विकासन्युज

८ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद निस्कासनको अनुमति माग्दै बोर्डमा निवेदन (कुन कम्पनीको कति आउदै छ हकप्रद ?)

काठमाडौं, १० भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीले ८ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर निस्कासनको अनुमति माग्दै धितोपत्र वोर्डमा निवेदन दिएका छन् । खासगरी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले हकप्रद निस्कासनको अनुमति मागेका हुन् । केही जलविद्युत कम्पनीले पनि हकप्रद निस्कासनको अनुमति मागेका धितोपत्र वोर्डले जानकारी दिएको छ । बोर्डले दिएको जानकारीअनुसार लक्ष्मी लघुवित्त संस्थाले १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत २१ वैशाखमा बोर्डमा निवेदन दिएको छ । उसले १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासन गर्ने अनुमति माग गरेको हो । लक्ष्मीले ११ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हिमालयन बैंकले ७ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत २७ वैशाखमा निवेदन दिएको छ । बैंकले ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । अपी पावर कम्पनीले १ बराबर २ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत २७ वैशाखमै निवेदन दिएको थियो । अपीले २ करोड कित्ता हकप्रद निष्कासन गर्ने अनुमति मागेको हो । सेती फाइनान्सले गत ३१ जेठमा १ बराबर डेढ कित्ताको दरले हकप्रद जारी गर्न अनुमति मागेको छ । सेतीले ९ लाख ५१ हजार ७ सय ८६ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । ललितपुर फाइनान्सले गत १४ असारमा १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ । ललितपुरले १८ लाख ७९ हजार ४ सय ५३ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । नागबेली लघुवित्त विकास बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत १६ असारमा बोर्डमा निवेदन दिएको थियो । नागबेलीले १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासनको माग गरेको हो । अरनिको डेभलपमेन्ट बैंकले १० बराबर ३.६ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत १९ असारमा बोर्डमा निवेदन दिएको थियो । अरनिकोले ९ लाख २८ हजार १ सय ९० कित्ता सेयर निष्कासनको अनुमति मागेको हो । सप्तकोसी डेभलपमेन्ट बैंकले १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत २० असारमा बोर्डमा निवेदन दिएको थियो । सो बैंकले १० लाख कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । सेवा विकास बैंकले १ बराबर १.२ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत २० असारमा बोर्डमा निवेदन दिएको छ । सेवाले ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । मुक्तिनाथ विकास बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासन गर्ने अधिकार दिन भन्दै गत २६ असारमा बोर्डमा निवेदन दिएको छ । मुक्तिनाथले ४१ लाख ९२ हजार १ सय ६३ कित्ता सेयर हकप्रद निष्कासनको अनुमति मागेको हो । मितेरी डेभलपमेन्ट बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत २६ असारमा बोर्डमा निवेदन दिएको थियो । मितेरीले १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । एनएमबी माइक्रो फाइनान्सले १ बराबर १.२ कित्ताको दरले हकप्रद सेयर निष्कासनको माग गर्दै गत ५ साउनमा बोर्डमा निवेदन दिएको छ । उसले ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग गरेको हो । सिद्धार्थ बैंकले ४ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत ६ साउनमा बोर्डमा निवेदन दिएको छ । सिद्धार्थले ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । त्रिवेणी विकास बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत १० साउनमा निवेदन दिएको छ । त्रिवेणीले ८२ लाख १ सय ५२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । नेको इन्स्योरेन्स कम्पनीले १ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत १२ साउनमा बोर्डमा निवेदन दिएको छ । नेकोले ३२ लाख ४० हजार ४ सय ३६ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो । कञ्चन डेभपलमेन्ट बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत २४ साउनमा बोर्डमा निवेदन दिएको छ । कञ्चनले ९ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासनको माग गरेको हो । कैलाश विकास बैंकले ५ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत ३० साउनमा बोर्डमा निवेदन दिएको छ । कैलाशले ३१ लाख ६० हजार ६ सय ७२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । काष्ठमाण्डप डेभलमेन्ट बैंकले ४ कित्ता बराबर १ कित्तको दरले हकप्रद सेयर निस्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । बैंकले गत ३१ साउनमा बोर्डमा निवेदन दिएको हो । उसले १६ लाख ९९ हजार ७ सय ४१ कित्ता हकप्रद सेयर निस्कासनको अनुमति मागेको हो । यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि ४ बराबर १ कित्ताको दरले हकप्रद सेयर निस्कासनको अनुमति माग्दै गत ३२ साउनमा बोर्डमा निवेदन दिएको छ । उसले ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद निस्कासनको अनुमति मागेको हो ।

बुर्किनी प्रतिबन्धले फ्रान्समा हंगामा

काठमाडौं, १० भदौं । फ्रान्सका २६ वटा नगरमा बुर्किनी लगाउन प्रतिबन्ध लगाएपछि मुलुकभर हंगामा भएको छ । बुर्किनी प्रतिबन्धको अन्तराष्ट्रिय क्षेत्रमा पनि बहस सुरु गरेको छ । फ्रान्सका बिभिन्न २६ राज्यले समुद्री तटमा पुरै शरिर ढाक्ने बुर्किनी नामक स्विम सुट लगाउन प्रतिबन्ध लगाएका थिए । उनीहरुले बुर्किनीको पहिरनमा आइएस आतंकवादीले आक्रमण गर्न सक्ने भन्दै त्यस्तो पहिरनमा रोक लगाएको जनाएको छ ।

किन देश निकाला गरियो २८१ जना विदेशी नागरिकलाई ?

काठमाडौं, १० भदौं । नेपालले २८१ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ । सरकारले गत आर्थिक वर्ष २०७२/७३ सालमा आगामी १० वर्षसम्म नेपाल आउन नपाउने गरि ती विदेशी नागरिकलाई देश निकाला गरेको हो । उनीहरुले लागु औषध र डलरको तस्करी गरेको प्रमाण फेला परेपछि सरकारले देश निकाला गरेको हो । अघिल्लो बर्ष नेपालले ३२६ जना विदेशीलाई देश निकाला गरेको थियो । यसरी देश निकाला गरिएका मध्ये ९३ चिनियाँ, ३८ जना अमेरिकी, उज्वेकिस्तानका १९, बंगलादेशका १८, बेलायतका १५, सिरियाका १४, अष्टे«लियका १२, फ्रान्सका १२, इरानका ९, रसियाका ८ र क्यानडाका ७ जना रहेका छन् । समाचार श्रोत राजधानी दैनिक

हुन्डीमार्फत वार्षिक ६० करोड मलेसियामा, माइग्राम र बेस्टिनेटका नाममा नेपाली पैसा विदेसियो

काठमाडौ, १० भदौ । नेपालबाट हुन्डीमार्फत वार्षिक ६० करोड रुपैयाँ मलेसियामा मात्रै जाने गरेको छ । मलेसियाको माइग्राम र बेस्टिनेट कम्पनीका नाममा एक वर्षमा ६० करोड नेपाली रुपैयाँ बाहिरिने गरेको पाइएको छ । हुन्डी कारबार नै गैरकानुनी हुँदासमेत यति ठूलो रकम बाहिरिने गरेको तथ्य सार्वजनिक भएको छ । यसले बैदेशिक रोजगारीमा हुन्डी कारोबार फस्टाएको पुष्टि गरिरहेको देखिएको छ । मलेसिया जाने कामदारको बायोमेट्रिक स्वस्थ्य परीक्षण प्रणाली लागू गरिएको छ । एकपटक बन्द भएर पुनः सुचारु भएको मलेसियमा मात्रै वार्षिक दुई लाख नेपाली रोजगारीका लागि पुग्ने गरेका छन । यहाँ जाने हरेक नेपालीसँग ३० अमेरिकी डलरका दरले अशुल गर्दा पनि ६० करोड रुपैयाँ हुने गरेको उल्लेख छ । पछिल्लो समय मलेसिया जाने कामदारको संख्यामा गिरावट आएको छ । घटेकै संख्यामा हिसाव गर्ने हो भने पनि औषतमा २० करोड रुपैयाँ भन्दा बढी रकम स्वस्थ्य परीक्षणका लागि अनलाइन दर्ताकै नाममा हुन्डीमार्फत पैसा मलेसिया पुगेको हो । समाचार स्रोत: अन्नपूर्ण पोस्ट ।

