विकासन्युज

बाढीले विद्युत् प्राधिकरणको दुई अर्ब क्षति

काठमाडौ । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भने, “प्राधिकरणको संरचनामा अर्बौंको क्षति भएको छ । हामी अनुसन्धानकै क्रममा छाै । थप क्षतिको विवरण भने अध्ययनपछि नै थाहा हुनेछ ।” अविरल वर्षाका कारण पूर्वी तथा मध्य तराईको सम्पूर्ण विद्युत् सेवा कटौती हुन पुगेको छ । यस्तै भरतपुर सबस्टेसनअन्तर्गतको सेवासमेत कटौती हुन पुगेको प्राधिकरणले जनाएको छ । दुर्घटना कम होस् भन्नेतर्फ विशेष सावधानी अपनाएर विद्युत् लाइनपूर्ण रुपमा कटौती गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। दुहवी सबस्टेसन पानीमा, दर्जनौ टावर समस्यामा बाढी तथा पानी जम्दा दुहवी सबस्टेसन, दमक सबस्टेसन, अनारमनी सबस्टेसन पूर्ण रुपमा डुबेको छ । सबस्टेसनका सम्पूर्ण उपकरण तथा सञ्चालन प्रणालीसमेत समस्या आएको छ । यही साउन २७ गते बिहानदेखि ती सबस्टेसन पूर्णरुपमा बन्द भएको प्राधिकरणले जानकारी दिएको छ । यस्तै, दमक गोदाक खण्डको १३२ केभी प्रसारण लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं १७ बाढीको कारण ढलेको छ । हेटाँैडा सबस्टेसनअन्तर्गतको हेटौँडा सिमेन्टनजिक रहेको ६६ केभी टावर पल्टिन लागेकाले उक्त औद्योगिक फिडर पूर्ण रुपमा बन्द रहेको छ । नेपाली सेनाको सहयोगमा उक्त टावरको सुरक्षाको उपाय अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । चन्द्रनिगाहापुर पथलैया १३२ केभी, ढल्केबर चपुर १३२ केभी, बालाजु त्रिशूली र रक्सौल परवानीपुर १३२ केभीको भुलहीमा बाढीले दुईवटा टावरको फेदमा समस्या पैदा गरेको छ । तराईका सम्पूर्ण फिडरमा समस्या प्राधिकरणका अनुसार लहान सबस्टेसनअन्तर्गत रुपनी र स्थानीय फिडरबाहेक सम्पूर्ण ३३ केभी तथा ११ केभी बन्द रहेको छ । सो फिडरको ३६ मेगावाट मागमध्ये दुई मेगावाट मात्रै खपत भएको छ । ढल्केबर सबस्टेसनअन्तर्गत जनकपुर फिडरबाहेक सम्पूर्ण फिडर बन्द रहेका कारण एक मेगावाट मात्रै विद्युत् खपत हुन सकेको छ । सो फिडरमा कुल ३५ मेगावाट विद्युत् माग हुने गरेको थियो । चपुर सबस्टेसनअन्तर्गत हरसाहा ३३ केभी तथा स्थानीय फिडर चार्ज भएको छ । गौर, हरिपुर तथा निजगढ ३३ केभी प्रसारण लाइनमा समस्या पैदा भएका कारण ३२ मेगावाट माग हुने स्थानमा १.५ मेगावाट मात्रै खपत भएको छ । हरिपुर र गौर नजिकको फिडरमा एक फिटभन्दा बढी पानी जमेको र पोल बगाएको छ । परवानीपुर सबस्टेसन मातहतको गण्डक र हिमाल फिडरमा समस्या आएको प्राधिकरणले जनाएको छ । सिमरा सबस्टेसनको स्थानीय फिडरमा एक मिटरभन्दा बढी पानी जमेको छ । हेटाँैडा सबस्टेसन मातहतको स्थानीय फिडरमा दुई मेगावाट मात्रै चालु रहेको छ । सो फिडरमा १२ मेगावाट विद्युत् खपत हुने गरेको थियो । भरतपुर सबस्टेसन र पर्सा सबस्टेसनमा पूर्ण रुपमा जलमग्न रहेको, भरतपुरअन्तर्गतको गँैडाकोट फिडरबाट ४० मेगावाट विद्युत् खपत हुने गरेकामा दुई मेगावाट मात्रै सञ्चालनमा रहेको छ । प्राधिकरणका अनुसार शिवपुर सबस्टेसनअन्तर्गत ११ केभी र बहादुरगञ्ज फिडर बन्द रहेको छ । उता कोहलपुर सबस्टेसनअन्तर्गत राझा फिडर बन्द हुन पुगेको छ । सो फिडरमा कुल ४० मेगावाट माग रहेकोमा दुई मेगावाट मात्रै प्रयोग भइरहेको छ । अधिकांश आयोजना ट्रिपिङमा कार्यकारी निर्देशक घिसिङले मुलुकका अधिकांश आयोजना ट्रिपिङमा रहेका छन् । कालीगण्डकी ‘ए’ १४४ मेगावाट क्षमतामा नै चलाउन सकिएको छैन । सो आयोजनाबाट हाल १०० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । आयोजनाको कुल क्षमतामध्ये न्यूनतम ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भइरहेको छ । मध्य–मस्र्याङदी जलविद्युत् आयोजनाले २५ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । सो आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुन्छ । मस्र्याङदी जलविद्युत् आयोजनाबाट ३२ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । बालाजु त्रिशूली ६६ केभी सर्किट ट्रिपिङ भएकाले चिलिमे र त्रिशूली सात÷सात मेगावाट र देवीघाट पाँच मेगावाट मात्र उत्पादन गरिएको छ । गण्डक विद्युत् बाढीका कारणले बन्द अवस्थामा रहेको छ । भारतबाट आउने विद्युत् बन्दप्रायः भारतबाट आयात हुने विद्युत् लगभग पूर्ण अवस्थामा बन्द हुन पुगेको छ । ढल्केबर– मुजफरपुरबाट हाल सात मेगावाटदेखि ३३ मेगावाट मात्रै विद्युत् आयात भइरहेको छ । सो प्रसारण लाइनबाट १४५ मेगावाट विद्युत् आयात हुने गरेको छ । यस्तै, विहार र टनकपुरबाट हुने आयात हुने विद्युत्समेत बन्द भएको छ । ढल्केबरबाट आयात हुने विद्युत् लिए पनि नलिए पनि प्राधिकरणले महसुल भने तिर्नुपर्नेछ । एक दिन विद्युत् आयात रोकिँदा रु एक करोड २० लाखभन्दा बढी प्राधिकरणलाई घाटा हुन्छ । काठमाडौँका केही फिडरमा समेत समस्या पैदा भएको छ । रासस

