तास मिलाएर झेली खेलेका रहेछन्, १७ हजार रूपैयाँ खाइदिए -कालाकार माग्ने बुढा
हास्यकालाकार केदार घिमिरे (माग्ने बुढा) यस वर्षको दशैँ कसरी मनाउदै छन् ? कलाकारहरूले दशैँ कसरी मनाउ छन् ? अहिलेसम्मको सुखद र दुखद दशैँका बारेमा विकासन्यूजका राजाराम न्यौपानेले केदार घिमिरेले गरेको कुराकानी । तपार्इले यो वर्षको दशैँ कसरी मनाउनु हुन्छ ? विगत २/३ वर्ष जस्तै हो यो वर्षको मेरो दशैँ । २/३ भन्दा अगाडीको दशैँ पक्कै फरक छ । त्यतिखेर गाँउमा सबै आफन्त र साथीभाइहरुसँग भेट हुन्थ्याे, अहिले काठमाडाैमा नै दशैँ मनाइ रहेको छु । तपाइले मनाउनु भएको दशैँ मध्ये संझना आइरने कुन दशैँ हो ? छोरीलाई पहिलो पटक पेल्न चडाउने भनेर सिमार हुदै घर गएका थियाैं। सिमारबाट लोकल बस चडेर हेटौँडा गयौ र फेरी हेटौँडाबाट हातीसुडे घर बसमा जदै थियौ । म आहिरहेको थाहा भाएर सडकमा नै दशैको कार्यक्रम गरिरहेका रहेछन । उनीहरुले बस फुर्केचैरमा रोकेर केदार घिमेरी माग्ने बुढा आको छरे भनेर पुरै बसमा खोजे । तर म बसको हुटमा थिए । उनीहरुले हुटमा पनि आएर खोजे तर चिनेन् । टेलिभीजनमा सबैले चिनेको र प्रत्यक्ष मलाई चिनेनन् । म मदिसे दाजुभाईहरुसँगै थिए र म पनि कालो थिए, त्यसैले पनि चिनेनन् । कार्यक्रम सञ्चालकहरुले भने यहि बसमा माग्ने बुढा आएको छरे, याद गरे हुन्छ यो बस सधै यहि बाटोमा गुडने हो । महिले बसका चालक र सहचालकलाई पछि असजिलो हुने भएकाले मैले भने ‘म नै हो माग्ने बुढा हो ।’ म यो कार्यक्रममा बसे भने घर जाने बस पाँउदिन भने । उनीहरुले मलाइ बाइकको व्यवस्था गछौँ भने । मेरो परिवारलार्इ घर पठाए र म कार्यक्रममा बसे । त्यो सालको दशैँलाई मैले बिर्सन सकेको छैन । तपाइको सबैभन्दा दुखद दशैँ कुन हो ? मलाई थाहा भए पछि २०५० सालमा सबैभन्दा दुखद दशैँ भयो । त्यति बेला मेरो घर आगो लागि भएको थियो । घरमा भएको सबै समान जल्यो र आफ्नो घरमा दशैँको माहोल नै आएन । त्यस वर्ष सबै कुराको अभाव भयो । कति वर्षको हुनु भएको थियो ? म १८ वर्षको भएको थिए । सबै कुरा राम्रोसँग बुझ्थे । तर आफ्नो मनमा कता कता नरामाइलो भैरहेको थियो । सबै साथीहरुले दशैँ मनाउदै थिए तर मेरो मनमा यस वर्ष हाम्रो दशैँ छैन जस्तो लागेको थियो । हामी कम्जोर भएका छौ भने त्यति बेला लागेको थियो । दशैँमा जुवा तास खेल्नु हुन्छ कि हुदैन ? विगत ५/६ वर्ष पहिले तास खेल्ने गरेको थिए । तर अहिले तास जुवा खेलदिन । यो राम्रो बानी पनि होइन जस्तो लागेर मैले तास खेल्न छोडेको हो । समय र पैँसाको पनि नास हो । दशैमा तपाइले तास खेल्दा कति पैँसा हार्नु भएको थियो ? मैले दशैँमा हार जित हुने गरी तास खेलेको छैन । दशैँभन्दा अरु बेला नै एउता खेलमा १७ हजार हारेको थिए । तासमा मिलाएर १७ हजार पैँसा खाइदिए । तास मिलाएर नै मेरो पैँसा जिते । तपाइले तास खेल्दा कति पैँसा जित्नु भएको थियो त ? सिक्ने क्रममा मैले २३ हजार जितेको थिए । जितेको बेला पनि तास खेलिरहु जस्तो लागेको थिएन । दशैँमा मदिरा पिउनु हुन्छ कि हुन्न ? दशैँ पारिवारिक हुने भएकाले पारिवारमा सरिक भएर हिडनु पर्ने हुन्छ । हाम्रो एउटा जेनेरेसनका ३/४ जना जम्मा भयाैं भने मदिरा पिउने गरेका छौ । म थाेरै पिउँछु। पिउनकाे लागि त्यस्तो कुनै पनि पल छैन । दशैँको सपिङग कहाँ गर्ने गर्नु भएको छ ? मैले अाफ्नो लागि किन्ने भनेको जुत्ता मात्रै हो । त्यो पनि कतै कार्यक्रममा गएका बेला जुत्ताले धोका दियो भने मात्रै हो । मेरा लागि किनमेल श्रीमतीले नै गर्ने हो । २/३ वर्ष काठमाडौँमा नै बसेर दशैँमा मनाउनु भएको छ । सहर र गाँउको दशैँ कतिको फरक छ ? दशैको समयमा हाम्रो फिल्म प्रदर्शनको समय छ । त्यसैले गर्दा पनि घर जान सकिदैन । गाँउमाभन्दा सहरको दशैँ अलि फरक हुन्छ । गाँउमा सबै आफन्तहरुसँग भेट हुन्छ सहरमा त्यस्तो हुदैन । गाँउमा मनहरु नजिक र सहरमा मनहरु टाडाटाडा हुन्छन् । कलाकारहरुले कसरी दशैँ मनाउछन् ? सामान्य परिवारको जस्तै हो कलारकारको पनि दशैँ । गाँउतिर घर हुनेहरु गाँउतिर जान्छन । यतै घर हुनेहरु यतै बसेर मनाउने गरेका छन् । दशैँ कसरी मनाउन सुझाव दिनुहुन्छ ? सबैले आफ्नो क्षमता अनुसार खर्च गरेर दशैँ मनाउनु पर्छ । पिङ्ग खेल्दा विचार गरेर खेल्नु पर्छ नत्र कुनै घटना पनि घटन सक्छ । सकेसम्म दशैँलाई सरल तरिकाले मनाउनु नै सबैका लागि राम्रो हुन्छ । खाने, खेल्ने र हिडने कुरामा ख्याल गर्नुपर्छ । तपाई सबैलाई हसाउने मान्छे । मनैदेखि हाँस्नलाई के हुनुपर्छ ? हाँस्ने मान्छे तनावमा हुनु हुँदैन । सबै तनावबाट मुक्त भएर ‘हाँस्न बसेको हुँ’ भन्ने ‘फिल’ गर्नुपर्छ । कहिलेकाहीँ हामीले गाईजात्रा देखाउँदा कतिपय मान्छे हाँस्दैनन् । उनीहरू ऋण, धन, घरको तनावसहित नै त्यहाँ आउँछन् । खुलेर हाँस्न सक्दैनन् । जो मान्छे तनाव छोड्न सक्छ, उही मात्र हाँस्न सक्छ ।
महंगो भाडा असुल्ने ५०० सय सवारी कारवाहीमा, मोटरसाइकल दर्ता लम्बियो,
काठमाडौं । बन्द भएको मोटरसाइकल दर्ता दशैं अघि नखुल्ने भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पेस गरेको दस्तावेज मन्त्रिपरिषदबाट पारित हुन नसकेपछि दर्ता अन्योल बन्दै गएको हो । मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको दस्तावेजमा निर्णय हुन नसकेपछि दशैं अघि दर्ता प्रक्रिया अघि बढ्न नसकेको हो । दस्तावेजमा पुरानै बाग्मती अञ्चल