पर्यटन आर्थिक विकासको आधार: उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल
काठमाडौं, २८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले विश्वकै सर्वोच्च सगरमाथा, होचो केचना, १२३ भाषाभाषी तथा जताततै सुन्दरताले भरिपूर्ण हाम्रो नेपाल पर्यटनको क्षेत्रलाई विकास गर्ने कच्चापदार्थका रुपमा रहेको बताएका छन् । नेपाल पर्यटन मजदुर सङ्घले आफ्ना मजदुरलाई उच्च हिमाली जोखिम र नेतृत्वसम्बन्धी अभिमुखीकरण तालिमको उद्घाटन गर्दै उनले भने, “पर्यटन क्षेत्रको कच्चापदार्थका रुपमा रहेको सुन्दर हिमाल, पहाड, तराई, नदीनाला, जनजातिको १२३ भाषाभाषी हामीले कतैबाट खरिद गर्नु पर्दैन्, हाम्रो आथिक विकासको आधार नै यही हो ।” उच्च हिमाली क्षेत्रको भ्रमण तथा सगरमाथाको आरोहणमा आउने विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति दिलाउने तर्फ पर्यटन व्यवसायी तथा मजदुरले जोड दिनुपर्ने औँल्याउँदै जोखिम मोलेर काम गर्ने मजदुरलाई व्यवसायीले शोषण गर्न नहुने तथा उनीहरुलाई पनि प्रोत्साहन दिनुपर्नेमा मन्त्री पोखरेलको जोड थियो । नेपाल ट्रेड युनियन महासङ्घका महासचिव जनक चौधरीले विश्वका अन्य मुलुकका श्रमिकले बटुलेको श्रम तथा उनीहरुको अनुभव सेयर गरेर हाम्रो सीप र दक्षता बढाउनुपर्ने चर्चा गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष देवेन्द्र कुँवरले पर्यटन क्षेत्रको विकासका लागि सरकार, श्रमजीवी तथा व्यवसायीको साझा धारणा तयार गरी अगाडि बढ्नुपर्ने बताए । टानका अध्यक्ष चन्द्र रिजालले तालिम लिएका मजदुरले आफूले प्राप्त गरेको सीप ब्यवहारमा उतार्नुपर्ने बताए । नेपाल पर्यटन श्रमिक सङ्घका अध्यक्ष कपिल पाण्डे, कार्यक्रम संयोजक फुर्वा शेर्पा, पर्यटन व्यवसायी रामबहादुर श्रेष्ठलगायतका वक्ताले पर्यटन व्यवसायको विकास, व्यवसायी र मजदुरको भूमिकामाथि प्रकाश पारेका छन् । रासस
सरकार अल्पमतमा परे पनि बजेट पास हुने, बजेटमा राजनीति नगर्न अर्थविदको सुझाव
काठमाडौं, २८ असार । केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेपनि ओली सरकारले ल्याएको बजेट पास हुने भएको छ । यसको अर्थ अवको एक वर्षसम्म ओली सरकारकै आर्थिक नितीमा सरकार अघि बढ्नेछ । मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता गर्न आयोजीत पत्रकार सम्मेलनमा केन्द्रका नेता कृष्ण बहादुर महराले ओली सरकारले ल्याएको बजेट पास हुन दिने बताएका थिए । उता, अर्थविदहरुले पनि बजेट पास हुन दिनु पर्ने बताएका छन् । अर्थविदहरुले बजेट पास हुन दिएर नयाँ सरकारले राजनीतिक संस्कार देखाउनु पर्ने धारणा राखेका हुन् । यअर्थविद डा. चन्द्रमणी अधिकारी, पोषराज पाण्डे तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले बजेट पास हुन दिनु पर्ने बताएका हुन् । हाल संसदले विनियोजन विधेयक मात्र पास गरेको छ । त्यस बाहेकको आर्थिक विधेयक, राष्ट्रिय ऋण उठाउने विधेयक र ऋण तथा जमानत उठाउने विधेयक संसदबाट पास हुन बाँकी छ । अर्थविद अधिकारीले इतिहासमै पहिलो पटक बजेट पास गर्न नपाई सरकार ढलेको बताउँदै बजेटमाथी राजनीति गर्न नहुने बताएका हुन् । बजेट पास नभएका आर्थिक संरचना बिग्रने बताउँदै त्यसतर्फ सचेत रहन आग्रह पनि गरे । अर्का अर्थविद पोषराज पाण्डेले पनि बजेट पास हुन दिनुपर्ने बताए । नयाँ सरकारले पूरक बजेट मार्फत आफ्ना कार्यक्रमलाई सम्बोधन गर्न सक्ने उनको भनाई छ । पुरक बजेट मार्फत अहिलेको बजेटमा अघि सारिएको पपुलिष्ट कार्यक्रम हटाउन सकिने उनले बताए । त्यस्तै राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पनि बजेट पास हुन दिनु पर्ने धारणा राखे । बजेट पास नभई बजेट ल्याएको सरर ढालेर संसारलाइ गलत सन्देश दिएको आरोप पनि उनले लगाए ।