आर एस इन्टरप्राईजेजले बिक्रेता सम्मेलनको आयोजना गर्यो

काठमाडौं । भारतको  स्लीपवेल कम्पका नेपालका स्थानिय प्रतिनिधी आर. एस. ईन्टरप्राईजेजले राजधानिमा नेपालका बिभिन्न सहरहरुमा रहेको आफ्ना ५० भन्दा बढि बिक्रेताहरुको सहभागिता रहेको बिक्रेता सम्मेलन आयोजना गरेको छ । सन् १९७१ देखि पोलिथिन (पियु) फोम ब्यबसायमा संलग्न ब्यबसायिक घराना शिला ग्रुप अन्तर्गतको स्लीपवेल भारतमा सबै भन्दा बढि बिक्री हुने म्याट्रेस ब्राण्ड हो । उक्त कम्पनीले भारत तथा अष्ट्रेलियामा मुख्य कारोबार रहेता पनि बार्षिक ३० करोड अमेरिकी डलर भन्दा बढि कारोबार र १५०० भन्दा बढि कामदार कर्मचारी रहेको यस कम्पनि भारतको मात्र नभई पियु फोम ब्यापारमा दक्षिण पुर्वि एशियाकै ठुला ५ कम्पनिहरु मध्ये एक भएको उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । स्लीपवेल एक परिपक्व ब्राण्ड भईसकेकाले उपभोक्ताका आकांक्षाहरुलाई निकै जिम्वारीका साथ कम्पनिले लिने गरेको र यसका सिर्जनात्मक उत्पादनहरुमा उपभोक्ताहरुको निद्रा मात्र नभई आरामदायी निद्रालाई ध्यानमा राखेर गरिएको कुरा कम्पनिका भाईस प्रेसिडेन्ट बसन्त सिंघलले बताए ।  