अनुसार ९९ लट पछि १०० लट बनाउने उल्लेख भएको विभागका प्रवक्ता गोकर्ण उपाध्ययले बताए । उनले भने हामीले मन्त्रिपरिषदमा समयमै कार्यविधि बनाएर पेस गरेपनि त्यसमा मन्त्रिपरिषले निर्णय लिन सकेन यसैले दशैंअघि दर्ता शुरु हुने प्रक्रियाको सम्भावना सकिएको छ । विभागले प्रदेश अनुसार मोटरसाइकल दर्ता प्रक्रियालाई लैजानु पर्ने भएपनि परानै मोडेलमा लैजाने तयारी गरेको हो । प्रवक्ता उपाध्यायका अनुसार यदि विभागले नयाँ कार्यविधि बनाउनु पर्ने भएमा पनि मन्त्रिपरिषदले निर्णय गर्नुपर्नेछ । नेपालमा सबैभन्दा लोकप्रिय बन्दै गएको सवारी मोटरसाइकलको संख्या २५ लाख नाघिसकेको छ । यसमध्ये बाग्मतिमा ९ हजार ९ सय ९९ वटा मोटरसाइकल पुगिसेको छ । विभागले प्रत्येक लटमा १० हजार मोटरसाइकल दर्ता गर्ने गरको छ । विभागलाई प्राप्त कानूनि अधिकार अनुसार ९९ सय लट मात्र पाइने भएकाले दर्ता प्रक्रियामा कानूनी समस्या परेको हो । बढी भाडा लिने ५०० सवारी कार्वाहीमा विभागले दशैंको समयमा हुने यातायात क्षेत्रकको अनियमितता रोक्न ४ वटा अनुगमन टोली खटाएको थियो । टोलीले हालसम्म ५ सय भन्दा बढी सवारी साधनलाई कारबाही गरिसकेको छ । उपाध्यायका अनुसार सबैभन्दा बढी अनियमितता गर्ने माइक्रो र साना सवारी रहेको छ । यस्ता सवारीलाई जरिवाना गर्ने र बढी लिइएको भाडा फिर्ता गर्ने गरिएको छ । यसैगरी विभागले असोज ३१ गतेदेखि पुन रुट परमिट बन्द गर्ने भएको छ । दशैंलाई लक्षित गरेर सञ्चालन गरिएको रुट परमिट ३१ गतेबाट बन्द हुने प्रवक्ता उपाध्यले बताए ।
‘दशैंमा पिङ खेलेर धर्ती छाडे मृत्युपछि स्वर्ग पुगिने’
काठमाडौं। नेपालीमा पिङ र अङ्ग्रेजीमा स्विङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्। नेपाली गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ। दसैंमा पिङमा बसेर धर्ती छाड्नाले मृत्युपछि स्वर्ग पुगिने जनविश्वास छ। विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ। लोप हुँदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँ र सहरहरुमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्। सरररऽऽऽ चचहुइ गर्दै पिङ खेल्नुको मज्जै बेग्लै हुन्छ। काठमाडौंका गल्लीगल्लीमा रहेका थोरै खाली स्थानमा पनि पिङ हालिएको छ। कतै बाँसको लिंगो गाडेर त कतै रुखको हाँगामा डोरी बाँधेर पिङ हालिएको छ। यसको सामाजिक महत्व भनेको घर गाउँलेहरु सबै एकै ठाउँमा जम्मा भएर पालैपालो पिङ खेलेर खुसी मनाँउदै एकआपासमा सौहार्दताको आदानप्रदान गर्ने गर्छन् ।
आफ्नो मुटु स्वस्थ राख्न दशैंमा कस्तो मासु खाने? हार्टअट्याक भएमा अपनाउनुस् यी कुरा