सिटिजन्स बैंकको ७ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य १०० रुपैयाँ

काठमाडौं, १० भदौ । सिटिजन्स बैंक इन्टरनेशन लिमिटेडले ७ लाख ५ हजार ७१७ कित्ता सेयर बिक्रीमा राखेको छ । सर्वसाधारण सेयर ६ लाख २८ हजार ४१ कित्ता र संस्थापक सेयर ७७ हजार ६७६ कित्ता रहेको बिक्रीमा राखेको बैंकले जनाएको छ । बजारमा प्रतिकित्ता करिव ७ सय रुपैयाँमा कारोबार भईरहेको यो बैंकको सेयर प्रतिकित्ता न्यूनतम १०० राखेर बढाबढ मूल्यमा बोलपत्र आह्वान गरिएको छ । बैंकका अनुसार सेयर खरिदको लागि भदौ २४ देखि ३१ गतेसम्ममा आवेदन गर्न सकिने छ । आवेदकले न्यूनतम १०० कित्ता र बढीमा सबै सेयर लिन आवेदन गर्न सक्ने छन् । यस बैंकले गत असार ५ देखि साउन ९ गतेसम्म हकप्रद सेयर खरिदको लागि खुला गरेको थियो । सो अवधिमा आवेदन नभएको हकप्रद सेयर बैंकले बिक्री गर्न लागेको हो । बैंकको सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रधानमन्त्रीको दैनिक एक निर्देशन, पूर्ण कार्यान्वयनमा चुनौति

काठमाडौं १०, भदौ । गत साउन १९ गते प्रधानमन्त्री चयन पुष्पकमल दाहाल प्रचण्डले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे । तीन दिन भेटघाट र बधाई लिन व्यस्थ प्रचण्डले चौथो दिनदेखि भने दैनिक एउटा निर्देशन दिन थालेका छन् । प्रधानमन्त्री प्रचण्डले दिनहुँ विभिन्न निकायमा निर्देशन दिने काम निरन्तर जारी राख्ने गरेका छन् । प्रधानमन्त्रीले कहिले बैठक गरेर त कहिले सार्वजनिक ठाउँबाट र कहिले एउटा त कहिले दुईभन्दा बढी निर्देशन दिने गरेका छन् । प्रधानमन्त्रीको सपथ लिएको तेस्रो दिन २३ साउनमा दाहालले नेपाल सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणामुखी योजना पेश गर्न निर्देशन दिए । प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको थियो । प्रधानमन्त्री दाहालले २३ साउनमा सचिवहरुसँगको बैठकमा टेलिकमको समस्या समाधान गर्नसमेत निर्देशन दिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई विवादित हुने गरी काम नगर्न निर्देशन दिएका छन् । आफू र पार्टीले बनाएको सरकार सञ्चालन सहयोग समितिको समन्वयमा मात्र काम गर्न पनि उनको निर्देशन छ । माओवादी केन्द्रले बनाएको सरकार सञ्चालन सहयोग समिति, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीको बिहीबार बालुवाटारमा बसेको संयुक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रभावकारी काम गरेर देखाउन निर्देशन दिएका हुन् । छोटो अवधिमा धेरै काम गर्नुपर्ने जोखिम र चुनौतीपूर्ण अवस्थामा सरकार रहेको उनको भनाइ छ । प्रधानमन्त्रीको कामको रफ्तार र उनले दिएको निर्देशनको पूर्ण पालना भने चुनौतिपूर्ण रहेको छ । समाचार स्रोत : राजधानी दैनिक ।

