विकासन्युज

एक नम्बर प्रदेशको राजधानी सप्तकोसी क्षेत्रमा बनाउने प्रचण्डको उद्घोष

गाईघाट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले एक नम्बर प्रदेशको राजधानी उदयपुरको सप्तकोसी क्षेत्रमा बनाउने उद्घोष गरेका छन् । उदयपुरको बेलका नगरपालिकास्थित रामपुर ठोक्सिला बजारमा आयोजना गरिएको चुनावी सभालाई आज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले एक नम्बर प्रदेशको राजधानी पूर्वको विराटनगर तथा इटहरीमा घनावस्ती र पर्याप्त जग्गाको अभावमा स्थापना गर्न नसकिने भन्दै एक नम्बर प्रदेशको राजधानी उदयपुरको तपेस्वरीस्थित कोसी किनार क्षेत्रमा स्थापना गर्न उपयुक्त हुने विचार व्यक्त गरेका हुन् । कोसी क्षेत्रमा हजारौं हेक्टर जग्गा खाली रहेका कारण आफूले अन्य राजनीतिक दलसँग पनि छलफल गरेर पहल गरी अब एक नम्बर प्रदेशको राजधानी उदयपुरको कोसी क्षेत्रमै बनाउन पहल गरिसकेको उनले बताए । आफू प्रधानमन्त्री हुँदा स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न गराएर लिकबाट बाहिर जान लागेको राजनीतिक सङ्क्रमण काललाई सही ट्रयाकमा ल्याएको उनको भनाइ थियो । अब स्थानीय तहमा र प्रदेश तथा केन्द्रको चुनावमा समेत एक पटक जनतालाई माओवादी केन्द्रलाई बहुमतले विजय गराउन अनुरोध गर्दै उनले आफ्नो पार्टी बहुमतले विजय भए पाँच वर्षभित्र नेपाललाई आर्थिकरुपमा दक्षिण एसियाको समृद्ध राष्ट्र बनाउने दाबी गरे । रासस

ट्राफिक प्रहरी प्रमुखको प्रस्ताव-नियम उल्लंघन गर्ने सवारी साधनलाई ५० हजार जरिवाना गरौं 

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङमार लामाले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई ५० हजार जरिवाना गर्नुपर्ने प्रस्ताव गरेको छ । व्यवस्थापिका संसदको उद्योग, बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आपुर्ति तथा उपभोक्ता हित सम्बन्ध उप समिति बैठकमा बोल्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी लामाले नियम उल्लंघन गर्ने सवारी साधन र चालकलाई ५० हजार जरिवाना नगरि राजधानीको सवारी व्यवस्थापन सहज नबन्ने दावी गरेका हुन् । ‘चालु आर्थिक बर्षमै ६ सवारी साधनलाई जरिवाना गरि सक्यौं तै पनि नियम उल्लघंन घटेको छैन, अब ५० हजार जरिवाना गरौं, ट्राफिक नियम उल्लंघन गर्नेको संख्या ६ सयमा सिमित हुन्छ’, डिआइजी लामाले भने । उनले ट्राफिक नियम उल्लघंन गर्ने सवारी सधान तथा चालकलाई गरिने जारिवानाको जोखिम न्युन भएकाले उनीहरु नियम उल्लघंनका लागि थप प्रोत्साहित भैरहको आरोप पनि लगाए । उनले नियम उल्लघंन गरेर हुने जरिवाना भन्दा धेरै आम्दानी नियम उल्लघंनबाट सवारी साधनले प्राप्त गरिरहेको पनि बताए । ‘हामीले दुई पाँच सयको चिट काट्छौं तर त्यहि चिट देखाएर दिनभरी नियय उल्लंघन गरेर त्यो भन्दा बढि आम्दानी गरिहेको छन, अनि कसरी घट्न ट्राफिक नियम उल्लंघन ?’, लामाको प्रतिप्रश्न थियो । उनले उपत्यकामा मात्रै २४ घण्टामा २२ सय देखि २४ सयको हाराहारीमा सवारी साधनहरु कारवाहीमा परिरहेको तथ्यांक पनि पेश गरेका थिए । ‘हामीले दैनिक २२ देखि २५ सय सवारी सधानलाई कारवाही गरिरहेका छौं तर यो श्रृंखला घटेको छैन, त्यसको कारा भनेको न्युन जोखिम नै हो’, लामाले भने । उनले कालीमाटीमा मोटरसाइकलको ठुलो आवाजका कारण फुटपाथमा हिड्दै गरेकी ७० बर्षिय वृद्धा बेहोस भएको पनि सुनाए ।‘हामीले हर्न बजाउन निषेश गर्यौं तर मोटरसाइकलहरुले आवाज ठुलो बनाईरहेका छन, कालीमाटीमा ७० बर्षिय वृद्धा बेहोस हुनुभयो’, लामाले दुःखेसो पोखे ।