डुवानले बिजुलीको माग भारी गिरावट, उत्पादन आधा मात्र, पूर्वमा विद्युत आपूर्ति गर्न एक साता लाग्ने

काठमाडौं । शुक्रबारदेखिको अविरल वर्षाले आएको बाढीका कारण तराईका जिल्ला डुवानमा परेपछि विधुतको माग घटेको छ । बाढीले तराइ क्षेत्रमा जगमग्न भएपछि माग घट्दा अधिकाँश जलविद्युत आयोजनाबाट आधा भन्दा कम मात्र बिजुली उत्पादन भइरहेको छ । तराइमा धेरै सव–स्टेशन तथा फिडर बन्द भएपछि १४४ मेगावाटको कालीगण्डकी ए बाट १००, ७० मेगावाटको मध्यमस्र्याङ्दीबाट २५, ६९ मेगावाटको मस्र्याङदीबाट ३२ मेगावाट मात्र बिजुली उत्पादन भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । पुर्वाञ्चलनमा ठुलो क्षति भएका कारण विद्युत आपूर्ति गर्न एक साता लाग्ने उनले जानकारी दिए । अन्य क्षेत्रमा पानी कम हुनसाथ विद्युत आपूर्ति सुचारु हुने छ । बालाजु–त्रिशुली ६६ केभी सर्किट ट्रिपिंग भएपछि चिलिमे र त्रिशुली ७÷७ र देबिघाट आयोजनाबाट ५ मेगावाट मात्र बिजुली उत्पादन भएको छ । गण्डक विद्युत्गृह बाढीको कारणले विहान ५ बजेदेखि बन्द छ । ढल्केबर – मुजफरपुर अन्तरदेशिय लाइनबाट लिनुपर्ने १०० मेगावाट मध्ये माग नभएपछि ७ मेगावाट देखि ३३ मेगावाट मात्र आयात भइरहेको उनले जानकारी दिए । माग नभएपछि बिहारबाट हुने सम्पूर्ण आयात बन्द गरिएको छ्र । टनकपुरबाट हुने आयात पनि बन्द गरिएको प्राधिकरणले जनाएको छ । सवस्टेशन बाढीले डुवाएपछि पुर्वी तराईका जिल्लामा विद्युत आपूर्ति पुरै बन्द भएको छ । यस्तै दमक–गोदक प्रसारणलाइन अवरुद्ध भएपछि माईलगायत अन्य करिडोरमा रहेका आयोजनाबाट गरी ५० मेगावाट बिजुली आपूर्ति बन्द भएको प्राधिकरण प्रणाली सञ्चालन विभागका उपप्रवन्धक दीपक धितालले जानकारी दिए । क्षति पुगेका मुख्य प्रसारणलाइन दमक–गोधक खण्डको १३२ केभी लाइनअन्र्तगत चुलाचुलीमा रहेको टावर नम्बर १७ बाढीको कारण ढलेको छ । हेटौडा सव–स्टेशन अन्तर्गतको हेटौंडा सिमेन्ट नजिक ६६ केभी. टावर पल्टिन लागेपछि औद्योगिक फिडर सर्किट नम्बर १,२ बन्द गरिएकको छ । दुहवी सब–स्टेशन, दमकसब–स्टेशन, अनारमनी सव–स्टेशन जलमग्न हुँदा पूर्ण रुपमा बन्द छ । यसैगरी चपुर–पथलैया १३२ केभी. सर्किट नम्बर २, २७ गते रातिदेखि चालु हुन सकेको छैन् । ढल्केबर–चपुर १३२ केभी. सर्किट नम्बर १, २७ गते दिउसोदेखि अबरुद्ध छ । बालाजु–त्रिशुली ६६ केभी सर्किट नम्बर १ र २, २७ गते रातिदेखि बन्द भएको छ । यस्तै नयाँ संरचनामा रक्सौल–परवानीपुर १३२ के.भीको भलुहीमा टावर नम्बर १७ र १६ मा बाढीले बेस खनेपछि आपूर्ति अबरुद्ध भएको छ ।  

