्टको सबैभन्दा उपयुक्त फोन हो, यो फोन चलाउन धेरै सजिलो र छिटो छ । यसमा ५एमपी प्राइमरी र २ एमपी फ्रण्ट क्यामेरा जडित हुने हुनाले ग्राहकहरुले कनैपनि बेला लाखौं सुन्दर र उत्कृष्ट तस्विरहरु खिच्न सक्नेछन् । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ८.१ अपरेटिंग सिस्टममा आधारित रहेको छ । यसमा १ जीबी र्याम र ८ जीबी रोम रहेको छ जसलाई माइक्राे एसडि कार्डको माध्यमले ३२ जीबीसम्म बडाउन सकिनेछ । यो फोनमा शक्तिशाली २००० एमएएचको रिमुभेवल शक्तिसाली व्याट्री रहेको छ जसले धेरै गेम्सहरु खेल्न, भिडियोहरु हेर्न तथा अन्य विभीन्क कामहरु एकैसाथ गर्न सकिन्छ । यो फोनले फोजी नेटवर्क सहित दुईवटा माइक्रो सिम सपोर्ट गर्छ । क्यिू४००२ बोल्ट ४ फोनको बजार मूल्य ८ हजार ८०० रुपैयाँ रहेको छ ।
रातीमा पनि आन्तरिक उडान सञ्चालन गर, यस्ता छन् समितीले मन्त्रालयहरुलाई दिएको निर्देशन
काठमाडौं । रातीमा पनि आन्तरिक उडान सञ्चालन गर्न सार्वजनिक लेखा समितीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । दशैं नजिकिदै जादा यात्रुहरुले हवाई टिकटको अभाव झेल्नु परेपछि समितीले सो निर्देशन दिएको हो । मन्त्रालयलाई दिइएको ३ बुँदे निर्देशनमा हवाई भाडामा हुने मूल्य बृद्धि र टिकट अभावको समस्यालाई तुरुन्त समाधान गर्न भनिएको छ । यस्तै क्षेत्रिय विमानस्थलमा थप विमानहरु राखी दुर्गम गाउँमा उडान थप गर्न, अत्याधुनिक प्रविधिको प्रयोग गरी उडानलाई थप सुरक्षित बनाउन निर्देशन दिएको हो । हाल रातीको समयमा बुद्ध एयरको पाइलटले मात्र उडान भर्न सक्ने मन्त्रालयले जानकारी दिएको छ । यस्ता छन् समितिले अन्य मन्त्रालयलाई दिएको निर्देशन समितिले सरकारलाई चिनीको मूल्य ६३ कायम गर्न पुन निर्देशन दिएको छ । १२ वटा चिनी उद्योगको कार्टेलिङ हुनेगरी करोडौं आर्थिक अनियमितता गरेको समितीले आरोप लगाएको छ । सरकारले हचुवाको भरमा चिनी आयतमा बन्देज लगाई ७० रुपैंया मूल्य निर्धारण गरेको भन्दै आर्थिक चलखेलको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानविन गर्न निर्देसन दिनुपर्ने गठित उपसमितीले ठहर गरेको छ । अर्थ मन्त्रालयलाई दिने निर्देशन १. चिनी पैठारीमा लगाइएको बन्देज हटाउने २. समयमै किसानको उखु उद्योग मार्फत किन्न लगाउने ३. उखु किसानको बक्यौता तत्काल भुक्तानीको व्यवस्था मिलाउने आपुर्ति मन्त्रालयलाई दिएको निर्देशन १. सुपथ मूल्य पसल भर्षैभरी सञ्चालन गर्नुपर्ने २. दैनिक उपभोग्य बस्तुको मूल्य मोबाइल एप्स बनाई राख्नु पर्ने ३. उखु किसानको बक्यौता दशैंअघि उपलब्ध गराउनु पर्ने ४. साल्ट ट्रेडिङ मार्फत चिनीको मौजात राख्नुपर्ने ५. सञ्चालनमा नआएका उखु उद्योगलाई सञ्चालनमा ल्याउनुपर्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई दिएको निर्देशन १. २० वर्षे पराना सवारी बन्देज लगाउनु पर्ने २. यातायातमा बृद्धि गरिएको १० प्रतिशत भाडा फिर्ता गर्नुपर्ने ३. टिकट बुकिङमा रहेको कालो बजारी नियन्त्रण गर्नुपर्ने ४. समयमा काम नसक्ने ठेकदारलाई कारबाही गर्नुपर्ने
त्रिचन्द्र क्याम्पसको गुरुयोजनासहित पुनर्निर्माण गरिने
