विकासन्युज

छ्याङ्दी हाइड्रोको कात्तिक १५ गते बुक क्लोज

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको आगामी कात्तिक १५ गते बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन संस्थाको बुक क्लोज गर्न लागेको हो । यस कम्पनी आगामी कात्तिक २९ गते चौंथो र पाँचौँ वार्षिक साधारणसभामा जाँदै छ ।

सामान्य रुपमा महिनावारी रोक्न पिल्सको प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्दैन : डा. नुतन शर्मा

डा. नुतन शर्मा, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ काठमाडौं। चाडबाडको समय छ र यस समयमा धेरै महिलाको चिन्ताको बिषय हो महिनावारी। हाम्रो समाजमा अझै पनि महिनावारीलाई लिएर मानिसहरुमा नकरात्मक धारणा रहेको छ। चाडवाडको समयमा महिनावारि भएको खण्डमा पूजाआजा गर्न नमिल्ने, टिका लगाउन नमिल्ने भनेर समाजले एकप्रकारको बन्देजनै लगाएको छ। कोही मानिसहरु यस सोचबाट माथि उठीसकेका छन् भने अझै पनि धेरै मानिसहरु यही बन्देज भित्र छन्। यसका लागि चिकित्सा विज्ञानले केही औषधिको जोहो पनि गरिदिएको छ  र धेरै महिलाहरुले त्यसको प्रयोग पनि गर्छन् तर भित्रभित्रै यसले समस्या उब्जाउने पो हो कि भन्ने डर उनिहरुको मनमा सधैं हुने गर्छ। पछी गएर बच्चा नबस्ने पो हो कि, महिनावारीमा गडबडी पो हुने हो कि भन्ने डर उनिहरुको मनमा सधैं हुनेगर्छ। महिनावारि केही दिन पर सार्ने पिल्सको बारेमा उनिहरुको एकदमै गलत धारणा रहेको छ। यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन र स्वास्थ्यका लागि हानीकारक हुन्छन् भनेर धेरै भनिन्छ तर कुन र कस्तो अवस्थामा भनेर भनिदैन। सामान्य रुपमा पिल्सको प्रयोग गर्दा स्वास्थ्यलाई यसले कुनै प्रकारको असर गर्दैन। पिल्स महिनावारि सुरुहुनु भन्दा २ दिन अगाडी प्रयोग गर्न सकिन्छ। त्यसपछी आफुलाई कति दिनसम्म चाहिने हो त्यस अनुसार प्रओग गर्दा हुन्छ। ७-८ दिन भन्दा उता पिल्स प्रयोग नगर्दा राम्रो हुन्छ। यसको अत्याधिक प्रयोग भएको खण्डमा मात्र समस्या उतपन्न हुनसक्छ।