स्मार्ट टेलिकमले पनि दियो बाढी पीडितलाई निःशुल्क फोन सेवा

काठमाडौं । स्मार्ट टेलिकमले बाढी प्रभावित जिल्लाका पीडितहरुलाई निःशुल्क टेलिफोन सेवा उपलब्ध गराएको छ । बाढी प्रभावित क्षेत्रमा सूचनाको सहज पहुँचका लागि निःशुल्क टेलिफोन सेवा उपलब्ध गराएको जानकारी स्मार्ट टेलिकमले दिएको छ । बाढी प्रभावित क्षेत्रमा आइतबारदेखि नै स्मार्टदेखि स्मार्टको नेवटर्कमा फोन गर्दा तथा सन्देश पठाउँदा कुनै शुल्क लाग्दैन । यसैगरी बारा, पर्सा, रौतहट, चितवन,नवलपरासीलगायतका जिल्लाका ३० विभिन्न स्थानमा निःशुल्क टेलिफोन बुथसमेत राखेको छ । बुथबाट स्थानीय बासिन्दाले आफूले चाहेको स्थान र नेटवर्कमा फोन गर्न पाउनेछन् । बाढी पहिरोका कारण टेलिफोन नेटवर्क नभएका स्थानमा सूचना आदान प्रदानका लागि सहयोग पुग्ने अपेक्षा स्मार्टले गरेको छ

बाढीपिडीतका लागि एनआरएनएद्वारा राहतकोष स्थापना, शेष घले दम्पत्तिले दिए १ करोड

काठमाडौं । शुक्रबार देखिको अबिरल बर्षाका कारण नेपालको तराईका बिभिन्न जिल्लामा बाढीपहिरोले ठुलो धनजनको क्षति पु¥याएपछि गैरआवासिय नेपाली संघ (एनआरएन) ले राहत कोष स्थापना गरेको छ । एनआरएनको आइतबार बसेको आकस्मिक बैठकले बाढीको जोखिममा रहेका हजारौं परिवारलाई तत्काल उद्दार र आपतकालिन राहतका लागि आपतकालिन सहयोगस्वरुप ’बाढीपिडीत राहत कोष’ स्थापना गर्ने निर्णय गरेको हो । कोषमा अध्यक्ष शेष घले र जमुना गुरुङको एमआईटी फाउण्डेसनले १ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ । बैठकमा संघका संरक्षक जीवा लामिछाने तथा उपाध्यक्ष भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी र सचिव अर्जुन श्रेष्ठले जनही १ लाख रुपैयाँ तथा प्रवक्ता रन्जु थापाले ५० हजार रुपैयाँ र कोषाध्यक्ष हिक्मत थापाले ५१ हजार रुपैयाा सहयोगको घोषणा गरेका छन् । एक साताभित्र दुई करोड रुपैयाँ जम्मा गरी राहत बितरण थाल्ने तयारी रहेको एनआरएनकी प्रवत्ता रञ्जु वाग्लेले जानकारी दिइन् । बिश्वभरी छरिएर नेपालीहरुलाई आफ्नो गच्छेले भ्याएसम्म रकम सहयोग गरी बिपतको घडीमा मातृभूमी र पिडीतलाई सहयोगको हात अगाडी बढाउन एनआरएनले अपिल समेत गरेको छ ।    