उद्योग बाणिज्य महासंघमा राजनीति छिर्यो, मेयरको चुनाव लडेका उपाध्यक्ष निकालिए

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समिति बैठकले उपाध्यक्ष प्रमोद श्रेष्ठलाई पद मुक्त गरेको छ । मंगलबार बसेको कार्यकारिणी समिति बैठकमा महासंघ अध्यक्ष भवानी राणाले उपाध्यक्ष श्रेष्ठलाई पदमुक्त गर्ने पदाधिकारी बैठकको निर्णयलाई पेश गरेकी थिइन् । अध्यक्ष राणाले पेश गरेको प्रस्तावलाई महासंघ कार्यकारिणी समिति बैठकले पास गरेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा म्याग्दीस्थित बेनी नगरपालिकामा एमालेका तर्फबाट मेयर उठेका श्रेष्ठलाई महासंघले पद मुक्त गरेको हो । सक्रिय राजनीति गरेको भन्दै महासंघले उनलाई पदमुक्त गरेको जनाएको छ । तर महासंघकै केन्द्रमा विभिन्न दलको राजनीतिक जिम्मेवारीमा रहेकाहरु पनि ठुलो संख्यामा रहेका छन् ।

दाताहरुको प्रश्नः- ढुकुटीमा पैसा राखेर विकास कसरी हुन्छ ?