अनिल भट्टराई, वरिष्ठ मुटुरोग विशेषज्ञ काठमाडौं। बिशेष गरेर दशैंमा चिल्लो, बोसो युक्त अझै बिशेष गरेर रातो मासु खाने चलन रहेको छ। त्यसबाहेक यो समयमा मानिसहरुले रक्सी जाँडको पनि बढी सेवन गर्ने गर्छन्। चाडबाडको समयमा जती बेला हरेक कुरा अत्याधिक खाईन्छ यसैले गर्दा पनि बिशेष गरी सबैले आफुलाई स्वस्थ राख्ने भन्ने बिषयमा सजक रहन जरुरी छ। मासु दशैंको समयमा अत्याधिक खाइने/मन पराइने परिकार हो। मासु खाए पनि सकेसम्म चिल्लो र बोसो रहित मासु खानुपर्छ । भुटेको, तारेको मासु भन्दा पनि ग्रेभीवाला मासु खाँदा राम्रो हुन्छ। त्यो बाहेक लिङ मिट जुन छाला र बोसो रहित हुनेगर्छ त्यसको प्रयोग गर्दा पनि सामान्य मासुभन्दा स्वस्थकर हुने गर्छ। सकेसम्म खसीको मासु प्रयोग नगर्दा अझै राम्रो हुन्छ। मासु खाए पनि सेतो मासु खादाँ धेरै स्वस्थकर हुन्छ। हाम्रो प्रचुर रुपमा मासु खाने जुन चलन छ त्यसलाई सक्दो कम गर्न जरुरी छ। मदिरा र धुम्रपान सकेसम्म कम गर्नुपर्छ। त्यस्तै चाडबाडको समयमा जुवातास एकदम खेल्ने चलन पनि रहेको छ जसले गर्दा मानिसमा व्यायमको कमी हुने गर्दछ। जुवातास खेल्ने मानिस लामो समय सम्म एकै ठाउँमा जुवा खेल्दै, मसालेदार खाना खाँदै, आरामका साथ दिनरात नभनी खेल्ने गर्छन्। यसकारण पनि चाडबाडको समयमा बडी हार्टअट्याक, प्रेसर हाई भएर मुटुको नलीहरु पनि फुटिएको देखिन्छ। त्यसैले खानपान र वायमालाई यस समयमा विशेष ध्यान दिन जरुरी छ। दशैंको समयमा मुटु रोगीमा अझै जटिलता थपिन्छ – दुई दिनमै रोगी बढीहाल्ने भन्दा पनि जसलाई पहिले देखी नै मुटुरोगको समस्या छ, उच्च रक्तचाप छ र पहिले देखी नै औषधी सेवन गरिरहेका छन् उनीहरुलाई चाँही यो समयमा अझै जटिलता थपिन्छ । किनभने मुटुरोगीले त्यसरी बढी चिल्लो रहित मासु, रक्सी खायो, वायम गरेन, रातभर जाग्राम बसेर तास खेल्छ भने पक्कै पनि उसको रक्तचाप बढ्छ वा औषधीको रिक्वायरमेन्ट बढेर जान्छ। त्यस्तै, पहिले नै मुटुको नलीमा केही फरकपन आईसकेको अवस्थामा धेरै लामो समयसम्म चिल्लो भएको मासुजन्य खानेकुरा खाएको अवस्थामा त्यसले चाँही शरीरमा कोलेस्ट्रोल र सुगरको मात्रा पनि बढाउँछ जसले गर्दा अझै जटिलता थपिने, मुटुको नली साघुँरो हुने र हृदयघात, मस्तिस्कघात हुने सम्भावना बढेर जान्छ। कार्बोहाईड्रेट खानामा कम गर्ने – हाम्रो दिनहुँको खानामा मासु बाहेक सबैभन्दा बढी रुपमा प्रयोग हुने भनेको भात र आलु हो। तरकारीमा पनि आलु, अचारमा पनि आलु, हुँदाहुँदा दिउँसो खाजाको रुपमा पनि आलु फ्राइ बनाएको पाईन्छ। यसले गर्दा आलु र भातको मात्रा घटाउन जरुरी छ किनभने यसमा सबैभन्दा बढी कार्वोहाईड्रेट हुने गर्छ। सुगर शरीरमा गईसकेपछी पछी