करछुट गरदिने भन्दै ७० हजार लिने खरदार राजेन्द्र नेमकुल पक्राउ
काठमाडौं । ललितपुर महानगरपालिका पुल्चोक, ललितपुरमा कार्यरत खरिदार राजेन्द्र नेमकुल भ्रष्ट्राचारको आरोपमा पक्राउ परेका छन् । घर र सटरहरुको कर तिर्न गएका सेवाग्राहीलाई विभिन्न बहाना बनाई कर छुट गरिदिने प्रलोभन देखाई घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा नेमकुल पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले नेमकुल र जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं १५ बस्ने मध्यस्थकर्ता कृष्ण बोगटीलाई ७० हजार सहित पक्राउ गरेको हो । घुस वापतको रकम लिइसकेको अवस्थामा उनीहरुलाई ललितपुर महानगरपालिकाको पहिलो तल्लामा रहेको प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष अगाडिबाट नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
पल्पी ब्राण्डका जुसहरु नयाँ फ्लेबरमा, पुल्प प्रोसेसिङ प्लान्टको अभाव
काठमाडौं । चितवन जिल्लामा रहेको यूनाईटेड बेभरेज प्रा. लि. ले थप नयाँ फ्लेबरमा उत्पादन शुरु गरेको छ । बिगत ५ बर्षदेखि आफ्ना पल्पी ब्राण्डका जुसहरु नेपाली बजारमा पुर्याउँदै आएको यस उद्योगले उत्पादनको शुरुमा आँप(म्यांगो) र र गुलाबी अम्बा(पिंक ग्वाभा) गरी दुईवटा फ्लेवरबाट शुरु गरेको थियो । यस उद्योगमा नेपाली व्यवसायीको मात्र नभएर बिभिन्न मुलुकमा रहेका गैरआबासीय नेपालीहरुको समेत लगानी रहेको छ । यसैगरी नयाँ ह्याप्पी आहोर ब्राण्ड मार्फत पनि बजारको मागलाई सम्बोधन गर्न लागिएको छ । यहाँबाट उत्पादित जुस अन्तर्राष्ट्रिय गुणस्तरको भएकोले बिदेशमा निर्यात गर्न सकिने संभाबना रहेको उद्योगले बताएको छ । यस कम्पनीबाट प्रत्यक्ष/अप्रत्यक्ष गरी २०० जनाभन्दा बढीले रोजगारी पाएका छन् । साथै, सरकारलाई राजश्व बुझाएर देशलाई स्वदेशी उत्पादनबाट आत्मनिर्भर गराउन आफ्नो क्षेत्रबाट थोरै मात्रामा भए पनि यस उद्योगले सहयोग पुर्याएको छ । पछिल्लो समय देशको कूल मागको ६० देखि ७० प्रतिशत जुस स्वदेशी उत्पादनले पूर्ति गर्न सफल भएको छ । त्यसकारण यो क्षेत्रमा हाल देखिएको समस्याको हल गर्न सरकारले उद्योगलाई बाहिरी मुलुकबाट आयात गरिने कच्चा पदार्थको भन्सार महसुल न्यून गर्नु पर्ने आबश्यकता भएको छ । यसो भएमा स्वदेशी उद्योगहरुलाई बिदेशबाट आयात गरिएका जुससंग प्रतिस्पर्धा गर्न सहज हुने हाम्रो विश्वास छ । नेपालमा नै पाइने फलफूलहरु जसले केही मात्रामा भए पनि जुस बनाउनका लागि चाहिने फ्रियुट पुल्प बनाउन आबश्यक पुल्प प्रोसेसिङ प्लान्टको अभाब देखिएको छ । उद्योग संचालनका लागि यहाँका व्यबसायीहरुले बिभिन्न देशबाट त्यस्ता कच्चा पदार्थ आयात गर्नु परेको छ । जसले गर्दा कच्चा पदार्थको मूल्यमा यहाँका व्यबसायीहरु भर पर्नु पर्ने भएको छ । त्यसैले यस्ता पुल्प प्रोसेसिङ प्लान्ट सहुलियत दरमा ल्याउनका लागि सहयोग गर्न कम्पनीले सरकारलाई आग्रह गरेको छ ।
न्युटनको तीन नियम सम्झाउँदै अर्थमन्त्रीले भनेः म पनि समान हैसियतको सांसद हुँ