बिओकेद्धारा धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५ लाख सहयोग
काठमाडौं, २८ असार । बैँक अफ काठमाण्डू (बिओके)ले भूकम्प पीडितहरुको आवास निर्माणमा सक्रिय रहेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम मंगलबार बैंकको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई हस्तान्तरण गरेका छन् । हास्य कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची गिरान्चौरमा भूकम्प पीडितहरुकालागि एकिकृत नमूनाबस्ती पुन निर्माण अन्तर्गत ६५ वटा घर बनाउने उद्देश्यले धुर्मुस–सुन्तली फाउण्डेसनको नाममा सहयोग संकलन गर्दै आएको छ । फाउण्डेसनले यसअघि काभ्रेमा २० वटा घर निर्माण गरी भूकम्प पीडितहरुलाई उपलब्ध गराएको थियो । सहायता उपलब्ध गराउदैँ प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले बैकिङ्ग सेवाका अतिरिक्त बिओकेले अन्य उपयोगी सामाजिक काममा पनि सहयोग पुर्याउदै आएको र यसलाई भविष्यमा पनि निरन्तर्ता दिनु पर्नेमा जोड दिए । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले उदार सहयोगका लागि बैंकप्रति आभार व्यक्त गरेका छन् ।
धरहरा पुनःनिर्माण कोषमा रकम हस्तान्तरण
काठमाडौं, २८ असार । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा आज एक करोड रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिमिटेडका अध्यक्ष महेशकुमार गुरागाईंले प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हन्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले जनताले आफैँ बनाउने घोषणा भएको धरहरा पुनःनिर्माणमा बढ्दो सहभागिताप्रति आभार व्यक्त गर्नुभयो । उनले पुनःनिर्माणमा करिब रु तीन अर्ब लाग्ने भएकाले त्यस प्रकारको लगानी कुनै व्यक्ति वा कम्पनीले मात्र गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनःनिर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो । हस्तान्तरण कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर भण्डारी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको पनि उपस्थिति रहेको थियो । रासस
भूकम्प प्रतिरोधी घर बनाउन अर्घाखाँची सिमेन्टको तालिम
काठमाडौं, २८ असार । अर्घाखाँची ओ.पी.सि. सिमेन्टले सशस्त्रप्रहरी बलका प्राविधिकहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम प्रदान गरेको छ । सशस्त्रप्रहरी बल हलचोकमा आयोजित एक कार्यक्रममा अर्घाखाँची ओ.पी.सि. सिमेन्टको तर्फबाट भूकम्प प्रतिरोधी भवन निर्माण र गुणस्तरिय निर्माण सामाग्री छनौट सम्बन्धित तालिम प्रदान गरिएको हो । उक्त कार्यक्रममा सशस्त्रप्रहरी बलका देशभरि कार्यरत प्राविधिकहरुलाई तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । सशस्त्रप्रहरी बलकाप्राविधिकहरुलाई अर्घाखाँची ओ.पी.सि. सिमेन्टका इन्जिनियरले तालिम तथा जानकारी दिएका हुन् । कम्पनीका अनुसार भूकम्प प्रतिरोधी भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न सहयोग हुने उदेश्यले यो तालिम कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी सबै प्राविधिकहरुलाई बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाहरुको बारेमा पनि जानकारी प्रदान गरिएको छ । उक्त तालिम कार्यक्रममा सहभागी सबै प्राविधिकहरुलाई कम्पनीका सिनियर मेनेजर (सेल्स एण्ड मार्केटिङ्) रमेश थापाद्वारा प्रमाण पत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा अन्य संगठनहरुमा पनि भूकम्प प्रतिरोधी भवन निर्माणको बारेमा तालिम तथा जानकारी दिने लक्ष्य राखेको छ । अर्घाखाँची ओ.पी.सि. सिमेन्ट गुणस्तरीय र भरपर्दो सिमेन्टको रुपमा उपभोक्ताहरु माझ परिचित रहेको छ । यसले उच्च स्तरको जर्मन प्रविधि सहित अटो रोटो प्रविधिबाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ ।
