विकासन्युज

प्रधानमन्त्रीद्वारा मेलम्ची आयोजनाको निरीक्षण

सिन्धुपाल्चोक, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको आज निरीक्षण भ्रमण गरेका छन् । शुक्रबार बिहान निरीक्षणका लागि त्यहाँँ पुगेका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आयोजनाको विस्तृत जानकारी गराएका थिए । सो अवसरमा कामु मुख्यसचिव टङ्कमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो । रासस

एनसेल मेलामा रमायो धरान

काठमाडौ, ७ असोज । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले बिहीबार धरानको पब्लिक हाईस्कुल मैदानमा भव्य एनसेल मेलाको आयोजना गरेको छ । रि—ब्राण्डिङ्ग पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको यस मेलामा सबै उमेर समुहका दर्शकहरुले भरपुर मनोरन्जन लिएको थिए । एनसेल मेला नारायणगढ, पोखरा, बुटवल हुँदै बिहीबार धरान पुगेको थियो । बिहान ११ बजेबाट शुरु भएको मेलामा दिउसो २ बजे पछि सांगीतिक प्रस्तुतीहरुसँगै रमझम र रौनक बढेको थियो । आगन्तुकहरुले एकदमै उत्साहजनक सहभागिता जनाएको यस मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, कमेडी, जादु, किडस् जोन र फुड स्टलहरु विषेश आर्कषण रहेका थिए । चर्चित कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई गीत संगीतमा झुम्दै नाच्न प्ररित गरेका थियो भने हाँस्य कलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हाँस्यव्यङ्ग्यबाट मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्ज क्रु र युभि एन्जल्स्को साँझको विषेश प्रस्तुतीे दर्शकहरुले मन पराएका थिए । मेलाको विषेश आर्कषण कन्सर्टमा, गायक सुगम पोखरेलले ‘झिल्के’, ‘प्रेम गीत’ र ‘साथी’ मिलन अमात्यले ‘गाला रातै’, ‘स्लोली स्लोली’ र ‘कुरा खाँटी हो’, शिव परियारले ‘क्या दामी भो’, ‘रुपौली रानी’ र ‘संगी ढुब्दैछु आज’ जस्ता चर्चित गीतहरु गाएर दर्शकहरुलाई गाँउदै नाच्न प्ररित गरेका थिए । एक्स ब्याण्डले आफ्नो लोकप्रिय गीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चिया बारीमा’ अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’ प्रस्तुत गरेर दर्शकहरुलाई थप उत्साहित बनाएका थिए । मेलाका सबै स्टलहरुमा आगन्तुकहरुले चाख लिएर सहभागिता जनाएका थिए । मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउनुका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो । एनसेल हाईटेक जोन, मगसट फोटो बुथ र गेम स्टलहरुमा बाक्लै भीडभाड रहेको थियो भने लाखे नाच, चंगा चेट प्रतियोगिता र दशैं पिंगले मेलाको रौनक थप बढाएको थियो । सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरु मेलामा राखिएका थिए । गेम स्टलहरुमा दर्शकले विभिन्न गिफ्टहरु पनि पाएका थिए । बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए । त्यसैगरी, मेलामा दर्शकहरुले विभिन्न नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको मज्जा लिन पाएका थिए । “एनसेल मेलाको माध्यमबाट आफ्ना ग्राहकमाझ पुगी नजिकिदै गरेको चाडपर्वको अबसरमा खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न पाएकोमा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । “मेलामा आगन्तुकहरुको उत्साहजनक सहभागिता रहेको छ यसले गर्दा परिवारजन, आफन्त र साथीभाईसँग रही खुसी साट्न थप उर्जा प्रदान गरेको हामीले विश्वास लिएका छौ ।” नारायणगढ, पोखरा, बुटवल र धरान पश्चात अब एनसेल मेला असोज ८ मा बिर्तामोड पुगेर आयोजना पश्चात समापन हुनेछ ।

आइसिएफसि फाइनान्सको सिइओ रामबाबु पन्तको कार्यकाल थपियो

काठमाडौं, ७ असोज । आइसिएफसि फाइनान्सका सिइओ रामबाबु पन्तको २ बर्ष कार्यकाल थपिएको छ । कम्पनीको १९३औँ सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पन्तको कार्यकाल थप्ने निर्णय गरेको हो । पन्तले प्रमुख कार्यकारी अधिकृत भएर यो बैंकका एक कार्यकाल पुरा गरिसकेका छन् । आइतबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले २०७५ -६-१० गतेसम्म सो फाइनान्समा सिइओ भएर काम गर्ने छन् ।

