सिभिल बैंक, हामा मर्चेन्ट र यूनिक फाईनान्सबीच एकिकृत कारोबार शुरु
काठमाडौं । सिभिल बैंक लिमिटेडले हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेडलाई प्राप्त गरी एकीकृत कारोबार शुरु गरेको छ । उक्त एकिकृत कारोबारको उद्घाटन आइतबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले गरेका छन् । दुई बैंक प्राप्ती पश्चात सिभिल बैंककोे चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । साथै, बैंककोे निक्षेप ३४ अर्ब ९७ करोड रुपैयाँ र कुल कर्जा ३१ अर्ब २२ करोड रुपैयाँ रहेको छ । छैठौं वार्षिक साधारणसभाले निर्णय गरे बमोजिम ४० प्रतिशत हकप्रद शेयर निकट भविष्यमा निष्काशन गरी नेपाल राष्ट्र बैंकले तोकेकोे चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकले जनाएको छ । यस प्राप्तीबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्धि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवसायमा थप लगानी गर्न सहज हुने बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए ।
के तपाई गेष्ट हाउस वा क्याफे चलाउँदै हुनुहुन्छ ? जुनसुकै बेला भ्याटले समाउन सक्छ
काठमाडौं । अब गेष्ट हाउस र क्याफेहरु पनि भ्याटमा दर्ता हुनुपर्ने भएको छ । यस अघि होटल र रेष्टुरेण्ट मात्रै भ्याटमा दर्ता हुुुँदै आएका थिए । अब बार्षिक ५० लाख भन्दा बढि कारोबार गर्ने गेष्ट हाउस र क्याफे पनि भ्याटमा अनिवार्य रुपमा दर्ता हुनुपर्ने भएको हो । मूल्य अभिवृद्धि कर ऐन २०४२ को अनुसूचि १ मा गेष्ट हाउस र क्याफेलाई पनि भ्याटका दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ । ५० लाख भन्दा बढिको कारोबार गरेर पनि भ्याटमा दर्ता नभएको फेला परेमा कर कार्यालयले जुकसुकै समयमा भ्याट असुल्न सक्छ । ठुलो कारोबार गरेर पनि भ्याट नतिरेका काठमाडौं, भक्तपुर र ललितपुरका ६ वटा विद्यालयका क्याण्टिन र एउटा प्राधिकरण सञ्चालन गरेको हवाई क्याटरिङ र ह्याण्डलिङमा भ्याट नतिरेपछि अब फन्दामा पर्ने भएका छन् । ती ७ वटै संस्थासँग ३ करोड ७७ लाख भ्याट असुल्न महालेखा परिक्षकको कार्यालयले निर्देशन दिईसकेको छ । महालेखाले ५० लाख भन्दा बढि कारोबार गर्ने गेष्ट हाउस र क्याफेलाई कर अधिकृत कर निर्धारण गरेर पुरानो कारोबारमा समेत भ्याट असुल्न भनेको छ । देशभर हजारौं गेष्टहाउस सञ्चालनमा छन् । काठमाडौं उपत्यका भित्र सञ्चालनमा रहेका अधिकांश गेष्ट हाउसहरुले बार्षिक ५० लाख भन्दा धेरैको कारोबार गर्दै आएका छन् । त्यस्तै, सैंयौं क्याफेहरुले पनि बार्षिक ५० लाख भन्दा धेरैको कारोबार गरिरहेका छन् । त्यस्ता गेष्ट हाउस र क्याफे तथा क्याण्टिनहरुलाई जुनसुकै समयमा कर अधिकृतले भ्याट निर्धारण गरेर पत्र काट्न सक्नेछन् ।
मंगलबारदेखि बजेटमाथि छलफल हुने
काठमाडौं । व्यवस्थापिका-संसद्को आजको दोस्रो बैठकले विनियोजन विधेयक, २०७४ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गर्यो । उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले मूल्य अभिवृद्धि कर (भ्याट) छल्ने गरी व्यापारी तथा व्यवसायीले आर्थिक अपराध गरिरहेकाले उनीहरुलाई कारबाही गर्नुपर्ने र त्यसका लागि सरकारले आवश्यक निर्णय गर्नुपर्ने माग गरे । सांसद सुवालको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री कार्कीले कानुन, नियमअनुसार कर तिर्नुपर्ने, कर तिर्नु नागरिकको दायित्व भएकाले सरकार कोही कसैलाई पनि छुट दिने पक्षमा नरहेको बताए । त्यसअघि अर्थमन्त्री कार्कीले ‘विनियोजन विधेयक, २०७४’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७४ सदनमा प्रस्तुत गरेका थिए । विनियोजन विधेयक, २०७४ माथि असार २० देखि २७ गतेसम्म छलफल हुने गरी समय निर्धारण गरिएको सभामुख ओनसरी घर्तीले जानकारी गराए । व्यवस्थापिका-संसद्को अर्को बैठक मङ्गलबार बिहान ११ः०० बजे बस्नेछ ।
साउन १ गतेदेखि सेयर कारोबारमा भ्याट
काठमाडौं । आन्तरिक राजस्व विभागले नयाँ आर्थिक वर्षदेखि सबै सेयर ब्रोकरले पाउने कमिशनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने प्रस्ताव गरेको छ । विभागले ब्रोकर एसोसिएशनका पदाधिकारीहरूसँगको छलफलमा भ्याटको दायरामा आउन आग्रह गरिएको विभागका उपमहानिर्देशक चन्द्रकला पौडेलले जानकारी दिए । ‘उहाँहरू भ्याटमा त अहिले देखि आउन सक्नु हुन्छ, विभाग यसको लागि स्वागत आव्हान पनि गर्छ,’ उनले भने ‘तर, व्यवहारिक कठिनाइलाई सहजीकरण गर्दै आगामी आवबाट आएनलाई पनि विभागले छुट दिएको छ ।’ अब ब्रोकरहरू लिने कमिशनमा १३ प्रतिशत भ्याट पनि जोडेर लिने भएका छन् । ब्रोकरहरुले ब्रोकर कमिशनमा लाग्ने भ्याट लगानीकर्ताहरुले नै तिर्नपर्ने तर्क राख्दै आएका छन् र आन्तरिक राजस्व विभागले दुईवटा ब्रोकर कम्पनीलाई भ्याट तिर्न पत्र काटेपछि गत बिहीबार सेयर बजारको कारोबार नै बन्द गरेको थिए । उनीहरूले कानुनको परिपालन गर्नु पर्छ, ’ उनले भने । ‘सफ्ट वेयर अपडेट गुर्नपर्नेदेखि खरिद तथा विक्री बिलको व्यवस्थापन गर्नु पर्ने भएको वाँकी आठ/दश दिनको समयमा राखिएको हो, उहाँहरू भ्याटमा दर्ता त हुनै पर्छ । विभाग पनि अहिले सोही प्रक्रियाको लागि आन्तरिक तयारीमा जुटेको छ भने ब्रोकरहरू पनि यसमा सहमति हुनुभएको छ,’ पौडेलले भने । यसको नियामक निकाय अर्कै भएकोले नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयसाग पनि छलफल भइरहेको उनले बताए । सरकारको अहिलेसम्म ब्रोकरले कमिनश वापतको प्राप्त गर्ने रकममा भ्याटलागएको थिएन, आयकरमात्र तिरे पुग्ने थियो । अब भने सो करका साथै भ्याट पनि थपिने भएको छ । पुरानो करका लागि पनि कुन मोडालिटीमा जाने पनि छलफल हुँदै गरेको पौडेलले बताइन् । ‘अगाडिको मुद्दालाई पनि समायोजन गर्दै जानुपर्छ उनले भनिन् । ब्रोकरहरुले शुक्रबार साँझ अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर आफूहरु मर्कामा परेको भन्दै समस्या समाधानका गर्नका लागि आग्रह गरेका छन् ।
बौद्धनाथ क्षेत्रलाई आठ करोड ६१ लाखको बजेट सार्वजनिक
काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४/७५ का लागि आठ करोड ६१ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । समितिले चालु खर्चतर्फ रु तीन करोड ९५ लाख ८० हजार तथा पुँजीगत खर्चतर्फ चार करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्षको मौज्दात दुई करोड रुपैयाँ रहेको र टिकट बिक्रीबाट मात्र छ करोड ५० लाख रुपैयाँ आम्दानी हुने तथा सटर बहालबाट चार लाख ८० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । पुरातात्विक, धार्मिक बौद्ध साहित्यसम्बन्धी कृति प्रकाशन, ज्येष्ठ नागरिकलाई भ्रमणलगायत शीर्षकमा रु १८ लाख छुट्याइएको छ । बौद्धनाथ क्षेत्र तथा त्यस वरपरका सम्पदाका साथै स्थानीय पूर्वाधार विकास निर्माणका कार्यमा समेत विनियोजित खर्च मध्येबाट केही रकम खर्च गरिने समितिका कार्यकारी निर्देशक फुबुयाङ्जी लामाले जानकारी दिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा मनाइने बौद्ध धर्मका विभिन्न दिवस तथा सामाजिक कार्यमा पनि समितिले सहयोग उपलब्ध गराउँदै आएको छ । रासस
माछापुच्छ्रे बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सारदा नगरपालिका १५ स्थित माल्नेटा, सल्यानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत ५३० भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँचलाख बराबरको निःशुल्क औषधी समेत वितरण गरीएको थियो । उक्त कार्यक्रम कान्तिपुर सामुदायिक अस्पताल प्रा.लि. को सहकार्यमा भएको थियो । यस बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने जनाएको छ । हाल बैकको कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ का साथै आफ्नै एटिएमको संख्या ७३ रहेको छ । ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पुंजी रहेको यस बैंकले २०७३ साल चैत्रमसान्त सम्ममा ५८ अर्ब ४८ लाख रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्ब ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, बैंकले सो अवधिमा १ अर्व ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
सोमबारको सेयर बजार सामान्य अंकले उकालो, ४४ करोडको सेयर कारोबार
काठमाडौं । सोमबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । बजारमा नेप्से परिसूचक २ दशमलब ४७ अंकले बढेर १५४४ दशमलब २९ अंकमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा ४४ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोे दिन १४५ कम्पनीको ८ लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०२५ रुपैयाँ रहेको छ । त्यस्तै, फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०९१ रुपैयाँ रहेको छ । सोमबार विकास बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ६.६८ र ६.११ अंकले बढेको छ । सो दिन होटल समूहको परिसूचक ३७ दशमलब १ अंकले घटेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सर्लाहीको बलरामा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको आफ्नो १७५ औं शाखा कार्यालय सर्लाही जिल्लाको बलरा नगरपालिकामा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाली कांग्रेसका नेता एवं सांसद डा.अमरेश कुमार सिंहले एक समारोहका बीच गरेका हुन् । सो समारोहमा प्रमुख अतिथि सांसद अमरेश कुमार सिंहले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताए । सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैकका संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले शहरी, ग्रामिण र दुर्गम सवै स्थानमा बैंकको सक्षम उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुंच पुर्याउन सघाउ पुग्ने बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले रावावैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तिय पहुँच विस्तार गरिने बताएका छन् ।