विकासन्युज

रियल स्टेट कर्जा ४० प्रतिशतमा झारियो, व्यवसाय संकटमा पर्ने

काठमाडौं । नयाँ मौद्रिक नीतिले  रियल स्टेट कर्जामा थप कडाई गरेको छ । नयाँ मौद्रिक नीति रियल स्टेट क्षेत्र प्रति अनुदार देखिएको हो । । अब काठमाडौं उपत्यका भित्र रियल स्टेट कर्जा ४० प्रतिशतमा सिमित गरिएको छ । यस अघि रियल स्टेट कर्जा ५० प्रतिशतसम्म प्रवाह गर्न पाइन्थ्यो । नयाँ मौद्रिक नीतिले उपत्यका भित्रको रियल स्टेट व्यवसायमा भने नकारात्मक असर गर्नेछ । उपत्यका बाहिरको रियल स्टेट कर्जामा भने पुर्ववत ५० प्रतिशतको व्यवस्था कायम रहनेछ ।

विदेशी कम्पनीलाई लाभांश लैजान बाणिज्य बैंकमै सटही सुबिधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी कर्तालाई लाभांश लैजान सरलीकरण गर्ने नीति अख्तियार गरेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत १० करोेडसम्म लाभांश बाढ्ने विदेशी कम्पनी, फर्म वा संस्थाले बाणिज्य बैंकबाटै सटही सुबिधा पाउने भएका हुन् । केन्द्रिय बैंकले तोकिएको कागजपत्र पेश गरेर १० करोडसम्म लाभांश बाढ्ने कम्पनीले बाणिज्य बैंकबाटै डलर सटही सुबिधा पाउने व्यवस्था गरेको हो । ‘विदेशी लगानीकर्ताहरुलाई लाभांश फिर्ता लैजाने वर्तमान व्यवस्थामा सरलीकरण गर्दै जाने नीति लिइनेछ । यसअन्तर्गत वार्षिक रु. १० करोडसम्मको लाभांश वितरण गर्ने फर्म, कम्पनी, संस्थाहरुले तोकिएको कागजात पेश गरी वाणिज्य बैंकमार्पmत् सोभैm सटही पाउन सक्ने व्यवस्था गरिनेछ ।’, मौद्रिक नीतिमा भनिएको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ८३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले ८३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैैठकले गरेको हो । आज कम्पनीको विशेष साधारणसभा बस्दै छ । उक्त सभाले कम्पनीको सो मात्राको हकप्रद निष्काशन गर्ने निर्णयलाई पारित गर्ने छ ।

मौद्रिक नीतिको राहतः अटोलोनको सिमा ६५ प्रतिशत पुग्यो, नीजी आवास कर्जा १ करोड ५० लाखसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी सवारी साधनको खरिदमा ६५ प्रतिशतसम्म बैंकले लगानी गर्न पाउने व्यवस्था गरेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको ६५ प्रतिशतसम्म बैंक तथा वित्तिय संस्थाले लगानी गर्न पाउने व्यवस्था गरेको हो । यस अघि अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने व्यवस्था थियो । यसले अटोमोबाइल्स क्षेत्रको व्यापारमा बढोत्तरी हुनेछ । नयाँ मौद्रिक नीतिले व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा उक्त सीमा ८० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाउने व्यवस्था पनि गरेको छ । त्यसै गरि, व्यक्तिगत प्रयोजनका आवासिय कर्जामा पनि केन्द्रिय बैंकले खुकुलो नीति अख्तियार गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने व्यक्तिगत आवासीय घर कर्जाको सिमा १ करा्ढ ५० लाख पुर्याएको छ । यस अघि बैंक तथा वित्तिय संस्थाहरुले व्यक्तिगत आवासिय भवनका लागि एक करोेड मात्रै लगानी गर्न पाउने सुबिधा थियो । त्यसैगरि बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको ४० प्रतिशत रकमसम्म मात्र प्रवाह गर्न पाउने छन् । तर एउटै सूचीकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था पनि अघि सारेको छ ।  