विभागको ६३८ अनुगमन राजधानीको संगम स्वीट, पिनर्स, द कोरियन सपसहित २७ वटा पसलमा सिलबन्दी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै २७ वटा पसलमा सिलबन्दी गरेको छ । ५ सय प्रतिशतसम्म बढी मूल्य लिएको भेटेपछि विभागले सिलबन्दी गरेको हो । विभागले चालू आर्थिक वर्षमा २२ सय अनुगमन गर्ने लक्ष्य लिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । उनका अनुसार हालसम्म देशभर ६३८ वटा अनुगमन भैसकेको छ । यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५१३ अनुगमन गरिसकेको छ भने उपत्यका बाहिर १२४ वटा अनुगमन गरेको छ । अनुगमन गरिएको मध्ये २४ वटामा सिलबन्दी गएिको महानिर्देशक गौचनले बताए । उनका अनुसार ३ वटा व्यवसायीको कारोबार रोक्का गरिएको छ । यस्तै ८ लाख २८ हजार बराबरको सामाग्री नष्ट गरिएको छ । विभागले उपत्यकाभित्र बानेश्वरस्थित संगम स्वीट र जमलस्थित द कोरियन सपमा शिलबन्दी गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा कोरियन पसलमा सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो । कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका क्रममा विभागले अनुगमन गरी शिलबन्दी गरिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिए। खरीद मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको अनुगमनका क्रममा देखिएको उनले बताए । अधिकृत पोखरेलले भने, “कोरियन सपले ७० देखि ५०० प्रतिशतसम्म मुनाफा राखेर कपडालगायत सामग्री बिक्री गरेको पाइयो ।” यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेपछि संगम स्वीटलाई पनि सिलबन्दी गरेको छ । अनुगमनका क्रममा सेतो कपडामा प्रयोग गरिने वस्तु नीर भएको प्रमाणित भएपछि स्वीटलाई बन्द गरिएको हो । बानेश्वरमा सङ्गम शर्माले सञ्चालन गरेको सङ्गम स्विट्स एण्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा उक्त पाउडर फेला परेको हो । मिठाइमा हाइड्रो–१ नामको अखाद्य वस्तु मिसावट भएको फेला परेका कारण शर्मालाई खाद्य ऐन २०२३ र नियमावली २०२७ अनुसार कानूनी कारवाही गरिने खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए। खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको प्रमाण फेला परेमा सो ऐन र नियमावलीमा कम्तीमा पाँच वर्ष कैद वा रु पचास हजार जरिवाना वा दुवै सजायको व्यवस्था छ । खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले खाद्य अनुसन्धान अधिकृत सुवेदीको नेतृत्वमा अनुगमन गर्न गएको समूहले आज सो गोदाम बन्द गरेको छ । अनुगमनमा उपभोक्ता अधिकारकर्मी, जिल्ला प्रशासन कार्यालय र पत्रकारको पनि सहभागिता थियो । त्यसैगरी शर्माको बानेश्वरस्थित पसलमा भेटिएको अखाद्य पाँच लिटर घिउ नष्ट गरिएको छ । घिउमा पोल्यारिटीको मात्र ३९ रहेकाले नष्ट गरिएको हो । स्वस्थ्य घिउमा पोल्यारिटीको मात्र अधिकतम २५ हुनुपर्छ। उपभोक्ता संरक्षण ऐन, २०७५, कालोबजारी ऐन तथा सामाजिक अपराध ऐनबमोजिम उक्त पसलका सञ्चालकलाई कारवाही हुने उनले जानकारी दिए। कालोबजारी ऐनअनुसार व्यापारीले कुनै पनि उपभोक्तालाई सामग्री बिक्री गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन ।