गएर चिल्लोमा परिवर्तन हुने गर्छ। त्यसैले समग्रमा बोसो कम गर्नको लागि भात, आलु र गुलियो कुराहरु पनि घटाउन जरुरी छ। यी कुराहरुमा ध्यान दिए चाड पनि मज्जाले मनाईन्छ र आफ्नो स्वास्थ्य पनि राम्रो रहन्छ। अचानक हार्टअट्याक आएमा अर्थात डाक्टर नआईपुगेको खण्डमा के गर्ने ? – यसमा दुईवटा कुरा छ। घरमा यदि कोही मेडिकल पर्सण छन् भने उसलाई यस बिषयमा थोरै भए पनि जानकारी हुन्छ । तर यदि घरमा त्यस्तो मान्छे छैन भने उसलाई यस बिषयलाई लिएर त्यती ज्ञान नहुनसक्छ। एउटा मुटु बन्द भईसकेको हुन्छ भने अर्को बन्द हुनुभन्दा अगाडिको अवस्था हुनसक्छ। हार्टअट्याक आएको मानिसलाई सामान्य अवस्थामा ल्याउनको लागि अथवा डाक्टर नआईपुगेको खण्डमा छातीको देब्रे पट्टी १ मिनेटमा ६०- ७० चोटि थिच्न जरुरी छ। त्यसमा यदि मानिसले सास लिएको छैन भने प्रत्येक ५ चोटि थिचेपछी नाक बन्द गरेर मुखमा कृतिम श्वासप्रश्वास गर्न सकिन्छ। यसो गर्दा उक्त बेहोस भएको मानिसको फोक्सोमा पनि हावा जान्छ। कसैलाई हार्टअट्याक आएको अवस्थामा यो गर्न सकियो भने धेरै हदसम्म मानिसको ज्यान जोगिन्छ। हृदयघातको लक्षण – कडा रुपमा छातीकोबीच भागमा त्यसमाथी पनि देब्रे भागमा कडा दुखाई महसुस – पसिना चिटचिट आउने – चक्कर लाग्ने – वाकवाक हुने – मुटुको धड्कन तेज रुपमा बढ्ने – बेहोस भएर ढल्ला जस्तो हुने (वरिष्ठ मुटुरोग विशेषज्ञ अनिल भट्टराईसँगको कुराकानीमा आधारित )
यी हुन् दशैं बिदाका लागि पठनीय ५ पुस्तक
काठमाडौं । दशैंको बिदामा विभिन्न विदाका पठनीय पुुस्तकहरुको खोजीमा हुनुहुन्छ ? त्यसो भए यी पाँच पुस्तक तपाईको रोजाईमा पर्न सक्छन् । यी त्यस्ता पुस्तक हुन् जो बजारमा आउने बित्तिकै खुबै चर्चामा आउन सफल भएका थिए । त्यति मात्रै होइन, यी पुस्तकहरु बजारमा रुचाईएका पठनीय सामग्री पनि हुन् । दशैंको समयमा टिका लगाउन धेरै ठाउँ जानु नपर्ने, जुवा तास र रक्सीमा मन नलगाउनेहरुका लागि यी पाँच पुस्तक उपयोगी हुन सक्छन् । निलम कार्की निहारिकाले लेखेको योगमाया पुस्तक सर्वाधिक पठनीय सामग्री हो । एक सय बर्षअघि पूर्वी नेपालमा योगमाया न्यौपाने लगायतले गरेको महिला बिद्रोहलाई समेटिएको पुस्तकले यसपालीको मदन पुरस्कार समेत जितेको थियो । महिला मुक्तिको इतिहास जान्नका लागि यो पुस्तक उपायोगी सामग्री हो । समर लभ, सायाँ, मनसुन लगायतका पुस्तक लेखेर युवा पुस्ताको मन जितेका लेखक सुबिन भट्टराईकाले प्रिय सुफी पनि नयाँ पठन सामग्री हो । यसमा केहि मायाका खुराक पाइन्छ भने दुःखबाट मुक्त हुने मोटिभेसनको कथा पनि भेटिन्छ । वादी महिलाहरुको कथा समेटिएको सरस्वती प्रतिक्षाद्धारा लिखित उपन्यास नथिया पनि