काठमाडौँ । चालु आर्थिक वर्ष समाप्त हुन २४ दिन मात्र बाँकी रहँदा पुँजीगत खर्च २५ प्रतिशतमा सीमित रहेकामा सरकार, नेपालका विकासका साझेदार र अर्थशास्त्रीले गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन् । परियोजना कार्यान्वयनमा गम्भीर नहुँदा र कार्यक्षेत्रका समस्या तत्काल समाधान गर्न नसक्दा पुँजीगत खर्च बढ्न नसकेको तर्क गर्दै कार्यसम्पादन संयन्त्रलाई चुस्त तुल्याउँदै भविष्यमा खर्चवृद्धिका लक्ष्यसहित इमानदारीपूर्वक सम्बद्ध पक्षले काम गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । नेपाल सरकारका वरिष्ठ अधिकारी, एसियाली विकास बैंक (एडिबी) को सहायतामा सञ्चालित विकास परियोजनामा सम्बद्ध कर्मचारी एवम् ठेकेदार तथा एडिबीका केन्द्रीय एवम् स्थानीय पदाधिकारीसँग अर्थ मन्त्रालय र एडिबीले संयुक्त रुपमा आयोजना गरेको त्रिपक्षीय बैठमा उनीहरूले विकास आयोजना कार्यान्वयन र पुँजीगत खर्च वृद्धिमा जोड दिएका हुन् । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले चालु आवमा तीन खर्ब १२ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य निर्धारण गरिएकामा हिजो मङ्गलबारसम्ममा एक खर्ब २४ अर्ब मात्र खर्च भएको बताउँदै विकास–निर्माणका परियोजना व्यवस्थापनमा संलग्न सबैलाई गम्भीर भएर काम गर्न आग्रह गरे । पुँजीगत खर्च ८५ प्रतिशत पु¥याउने लक्ष्य कागतमा मात्र सीमित भएकामा उनले भविष्यमा त्यसो हुन नदिन बेलैमा चनाखो हुन पनि सम्बद्ध पक्षलाई अनुरोध गरे । एडिबी, विश्व बैंक, विकासका अन्य साझेदारका साथै नेपाल सरकारको लगानीमा सञ्चालन भएका आयोजनाको प्रगति सन्तोषजनक हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उनले जिम्मेवारीबाट पन्छिने प्रवृत्ति र आयोजनासँग सम्बन्धित समस्या समाधानमा केन्द्रित हुन नसक्दा प्रतिफल प्राप्तिमा शिथिलता आएको बताए । “अर्थ मन्त्रालयसहित सरकारी निकायबाट ढिलासुस्ती भयो भने हामीलाई भन्नुहोस्, समस्या समाधानमा तत्काल लाग्छौँ, जिम्मेवारीबाट कोही पनि पन्छिन पाउँदैन,” लक्ष्य र परिणाम हासिल गर्न रकमको कुनै अभाव नहुने र परिणाम प्राप्तिमा सघाउन सरकारले हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने । दक्षिण एसियाका लागि एडिबीका नायव महानिर्देशक दिवेश शरणले नेपालका ३२ वटा परियोजनामा एडिबीले दुई अर्ब अमेरिकी डलर लगानी गरेको जानकारी दिँदै पूर्वाधार निर्माणका आयोजना सुस्त गतिमा कार्यान्वयन भएकामा चिन्ता व्यक्त गरे । उनले परियोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्न सम्बद्ध सबै पक्षको सक्रिय सहयोगको अपरिहार्यतामा जोड दिए । यहाँस्थित एडिबीका प्रमुख शरद भण्डारीले नेपाल सरकारले आगामी आवका निम्ति सार्वजनिक गरेको बजेटले त्यसको कार्यान्वयन, सुधार र पूँजी वृद्धिका निम्ति गरेको परिकल्पना उत्साहजनक रहेको भन्दै विकास आयोजना कार्यान्वयनमा त्यसले गति दिने विश्वास व्यक्त गरे । चालु आवमा नेपालको आर्थिक वृद्धि दर ६.९ प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण गर्दै उनले भूकम्पपछिको पुनःर्निर्माण र विद्युत्को अविच्छिन्न आपूर्तिबाट त्यस्तो वृद्धि सम्भव भएको बताए। रासस

हिमालयन जनरल इन्स्योरेन्सको बुक क्लोज असार १६ देखि

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको असार १६ देखि सेयर खरिद दर्ता बन्द हुने भएको छ ।हिमालयनले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि असार १६ देखि बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीले एक बराबर १.६६६७ कित्ता हकप्रद सेयर निष्काशन गर्दैछ । असार १६ गते अघिसम्म सेयर खरिद गर्नेहरुले हकप्रद सेयर भर्न पाउनेछन् ।

भूकम्प पीडितलाई नयाँ ट्याक्सीः मेरो नम्बर कहिले आउँछ ? फोटो फिचरसहित

काठमाडौं । भूकम्प प्रभावित १४ जिल्लाका भूकम्प पीडितलाई ट्याक्सीको नम्बर वितरण सुरु भएको छ । बुधबार ललितपुरको च्यासल फुटबल मैदानमा गोला प्रथाबाट ट्याक्सीको नम्बर वितरण सुरु भएको हो । तीन दिनसम्म चल्ने गोला प्रथाको पहिलो दिन काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जनालाई गोलाप्रथाबाट ट्याक्सी नम्बर वितरण सुरु भएको हो । यी तीन जिल्लाका ४८ हजार नौ सय ६५ जना भूकम्प पीडितले ट्याक्सी नम्बर प्लेटका लागि आवेदन दिएका थिए । काभ्रेका भूकम्प पीडितलाई २०१, नुवाकोटका पीडितलाई १२५ र रामेछापका भूकम्प पीडितले १६५ वटा ट्याक्सीको नम्बर पाउनेछन् । बिहिबार दोलखाका २१४, सिन्धुलीका ४६ र सिन्धुपाल्चोकका २५३ गरि ५१३ पीडितलाई ट्याक्सी नम्बर प्रदान गरिनेछ । त्यस्तै, शुक्रबार भने काठमाडौंका ९५, ललितपुरका ७२, भक्तपुर ४३, मकवानपुर ३१, धादिङ ११७, ओखलढुंगा ३०, गोरखा ७८ र रसुवाका ३० जना भूकम्प पीडितले ट्याक्सीको नम्बर पाउनेछन् । दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका ५१ हजार तीन सय १२ जनाले आवेदन दिएका छन् । त्यस्तै, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुगा, गोरखा र रसुवाका चार सय ९६ भूकम्पपीडितलाई ट्याक्सी नम्बर गर्ने भएको छ । यी आठ जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४९ हजार तीन सय ११ जनाले आवेदन दिएका छन् । विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार विभागले एउटै वास्केटमा हालेर गोलाप्रथा गर्दा जिल्ला र आवेदकअनुसार ट्याक्सी नपर्ने सम्भावना देखिएको जिल्ला र आवोवेदकको आधारमा नम्बर प्लेट वितरण गर्न लागेको हो । विभागले गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लाका आमनागरिकसँग आवेदन लिएको थियो । ट्याक्सी नम्बर प्लेटका लागि कुल एक लाख ४९ हजार पाँच सय ८८ आवदेक भूकम्प पीडितले आवेदन दिएका थिए । आवेदन दिएका एक हजार ५ सय भूकम्प पीडितलाई ट्याक्सी वितरण गर्न लागेको हो ।  