आर्य फर्माको बिक्री सूची ‘झुटो’, औषधि फर्माको ल्यावमै यस्तो विवरण

काठमाडौं १०, भदौ । औषधि बनाउन प्रयोग हुने सहायक रसायन स्युडोफ्रिडिन नेपाल भित्र्याएर लागुऔषधका तस्करलाई बिक्री गरेको अभियोगमा अनुसन्धान दायरामा तानिएका आर्य फर्मा ल्यावका सञ्चालकले औषधि निर्माण गरी विक्रि गरेको झुठो विवरण भेटिएको छ । नेपालमा स्युडोफ्रिडिन मगाएर एमफेटामाइन बनाउन भारत हुँदै बर्मा र चीन पुर्‍याउने गरेको आरोपमा लागू औषध नियन्त्रण ब्युरोले आर्य फर्माका सञ्चालक रतनलाल संघाई र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ खबर शुक्रबारको कान्तिपुरमा समचार छ । अनुसन्धानका क्रममा आर्यले नेपाल भित्र्याएको स्युडोफ्रिडिन औषधि बनाउन प्रयोग गरेको विवरण ब्युरोमा पेश गरेको थियो। उनीहरुले धरान, काठमाडौं, नेपालगञ्ज, धनगढीका औषधि विक्रेताको सूची देखाएका थिए । ब्युरोका एसएसपी गणेश केसीका अनुसार उनीहरुले औषधि दिएको दाबी गरेका औषधिका डिलरलाई बोलाएर सोधपुछ गर्दा उनीहरुले आर्यबाट औषधि नकिनेको बताएका छन् । ‘आर्यले औषधि दिएको दाबी गरेका वितरकहरुसँग जानकारी माग्दा उनीहरुको सबै विवरण झुठो देखियो,’ केसीले भने‘ वितरकको बयानबाट आर्यले स्युडोफ्रिडिनको दुरुपयोग गरेको थप प्रमाण फेला पर्‍यो ।’ ललितपुरको पाटनभित्र रहेको प्लाष्टिकको फ्याक्ट्रिमा ४ सय ७० केजी स्युडोफिड्रिन फेला परेपछी ब्युरोले संघाई समूहका रतनलाल संघाई, कर्मचारी दिलिप पण्डित मोहित हलान, श्याम तामाङ र बद्री वन पक्राउ परेका थिए । अनुसन्धानका लागी प्रहरीको न्यायिक हिरासतमा रहेका रतनले आफूले आर्यको कारोबार नहेर्ने र त्यसबारे केही जानकारी नभएको दाबी गरे पनि पक्राउ परेका म्यानेजर पण्डितले पवन र रतनको निर्देशनमा हुने स्युडोफ्रिडिनको तस्करीबारे बयानमा सकारेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए । ‘रतनले आफूलाई थाहा छैन भनेर छल्ने प्रयास गरिरहेका छन्, तर अनुसन्धानकोक्रममा फेला परेका प्रमाणले स्युडोफ्रिडिनको तस्करी पुष्टि हुने पर्याप्त प्रमाणहरु फेला परिसकेका छन्,’ ब्युरोका एसएसपी केसीले भने ।

४६ कम्पनीको मर्जरले ३२ करोड कित्ता सेयर रोक्का, करीब ३२ अर्बको कारोबार बन्द

काठमाडौं १०, भदौ । मर्जर तथा एक्जिजिसन (प्राप्ति)का कारण बैंक तथा वित्तीय संस्थाको ३१ करोड ८६ लाख कित्ता सेयरको कारोबार रोक्का भएको छ । मर्जर प्रक्रिया सुरु भएपछि समाप्त नहुँदासम्म सम्बन्धित कम्पनिहरुको सेयर कारोबार रोक्का गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाका कारण हाल करीब ३२ करोड कित्ता सेयर अर्थात अंकित मूल्यका आधारमा पौनै ३२ अर्ब रुपैयाँको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मर्जर तथा प्राप्तिका कारण अहिले ४६ कम्पनीको सेयर कारोबार बन्द रहेको छ । यी मध्ये अधिकांश विकास बैंक र फाइनान्स कम्पनी रहेको पनि नेप्सेले जानकारी दिएको छ । मर्जर गर्न सहमति पत्रमा हस्ताक्षर भएपछि सम्बन्धित कम्पनीले नेपाल राष्ट्र बैंकमा निवेदन दिनुपर्छ । राष्ट्र बैंकले सैदान्तिक सहमति पछि तीन महिनाको समय दिन्छ । उक्त अवधिमा कम्पनीको लेखापरिक्षणसहितका सबै काम सकेर अन्तिम स्वीकृति पुनः राष्ट्र बैंकबाटै लिनुपर्छ । यही प्रक्रियाका कारण यी कम्पनीको सेयर कारोबार रोकिएको हो । समाचार स्रोत :  कान्तिपुर दैनिक ।