नेपाली रेलले चीन र भारतबाट सामान आयात निर्यात गर्छ: बलराम मिश्र

 २०४९ सालमा लोकसेवाको परिक्षा पास भएपछि इन्जिनियर बलारबम मिश्रले सडक विभागमा जागिर खाएँ । २०६२ उपसचिव र २०७४  सहसचिवमा बढुवा पाएका  मिश्रले विभागमा रहँदा  मध्यपहाडी लोकमार्ग लगाएत ठूलो ठूलो आयोजनामा काम गर्ने माैका पाए । उनी  मध्यपहाडी लोकमार्ग अायाेजनाकाे प्रमुख समेत भएर काम गरे । हाल उनी रेल विभागकाे महानिर्देशक छन् । नेपालमा यतिबेला रेल निर्माण सम्बन्ध याेजना र परिकल्पनाबारे धेरै छलफल भइरहेकाे छ । यसै सन्दर्भमा उनीसँग  विकासन्युजका सम्वादाता खेमराज श्रेष्ठले कुराकानी गरेका छन् । भारतबाट रेल आउने चीनबाट रेल आउँने भन्ने कुरा चलिरहेको छ । के यो आयोजना पनि मेलम्ची जस्तै त बन्दैन ? आयोजना सफल हुने नहुने भन्ने विभिन्न कारणहरु रहेका छन् । यसमा सरोकार वाला निकायहरुले कतिको महत्व दिन्छ भन्ने कुरा हो । नेपालले चीन र भारतलाई रेलमार्गले जोड्ने आयोजना हो । यसले नेपालको अर्थतन्त्रमा निकै ठूलो प्रभाव पार्नेछ । यो आयोजना समयमै सकिनु पर्छ भन्ने मेरो मान्याता रहेको छ । अहिले विभागमा म आइसकेपछि कसरी थोरै समयमा धेरै काम गर्न सकिन्छ भन्ने कुराको अध्यायन गरिरहेका छौं । भारतबाट आउने रेल निर्माण कार्यमा केहि सहजता रहेको छ । किनभने यहाँ भौगोलिक वातावरणले पनि साथ दिएको छ । तर हामीले ठूलो आयोजना भन्दा पनि पूर्व पश्चिम छोटो समयमा चलाउने सकिने आयोजनाको अध्यायन गरिरहेका छौं । यो आयोजना भनेको बुलेट ट्रेन हो । यस्तो आयोजना छोटो समयमा सम्पन्न पनि गर्न सकिन्छ । यस्तो रेल २५० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ । यस आयोजना सम्पन्न भयो भने रेलमार्ग विस्तार गर्न सहयोग पुर्याउछ । चीनतर्फ रहेको आयोजना चिनियाँ सरकारले नै सहयोग गर्ने बताएको छ । नेपालको आर्थिक अवस्था कमजोर रहेको छ आफैंले यो आयोजना निर्माण गर्न सक्दैन । किनभने नेपालमा रेलमार्ग विस्तार गर्न धेरै लगानी आवश्यक पर्छ । यसरी हामी अहिले सहयोग गर्ने निकायसँग छलफल गरिरहेका छौं । यदि यो काम सुस्तरमा गर्ने हो भने वषौं लाग्न सक्छ । यस अर्थमा हामीसँग रहेको जनशक्तिले धान्न सक्दैन