दशैंका लागि उपयुक्त खुराक बन्न सक्छ । त्यस्तै, सर्वाधिक चर्चित प्रधानन्यायधिस सुशिला कार्कीको न्याय पुस्तक पनि अर्काे दमदार पठन सामग्री हो । न्यायमा नेपाली न्यायलयको चिरफार गरिएको छ । न्यायलयमा कसरी राजनीतिक हस्तक्षेप हुन्छ ? कसरी न्यायलयमा विचौलियाहरुले चलखेल गर्छन् भन्ने तथ्य यसमा समेटिएको छ । पुर्व प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलको पुस्तक पनि अर्काे पठनीय सामग्री हो । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र बामदेव गौतम गृहमन्त्री रहेका बेला २०५४ सालको स्थानीय निकाय निर्वाचन ताका घटेका घट्नाले पुस्तकमा महत्व पाएको छ । त्यस बाहेक प्रहरीभित्र राजनीतिक हस्तक्षेपको कथा पनि यसमा समेटिएको छ । त्यस्तै पत्रकार कृष्ण आचार्यको अप्रिल फुलले पनि पछिल्लो समय बजारमा राम्रै चर्चा पाईरहेको छ ।
गाउँमाभन्दा सहरमा निजी आवास निर्माण सुस्त
काठमाडौ । भूकम्पपछिको पुनर्निर्माण अन्र्तगत निजी आवास निर्माण गाउँमा भन्दा सहरमा कम देखिएको छ । विनाशकारी भूकम्प गएको साढे ३ वर्ष वितेपनि पहाडी क्षेत्र तथा गाउँको तुलनमा निजी आवास निर्माण सहरमा भने हुन नसकेको हो । अहिलेसम्म भूकम्प अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लाको तथ्यांकअनुसार गाउँतर्फ निजी आवास निर्माणमा ३७ प्रतिशत प्रगति देखिएको छ भने सहर तर्फ २२ प्रतिशत मात्रै घर बनेका हुन् । प्राधिकरणले दिएको अनुदान निकै कम, जग्गा र निर्माण महङ्गो, विलासी लाभग्राही, कृत्रिम लाभग्राही लगायत अन्य समस्याका कारण सहरी क्षेत्रको आवास निर्माण सुस्त देखिएको हो । काठमाडौं उपत्यकामा निजी आवास मात्रै होइन, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुननिर्माणको अवस्था पनि उस्तै छ । काठमाडौं उपत्यकामा मात्रै झन्डै साढे एक लाख घर क्षति भएका थिए । त्यस्मा अहिलेसम्मको तथ्याङ्कअनुसार एक लाख ५ हजार घरमात्रै लाभग्राही सुचीमा परेका थिए । त्यसमध्ये अहिलेसम्म २२ प्रतिशतको हाराहारीमा मात्रै घर बनेको प्राधिकरणले जनाएको छ । झन्डै काठमाडौं उपत्यकामा मात्रै ९५ प्रतिशतले पहिलो किस्ता, २५ प्रतिशतले दोस्रो किस्ता र १८ प्रतिशतले तेस्रो किस्ता पाइसकेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । गाउँको तुलनमा सहरी क्षेत्रमा निजी आवास निर्माणमा केही जटिलता थपिएको प्राधिकरणले जनाएको छ । सरकाले उपलव्ध गराउने अनुदानले सहरमा घर बन्न निकै गाहे हुने, कृत्रिम लाभग्राही र निर्माण महङ्गो पर्ने भएकाले पनि सहरी क्षेत्रको निजी आवास निर्माणमा जटिलता थपिएको प्राधिकरणका सीईओ सुशील ज्ञवालीले बताए । ‘गाउँमा भन्दा सहरी क्षेत्रमा पुनर्निमाणमा केही जटिलता र चुनौती छन्’ उनले भने, ‘सहरी क्षेत्रको पुनर्निमाणमा ३ लाख अनुदानले घर नबन्ने भएकाले पनि घर बनाएका छैनन् । प्राधिकरणले निजी आवास निर्माण चालू आर्थिक ब त्र सम्पन्न गर्ने लक्ष्य लिएपनि सहरी क्षेत्रको पुनर्निर्माणमा देखिएको सुस्तताले लक्ष्य हासिल गर्न चुनौतिपूर्ण देखिन्छ ।