अल्पाइन डेभलपमेन्ट बैंकको १८ लाख कित्ता हकप्रद सेयर निष्कासन, ३ कित्ता हुनले २.८ कित्ता पाउने

काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले १८ लाख ३ हजार २४७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले ३ कित्ता हुनले २.८ कित्ता दिने गरी (३ः२.८)को अनुपातमा हकप्रद सेयर जारी गरेको छ । एक सय रुपैयाँ दरका यो बैंकले हकप्रद किन्न गत जेठ २१ गतेसम्म कारोबार गरेका सेयरधनीले मात्रै पाउने गरी सूचना जारी गरेको छ । बैैंकले यही असार २५ गतेबाट आवेदन खुला गरेको छ । आवेदन साउन २९ गतेसम्म दिन पाइने जानकारी दिएको छ । यसको सेयर आवेदन बैंकका हेटौडा, काभ्रे, चितवनसहिका विभिन्न कार्यालय, एनएमबी बैंक र एनमएमबी क्यापिटलबाट आवेदन दिन सकिने छ । यसको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

तीन वटा बै‍कको २० लाख ५६ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । २ वटा वाणिज्य र एउटा विकास बैंकको गरी २० लाख ५६ हजार ६ सय ४ कित्ता सेयर लिलामीमा राखिएको छ । यसमध्ये सानिम बैंकको सर्वसाधारण तर्फको २ लाख ११ हजार ४७ किता सेयर रहेको छ । यो सेयर आगामी असार २२ गते भित्रै लिलामी गर्ने बैंकले जानकारी दिएको छ । यसका लागि यही असार १५ गते देखि २२ गते भित्र न्युनमत एक सय रुपैयाँ कबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्न बैंकले अनुरोधन गरेको छ । यसको विक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेड हो । यस्तै नेपाल बैंङ्गलादेश बैंकले पनि ९ लाख ८८ हजार १२० कित्ता सेयरको लिलामी गर्ने भएको छ । यसले संस्थापक तर्फको १९ हजार ५११ कित्ता र सर्वसाधारण तर्फको ९ लाख ८८ हजार १२० कित्ता सेयरको लिलामी गर्दै छ । यो बैैंकले पनि यही असरा १४ देखि २१ गतेभित्र बोलपत्र पेश गर्नुपर्ने गरी आवेदन मागेको छ । यो बैंकको विक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल हो । सिदार्थ डेभलपमेन्ट बैंकले पनि ८ लाख ५७ हजार कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो बैंकले संस्थापक समूहको ४ लाख ५ हजार ८८८ कित्ता र सर्वसाधारण तर्फको ४ लाख ५१ हजार ५४८ कित्ताको सेयरको लिलामी गर्ने भएको छ । यो बैैंककले पनि यही असार १४ देखि २१ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्ने जानकारी दिएको छ । यसको विक्री प्रवन्धक नबील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।