भन्ने होइन । हामीले विदेशी जनशक्ति ल्याउन पनि सक्छौं । भौगोलिक अवस्थाले रेलमार्ग निर्माण गर्न तुलनात्मक रुपमा केहि कठिनाई देखिएको हो ? नेपालको भौगोलिक अवस्था नै अलिक कठिन छ । हामीले यो अवस्था परिवर्तन गर्न सक्दैनौं । सोहि बमोजिमको पूर्वाधार निर्माण गर्ने हो । विश्वका कठिन भौगोलिक अवस्था रहेका स्थानहरुमा पनि ठूला ठूला पूर्वाधारहरु निर्माण भैरहेका छन्, भैसकेका छन् । अहिले सबै प्रविधिको विकास भैसकेको छ । हामीले त्यसलाई प्रयोग मात्र गर्ने हो । यो मात्र फरक पर्छ कि आर्थिक रुपमा धेरै खर्च पर्न सक्छ । रेलमार्गबाटै नेपाल तेस्रो मुलुकसँग जोडिने सम्भावना कस्तो रहेको छ ? अवस्य पनि रेलमार्गले नेपाल भारत चीन बाहेक तेस्रो मुलुकमा पनि यातायात सञ्जाल जोड्छ । हाम्रो रेलमार्ग जोगवनिमा जोडिने बित्तिकै हामी तेस्रो मुलुकमा जोडिन सक्छौं । तर भारतले यसमा अनुमति दिनु पर्नेछ । यसैगरी काठमाडौंदेखि केरुङ रेलमार्ग जोड्न सक्यौं भने हामी पुरै चीन घुम्न सक्छौं । हाम्रो रेलले सिधै चीनबाट सामान उठाएर नेपाल ल्याउन सक्छ । सिधैं भारतबाट सामान बोकेर ल्याउन सक्छ । तर यसमा समस्या के आउन सक्छ भन्दा हाम्रो रेललाई भारतले अनुमति दिन्छ वा दिदैंन । चीनले हालसम्म नेपाली एयरलाइन्सलाई समेत अनुमति दिएको छैन । यसमा पनि नेपाली रेललाई भारत पस्न दिन्छ दिदैंन भन्ने कुरा हो । यदि स्वीकृति दियो भने नेपालले आर्थिक रुपमा ठूलो प्रगति गर्नेछ । नेपालले रेलमार्ग निर्माण गर्दा भोग्नु पर्ने समस्याहरु के के हुन सक्छन् ? नेपालमा रेलमार्ग निर्माण गर्न समस्या नै समस्या रहेको छ । पहिलो नम्बरमै आर्थिक समस्या रहेको छ । त्यसपछि प्राविधिक पाटो आउँला । तर समस्या छ भन्दैमा केहि काम नगरी बस्ने भन्ने कुरा हुदैन । हामीले काम सुरु गरिसकेका छौं। यसमा हामी सफल हुन्छौं, हुनैपर्छ पनि । कुनै दिन रेल विभागका कर्मचारीले हाजिर बाहेक केहि काम नै नहुने अवस्था रहेको थियो, अहिले कस्ताे छ  ? तपार्इले देखिरहनु भएको होला कति व्यस्त छु । हाम्रो विभागको कर्मचारी कति व्यस्त छन् । पहिल्लो समय रेल विभागको व्यस्तता द्रुत गतिले बढेको छ । काम पनि राम्रो गतिमा अघि बढिरहेको छ ।