नयाँ मौद्रिक नीतिः उत्पादनशिल क्षेत्रमा २५ प्रतिशत कर्जा अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था ल्याएको छ । केन्द्रिय बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको न्यूनतम २५ प्रतिशत लगानी गर्नै पर्ने व्यवस्था ल्याएको हो । यस अघि त्यस्तो लगानी २० प्रतिशत मात्रै अनिवार्य गरिएको थियो । त्यस्तै, विकास बैंक र वित्त कम्पनीहरुले समेत प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्यूनतम क्रमशः १५ प्रतिशत र १० प्रतिशत कर्जाप्रवाह गर्नुपर्ने व्यवस्था नयाँ मौद्रिक नीतिमा कायम गरिएको छ । वाणिज्य बैंकले आप्mनो कुल कर्जा लगानीको ५ प्रतिशत, विकास बैंकहरुले ४.५ प्रतिशत र वित्त कम्पनीहरुले ४ प्रतिशत कर्जा विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था थयावत कायम गरिएको छ । वाणिज्य बैंकहरुले विपन्न वर्ग अन्तर्गत प्रत्यक्ष रुपमा प्रवाह गर्नुपर्ने न्यूनतम २ प्रतिशतको कर्जा अनुपात अनिवार्य नहुने व्यवस्था गरिएको छ ।

हंशराज हुलासचन्दको नयाँ शोरुम टाँडी र निजगढमा

काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले चितवनको टाँडी र बाराको निजगढमा सुविधा सहितको नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले सबै ग्राहकहरुलाई उच्च गुणस्तरको बिक्री, सर्भिस तथा स्पेयर प्रदान गर्न दृढ रहेको बताएको छ । साथै, कम्पनीले नयाँ शोरुम शुभारम्भको अवसरमा, शोरुमद्धारा ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु प्रदान गरेको छ । यस कम्पनी बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । यस कम्पनीले आफ्नो कार्यलाई अघि बढाउँदै थप सुविधा सहितको नयाँ शोरुम उक्त स्थानमा संचालन गरेको छ । उक्त शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने साथै यसैको माध्यमबाट कम्पनीले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा रहेको छ । सो अवसरमा कम्पनीका डिपुटी महाप्रबन्धक योगेन गुरुङले टाँडी र निजगढमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी लागेको बताए । साथै, उनले ग्राहकहरुको बढ्दो मागका कारण टाँडी र निजगढमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने बताएका छन् ।

पुनर्बिमा कम्पनीले नयाँ कोष स्थापना गर्दै, हवाइ, इन्जिनियरिङ र हाइड्रो समेट्ने

काठमाडौं । नेपाल रि-इन्स्योरेन्स कम्पनीले पुनर्बिमाका नयाँ पुल स्थापनाको लागि छुट्टै कोष बनाउने भएको छ । बिमाका सबै क्षेत्रलाई समेट्नका लागि कम्पनीले पुल खडा गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चिरायु भण्डारीले बताए । ‘हवाइ, इन्जिनियरिङ, लाइभस्टक, हाइड्रो पावर लगायतका क्षेत्रका लागि छुट्टै कोष निर्माण लागेका हौं,’ भण्डारीले भने ‘साइवर क्राइम, नविकरणीय ऊर्जाका क्षेत्रमा पनि विशेष प्याकेजको व्यवस्था गर्ने सोच बन्दैछ ।’ कतिको पुल बन्छ सो वारे भने छलफल भइरहेको छ । उक्त पुल खडा गर्नको लागि विभिन्न विज्ञ तथा अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ । छुट्टाछुट्टै पुल स्थापना भए कार्य सम्पादन गर्न सजिलो हुनाका साथै जोखिम न्यूनीकरण गर्न सजिलो हुने कम्पनीको भनाइ छ । सकभर छिटो कोष स्थापना गरेर विशेष व्यवस्था सहित सो योजनालाई अघि बढाइने छ । जसरी विपत व्यवस्थापनको पहिला सरकारले कोष स्थापना गरेको थियो त्यसरी नै यसको प्रक्रिया पनि अघि बढाइने छ । २०७१ कार्तिकमा कम्पनी स्थापना भएपनि २०७२ साउन १ गतेबाट पुनर्बिमा कम्पनीको रुपमा कार्य सम्पादन गर्न शुरु गरेको हो । त्यति बेला १७ वटा निर्जीवन र पाँच वटा जीवन बिमा कम्पनीसँग व्यवसाय शुरु गरिएको हो । नेपालले आतंककारी कृयाकलापको अतिरिक्त हुलदंगा, हड्ताल तथा रिस इवीपूर्ण जोखिमलाई न्यूनिकरण गर्ने २०६० सालमा आकस्मिक बीमा कोष स्थापना गरेको थियो । सोही कोषलाई पछि पुनर्बिमा कम्पनी स्थापना गरिएको हो । चालु आवमा देशमा सञ्चालित बिमा कम्पनीहरूले यस अवधिसम्म करिब ३ अर्ब रुपैयाँको पुनर्बिमा नेपाल रि-इन्स्योरेन्समा गराएका छन् । गएको वर्ष यस्तो पुनर्बिमा पौने दुई अर्ब रुपैयाँको थियो । बढ्दै गएको बिमा व्यवसायलाई व्यवस्थित र विस्तारित गर्न पुल खडा गरेर कार्य सम्पादन गर्दा सजिलो हुने भण्डारीले बताए । कम्पनीले चालु आवको सो अवधिमा मोटर, अग्नी, इन्जिनियरिङ, मरिनलगायतका पुनर्बिमा वापत २९ करोड १२ लाख दावी भु्क्तानी गरेको छ । जीवन बिमाको प्रिमियम हरेक वर्ष जोडिदै जाने भएपनि निर्जीवन बिमाको प्रिमियम भने हरेक आर्थिक वर्षबाट शुरु हुने र त्यो सालमा त्यसको अवधि सकिने हुन्छ । सरकारले आगामी आवको बजेटमा उल्लेख्य हिस्सा नेपाल पुनर्बीमा कम्पनीमा गराउनु पर्ने व्यवस्था गरेको छ । बजेटले गरेको यो व्यवस्थाले कम्पनीसँग नेपालका बिमा कम्पनीले स्वेदशी पुनर्बिमा कम्पनीसँग हाल १० प्रतिशतमा सीमित रहेको रिइन्स्योरेन्सलाई बढाउन सघाउने छ । यस सम्बन्धमा स्वदेशमा गर्नुपर्ने जति निश्चित प्रतिशत नेपालमा गरिसकेपछि मात्रै बाँकी अन्य विदेशी कम्पनीमा पुनर्बीमा गर्न सकिने छ ।  

