विकासन्युज

‘दशैंमा पिङ खेलेर धर्ती छाडे मृत्युपछि स्वर्ग पुगिने’

काठमाडौं। नेपालीमा पिङ र अङ्ग्रेजीमा स्विङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्।  नेपाली गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ। दसैंमा पिङमा बसेर धर्ती  छाड्नाले मृत्युपछि स्वर्ग पुगिने जनविश्वास छ। विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ। लोप हुँदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँ र सहरहरुमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्। सरररऽऽऽ चचहुइ गर्दै पिङ खेल्नुको मज्जै बेग्लै हुन्छ। काठमाडौंका गल्लीगल्लीमा रहेका थोरै खाली स्थानमा पनि पिङ हालिएको छ। कतै बाँसको लिंगो गाडेर त कतै रुखको हाँगामा डोरी बाँधेर पिङ हालिएको छ। यसको सामाजिक महत्व भनेको घर गाउँलेहरु सबै एकै ठाउँमा जम्मा भएर पालैपालो पिङ खेलेर खुसी मनाँउदै एकआपासमा सौहार्दताको आदानप्रदान गर्ने गर्छन् ।

आफ्नो मुटु स्वस्थ राख्न दशैंमा कस्तो मासु खाने? हार्टअट्याक भएमा अपनाउनुस् यी कुरा