दशैं राम्रो सेल्फी खिच्नकाे लागि अपनाउनुस् यी पाँच टिप्सहरु

काठमाडौं। नेपालीहरूकाे  महान् चाड दशैं नजिकिँदै आईरहेको छ र चाडपर्वको बेला हामी धेरै फोटोहरु खिच्ने गर्छौ। त्यसमाथि पनि अचेल हामी एकदम धेरै सेल्फी खिच्ने गर्छौ। सेल्फी कसरी राम्रो खिच्ने ? जान्नकाे लागी यी टिप्सहरु अपनाउनु हाेस् । १. कुनै पनि फोटो खिच्दा उज्यालो एकदमै महत्वपूर्ण कुरा हो। सेल्फी खिच्दा पनि उज्यालो एकदम महत्वपूर्ण हुन्छ। जहिले पनि सेल्फी खिच्दा उज्यालो कताबाट आईरहेको छ त्यसतर्फबाट सेल्फी खिच्नुहोस्। यदी कोठामा सेल्फी खिच्दै हुनुहुन्छ भने झ्यालतिरबाट फोटो खिच्नुहोस्, झ्याललाई ब्याकग्राउण्ड पारेर फोटो नखिच्नुहोस्। २. हामी कुनै पनि फोटो खिच्दा खेरी फोटो सम्झनाको लागि खिच्छौं। त्यसैले सेल्फी खिच्दा पनि पछी गएर यादको रुपमा राख्नलाई खिच्छौं त्यसैले सेल्फी खिच्दा पनि आफ्नो क्लोजअप फेस मात्र नभएर पछाडिको ब्याकग्राउण्ड पनि राम्रोसँग निकाल्नुहोस्।। ३. हामी सबैको अनुहार बिभिन्न बनावटको हुन्छ त्यसैले फोटो खिच्दा पनि सबैको एउटै कोणबाट फोटो राम्रो आउँदैन। त्यसैले बिभिन्न कोणबाट फोटो खिच्ने प्रयास गर्नुहोस्। ४. सेल्फी खिच्दा नजिकबाट नखिच्नुहोस। यसले अनुहार ठुलो देखिने र अचम्मको देखिन्छ। सेल्फी खिच्दा क्यामरालाई अलिक टाढा राखेर खिच्नुहोस्, सम्भव छ भने सेल्फी स्टिकको प्रयोग गर्नुहोस। ५. सेल्फी खिच्दा कहिलेकाहीँ आफैले क्यामरा क्लिक गर्नलाई अफ्ठेरो भयो भने हेडफोनको प्रयोग गर्नुहोस्। हामीले प्रयोग गर्ने सबै मोबाईल फोनको क्यामरामा फ्ल्यास हुँदैन त्यसैले रातिको समयमा अरु एलईडी लाईटहरुको प्रयोग गर्नसकिन्छ जुन बजारमा सजिलै २/३ सय रूपैयाँमा किन्न  पाईन्छ। यदी यो नभएको अवस्थामा अर्को मोबाईल फोनको फ्ल्यास लाईट पनि प्रयोग गर्न सकिन्छ। ६. सेल्फी खिचेर सकेसम्म न्याचुलरनै राख्नुहोला, धेरै एडिट नगर्नुहोला। सेल्फी खिच्दा हरेक कोणबाट खिच्नुहोला तर सकेसम्म जहाँसम्म फोटो न्याचुलर देखिन्छ त्यती नै राम्रो देखिन्छ।