काठमाडौं । नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा त्रिचन्द्र क्याम्पसका प्रमुख सहितको टोलीबीच छलफल भएको छ । बिहीबार प्राधिकरणमा भएको छलफलमा त्रिचन्द्र क्याम्पसको एउटा वृहत् गुरुयोजनासहित पुननिर्माण गर्नेबारे छलफल भएको हो । त्यसक्रममा रानीपोखरीसँगै रहेको त्रिचन्द्र क्याम्पसको ऐतिहासिक भवनको संरक्षण गरी उपयोगमा ल्याउने बारे पनि छलफल भएको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी तथा चित्रन्द्र क्याम्पसको पुनर्निर्माणलाई समन्वयात्मक ढंगले अघि बढाउने प्रस्ताव गरेका छन् । छलफलमा त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. प्रदीपबहादुर न्यौपानेले रानीपोखरी र त्रिचन्द्रका संरचनाहरुको पुनर्निर्माणलाई सँगसँगै अघि बढाउँदा राम्रो हुने धारणा राखेका छन् ।
नेट टिभीले सार्वजनिक गर्यो दशैँ अफर, सित्तैमा टिभी हेर्न पाइने
काठमाडौं । नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैँ अफर सार्वजनिक गरेको छ । नेट टिभीले दशैंको अवसरमा “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार एक महिनाको प्रिमियम प्याकको खरीदमा अर्को एक महिना सित्तैंमा टिभी हेर्न पाइनेछ । नेटटिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु प्रदर्शन गराउने भएको छ । २४ रुपैया ९९ पैसादेखि निःशुल्क सम्म नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरुको मज्जा सेवाग्राहीले नेट टिभीको एपमा लिन सक्नेछन् । स्मरणीय के छ ? नेटटिभी नेपालको पहिलो ओटीटी हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीतलगायत १५० बढी च्यानलहरु एकै स्थानमा हेर्न सकिन्छ । नेटटिभी न्यू आइटी भेञ्चरले सार्वजनिक गरेको हो । न्युआइटी भेञ्चर कर्पोरेशनले टेलीकोस, आईएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आईपीटीभी र ओटीटीको साथै मोबाइल टिभीको प्लेट फर्म प्रदान गर्दछ । एनआईटिभीले विश्वका अग्रणी मिडिया र प्राविधिककम्पनीको साथ साझेदारी गरिरहेको छ । त्यस्तै विभिन्न समुदायआधारित ओटीटी, आईपीटीवी प्लेटफर्म र स्वयम्आईपीटीभी हेड इन्ड संचालन गर्दछ । एनआईटिभी कर्पोरेशनको प्रस्तुति रहेको करीब १० लाखको हाराहारीमा उपभोक्ता रहेको नेटटिभी गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।
गण्डकी विकास बैंकको २ शाखा ताप्लेजुङ् र महोत्तरीमा
काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन २ शाखा ताप्लेजुङ् र महोत्तरीमा उद्घाटन गरेको छ । ताप्लेजुङ् स्थित फुङलिङ शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल र महोत्तरी जिल्ला स्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरापालिकाका मेयर विदुरकुमार कार्कीले गरेका छन् । हालसम्म बैंकले ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा दिइरहेको छ । साथै, बैंकले एबीबीएस, एटीएम, सीआश्वा, आईपीएस, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालयबाट सेवा दिँदै आईरहेको छ ।
सिभिल बैंकले तालिम कार्यक्रम सञ्चालन गर्ने, कर्मचारीहरुको कार्यदक्षतामा विकास हुने
काठमाडौं । सिभिल बैंक लिमिटेड र नेशनल बैंकिङ् इन्ष्टिच्युट(एनबीआई) लिमिटेडबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ् र नेशनल बैंकिङ् ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।