निर्धातिर समयमा आयोजना सम्पन्न नहुनुको प्रमुख कारण ‘अनुमान’

काठमाडौं, ७ असोज । नेपालमा सायद कुनै यस्ता आयोजना तथा परियोजना छैनन् होला, जुन निर्धारित समयभित्र सम्पन्न भएका हुन् । आयोजना थालनी गर्दा नै आयोजना चक्रको अभ्यास गरिए पनि यो साँचो र सही अर्थमा भने कार्यान्वनमा जान सकेको छैन । परियोजना चक्रलाई पच्छाउन नसक्दा सजायको रुपमा एकातिर आयोजनाको लागत बढ्न गएको छ भने अर्कोतिर समय अवधि थपिदै गएको छ । आयोजना अवधिमै लागत अनुमान र सयम अवधि तोक्ने फितलो अम्यासका कारण निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेको जानकारहरुले बताएका छन् । नेपालका कुनै वैज्ञानिक आधार बिनानै बजेट र भौगोलिकताको आधारमा अनुमान गरी आयोजना निर्माण अवधि तोकिन्छ, सो कारण पनि आयोजना समयमा सम्पन्न नभएको हो । आयोजना निर्माणको जिम्मा पाएको राष्ट्रिय योजना आयोगले केनद्रीय तहबाट वर्षिनै साढे चार सयभन्दा बढी आयोजना सार्वजनिक गर्दछ । जिल्ला तथा स्थानीय तहमा १०/१२ गुणा बढी परियोजनाहरु हुन्छन् । आयोजनाको निर्माण अवधि र लागत तोक्ने न त कुनै वैज्ञानिक आधार अपनाइएको छ, न त अहिलेसम्म बनेका ऐन–नियममा नै यससम्बन्धी व्यवस्था नगरिएको आयोग उच्च स्रोतले बताएको छ । अहिलेसम्म परियोजनाको समयावधि तोक्ने कार्य आयोजनाका लागि गरिने खर्चको अनुमानमा हुँदै आएको छ,’ उनले भने ‘आयोजनाको निर्माण अवधि तोक्ने काम आयोजना प्रमुखले अनुमानको भरमा गर्दै आएका छन् ।’ मेलम्ची खानेपानी आयोजना शुरु भएको १६ वर्ष भइसक्यो, वर्षिनै सम्पन्न हुने समय पछि धकेलिदै छ । उक्त आयोजना २०७३ वैशाख १ मा सबैको घरको धारमा पानी खसाल्ने लक्ष्य लिएर गरि कार्य सम्पादनलाई तीव्र रुपमा अघि बढाए पनि यो दशैंमा नभइ आगामी दशै अर्थात २०४४ मा सम्पन्न हुने प्रतिवेदन आयोजनाले सार्वजनिक गरिसक्यो । त्यस्तै बहुचर्चित अन्य आयोजनाको हालत पनि त्यस्तै छ । माथिल्लो तामाकोशी पनि अब समयमै सम्पन्न नसक्ने करिब निश्चित भइसकेको छ । ट्याक खोल्ने कार्य भइरहेको बहुचर्चित र धेरै नेपालीलाई फाइदा पुग्ने फाष्ट ट्र्याक निर्माण कहिले सकिन्छ, यसको कुनै टुंगो छैन । सबैभन्दा बढी आयोमजना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागका उपमहानिर्देशक दयाकान्त झाका अनुसार नेपालमा आयोजना सम्पन्न अवधि तोक्ने कुनै विश्वसनीय आधार र कानुनी व्यवस्था छैन । सम्पूर्ण विषय निर्णय गर्ने हाकिम वा कार्यालय प्रमुखको विवेकमा छोडिएको हुन्छ । कानुनी आधारा नभएको भन्दै विकेकका भरमा अनुमान इस्टिमेट गर्दा नै आयोजनाको अवधि अनुमानमा तोक्ने परम्परा नेपालमा अभ्यास हुँदै आएको हो । यसरी तोकिएको अवधिको कुनै विश्वसनीय र वैज्ञानिक आधार छैन । आयोजनालाई छुट्याएको बजेट हेरेपछि ‘यति समय लाग्ला’ भन्ने अनुमानमा अवधि तोकिने गरिएको छ । निर्माण व्यवसाय वा आयोजना परामर्शदाताको प्रभाव आयोजना निर्माण अवधि निर्धारणमा पर्दैन,’ उपमहानिर्देशक झाले भने । कानुनी व्यवस्था नै नभएपछि आयोजनाको निर्माण अवधि तोकिएको भन्दा बढी भएकोमा कोही पनि जिम्मेवार नहुने अवस्था विद्यमान छ । यसले गर्दा आयोजनाको लागत बढाइरहेको छ । योजनाको गम्भीरता र रकमको आकार हेरेर मात्र निर्माण अवधि तोक्ने होइन, अन्य आवश्यक विषयलाई पनि समावेश गरेर व्यवस्थित गर्न आवश्यक रहेको राष्ट्रिय योजना आयोग सदस्य डा. सुनिलबाबु श्रेष्ठले बताए । सरकारले चालू आवदेखि निर्धारित समय सीमा भित्र सम्पन्न नहुने आयोजना प्रमुखलाई दण्ड तथा सजाय गर्ने भएको छ भने समय सीमामा कार्ययोजना सक्ने आयोजनालाई पुरस्कृत गर्ने नीतिगत व्यवस्था गर्न लागेको छ ।

