सूर्य नेपालले पायाे ५० हजार पुरस्कारसहितकाे प्रमाणपत्र

<p>काठमाडौं । वातावरण संरक्षणमा बाराको सूर्या नेपाल प्रालि प्रथम भएको छ। वातावरण संरक्षणमा प्रथम स्थानमा रहन सफल रहेको भन्दै उक्त कम्पनीलाई विश्व वातावरण दिवसको अवसरमा प्रमाणपत्र प्रदान गरिएको छ। मंगलबार विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सूर्या नेपाललाई ५० हजार पुरस्कार सहितको प्रमाणपत्र प्रदान गरेको हो। बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा संचालनमा रहेको सूर्या [&hellip;]</p>

काठमाडौं । वातावरण संरक्षणमा बाराको सूर्या नेपाल प्रालि प्रथम भएको छ। वातावरण संरक्षणमा प्रथम स्थानमा रहन सफल रहेको भन्दै उक्त कम्पनीलाई विश्व वातावरण दिवसको अवसरमा प्रमाणपत्र प्रदान गरिएको छ।

मंगलबार विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सूर्या नेपाललाई ५० हजार पुरस्कार सहितको प्रमाणपत्र प्रदान गरेको हो। बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा संचालनमा रहेको सूर्या नेपाललाई वातावरण संरक्षणमा योगदान पुर्याएको भन्दै वन तथा वातावरण संरक्षण मन्त्री शक्ति बहादुर बस्नेत, वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीको हस्ताक्षर रहेको प्रमाण पत्र प्रदान गरिएको छ।

वीरगन्ज पथलैया औद्योगिक करिडोरमा प्रदूषण फैलियो भनेर गुनासोहरु आउने गरेकोमा उक्त क्षेत्रमा नै वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको सूर्या नेपाललाई वन तथा वातावरण मन्त्रालयबाटै प्रमाणपत्र प्रदान गरिनु सकारात्मक रहेको र यसले अन्य उद्योग कलकारखानाहरुलाई पनि वातावरण स्वच्छ राख्न प्रेरित गर्ने वीरगन्ज उद्योग वाणिज्य संघका मनोज उपाध्यायले बताए। उनले सूर्या नेपालले नेपालको अर्थतन्त्रमा पनि उक्तिकै योगदान दिएको र उत्पादन गर्ने क्रममा वातावरण पनि संरक्षण गरेकोमा प्रमाणपत्र प्रदान गरिएको जनाएको छ।

Share News