काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्ला केही दिनयता सुनको मूल्य लगातार घट्दो क्रममा रहेको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६२० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।