दशैंका लागि सस्ता टिकट नै बेच्दैनन् आन्तरिक वायुसेवा, स्थलमार्गको बुकिङ खुला, आकाशमार्गको टिकटै नपाइने समस्या

काठमाडौं ७, असोज । आन्तरिक वायुसेवा कम्पनीले बर्षेभरी सस्ता र सहुलियत दरका टिकट बेच्ने भएपनि हरेक वर्षको दशैंका लागि भने महङ्गा टिकेट मात्रै बिक्री गर्ने गरेका छन् । दशैंका लागि आम सर्वसाधारण तथा कम आय हुनेले सस्तो टिकेट खोज्ने गरेका भएपनि आन्तरिक उडानका वायुसेवाले भने सस्ता टिकट नै नबेच्ने गरेको बताएका छन् । दशैं सबै वायुसेवा कम्पनीका लागि सिजन भएकोले सस्तो टिकट नै नराख्ने गरिएकको सम्वधित वायुसेवा कम्पनीको भनाइ छ । आन्तरिक उडान बढी यात्रु चाप हुने पोखरा, विराटनगर, भैरहवा, नेपालगन्जलगायतका शहरी क्षेत्रका गन्तव्यमा जान चाहने यात्रुले अनिवार्य रूपमा अघिपछिको भन्दा महङ्गै टिकेट किन्नुपर्ने बाध्यता रहेको छ । दशैंका लागि स्थलमार्गबाट जान चाहने यात्रुले चाहेको दिन र चाहेकै संख्यामा टिकेक बुक गर्न पाउने भएपनि हवाई मार्गको भने टिकटै नपाउने समस्या रहेको छ । दशैंका लागि सबै वायुसेवाले सस्तो टिकेट बिक्री नगर्ने र महङ्गो मात्रै बेच्ने गरेको बुद्ध एयरका बरिष्ठ बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार सबै गन्तव्यमा यात्रुको चाप नहुने भएपनि शहरी क्षेत्रका विमानस्थलमा जाने यात्रुले भने अन्य समयको तुलनामा चाडै बुकिङ गर्छन । यात्रुको चाप बढी हुने र सिमित टिकेटका कारण दशैं भन्दा धेरै अगाडि टिकेट बुकिङ हुने पनि उनको भनाइ छ । सवारी साधानको सस्तो आजबाट बुकिङ खुल्यो भन्ने हवाई टिकेटमा हुँदैन, जोशीले भने । पाँच वर्षपछाडिको टिकेट कसैले माग्छ भने पनि अहिले नै हामीले दिन सक्ने भएकोले पनि बुकिङ खुलाइरहुनपर्ने जरुरी नभएको उनको भनाइ छ । दशैंका धेरै गन्तव्यमा काठमाडौैंबाट बाहिर जाने यात्रु भर्नुपर्ने चिन्ता नहुने भएकोले पनि बुकिङ खुलाको औपचारिकता नहुने उनको बुझाइ छ ।  जहाँ यात्रु धेरै हुन्छ त्यहाँ प्रवद्र्धन गर्ने पर्दैन । काठमाडौंबाट दशैंलाई बाहिर जाने यात्रुको चाप बढी हुने भएपनि बाहिरबाट आउने यात्रुको चाप निकै न्युन हुन्छ । दशैंको फूलपातीदेखी टीकाको दिनसम्मका लागि बाहिरबाट काठमाडौं आउनेका लागि विशेष छुट दिने र प्रवद्र्धनात्मक भाडादरमा नै टिकेट बिक्री गर्ने गरेको वायुसेवा कम्पनीको भनाइ छ । हाल नियमिन उडानका वायुसेवा कम्पनीमा बुद्ध, यति, तारा, सिम्रिक, गोमा एयर रहेका छन् । यी वायुसेवा मध्ये काठमाडौं विमानस्थललाई आधार बनाएर उडान गर्ने वायुसेवामा यात्रु चाप हुने गरेको छ । दशैंका लागि सबैजसो बायुसेवाले बुकिङ खुला नगर्दै सबै टिकेट सकिएकोले अब यात्रुले टिकेट पाउनै मुस्किल रहेको सोसाइटी अफ ट्राभल एन्ड टुर्स अपरेटर्स (सोट्टो) नेपालका महासचिव मधुसूदन उपाध्यायले बताए । उनका अनुसार केही टिकट बाँकी रहेका भए पनि अब आमसर्वसाधारणले पाउने सम्भावना छैन । हवाई जहाजको टिकट बुकिङ सधै खुला हरेक वर्ष दशैंका लागि जहाज चढेर समयमा नै गन्तव्यमा पुग्न चाहने यात्रुको संख्या बढ्नै जाने गरेको छ । वायुसेवा