काठमाडौं । मुलतः यो बजेट राष्ट्रिय अर्थतन्त्र निर्माणतर्फ उन्मुख छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा केन्द्रित छ । राष्ट्रिय पुँजी निर्माण मार्फत मुलुकको समावेशी र सर्वांगीण विकासमा लक्षित छ । न्युटनको तीन वटा सिद्धान्त पढेको थिएँ । पहिलो नियम: गतिशिललाई रोक्न गति चाहिन्छ, गतिहिनलाई गति दिन पनि गति नै चाहिन्छ । हामी गतिहिन बनेको आर्थिक गतिबिधि बढाउन गति दिँदैछौं र रोकिएको सुशासनको गतिलाई बढाउन पनि गति नै दिँदैछौं । धेरै गतिशिल बनेको भ्रष्टाचार रोक्न सुशासनको गति बढाउन खोजेका छौं । दोश्रो नियम: जति आकारको बस्तु हुन्छ, त्यति नै ठूलो शक्ति लगाउनुपर्छ । संघीयता खर्चिलो छ, ठूलो छ । त्यसका लागि स्राेत बढाउनु पर्छ । त्यसैले राजश्व बढाएका हौं । अर्थशास्त्र भनेको रकेट साइन्स होइन । यो कमनसेन्स प्रयोग गरेका हौं, त्यसकै आधारमा करका दर बढाएका हौं । तेश्रो नियमः प्रत्येक क्रियाका विपरिद र बराबर प्रतिक्रिया हुन्छ भन्ने पनि सुनेको थिएँ । सायद बजेट बढि क्रियाशिल भएर प्रतिक्रिया धेरै आएको हो कि भन्ने मलाई लागेको छ । अब म चाँही न्युटनको तेश्रो नियम अगाडी बढाउन चाहान्न, तिखो प्रक्रिया दिन चाहान्न । यसलाई यहि रोकौं । आरोप प्रत्यारोपमा अन्त्य गरौं । हामी लामो दौडमा छौं । एक सय वा पाँच सय मिटर दौड्दैमा को अगाडी ? को पछाडी भन्ने निष्कर्ष ननिकालौं । घोषणा पत्रका वाचा पुरा भएनन् भनेर अहिले नै आलोचना नगरौं । त्यसो गरियो भने पाँच सय मिटर दौड्दैमा निष्कर्ष निकाल्नु जस्तै हुन्छ । घोषणा पत्रका सबै कुरा पुरा हुन्छन् । सामाजिक सुरक्षाका वाचा पुरा हुन्छ । त्यसका लागि पाँच वर्ष कुरौं । समाजवादका कुरा आएनन् भन्ने आरोप पनि छ । हामीले लोकतान्त्रिक पद्धतिको कुरा संबिधानमा लेखिएको छ । हामीले निजी क्षेत्रलाई पाखा लगाउने, सहकारीलाई पाखा लगाउने काम गर्दैनौं । सरकारले कसैसँग प्रतिष्पर्धा गर्दैन, सहकार्य मात्रै गर्छ । बजेट असिमित स्राेतको भण्डार होइन, यसको गणित हुन्छ, अंक गणितको हिसाब गरिएको छ । अंक बिनाको बजेट हावादारी हुन्छ । बजेटका सीमाहरु हुन्छन् । हामी त्यसमा बाँधिनु पर्छ । बजेट कसलाई कति ? तल्लो तहमा बजेट पनि पठाउनु पर्ने, संघको बजेट पनि ठूलो चाहिने, कर बढाउन पनि नपाउने, विदेशी ऋण पनि लिन नपाउने ? आन्तरिक ऋण नलेऊ तर बजेट चाँही ठूलो बनाऊ भन्ने कुरा ठिक भएन् । आलोचना पनि सम्भव क्षेत्रमा मात्रै गरौं भन्ने मेरो बिनम्र अनुरोध हो । स्थानीय तह र प्रदेश सरकारको क्षमता अभिवृद्धि नभई ठूलो स्राेत साधन दियो भने बजेट खर्च हुन्न । अहिले पनि २ खर्बको स्राेत प्रदेश र स्थानीय तहको खर्च नभएर बसेको छ । प्रगतिशल कर प्रणालीमा गर्व छ हामीले प्रगतिशिल कर प्रणाली अवलम्बन गरेका छौं, यसमा हामीलाई गर्व छ । हिजो १५ प्रतिशत कर तिरिरहेका न्युन आय भएकाहरुलाई अहिले १० प्रतिशत मात्रै कर लगाएका छौं । उहाँहरु खुसी हुनुहुन्छ । कर्मचारी छन् भने तलब बढे जस्तै भएको छ । कसैले बार्षिक २० लाख भन्दा बढि आम्दानी गरेको छ भने उसले अलि बढि कर तिर्नुपर्छ । त्यसो गर्दा पनि प्रभावकारी करको दर ३५ प्रतिशत मात्रै हो । धेरै पहिलोदेखि यहि दर थियो, अहिले हामीले ३६ प्रतिशत मात्रै बनाएका हौं । विकसित मुलुकमा आयकरको दर ५० प्रतिशत भन्दा धेरै छ । त्यहाँ पनि निजी क्षेत्र उत्साहित नै छ । युरोपेली अधिकांश मुलुकमा आयकरको दर ४० प्रतिशत भन्दा बढि नै । आम्दानी गर्नेले धेरै कर नतिर्ने, ऋण लिएर मात्रै लिएर विकास गर्ने हो भने देश ऋणको पासोमा पर्छ । संस्थागत आयकरको दर हामीले चलाएका छैनौं । त्यसले लगानी निरुत्साहित हुन्छ भनेर संस्थागत आयकरको दर वृद्धि नगरेका हौं । हामीले निजी क्षेत्रलाई प्रोत्साहन नै गरेका हौं । आयकर १५ प्रतिशत र २५ प्रतशित छ, उत्पादनशिल क्षेत्रलाई २० प्रतिशतको दर यथावत छ । कम्युनिष्ट सरकार भए लगानी भित्रिदैन् ? लगानी बोर्डको ऐन संसोधन गर्ने कुरा गरेका छौं । स्वदेशी उद्योगलाई संरक्षण गर्ने कुरा गरेका छौं । निजी क्षेत्र र एनआरएन हतोत्साहित हुनुपर्ने कारण छैन। कम्युनिष्ट सरकार भएका देशमा लगानी भित्रिदैनन् भन्ने हो भने चीन, भियतनाम र लाओस हेरे पुग्छ । लगानी भित्र्याउन सुशासन चाहिएको हो जुन हामी उपलब्ध गराउँछौं । विकास चाहिने तर आर्थिक वृद्धिदर चाँही नचाहिने हो ? हामीलाई छिटो विकास गर्नुछ, अल्पविकसितबाट विकासशिल हुनुछ, गरिबीबाट माथि उठ्नु छ तर आर्थिक वृद्धिदर चाँही गर्नै हुन्न भन्ने कुरा गरेर हुन्छ ? आर्थिक वृद्धिदर गर्नु पर्छ र हामी गर्छाै पनि । कृषिमा गएको बजेट कम भयो भनियो, तर तल पठाइएको पैसालाई किन हेरिएन ? उत्पादन दोब्बर गर्ने कार्यक्रम छन, तर संघको बजेट मात्रै हेरेर हुन्न । वन, सिँचाईका कार्यक्रम तल गएका छन् । ८ प्रतिशतको आर्थिक वृद्धिदरका लागि कृषिमा ५ प्रतिशत वृद्धि नभए पनि १२ प्रतिशत उद्योग र ८.५ प्रतिशत सेवा क्षेत्रको वृद्धिले ८ प्रतिशतको लक्ष्य पुरा हुन्छ । ठूला जलविद्युत आयोजना र केहि उद्योगहरु अर्काे वर्ष आउँदैछन्, खानेपानी आयोजना आउँदैछन् । त्यसको लाभ पनि प्राप्त हुन्छ । यी कुराले आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्छ । ५ लाख रोजगारी सहजै एक प्रतिशतको आर्थिक वृद्धिदर हुँदा श्रम क्षेत्रमा आधा प्रतिशत श्रमिकको रोजगारी बढ्छ । ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुँदा ४ लाख रोजगारी बढ्छ । प्रधानमन्त्री रोजगारी कार्यक्रमलाई पनि जोड्दा पाँच लाख रोजगारी सृजना गर्छ भनेका हौं । म पनि बराबर हैसियतको सांसद हुँ वडादेखि संसद र उपभोक्ता समितिदेखि विद्यालय व्यवस्थापन समितिसम्म खर्चिलो भैरहेको छ । यसले लोकतन्त्रलाई खतरा उत्पन्न गर्छ । खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन प्रणालीबारे संसदले ठोस छलफल गरोस् । संबिधानले जुन जुन निर्वाचन प्रणालीबाट सांसदहरु निर्वाचित आउने व्यवस्था गरेको छ, उहाँहरुको हैसियत समान हो । (अर्थमन्त्री डा. खतिवडाले प्रतिनिधी सभामा बजेटमाथि छलफलमा उठेका प्रश्नहरुको जवाफ)
सनराइज बैंकको शाखा दार्चुलाकोे मार्मामा
काठमाडौं । सनराइज बैंक लिमिटेडले दार्चुलाकोे मार्मा ८२औं शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन दार्चुला जिल्ला विकास समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ्ग बिभागका प्रमुख हरिप्रसाद आचार्यले संयुक्त रुपमा गरेका हुन् । बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाख रूपैयाँसम्मको खर्च सोधभर्ना प्रदान गर्ने भएको छ । साथै, बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाएको छ । त्यस्तै, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।
