विकासन्युज

मेयरमा पराजित, ‘अटेरी’ देखि पर्यटन मन्त्रालयको कमानसम्म : गनेस पौडेलको नयाँ यात्रा

काठमाडौं । पोखराको सडक र चोकहरूमा कहिले पठन संस्कृतिको वकालत गर्दै त कहिले बेथितिविरुद्ध ‘अटेरी’ अभियानको झण्डा बोक्दै हिँड्ने एउटा परिचित अनुहार हो, गनेस पौडेल । हिजोका अभियन्ता र लेखक पौडेल अब देशको पर्यटन क्षेत्रको बागडोर सम्हाल्ने गरी मन्त्रीको कुर्सीमा पुगेका छन् । २०७९ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिँदा पौडेलले दलीय एकाधिकार र भ्रष्टाचारविरुद्ध ‘अटेरी अभियान’ को विगुल फुकेका थिए । त्यसबेलाको पराजयले उनलाई थकाएन, बरु अझ ठूलो मञ्चका लागि तयार गर्‍यो । हालै सम्पन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत ३९ हजार ८८३ मतका साथ सानदार जित हासिल गर्दै पौडेल व्यवस्था परिवर्तनको मुद्दा बोकेर सिंहदरबार छिरेका हुन् । नागरिकतामा ‘खडगराज’ नाम भएपनि साहित्यिक र सामाजिक वृत्तमा उनी ‘गनेस’ नामले नै स्थापित छन् । उनी केवल राजनीतिज्ञ मात्र होइनन्, एक कुशल लेखक र अनुवादक पनि हुन् । २०७४ सालमा प्रकाशित उनको पहिलो उपन्यास ‘पैताला’ ले उनलाई नेपाली आख्यानमा बलियो परिचय दियो । विश्वप्रसिद्ध लेखक जोन स्टेनबेकको कृति ‘अफ् माइस एण्ड मेन’ लाई उनले ‘मुसा मानुष’ का रूपमा नेपालीमा अनुवाद गरी आफ्नो भाषिक पकडलाई प्रमाणित गरिसकेका छन् । पोखरामा बौद्धिक बहस र पठन संस्कृतिको लहर ल्याउने ‘¥यान्डम रिडर्स सोसाइटी अफ नेपाल’का परिकल्पनाकारमध्ये उनी एक हुन् । २०३६ सालमा पोखराको मझेरीपाटनमा जन्मिएका पौडेल शैक्षिक रूपमा पनि उत्तिकै अब्बल छन् । उनले पोखरा विश्वविद्यालयबाट एमबिए र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन् । शिक्षण पेशा र सामाजिक पैरवीमा लामो अनुभव सँगालेका पौडेलले अब आफ्नो व्यवस्थापकीय र बौद्धिक क्षमता पर्यटन मन्त्रालयमा खर्चनेछन् । वातावरण, सम्पदा, कला र संस्कृतिको संरक्षणमा विगतदेखि नै प्रखर आवाज उठाउँदै आएका पौडेलका लागि पर्यटन मन्त्रालय एक सुहाउँदो जिम्मेवारी हो । उनले नीति निर्माण र स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता वादी

काठमाडौं । सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेकी सीता वादी समुदायबाट पहिलो मन्त्री बनेकी हुन् । दलित समुदायभित्र पनि सामाजिक, आर्थिक रूपमा निकै पछाडि रहेको वादी समुदायले पहिलो पटक मन्त्री पाएको हो ।  कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरको नयाँगाउँमा २०५२ साल भदौ १३ गते जन्मिएकी हुन् । सीताको बाल्यकाल आफ्ना बुवाआमासँगै भेरी नदीको किनारमा बालुवा चल्नमै बित्यो ।   अन्य वादी समूहजस्तै सीताको परिवार पनि भूमिहीन छ । गरिब परिवारमा जन्मेर पनि सीताले विद्यालयलाई भने निरन्तरता दिएकी थिइन् । घन्टौं हिँडेर विद्यालय जानुपर्ने बाध्यता थियो । उनी १३ वर्ष हुँदा एउटा संस्थाको सहयोगमा उनी पढ्न काठमाडौं आउने अवसर जुर्यो ।  काठमाडौं आएपछि उनको जीवनले नयाँ मोड लियो । उनले काठमाडौंमा शिक्षामात्र पाइनन्, आत्मसम्मान र अधिकारको बारेमा पनि जान्ने बुझ्ने मौका पाइन् । उनी पढ्दै त्यहीँ संस्थामा काम गर्न थालिन् ।  पढ्दै दलित र गरिबका विरुद्ध आवाज उठाउँदै आएकी सीतालाई रास्वपाले समानुपातिक सांसदमात्र नबनाई मन्त्री नै बनाएकाे हाे ।