२२ अर्ब लगानी थप्दै नेपाल टेलिकम, आक्रामक बजार विस्तारसँगै एसएमएस सेवा निःशुल्क

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले टेलिफोन सेवा र विस्तार र नयाँ सञ्चार प्रविधि जडान गर्न २२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।  चालु आर्थिक वर्ष ०७४/०७५ मा यो रकम लगानी गरेर ग्राहक संख्या १७ प्रतिशत बढाउने लक्ष्य टेलिकमले लिएको छ । टेलिकमका हाल १ करोड ७४ लाख ४२ हजार ग्राहक छन् । चालु आवमा टेलिकमका ग्राहक २ करोड नाघने भएका छन् । फोरजी सेवा,वाइम्याक्स र तारसहितको टेलिफोन सेवा विस्तारमा टेलिकमले लगानी बढाउने प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले यो वर्षदेखि डिजिटल अर्थतन्त्र निर्माणमा टेलिकमले ध्यान केन्द्रीत गर्ने जानकारी दिइन् । यस्तै इन्टरनेट सेवालाई अझ प्रभावकारी बनाउने उनले बताइन् । पुर्वाधार निर्माणतर्फ चालु आवमा टेलिकमले पाँचथरको चियोभन्ज्याङदेखि गोरखाको आरुघाट बजारसम्म ८ सय किलोमिटर लामो सुचना मार्गको निर्माण गर्ने भएको छ । गत आवमा टेलिकमले १५ अर्ब रुपैयाँ खुदनाफा गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत मध्ये सबैभन्दा बढी नाफा टेलिकमको छ । गत आवमा टेलिकमले ४४ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । टेलिकममा ९२ प्रतिशत सरकार र ८ प्रतिशत सर्वसाधारणको सेयर लगानी रहेको छ । अविरल बर्षाका ठुलो धनजनको क्षति भएको भन्दै टेलिकमले आफनो सञ्जालाभित्र  मुलुकभर एसएमएस सेवा निशुल्क गर्ने जानकारी दिएको छ । याे सेवा साउन ३१ गते मंगलबारसम्म  निशुल्क गर्ने टेलिकमले जनाएकाे छ ।

प्रमको भारत भ्रमणमा व्यापार घाटाका बारे छलफल हुने

नगरकोट । वाणिज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले संविधान संशोधनका विषयमा नेपाली काँग्रेसले पारित गराउने उद्देश्यका साथ विपक्षी दलसँग तीव्र रुपमा छलफल गरिरहेको बताएका छन्। रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधनलाई पारित गराउन संशोधनको पक्षमा दुई तिहाई पु¥याउने वातावरण बनाउन राजपा लाग्नुपर्ने र निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा व्यापार घाटाका बारे पनि छलफल हुने जानकारी दिए । रासस