भारतको बस दुर्घटनामा परि पाँच नेपालीको मृत्यु, २८ जना घाइते
नेपालगन्ज, २८ असार । सोमबार राति भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको छ । बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार बुटवलबाट नेपालगन्जको जमुनाहा नाका हुँदै दिल्ली जाँदै गरेको ना४ख ७६८७ नम्बरको बस भारत उत्तर प्रदेशको बहराइच जिल्लाको रिसियामा ट्रकसँग ठोक्किएको थियो । सो दुर्घटनामा पाँच नेपालीको मृत्यु भएको खबर भारतीय प्रहरीबाट प्राप्त भएको प्रहरी उपरीक्षक राईले बताए । दुर्घटनामा २८ जना घाइते भएका र मृतक नेपाली यात्रुको शव ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण बुझ्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीको नेतृत्वमा टोली त्यसतर्फ पठाइएको छ । रासस
सरकार परिवर्तनले पुँजीबजारमा ९ अंकको गिरावट, एक अर्ब १३ करोडको कारोबार
काठमाडौं, २८ असार । सरकार परिवर्तनको हल्लासँगै पुँजीबजारमा गिरावट देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ९ दशमलब २० अंकले घटेर १६९३ अंकमा पुगेको छ । परिसूचक दिउँसो पौने दुई बजेसम्म घटेर ४८ अंकमा पुगेको बजारमा बन्द हुँदा भने केही सुधार देखिएको हो । सो दिन १३८ कम्पनीको १६ लाख ३८ हजार कित्ता सेयर एक अर्ब १३ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । बजारमा उत्पादनमूलक समूह र अन्य समूहको परिसूचक बाहेक बाकी सबै समूहको परिसूचक ओेरालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९७ अंकले ओरालो लागेको छ । हाइड्रोपावर, विकास बैंक, फाइनान्स र होटल समूहका परिसूचक क्रमशः ३४, २७, १४ र ११ अंकले घटेको छ भने बैंकिङ समूह ६ अंकले घटेको छ । उत्पादनमूलक समूह र अन्य समूह क्रमशः ३० र १९ अंकले बढेको छ । मङगलबार मिथिला लघुवित्त विकास बैंकका लागानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनी लि प्रमोटर सेयर र नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्सका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् । जनता बैंक नेपालको ९ करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएकोे छ । एभरेष्ट बैंकको ७ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र नेपाल ग्रामीण् विकास बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।
संसद विघठनको बाटो खुल्ला छः डा. सुरेन्द्र केसी
काठमाडौं, २८ असार । केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएसँगै मुलुकको राजनीतिक भविष्यबारे टिक्काटिप्पणी सुरु भएको छ । को प्रधानमन्त्री बन्ला भन्ने बहससँगै त्यो सरकारले कसरी काम गर्ला र मुलुकको राजनीति कतातिर अघि बढ्ला भन्ने तर्फ सबैको ध्यान केन्द्रित भएको छ । राजनीतिक बिश्लेषक डा. सुरेन्द्र केसीले भने अब मुलुकमा संवैधानिक संकट निम्तिने दावी गरे । उनले नयाँ सरकार गठन गर्ने नयाँ संबिधानले दिन्छ वा दिँदैन भन्ने बहस समेत चल्ने बताए । त्यसका अतिरिक्त संसद विघठनको सम्भावनालाई नकार्न नसकिने उनको भनाई छ । सत्ताका लागि जे पनि गर्ने परिपाटी नेपाली राजनीतिको सनातन चरित्र भएको बताउँदै उनले भने–ओलीले संसद विघठन गर्ने विकल्प पनि खुल्ला छ, मध्यावधी निर्वाचन घोषणा हुन सक्छ, त्यसपछि अदालत गुहारिनेछ अनि अदालतमा रहेका आफ्ना कार्यकर्ता मार्फत आफ्नो पक्षमा निर्णय गराउन पहल हुन सक्छ ।’ उनले माओवदीको उँधोगति सुरु भएको दावी समेत गरे । ‘काँग्रेस र माओवादीले आत्माघाती गोल गरेका छन्, यी दुबैलाई एमालेले खाईदिन्छ’, केसीले भने । बजेट ल्याउने सरकारलाई बजेट पास गर्न समेत नदिएर काँग्रेस, माओवादीले २०५१ साल निम्त्याउन खोजेको आरोप समेत लगाए