कम्पनी नबढेका र जहाज थप गरेर सेवा विस्तारसमेत नगरेका कारण दशैंमा टिकेटको समस्या हुने गरेको छ । हवाई जहाज कम्पनीले एक वर्ष अगाडि नै टिकेट लिन चाहे दिने भएकोले पनि अग्रमि बुकिङ नै नखुलाई टिकेट सकिने गरेका छन् । सस्तो टिकको पैसा फिर्ता नगर्ने र महगोकै मूल्यमा बेच्ने आन्तरिक उडान गर्ने सबै वायुसेवा कम्पनीले सस्तो र महङ्गो गरी टिकेटको दर निर्धारण गरेका हुन्छ । सस्तो टिकेट भनेर विक्री गरिने टिकेटको पैसा फिर्ता नहुने सर्त सम्वन्धित वायुसेवाले राख्ने गरेका छन् । कुनै कारणबस यात्रु नआए टिकेटको पैसा फिर्ता नहुने सर्त राखेर विक्री हुने यो टिकेटमा वायुसेवा कम्पनीले भने महङ्गोमा बिक्री गर्ने गरेका छन् । कुनै यात्रुले सस्तो टिकेट काटेको र त्यसलाई रद्द गरे सम्वन्धित वायुसेवाले एक घण्टा अगाडि भएपनि त्यो टिकेटलाई महंङ्गोमा बेच्ने गरेका छन् । सस्तो टिकेटको पैसा फिर्ता नभएपछि की त्यो सिट खाली नै उड्नुपर्छ हैन भने अर्को व्यक्तिलाई बेचियो भने पनि सस्तैमा दिनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले भने । टिकेटकै गुनासो बढेका कारण प्राधिकरणले हवाई टिकेन नियमावली बनाएको भएपनि कार्यान्वयन नै हुन नसकेको प्राधिकरणकै भनाइ छ । प्राधिकरणका अनुसार कुनै यात्रुले गुनासो गरेको अवस्थामा कारवाही गर्न सकिने भएपनि यस्तो विषयमा गुनासो नै नआउने गरेकोले सम्वन्धित वायुसेवाले फाइदा लुटिरहेका छन् । अतिरिक्त उडानमा सर्वसाधारणको पहुँच पुग्दैन आन्तरिक वायुसेवाले नियमति उडान भन्दा थप गरेर एक दुईवटासम्म अतिरिक्त उडान गर्ने गरेका भएपनि यो उडानमा सर्वसाधारणको पहुँच नै पुग्दैन । व्यपारी, सरकारी अधिकारी, ट्राभल एजेन्सीका आफन्त र वायुसेवा कम्पनीका आफन्तले नै टिकेट ओगट्ने भएकोले हरेक वर्ष आन्तरिक वायुसेवाले गर्ने भनेको अतिरिक्त उडान सर्वसाधारणका लागि बेल पाक्यो कागलाई हर्ष न विस्मात हुने गरेको प्राधिकरणकै एक अधिकारीको बुझाइ छ । स्थलमार्गको टिकट बुकिङ खुला दशैंका लागि सार्वजनिक सवारी साधानमार्फत उपत्यकाबाहिर जाने यात्रुको शुक्रबारदेखि बसको टिकट अग्रिम बुकिङ खुलेको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो । नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलले शुक्रबारदेखि लामो दूरीका बसको टिकट बुकिङ सुरु भएको बताए । पोखरा, चितवनसहतिका नजिकका गन्तव्यमा जानेको हकमा भने दुइतीनदिनपछि मात्रै बुकिङ खुल्ने उनको भनाइ छ । १२ स्थानमा सहायता कक्ष टिकट बुकिङ खुलेसँगै सेवा दिन उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा यात्रु ठगिने सम्भावना भएकाले शुक्रबारदेखि यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, लगनखेल र तिलगंगामा यात्रु सहायता कक्ष हुनेछ । बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रु सहायता कक्षमा उजुरी गर्न सकिने ट्राफिक महाशाखाका एसपी लोकेन्द्र मल्लका अनुसार सहायत कक्षमा ट्राफिक प्रहरीसहित यातायात व्यवस्था विभाग र यातायात व्यवसायीका प्रतिनिधिसमेत हुनेछन् ।