सगरमाथाको चुचुरोमा नेपाल बङ्गलादेश बैंकको झण्डा, शेर्पाले पाए कदरपत्र
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कपन शाखाका ग्राहक जाङ्गबु शेर्पाले बैंकको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका थिए । १२ औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाले गत जेठ २ गते बिहान ११:२८ मा कम्पनीको झण्डा फहराएका हुन् । शेर्पालाई बैंकको लोगो विश्वको सर्वोच्च शिखरमा फहराई बैंकको ख्यातीलाई बढाउन सहयोग गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले कदरपत्र हस्तान्तरण गरेका छन् ।
एलजीद्धारा मास्टर्स अफ फुटबल कार्यक्रम आयोजना
काठमाडौं । एलजीले मिनभवनमा रहेको एलजी सप्पि मेगा स्टोरमा मास्टर्स अफ फुटबल कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा एलजीले नेपालका चर्चित खेलाडी र अहिले नेपाल नेशनल टिमका कोच राजु काजी शाक्यका साथै आफ्ना ग्राहकहरुलाई पनि आमन्त्रित गरेको थियो । यहि अवसरमा त्यहाँ आमन्त्रित ग्राहकहरुले आफ्ना प्रिय खेलाडीसँग अर्न्तक्रिया पनि गरेको थिए र सँगै बसेर वर्ल्ड कपको क्लासिक म्याचेज पनि हेरेका थिए । वर्ल्ड कपसँग नेपालका लोकप्रिय खेलाडिलाई सम्झिएर उनीहरुलाई सम्मान गर्ने योजना रहेको छ । शो जस्तै कार्यक्रम एलजीले नेपाल अधिराज्य भरि गर्ने योजना रहेको छ ।
धादिङ र उदयपुरमा मेगा बैंकको नयाँ शाखा, थप ६ वटा शाखा खोल्ने तयारी
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धादिङ र उदयपुरमा नयाँ शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले धादिङको सल्यानटार र उदयपुरको मुर्कुचेमा थप दुई शाखा विस्तार गरेको हो । धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ । यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा बैंकको शाखा विस्तार भइसकेको छ । उदयपुरमा भने पहिलोपटक शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ । योसँगै बैंकको शाखा संख्या ९५ पुगेको छ । ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले शाखा विस्तारलाई तीव्रता दिइरहेको छ । यो आर्थिक बर्षमा थप आधा दर्जन शाखा कार्यालयहरु खुल्ने बैंकले जनाएको छ ।
फिफा वर्ल्डकपको अवसरमा टिसिएलको टिभी खरिदमा २५ प्रतिशत सम्मको छुट
काठमाडौं । विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसिएलले आफ्ना ग्राहकका लागि ‘मेरो टिम मेरो विश्वास’ नामक नयाँ योजना ल्याएको छ । उक्त योजना अन्तर्गत कम्पनीले टिसिएलको टिभीहरुको खरिदमा २५ प्रतिशत सम्मको छुट दिने भएको छ । कम्पनीले हरेक चार-चार वर्षमा हुने फिफा वर्ल्डकपको अवसरमा उक्त योजना सार्वजनिक गरेको हो । २० इन्च देखि ६५ इन्च सम्मको स्मार्ट/ननस्मार्ट मोडलहरुमा उपलब्ध टिसिएलले आफ्नो टेलिभिजहरुमा ३ वर्षको वारेण्टी अफर पनि प्रदान गरेको छ । चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले नेपालमा बिक्री वितरण गर्दै आएको छ ।