अनिल भट्टराई, वरिष्ठ मुटुरोग विशेषज्ञ काठमाडौं। बिशेष गरेर दशैंमा चिल्लो, बोसो युक्त अझै बिशेष गरेर रातो मासु खाने चलन रहेको छ। त्यसबाहेक यो समयमा मानिसहरुले रक्सी जाँडको पनि बढी सेवन गर्ने गर्छन्।  चाडबाडको समयमा जती बेला हरेक कुरा अत्याधिक खाईन्छ  यसैले गर्दा पनि बिशेष गरी सबैले आफुलाई स्वस्थ राख्ने भन्ने बिषयमा सजक रहन जरुरी छ। मासु दशैंको समयमा अत्याधिक खाइने/मन पराइने परिकार  हो। मासु खाए पनि सकेसम्म चिल्लो र बोसो रहित मासु खानुपर्छ । भुटेको, तारेको मासु भन्दा पनि ग्रेभीवाला मासु खाँदा राम्रो हुन्छ। त्यो बाहेक लिङ मिट जुन छाला र बोसो रहित हुनेगर्छ त्यसको प्रयोग गर्दा पनि सामान्य मासुभन्दा स्वस्थकर हुने गर्छ। सकेसम्म खसीको मासु प्रयोग नगर्दा अझै राम्रो हुन्छ। मासु खाए पनि सेतो मासु खादाँ धेरै स्वस्थकर हुन्छ। हाम्रो प्रचुर रुपमा मासु खाने जुन चलन छ त्यसलाई सक्दो कम गर्न जरुरी छ। मदिरा र धुम्रपान सकेसम्म कम गर्नुपर्छ। त्यस्तै चाडबाडको समयमा जुवातास एकदम खेल्ने चलन पनि रहेको छ जसले गर्दा मानिसमा व्यायमको कमी हुने गर्दछ। जुवातास खेल्ने मानिस लामो समय सम्म एकै ठाउँमा जुवा खेल्दै, मसालेदार खाना खाँदै, आरामका साथ दिनरात नभनी खेल्ने गर्छन्। यसकारण पनि चाडबाडको समयमा बडी हार्टअट्याक, प्रेसर हाई भएर मुटुको नलीहरु पनि फुटिएको देखिन्छ। त्यसैले खानपान र वायमालाई यस समयमा विशेष ध्यान दिन जरुरी छ। दशैंको समयमा मुटु रोगीमा अझै जटिलता थपिन्छ – दुई दिनमै रोगी बढीहाल्ने भन्दा पनि जसलाई पहिले देखी नै मुटुरोगको समस्या छ, उच्च रक्तचाप छ र पहिले देखी नै औषधी सेवन गरिरहेका छन् उनीहरुलाई चाँही यो समयमा अझै जटिलता थपिन्छ । किनभने मुटुरोगीले त्यसरी बढी चिल्लो रहित मासु, रक्सी खायो, वायम गरेन, रातभर जाग्राम बसेर तास खेल्छ भने पक्कै पनि उसको रक्तचाप बढ्छ वा औषधीको रिक्वायरमेन्ट बढेर जान्छ। त्यस्तै, पहिले नै मुटुको नलीमा केही फरकपन आईसकेको अवस्थामा धेरै लामो समयसम्म चिल्लो भएको मासुजन्य खानेकुरा खाएको अवस्थामा त्यसले चाँही शरीरमा कोलेस्ट्रोल र सुगरको मात्रा पनि बढाउँछ जसले गर्दा अझै जटिलता थपिने, मुटुको नली साघुँरो हुने र हृदयघात, मस्तिस्कघात हुने सम्भावना बढेर जान्छ। कार्बोहाईड्रेट खानामा कम गर्ने – हाम्रो दिनहुँको खानामा मासु बाहेक सबैभन्दा बढी रुपमा प्रयोग हुने भनेको भात र आलु हो। तरकारीमा पनि आलु, अचारमा पनि आलु, हुँदाहुँदा दिउँसो खाजाको रुपमा पनि आलु फ्राइ बनाएको पाईन्छ। यसले गर्दा आलु र भातको मात्रा घटाउन जरुरी छ किनभने यसमा सबैभन्दा बढी कार्वोहाईड्रेट हुने गर्छ। सुगर शरीरमा गईसकेपछी पछी गएर चिल्लोमा परिवर्तन हुने गर्छ। त्यसैले समग्रमा बोसो कम गर्नको लागि भात, आलु र गुलियो कुराहरु पनि घटाउन जरुरी छ। यी कुराहरुमा ध्यान दिए चाड पनि मज्जाले मनाईन्छ र आफ्नो स्वास्थ्य पनि राम्रो रहन्छ। अचानक हार्टअट्याक आएमा अर्थात  डाक्टर नआईपुगेको खण्डमा के गर्ने ? – यसमा दुईवटा कुरा छ। घरमा यदि कोही मेडिकल पर्सण छन् भने उसलाई यस बिषयमा थोरै भए पनि जानकारी हुन्छ । तर यदि घरमा त्यस्तो मान्छे छैन भने उसलाई यस बिषयलाई लिएर त्यती ज्ञान नहुनसक्छ। एउटा मुटु बन्द भईसकेको हुन्छ भने अर्को बन्द हुनुभन्दा अगाडिको अवस्था हुनसक्छ। हार्टअट्याक आएको मानिसलाई सामान्य अवस्थामा ल्याउनको लागि अथवा डाक्टर नआईपुगेको खण्डमा छातीको देब्रे पट्टी १ मिनेटमा ६०- ७० चोटि थिच्न जरुरी छ। त्यसमा यदि मानिसले सास लिएको छैन भने प्रत्येक ५ चोटि थिचेपछी नाक बन्द गरेर मुखमा कृतिम श्वासप्रश्वास गर्न सकिन्छ। यसो गर्दा उक्त बेहोस भएको मानिसको फोक्सोमा पनि हावा जान्छ। कसैलाई हार्टअट्याक आएको अवस्थामा यो गर्न सकियो भने धेरै हदसम्म मानिसको ज्यान जोगिन्छ। हृदयघातको लक्षण – कडा रुपमा छातीकोबीच भागमा त्यसमाथी पनि देब्रे भागमा कडा दुखाई महसुस – पसिना चिटचिट आउने – चक्कर लाग्ने – वाकवाक हुने – मुटुको धड्कन तेज रुपमा बढ्ने – बेहोस भएर ढल्ला जस्तो हुने (वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराईसँगको कुराकानीमा आधारित )