मल्लकालिन परम्परालाई निरन्तरता दिँदै मनाइयो कालरात्रि

पोखरा । संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा कालरात्रि मनाइएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल (दुर्गा) पक्षको अष्टमी तिथिको मध्यरातमा कालरात्रिको विशेष पूजा गरिने प्रचलनलाई यस वर्ष पनि कोटभैरव मन्दिरमा निरन्तरता दिइएको हो । कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतकाअनुसार मन्दिरमा महाअष्टमीको मध्यरातमा कालो बोकाको बलिसहित कालरात्रिको पूजा गरिएको हो । मध्यरातमा गरिएको कालरात्रिको विशेष पूजामा १५० जना भन्दाबढीको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । “मल्लकालिन समयदेखि नै शक्ति स्वरुपा कोटभैरवको पूजाआजा भएको पाइन्छ,” उहाँले भन्नुभयो, “तत्कालिन समयदेखि नै दुर्गा पक्षको प्रतिपदाका दिन घटस्थापना गरी फूलपाती, महाअष्टमी, कालरात्रि, महानवमीको विशेष पूजासहित विजया दशमीका दिन सामूहिक टिका प्रसाद लगाउने यहाँको प्राचीन संस्कृति हो ।” कालरात्रिका अवसरमा मन्दिरको सम्पत्तिका रुपमा रहेका शक्ति स्वरुपका प्राचीन हातहतियारको पूजासमेत गर्ने गरिन्छ । मन्दिरमा कालरात्रिको पूजामा सहभागी बनेमा विभिन्न दीर्घ रोगको समस्याबाट मुक्ति पाउनुका साथै मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । सोहि विश्वासकासाथ कालरात्रिको पूजामा मन्दिर आसपासका बर माझथर, बर धारापानी, बरपौवा, बरपाण्डेथुम, चवादी, कुर्लिङ, पुणिटारलगायतका स्थानबाट सर्वसाधारण आउने गरेका छन् । नवदुर्गाको अवसरमा पाठ गरिने सप्तशती (चण्डी)मा कालरात्रिको महिमा उल्लेख छ । शप्तशतीको पहिलो अध्यायको ७९औँ श्लोकमा, “कालरात्रि महारात्रिर्मोहरात्रिश्च दारुण । त्वं श्रीस्त्वमीश्र्वरी त्वं ह्रीस्त्वं बुद्धिबोधलक्षण ।।” भनिएको छ भने अर्गला स्तोत्रको दोस्रो श्लोकमा “जय त्वं देवी चामुण्डे जय भूतार्तिहारिणि । जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।” भन्दै कालरात्रिको महिमा गान गरिएको छ । कालरात्रिको महिमालाई आत्मसात गर्दै मन्दिरमा नवदुर्गा विशेष पूजाका साथै कालरात्रिको पूजाआजा हुने गरेको कोटभैरव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो । कोटभैरवमा कालरात्रिको पूजा डाँडामा चन्द्रमा आधा अस्त भएका समयमा गर्ने प्रचलन रहेको उहाँको भनाइ छ । यसैबीच कोटभैरवको नयाँ मन्दिर निर्माण गरिने भएको छ । लगभग रु ३० लाखको लागतमा प्यागोडा शैलीका तीनतले मन्दिर निर्माण गर्ने सोचका साथ काम अघि बढेको अध्यक्ष महतले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर निर्माणका लागि यसै आवमा पोखरा महानगरपालिका–३३ कार्यालयबाट रु १२ लाख छुट्याइएको छ । मन्दिर निर्माणमा सर्वसाधारणको समेत चासो बढिरहेको बताउँदै उहाँले विभिन्न व्यक्तिबाट चन्दा सहयोग दिइने प्रतिवद्धता व्यक्त गरिएको जानकारी दिनुभयो । बरकोटका काला जटाभैरवका रुपमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको कोटभैरव मन्दिर र नजिकैको हुडिकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला नाङ्गा आँखाले एकसाथ देख्न सकिने भएकोले यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने समितिको सोच रहेको सचिव कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । मनोकामना सिद्ध हुने विश्वासका साथ कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न स्थानबाट भाकलसहित यहाँ सर्वसाधारण पूजाआजा गर्न आउँछन् । मन्दिरमा जान पोखराको विरौटा हुँदै दोभिल्ला, भाटीको चौतारा, गैरागाउँ, बर पाण्डेथुम, बर माझथर हुँदै मन्दिर जाने मुख्य चोक मनियलडाँडासम्म पोखरा महानगरको बस सेवा नियमित सञ्चालनमा छ । पोखराको पृथ्वीचोकबाट विजयपुर, पावर हाउस, भञ्ज्याङ, धारपानी हुँदै मनियलडाँडासम्म स्थानीय यातायात बस व्यवसायी समितिले पनि नियमित बस सेवा सञ्चालन गरेको छ । मनियलडाँडासम्म पुग्ने दुवै बाटो पूरै कालोपत्र भएको र बस बिसौनीबाट लगभग १० मिनेटको पैदल यात्राबाट मन्दिर पुग्न सकिन्छ । बाटोको सुगमताका साथै ऐतिहासिक महत्वको मन्दिरलाई नयाँ स्वरुपमा निर्माण गरिएसँगै मन्दिर र आसपास क्षेत्रको अवलोकन एवम् दृश्यावलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्ने विश्वास लिइएको छ । यबैबीच कोटभैरव मन्दिरमा आज महानवमी विशेष पूजाका अवसरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । मन्दिरमा भक्तजनबाट एक सयभन्दा बढी बोका तथा कुखुराको बलिसमेत दिइएको समितिले जनाएको छ । रासस