पुजा र शतिसबीच सम्बन्ध विच्छेद, सम्पत्ति विवादमा मेल मिलाप
काठमाडौं । विवाह भएको १८ वर्षपछि पुजा दाहाल र शतिस न्यौपानेबीच सम्बन्ध विच्छेद भएको छ । १२ वर्षिय दुई छोराका आमाबुबा समेत रहेका पुजा र सतिशबीच सम्बन्ध विच्छेद गत भदौ २१ गते जिल्ला अदालत काठमाडौंमा भएको हो । अदालतमा भएको सहमति पछि पुजाले आफ्नो अंशदाबी सबै छाडी छोराहरुको लालनपालन, शिक्षा दिक्षा सहितको सम्पूर्ण जिम्मेवारी स्वयंले लिएकी छिन् । उनी २०७४ फाल्गुन देखि दुबै छोरालाई लिएर माईतीमा बस्दै आएकी छिन् । सच्याइएको मिति २०७५ श्रवण २१ गते ‘बुहारी भगाएर गुरु न्यौपानेको सम्पत्ति हत्याउने प्रयास, डिभोर्ससँगै आधा सम्पत्ति मागिन् पुजाले’ भन्ने बिषयमा प्रकाशित समाचारमा पुजाले श्रीमान शतिससँग सम्पत्ति माग दावी गर्दै अदालतमा मुद्दा हालेको हुनु पर्नेमा भुलवस ससुरा गुरुप्रसाद न्यौपानेको आधा सम्पत्ति दाबी गरेको भन्ने हुन गएकोमा सच्याइएको छ । उक्त समाचार कसैको व्यक्तिगत जीवन र चरित्र माथि आँच पुर्याउन उदेश्यले प्रकाशित गरिएकाे हाेइन । कुनै खराव नियत, अाग्रह वा पूर्वाग्रहमा उक्त समाचार लेखिएकाे पनि हाेइन । समाचारमा उल्लेखित व्यक्तिहरूलार्इ गाली गलाैज गर्ने वा सार्वजनिक जीवनमा दख्खल गर्ने हाम्राे कुनै उद्देश्य वा मनासय छैन । भुलवस भएका केही त्रुटीका करण उक्त समाचारले पुजा दाहाल र सम्बन्धित व्यक्तिहरु माथि पर्न गएको असर प्रति दुःख व्यक्त गर्दै क्षमा प्राथी छौं । सम्पादक
चितवनमा राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक
काठमाडौं। जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ । विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो । प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई अनुशासित तरिकाले मनाउनका लागि आग्रह गरिएको छ । लोकमार्गका होटलबाहेक अन्य होटल राति १० बजेपछि बन्द हुनुका साथै मनोरञ्जनात्मक कार्यक्रम पनि १० बजेपछि बन्द गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ । जुवातास र कौडा खेल्ने, खेलाउनेलाई कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “विशेष चाडपर्व सुरक्षा योजनाअनुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको छ ।” रासस