यी हुन् दशैं बिदाका लागि पठनीय ५ पुस्तक

काठमाडौं । दशैंको बिदामा विभिन्न विदाका पठनीय पुुस्तकहरुको खोजीमा हुनुहुन्छ ? त्यसो भए यी पाँच पुस्तक तपाईको रोजाईमा पर्न सक्छन् । यी त्यस्ता पुस्तक हुन् जो बजारमा आउने बित्तिकै खुबै चर्चामा आउन सफल भएका थिए । त्यति मात्रै होइन, यी पुस्तकहरु बजारमा रुचाईएका पठनीय सामग्री पनि हुन् । दशैंको समयमा टिका लगाउन धेरै ठाउँ जानु नपर्ने, जुवा तास र रक्सीमा मन नलगाउनेहरुका लागि यी पाँच पुस्तक उपयोगी हुन सक्छन् । निलम कार्की निहारिकाले लेखेको योगमाया पुस्तक सर्वाधिक पठनीय सामग्री हो । एक सय बर्षअघि पूर्वी नेपालमा योगमाया न्यौपाने लगायतले गरेको महिला बिद्रोहलाई समेटिएको पुस्तकले यसपालीको मदन पुरस्कार समेत जितेको थियो । महिला मुक्तिको इतिहास जान्नका लागि यो पुस्तक उपायोगी सामग्री हो । समर लभ, सायाँ, मनसुन लगायतका पुस्तक लेखेर युवा पुस्ताको मन जितेका लेखक सुबिन भट्टराईकाले प्रिय सुफी पनि नयाँ पठन सामग्री हो । यसमा केहि मायाका खुराक पाइन्छ भने दुःखबाट मुक्त हुने मोटिभेसनको कथा पनि भेटिन्छ । वादी महिलाहरुको कथा समेटिएको सरस्वती प्रतिक्षाद्धारा लिखित उपन्यास नथिया पनि दशैंका लागि उपयुक्त खुराक बन्न सक्छ । त्यस्तै, सर्वाधिक चर्चित प्रधानन्यायधिस सुशिला कार्कीको न्याय पुस्तक पनि अर्काे दमदार पठन सामग्री हो । न्यायमा नेपाली न्यायलयको चिरफार गरिएको छ । न्यायलयमा कसरी राजनीतिक हस्तक्षेप हुन्छ ? कसरी न्यायलयमा विचौलियाहरुले चलखेल गर्छन् भन्ने तथ्य यसमा समेटिएको छ । पुर्व प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलको पुस्तक पनि अर्काे पठनीय सामग्री हो । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री रहेका बेला २०५४ सालको स्थानीय निकाय निर्वाचन ताका घटेका घट्नाले पुस्तकमा महत्व पाएको छ । त्यस बाहेक प्रहरीभित्र राजनीतिक हस्तक्षेपको कथा पनि यसमा समेटिएको छ । त्यस्तै पत्रकार कृष्ण आचार्यको अप्रिल फुलले पनि पछिल्लो समय बजारमा राम्रै चर्चा पाईरहेको छ ।

गाउँमाभन्दा सहरमा निजी आवास निर्माण सुस्त

काठमाडौ । भूकम्पपछिको पुनर्निर्माण अन्र्तगत निजी आवास निर्माण गाउँमा भन्दा सहरमा कम देखिएको छ । विनाशकारी भूकम्प गएको साढे ३ वर्ष वितेपनि पहाडी क्षेत्र तथा गाउँको तुलनमा निजी आवास निर्माण सहरमा भने हुन नसकेको हो । अहिलेसम्म भूकम्प अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लाको तथ्यांकअनुसार गाउँतर्फ निजी आवास निर्माणमा ३७ प्रतिशत प्रगति देखिएको छ भने सहर तर्फ २२ प्रतिशत मात्रै घर बनेका हुन् । प्राधिकरणले दिएको अनुदान निकै कम, जग्गा र निर्माण महङ्गो, विलासी लाभग्राही, कृत्रिम लाभग्राही लगायत अन्य समस्याका कारण सहरी क्षेत्रको आवास निर्माण सुस्त देखिएको हो । काठमाडौं उपत्यकामा निजी आवास मात्रै होइन, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुननिर्माणको अवस्था पनि उस्तै छ । काठमाडौं उपत्यकामा मात्रै झन्डै साढे एक लाख घर क्षति भएका थिए । त्यस्मा अहिलेसम्मको तथ्याङ्कअनुसार एक लाख ५ हजार घरमात्रै लाभग्राही सुचीमा परेका थिए । त्यसमध्ये अहिलेसम्म २२ प्रतिशतको हाराहारीमा मात्रै घर बनेको प्राधिकरणले जनाएको छ । झन्डै काठमाडौं उपत्यकामा मात्रै ९५ प्रतिशतले पहिलो किस्ता, २५ प्रतिशतले दोस्रो किस्ता र १८ प्रतिशतले तेस्रो किस्ता पाइसकेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । गाउँको तुलनमा सहरी क्षेत्रमा निजी आवास निर्माणमा केही जटिलता थपिएको प्राधिकरणले जनाएको छ । सरकाले उपलव्ध गराउने अनुदानले सहरमा घर बन्न निकै गाहे हुने, कृत्रिम लाभग्राही र निर्माण महङ्गो पर्ने भएकाले पनि सहरी क्षेत्रको निजी आवास निर्माणमा जटिलता थपिएको प्राधिकरणका सीईओ सुशील ज्ञवालीले बताए । ‘गाउँमा भन्दा सहरी क्षेत्रमा पुनर्निमाणमा केही जटिलता र चुनौती छन्’ उनले भने, ‘सहरी क्षेत्रको पुनर्निमाणमा ३ लाख अनुदानले घर नबन्ने भएकाले पनि घर बनाएका छैनन् । प्राधिकरणले निजी आवास निर्माण चालू आर्थिक ब त्र सम्पन्न गर्ने लक्ष्य लिएपनि सहरी क्षेत्रको पुनर्निर्माणमा देखिएको सुस्तताले लक्ष्य हासिल गर्न चुनौतिपूर्ण देखिन्छ ।