१०० मेगावाटको सुपर त्रिशुली बनाउन ब्लु इनर्जीले ठेकेदारसंग माग्यो आशयपत्र, ५ वर्षमा बिजुली बल्ने

काठमाडौं । प्रवद्र्धक ब्लु इनर्जी प्राइभेट लिमिटेडले १०० मेगावाटको सुपरत्रिशुली जलविद्युत आयोजना निर्माण गर्न ठेकेदार छनौट सुरु गरेको छ । आयोजना निर्माण गर्नका लागि ब्लु इनर्जीले ठेकेदार कम्पनीबाट आशयपत्र मागेको हो । आशयपत्र पेश गर्ने अन्तिम दिन कात्तिक २९ गतेसम्म तोकिएको छ । आशपत्रबाट छनौट हुने कम्पनीले मात्र बोलपत्रमा भाग लिन पाउने कम्पनीले जनाएको छ । इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (ईपीसी) प्रारुमा आयोजना बनाउने कम्पनीको तयारी छ । आयोजनाको बाँध, विद्युतगृहलगायत अन्य पुर्वाधार बनाउनका लागि कम्पनीले निर्माण व्यवसायी छनौट गर्न लागेको हो । काम सुरु गरेको ४८ महिनामा आयोजनाको काम सम्पन्न हुने लक्ष्य लिइएको छ । आयोजना आगामी २०७५ कात्तिकदेखि निर्माण सुरु हुने भएको छ । प्रवद्र्धक ब्लु इनर्जीले विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । आयोजना स्वदेशी तथा विदेशी संयुक्त लगानीमा निर्माण हुनेछ । आयोजनाबाट २०७९ असोज १४ गते ( सन् २०२२ को अक्टुबर) देखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको ब्लु इनर्जीका निर्देशक निरञ्जन रेग्मीले बताए । आयोजनामा सरार्फ ग्रुपको मुख्य लगानी हुने भएको छ । यस्तै, हङकङको डोमिन्स होल्डिङस र नेपाली लगानीकर्ताको स्वपुँजी हुने छ । आयोजनालाई विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) को ऋण लगानी हुने उनले जानकारी दिए । उनकाअनुसार आयोजना बनाउन १६ अर्ब रुपैयाँ लाग्ने प्रवद्र्धक संभाव्यता अध्ययनले देखाएको छ । आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्न हङकको डोमिन्स होल्डिङसंग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । यसका अतिरित्त नेपालमा होटल व्यवसाय गर्दै आएको सरार्फ र नेपालीको लगानी हुने भएको छ । सराफ ग्रुपले २३.५ मेगावाटको सोलु आयोजनामा पनि लगानी गरेको छ । हाल सो आयोजना निर्माण भइरहेको छ । यो वर्ष लाइसेन्स लिने, लगानी जुटाउने, आयोजनास्थलमा अस्थाइ क्याम्प बनाउने जस्ता पुर्वनर्माणको काम सक्ने लक्ष्य लिएको छ । आयोजनाका लागि आवश्यक पर्ने ७० प्रतिशत जग्गा अधिग्रहण गरिसकेको उनले बताए । सुपर त्रिशुलीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) एसएनभी ल्याभिन क्यानाडाले गरेको हो । डीपीआरले आयोजना निर्माण लागत सस्तो पर्ने देखाएको रेग्मीको भनाई छ । डीपीआर अनुसार आयोजनाको प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ छ । ब्लु इनर्जीलाई पब्लिक कम्पनी बनाई सर्वसाधारणमा सेयर निष्कासन गर्ने उनले जानकारी दिए । आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । आयोजनाको बाँधसंगै विद्युतगृह हुने (ड्याम टोई) प्रकृतिको छ । यस्तो संरचना हुने सुपर त्रिशुली नेपालको पहिलो जलविद्युत आयोजना हुनेछ । यस्तो बाँध भएको सुपर त्रिशुली नेपालको पहिलो आयोजना हुनेछ । नदीको वहावमा आधारित आयोजनाबाट वार्षिक ४० करोड ६७ लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको हेड १४.५ मिटर मात्र हुने छ । होरिजेन्ट एक्सिस भएको बल्ब टर्वाइनमा पानी खसाले आयोजनाबाट बिजुली उत्पादन हुने छ । आयोजनाको मुल संरचना राजधानीबाट १ सय किलोमिटर टाढाको दुरीमा हुने छ । चितवनको दारेचोक र गोरखाको मकैसिंहमा पर्छ । आयोजनाबाट १९ किलोमिटर टाढा आवुखैरनीमा रहेको २२० केभी क्षमताको सवस्टेशनमा बिजुली जोडिने छ ।

बज्र इनर्जीले २४.८ मेगावाटको मादी आयोजना निर्माण गर्ने, सरकार लाइसेन्स दिने तयारीमा

काठमाडौं । बज्र इनर्जी भेन्चर्स प्राइभेट लिमिटेडले २४.८ मेगावाटको बज्रमादी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीलाई विद्युत विकास विभागले विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने तयारी थालेको छ । विभागले ३५ दिने सुचना प्रकाशित गरेर सरोकारवालासंग रायसुझाव मागेको छ । बज्रमादीले ३५ दिनपछि आयोजनाको लाइसेन्स पाउने छ । नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट १४ करोड ६० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । १२.४ मेगावाटको २ वटा फ्रान्सिसको टर्वाइन जडान गर्नुपर्ने कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ७.२ किलोमिटर लामो १३२ केभी क्षमताको लेखनाथ सवस्टेशनमा जोडिने छ । आयोजनाको मुल संरचना मादी गाउँपालिकाको हरियो स्वरामा पर्छ । विद्युतगृह सोही गाउपाँलिकाको इदीदेउरालीमा पर्ने कम्पनीले जनाएको छ ।