उर्जा बैंक स्थापना गर्न भारतको ‘ग्रीन सिग्नल’, सचिवस्तरिय बैठकमा छलफल हुँदै

काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि बिजुली व्यवस्थापन गर्न नेपालले ऊर्जा बैंक स्थापनका लागि भारतसंग प्रस्ताव गरेको छ । गत साता भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत विद्युत् आदन–प्रदान समिति (पावर एक्सचेन्ज कमिटी) बैठकमा नेपाल विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई बेच्ने र हिउँदमा किन्ने गरी ऊर्जा बैंक स्थापनाको प्रस्ताव गरेको हो । नेपालको प्रस्तावलाई भारतीय पक्षले सकरात्मक रुपमा लिएको विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । आदनप्रदान समिति बैठकले आउदो नेपाल–भारत सचिवस्तरिय संयुक्त स्थायी समिति बैठक (जेसीडब्आर) मा छलफल गर्ने सहमति भएको उनले जानकारी दिए । विद्युत प्राधिकरणले आफनो तर्फबाट राखेको प्रस्तावलाई भारतीय पक्षले सकरात्मक रुपमा लिएको उनको भनाई छ । आउदो जेडीडब्आर बैठकमा यस विषयमा सहमति हुने संभावना रहेको उनले जानकारी दिए । आउदो सचिवस्तरिय बैठकमा उत्तरप्रदेशबाट नेपाल जोड्ने १३२ केभी क्षमताका ३ वटा प्रसारणलाइन र २ वटा ३३ केभी प्रसारणलाइन निर्माणको विषयमा पनि छलफल हुने अधिकारीले बताए । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षादको ४ महिना बढी हुने बिजुली व्यवस्थापन गर्न नेपालले ऊर्जा बैंकि स्थापनाको अवधारणा ल्याएको हो । माथिल्लो तामाकोसीलगायत अन्य केही ठुला आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि ०७६ देखि वर्षादको ४ महिना बिजुली उत्पादन बढी हुने प्रक्षेप्रणका आधारमा प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई बेचेर सुख्खायाममा भारतबाट खरिद गर्न ऊर्जा बैंक स्थापना गर्न लागेको अधिकारीले स्पष्टपारे । कुलेखानी बाहेक सबै आयोजना नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिका भएकाले मंसिर, पुस, माघ, फागुन, चैत, बैशाख र जेठसम्म नदीको पानी वहाव घटेपछि यसको असर विद्युत उत्पादनमा ७० प्रतिशतसम्म कमी आउने गरेको छ । तामाकोसी आएपछि वर्षादमा बिजुली छेलोखेलो भएपनि सुख्खायामा उत्पादन घटेर केही घण्टा लोडसेडिङ हुने अवस्था छ । सरकारले चालु आवमा विद्युत उत्पादन ८ सय थप गर्ने लक्ष्य लिएको छ । गत आवमा ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएपछि जडित क्षमता ९८० मेगावाट पुगेको छ । हालसम्मको उत्पादन गरी ३ वर्षभित्र विद्युतको उत्पादन जडित क्षमता २ हजार १ सय मेगावाट नाघने अनुमान गरिएको छ । आउदो ०७५ सालको असार अन्तिमसम्म बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसीको पहिलो युनिटबाट बिजुली उत्पादन हुदैछ । सोही वर्षको मंसिरसम्म तामाकोसीको ५ वटै युनिटको काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्धारित लक्ष्यमा केही महिना ढिलाइ भएपनि ०७५ भित्र तामाकोसी पुर्ण रुपमा सञ्चालनमा आइसक्ने छ । योजनामा रहेको निर्धारित आयोजना सम्पन्न भएमा आउदो सन् २०२१ को अन्त्यसम्ममा भारतबाट बिजुली आयात बन्द हुनेछ । केही वर्ष ऊर्जा बैकिङमार्फत ऊर्जा आपूर्तिलाई सन्तुलनमा ल्याई आगामी सन् २०२१ को अन्त्यदेखि भारतबाट बिजुली आयात बन्द गर्ने योजना तयार भएको अधिकारी बताउछन् । नेपाल–भारत अन्तरदेशिय प्रसारणलाइन अन्र्तगतको ढल्केबर सवस्टेशन आउदो कात्तिकभित्र २२० केभीमा सञ्चालनमा आउने छ । ढल्केबरमा कम क्षमताको सवस्टेशनका कारण हाल १३२ केभीबाट १४५ मेगावाटसम्म विद्युत प्रवाह भइरहेको छ । २२० केभीमा चार्ज भएपछि सो लाइनबाट २ सय मेगाावाट बिजुली आदनप्रदान गर्न सकिने छ । आगामी २ वर्ष भित्र सवस्टेशनलाई ४ सय केभीमा स्तरोन्नोती गर्ने लक्ष्य लिइएको छ । ४ सय केभीमा स्तरोन्नोती भएपछि १ हजार २ सय मेगावाट बिजुली आदनप्रदान हुने छ । लोडसेडिङ हटाउन यो वर्ष मात्र भारतबाट ५ सय मेगावाटसम्म बिजुली आयात गर्ने लक्ष्य प्राधिकरणको छ । गत वर्ष ३८५ मेगावाटसम्म बिजुली आयात भएको थियो । विद्युत आदनप्रदान समिती बैठकले नेपाललाई थप १ सय मेगावाट बिजुली दिने सम्झौता गरेको छ । ३ वर्षमा विद्युत् प्राधिकरण अन्र्तगतको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी, चिलिमे हाइड्रोपावर लिमिटेड अन्र्तगतको १११ मेगावाटको रसुवागढी, १५ मेगावाटको सान्जेन, ४२ मेगावाटको तल्लो सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना सम्पन्न हुदैछन् । यस्तै विद्युत प्राधिकरणले आफनो लगानीमा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना आउदो ६ महिनामा सम्पन्न हुदैछन् । यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी, ४२ मेगावाटको मिस्त्रीखोला, २० मेगावाटको माथिल्लो मोदी, ८२ मेगावाटको तल्लोसोलु, ८६ मेगावाटको सोलु दुधकोसी, २३.५ मेगावाटको माथिल्लो सोलु, सिंगटी, खारे खानीखोलालगायत झण्डै २ दर्जन आयोजना आउदो ३ वर्षमा सम्पन्न हुदै छन् । लिखु नदीमा १५७ मेगावाट क्षमताका ३ वटा आयोजनाको निर्माण सुरु भएको छ । विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको त्रिशुली ३ ए आयोजना ३ वर्षमा सम्पन्न हुदै छ । आगामी हिउँददेखि १४० मेगावाटको तनहुँ अर्धजलासययुक्त आयोजनाको काम सुरु हुदै छ ।