विकासन्युज

नेपाल बंगलादेश बैंकको नयाँ एटीएम सेवा आइक्यान परिसरमा

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो ५६औं एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुरको सातदोबाटोस्थित नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाको(आइक्यान) परिसरमा उक्त सेवा संचालनमा ल्याएको हो । उक्त सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले संयुक्त रूपमा गरेका हुन् । साथै यस एटीएम सेवाबाट सो क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज बनाउने बैंकले जनाएको छ । हाल बैंकले ७१ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५६ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सका का.मु. प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा एनएलजी इन्स्योरेन्स कम्पनीबाट गर्न सक्नेछन् । उक्त समारोहमा एनएलजी इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक मनोज श्रेष्ठ, बरिष्ट प्रवन्धक दीपककुमार चन्दको उपस्थिती रहेको थियो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, नरेशराज अर्यालयको उपस्थिती रहेको थियो ।

गृहमन्त्री ‘बादल’लाई चीन भ्रमणका लागि निमन्त्रणा

काठमाडौं । चीनका सार्वजनिक मन्त्रीले गृहमन्त्री थापालाई चीन भ्रमणका लागि निमन्त्रणा गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका सार्वजनिक सुरक्षा उपमन्त्री शि जुनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भएको भेटवार्तामा उक्त जानकारी दिएका हुन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल-चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भयो । भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि उपमन्त्री जुनसँग आग्रह गरेका छन् । गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिईने प्रतिवद्धता व्यक्त गरेका थिए । भेटमा उपमन्त्री जुनले नेपाल–चीन सम्बन्धको चर्चा गर्दै यसलाई जनस्तरसम्म लैजानुपर्नेमा जोड दिएका छन् । नेपालको भूमिबाट हुने चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसलाई थप महत्व दिन उनले आग्रह गरेका छन् ।  

यातायात व्यवसायीको म्याद पुस मसान्तसम्म थप, बैंक खातामा रहेको रकम सीडीयो मार्फत झिकिने

काठमाडौं । भौतिक पुर्वाधार मन्त्रालयले सिन्डिकेट पक्षधर व्यवसायीको म्याद पुस मसान्तसम्म थप गरेको छ । मन्त्रालयले यातायात व्यवसायीलाई तत्काल कम्पनी मार्फत नआउन छुट दिएको हो । मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायीलाई आफ्नो खर्च भएको र तिर्नुपर्ने हिसाबको सम्पुर्ण विवरण जिल्ला प्रशासन कार्यालय बुझाउन आग्रह गरेको छ । मन्त्रालयले व्यवसायीहरुलाई साउन मसान्तभित्र तिर्नुपर्ने सबै रकमको विवरण सीडीयो कार्यालयमा पठाउन निर्देशन दिएको हो । व्यावसायीहरुको बैंक खातामा रहेको रकम प्रमुख जिल्ला अधिकारी मार्फत झिक्न मिल्ने व्यवस्था गरिएको छ । अब सवारी दर्घटनामा परेका मृतक वा घाइतेको उपचार गर्न, घरभाडा, कर्मचारीलाई तलब वितरणका लागि बिल व्यवसायीले सिडीयोलाई बुझाउनु पर्नेछ । कार्यक्रममा बोल्दै मन्त्री रघुविर महासेठले सञ्चार माध्यामको आलोचनाले आफुलाई सुध्रिन मौका दिएको बताए । ‘सिन्डिकेट मैले चलखेल गरेर पनि फर्काउन सकिने विषय होइन्, राम्रो आलोचनाले सुध्रिने मौका पाए, महासेठले भने यातायात व्यवसायीलाई पुस मसान्तभित्र कम्पनीमा ल्याउने तयारी गरेका छौं ।’ उनले व्यवसायीलाई कहिलेसम्ममा कम्पनी मार्फत ल्याउने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताए । यसैगरी, मन्त्रालयले सुझावको लागि गठन गरेको कार्यदलले सुझाव पेस गरेको छ । सुझावमा भदौ सम्ममा देशका सबै ट्राफिक लाइटहरु निर्माण गरीसक्ने, जेब्रा क्रसिङमा नियम उल्लङघन गर्ने यात्रु वा सवारी दुबैलाई कारबाही गर्ने र यसको अनुगमन गर्ने जानकारी दिइएको छ ।