यी हुन निर्यात बढेका १० नेपाली उत्पादन

काठमाडौँ । चुलिँदो व्यापार घाटाका बिच १० नेपाली उत्पादनको निर्यात भने वृद्धि भएको छ । चालु आर्थिक बर्षको ११ महिनामा १० वटा नेपाली उत्पादनको निर्यात बढेको तथ्यांकले देखाएको हो । यसरी निर्यात बढेका नेपाली उत्पादनहरुमा चिया, छाला, जुस, जडिबुटी, तयारी पोशाक, फेल्टका समान, चाँदीका गहना, फलामका समान, प्राकृतिक तेल, प्राकृतिक रसायन छन् । यीनै १० उत्पादनहरुको निर्यात गत आवको ११ महिनाको तुलनामा २१ दशमलब ४९ प्रतिशतले बढेर २४ अर्ब ९९ करोड ८८ लाख पुगेको हो । गत आवको सोही अवधीमा यी उत्पादनको निर्यात जम्मा २० अर्ब ५७ करोड ५६ लाख रुपैंयाँको मात्रै भएको थियो । कुन उत्पादनको कति बढ्यो निर्यात जनावरको छाला निर्यात ६२ करोड १० लाखबाट बढेर ६८ करोड ४७ लाख पुगेको छ भने चियाको निर्यात २ अर्ब ११ करोडबाट बढेर २ अर्ब ३६ करोड पुगेको छ । तयारी पोषाकको निर्यात ३ अर्ब ३ करोडबाट बढेर ३ अर्ब ४ करोड पुगेको छ । चाँदीका गहनाको निर्यात पनि १२ करोडबाट ५६ लाखबाट बढेर १२ करोड ८८ लाख पुगेको छ ६५ को रकममा बढेको छ । प्राकृतिक तेलको निर्यात २२ करोडबाट बढेर ३६ करोड पुगेको छ भने जुसको निर्यात २ अर्ब ७२ करोेडबाट बढेर ४ अर्ब ८७ करोड पुगेको छ । कटन तथा पोलिष्टरको निर्यात ४ अर्ब ८२ करोडबाट वृद्धि भएर ६ अर्ब १५ करोड पुगेको छ । त्यस्तै, फलामका समानको निर्यात पनि ४ अर्ब २४ करोडबाट बढेर ४ अर्ब ८६ करोड पुगेको छ भने फेल्टको निर्यात १ अर्ब १४ करोडबाट बढेर १ अर्ब ३२ करोड पुगेको छ । प्राकृतिक तेलको निर्यात १ अर्ब ५४ करोडबाट बढेर १ अर्ब ५९ करोड पुगेको छ । नेपालको समग्र निर्यात ५ दशमलब ८ प्रतिशतले बढेर ६७ अर्ब ३५ करोड पुगेका बेला १० वस्तुहरुको निर्यात भने २१ दशलब ४९ प्रतिशतले बढेको हो ।