पुजा र शतिसबीच सम्बन्ध विच्छेद, सम्पत्ति विवादमा मेल मिलाप

काठमाडौं । विवाह भएको १८ वर्षपछि पुजा दाहाल र शतिस न्यौपानेबीच सम्बन्ध विच्छेद भएको छ । १२ वर्षिय दुई छोराका आमाबुबा समेत रहेका पुजा र सतिशबीच सम्बन्ध विच्छेद गत भदौ २१ गते जिल्ला अदालत काठमाडौंमा भएको हो । अदालतमा भएको सहमति पछि पुजाले आफ्नो अंशदाबी सबै छाडी छोराहरुको लालनपालन, शिक्षा दिक्षा सहितको सम्पूर्ण जिम्मेवारी स्वयंले लिएकी छिन् । उनी २०७४ फाल्गुन देखि दुबै छोरालाई लिएर माईतीमा बस्दै आएकी छिन् । सच्याइएको मिति २०७५ श्रवण २१ गते ‘बुहारी भगाएर गुरु न्यौपानेको सम्पत्ति हत्याउने प्रयास, डिभोर्ससँगै आधा सम्पत्ति मागिन् पुजाले’ भन्ने बिषयमा प्रकाशित समाचारमा  पुजाले श्रीमान शतिससँग सम्पत्ति माग दावी गर्दै अदालतमा मुद्दा हालेको हुनु पर्नेमा भुलवस ससुरा गुरुप्रसाद न्यौपानेको आधा सम्पत्ति दाबी गरेको भन्ने हुन गएकोमा सच्याइएको छ । उक्त समाचार कसैको व्यक्तिगत जीवन र चरित्र माथि आँच पुर्याउन उदेश्यले प्रकाशित गरिएकाे हाेइन । कुनै खराव नियत, अाग्रह वा पूर्वाग्रहमा उक्त समाचार लेखिएकाे पनि हाेइन । समाचारमा उल्लेखित व्यक्तिहरूलार्इ गाली गलाैज गर्ने वा सार्वजनिक जीवनमा दख्खल गर्ने हाम्राे कुनै उद्देश्य वा मनासय छैन । भुलवस भएका केही त्रुटीका करण उक्त समाचारले पुजा दाहाल र सम्बन्धित व्यक्तिहरु माथि पर्न गएको असर प्रति दुःख व्यक्त गर्दै क्षमा प्राथी छौं । सम्पादक

चितवनमा राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक

काठमाडौं। जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ । विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो । प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई अनुशासित तरिकाले मनाउनका लागि आग्रह गरिएको छ । लोकमार्गका होटलबाहेक अन्य होटल राति १० बजेपछि बन्द हुनुका साथै मनोरञ्जनात्मक कार्यक्रम पनि १० बजेपछि बन्द गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ । जुवातास र कौडा खेल्ने, खेलाउनेलाई कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “विशेष चाडपर्व सुरक्षा योजनाअनुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको छ ।” रासस

नेपाल – भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न

काठमाडौं। शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने मालबाहक गाडीको चापलाई खुकुल्लो पार्न, मिरगञ्जस्थित जीर्ण पुलबाट ५०÷६० मेट्रिक टन बोकेको मालबाहक गाडी ओहोरदोहर गर्नबाट उत्पन्न समस्या समाधान गर्न, आइसिटी सञ्चालन र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्ने सम्बन्धमा दुवै देशका स्थानीय प्रशासन र सुरक्षा निकायबीच सहमति भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिए। सोमबार बसेको सो बैठकमा नेपालकोतर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी केसी, प्रहरी उपरीक्षक मनोज केसी र विराटनगर भन्सार प्रमुख निमांस अधिकारी तथा भारतकातर्फबाट अररियाका जिएम हिमांशु शर्मा, प्रहरी प्रमुख, सीमा सुरक्षा प्रहरी प्रमुख र भन्सार प्रमुखको सहभागिता थियो। रासस

दशैँघरमा फूलपाती भित्र्याइयो

काठमाडौं। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज साँझ घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मान वृक्ष र अन्य नयाँ पालुवासमेत भित्र्याइएको छ । फूलपाती भित्र्याएपछि उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रह्मायणी, धानको बाला लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको विशेष पूजा गरिन्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र हुने गर्छ । रासस