नबिल बैंकद्धारा आयोजित रक्तदान कार्यक्रममा २०४ जनाले गरे रक्तदान

काठमाडौं । नबिल बैंकले आफ्नो ३४औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले गत शनिबार आफ्नो प्रधान कार्यालय, हेटौँडा तथा महेन्द्रनगर शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा २०४ जना बैकंका कर्मचारीहरुका सँथै ग्रँहकहरुबाट समेत रक्तदान गरिएको थियो । रक्तदाताहरुलाई नबिल बैंकबाट सामाजिक कार्यक्रममा उत्कृष्ट योगदान गरेकोमा धन्यवादका साथै कदर पत्र प्रदान गरिएको थियो । नेपाल रेड क्रस सोसाईटी सघंले देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंसा गरेको छ ।

राष्ट्र बैंकले खारेज गर्यो १४ सहकारी संस्थाको इजाजत, अब नियमन नगर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्न अनुमति दिएका १४ वचत तथा ऋण सहकारी संस्थालाई नियमन र सुपरीवेक्षण नगर्ने भएको छ । केन्द्रीय बैंकले भोली मंगलबार अर्थात साउन १ गतेदेखि सीमित बैंकिङ कारोबार गर्न दिएको अनुमति रद्ध गरेको जानकारी दिएको छ । राष्ट्र बैंकले नवजीवन सहकारी संस्था लिमिटेड धनगढी, सगुन सहकारी संस्था लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लिमिटेड, दी सहारा लोन एन्ड सेभिङस कोअपरेटिभ लिमिटेड र विन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अनुमति खारेज गरेको जानकारी दिएको छ । अनुमतिपत्र खारेज, नियमन र सुपरीवेक्षणबाट अलग गरिएका अन्य सहकारीमा महिला सहकारी संस्था लिमिटेड, नेपाल सहकारी वित्तीय संस्था लिमिटेड, मनकामना सहकारी संस्था लिमिटेड, भेरी सहकारी वित्तीय संस्था लिमिटेड, विकु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, किसान बहुृउद्धेशिय सहकारी संस्था लिमिटेड, स्टार वहुउद्धेशिय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हिमालयन सहकारी संस्था लिमिटेड र उपकार वचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थाअनुसार सीमित बैंकिङ कारोबार गर्ने सहकारीको इजाजतपत्र रद्ध गरेको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको मात्र नियमन गर्ने भएको छ ।

मोबाइल हराएर वा बिग्रेर चिन्तित हुनुहुन्छ ? ढुक्क हुनुस्, अब मेरो सुरक्षाले दिन्छ नयाँ मोबाइल

काठमाडौं । मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ? अब ढुक्क हुनुहोस्, चिन्ता लिनु पर्देन, तपाईको मोबाइलको रक्षा मेरो सुरक्षाले गर्ने भएको छ । नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको हो । मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि “मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा” नामक योजना शुरु गरेको छ । मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तर्गत नयाँ मोबाइल पाउने छन् । साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रिकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइलसेट उपलब्ध गराई टेन्सन मुक्त जीवनमा सहयोग गर्नेछ। कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवाारले बताए । ‘अहिलेको आधुनिक युगमा स्मार्टफोन अनिवार्य बनिसकेको छ । व्यस्त दैनिकीमा स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ । जसले गर्दा प्रयोगकर्तालाई डाटाका साथै ठूलो नोक्सान हुनसक्छ । यसलाई ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान शुरु गरेको हो । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले भने । यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ । प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टू डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाले जनाएको छ । यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र अर्को नयाँ मोबाइल पाउने छन् । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।

सानिमा बैंक र पानस रेमिटबीच विप्रेषण सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र पानस रेमिट प्रालीबीच पानस रेमिट मार्फत आउने विप्रेषण रकम नेपालमा बैंकिङ प्रणाली मार्फत भुक्तानी गर्ने सम्झौता भएको छ। सम्झौतामा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र पानस रेमिटको तर्फबाट मुख्य कार्यकारी अधिकृत धर्म पौडेलले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार पानस रेमिट मार्फत यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा र मध्यपूर्बी देशहरुबाट नेपाल पठाएको विप्रेषण रकम नेपालमा प्राप्त गर्ने व्यक्तिले सानिमा बैंकको सम्पूर्ण शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन्। पानस रेमिट विगत नौ वर्ष देखि यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा र मध्यपूर्बी देशहरुबाट नेपाल रेमिट्यान्स भित्र्याई रहेको छ।