प्रधानमन्त्रीसहित १५ मन्त्रीले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री शाहले रक्षा र उद्योगमन्त्री पनि आफ्नै मातहत राखेका छन् ।  यी हुन् सपथ लिने मन्त्री  डा. स्वर्णीम वाग्ले, अर्थमन्त्री सुदन गुरुङ, गृहमन्त्री  शिशिर खनाल, परराष्ट्र मन्त्री सोविता गौतम, कानुन मन्त्री सस्मित पोखरेल, शिक्षा मन्त्री सुनिल लम्साल, भौतिक पुर्वाधार तथा यातायात प्रतिभा रावल, सामान्य प्रशासन÷भूमी, सहकारी तथा गरिबी निवारण सिता वादी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विराज भक्त श्रेष्ठ, उर्जा जलस्रोत तथा सिंचाई निशा मेहता, स्वास्थ्य तथा जनसंख्या गनेश पौडेल, संस्कृति/पर्यटन डा. विक्रम तिमल्सिना, सञ्चार तथा सूचना दीपक शाह, श्रम रोजगार तथा सामाजिक सुरक्षा गिता चौधरी, कृषि तथा पशुपंक्षी  

प्रधानमन्त्री बालेनको सपथ ग्रहणमा ४ पूर्वप्रधानमन्त्री सहभागी, ३ जना अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को सपथ ग्रहण समारोहमा ४ पूर्वप्रधानमन्त्री सहभागी भएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका हुन् ।  तर, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली सपथ ग्रहण समारोहमा अनुपस्थित देखिएका छन् । पूर्वप्रधानमन्त्री चन्द विरामी रहेकोले उनि उक्त समारोहमा सरिक हुन नसकेको पारिवारिक स्रोतले बताएको छ । अर्का पूर्वप्रधानमन्त्री देउवा हाल विदेशमा रहेका छन् । पूर्वप्रधानमन्त्री ओली पनि उक्त समारोहमा देखिएका छैनन् ।   

बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा उनलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले उनलाई आजै बिहान नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए ।   प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो । बालेन मुलुकको ४० औं प्रधानमन्त्री हुन् ।

अमरेशले चाहेनन् मन्त्री बन्न

काठमाडौं । नेपाली राजनीतिका चतुर खेलाडी अमरेशकुमार सिंहले आफू मन्त्री बन्न नचाहेको बताएका छन् । सिंहले आफू सुरुदेखि नै मन्त्री बन्न इच्छुक नभएको बताउँदै आएका थिए । निर्वाचनको समयमा पनि उनले आफूलाई मन्त्रीको चाहना नरहेको बताएका थिए ।  पछिल्लो बालेन्द्र शाह क्याबिनेटमा उनको नाम उद्योगमन्त्रीको रूपमा चर्चामा आएपछि उनले आफूलाई मन्त्री नबनाउन प्रधानमन्त्रीलाई जानकारी गराएको सिंह निकट स्रोतले बतायो ।

ऊर्जामन्त्री बन्दै विराजभक्त श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विराजभक्त श्रेष्ठलाई ऊर्जामन्त्री बनाएको छ । काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयी भएका श्रेष्ठलाई रास्वपाले ऊर्जामन्त्री बनाएको हो ।  उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगै आजै शपथ ग्रहण गर्ने छन् । उनले २४ हजार ५९२ मतसहित जित हासिल गरेका थिए । २०७९ को निर्वाचन पनि श्रेष्ठले यही क्षेत्रबाट जित निकालेका थिए । यसअघि उनी युवा खेलकुदमन्त्री बनेका थिए । 

समानुपातिक सांसद निशा मेहता स्वास्थ्यमन्त्री बन्दै

काठमाडौं । स्वाथ्यमन्त्रीमा निशा मेहता नियुक्त हुने भएकी छिन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेसी क्लष्टरबाट समानुपातिक सांसद बनेकी हुन् । पेशाले स्वास्थ्यकर्मी रहेकी निशाको घर सुनसरीको इनरुवा हो । उनी नर्स भएपनि रास्वपाको स्थापनाकालदेखि नै राजनीतिमा आवद्ध थिइन् । यसअघि २०७९ सालको निर्वाचनमा पनि रास्वपाले निशालाई समानुपातिक सांसद बनाउने प्रयास गरेको थियो ।  पहिलो पटक सफल नभएकी निशा दोस्रो पटक भने सांसदसँगै मन्त्री बन्न लागेकी हुन्। निशा सांसद बन्नु अघि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा कार्यरत थिइन् । सांसद बन्नु अघिल्लो दिनसम्म अस्पतालमा कार्यरत उनले सांसद बनेपछि राजीनामा दिएकी थिइन् ।