नक्कली इ-टिकेट देखाएर डलर दुरुपयोग, राष्ट्र बैंक र सिआइबीले थाले अनुसन्धान

काठमाडौं, ७ असोज । नेपाली पासपोर्ट बाहकले विश्वका विभिन्न देशमा पाउने अनअराइभल भिसा सुविधालाई आधार बनाएर नेपालमा अमेरिकी डलरको दुरुपयोग हुने गरेको तथ्य खुलेको छ । अनअराइभल भिसा पाउने देशहरुमा जान भन्दै इ-टिकेट पेश गरेर बैंकहरुवाट अमेरिकी डलर लिने र पछि फ्लाइट क्यान्सिल भएको भन्दै ती देशमा नगइ अमेरिकी डलर अनौपचारिक बजारमा विक्री गर्ने गरिएको छ । यस्तो क्रम पछिल्लो समयमा बढेको राष्ट्र बैंकको भनाइ छ । ‘अनअराइभल भिसा पाउने देशहरुमा जानको लागि पासपोर्टमा भिसा लागेको हुने भएन, नक्कली इ-टिकेट बनाएर पेश गर्ने र पछि फ्लाइट क्यान्सिल भएको भन्दै त्यस्ता देशमा नजाने र डलर अनौपचारिक बजारमा विक्री गर्ने गरिएको पाइएको छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । यस्तो कार्यमा केही बैंकका केही कर्मचारीको समेत मिलेमतो भएको शंका राष्ट्र बैंकको छ । तर बैंकहरुले भने इ-टिकेटको आधारमा डलर दिए पनि डलर लिने ब्यक्ति सम्बन्धित देश गए नगएको अनुसन्धान गर्ने काम आफूहरुको नभएको बताएका छन् । विदेश जानको लागि लिएको विदेशी मुद्रा त्यस्तो देश जान नपाएको अवस्थामा वा विदेश गएर पनि खर्च हुन बाँकी रहेको विदेशी मुद्रा जुन बैंकवाट लिएको हो पछि त्यही बैंकमा फिर्ता गर्नुपर्ने नियम छ । आफूहरुले विदेशी मुद्रा लिने ब्यक्तिहरुलाई यस्तो नियमको बारेमा जानकारी दिने गरेको र पालना गरे नगरेको अनुसन्धान गर्ने काम बैंकहरुको नभएकोले यसै भन्न नसकिने एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । अमेरिकी डलर दुरुपयोग गर्नेहरुले पेश गरेका इ-टिकेट समेत नक्कली भएको पाइएको राष्ट्र बैंकले जानकारी दिएको छ । नक्कली इ-टिकेट बनाउन सजिलो भएको कारण पनि यस्तो गैरकानुनी धन्दा बढेको हुन सक्ने अनुमान राष्ट्र बैंकको छ । यसरी विदेशी मुद्राको दुरुपयोग बढेपछि राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संयुक्त अनुसन्धान थालेका छन् । यस्तो कार्यमा पेशेवर र बैंकसँग प्रत्येक्ष सम्बन्ध भएका ब्यक्तिहरुको समेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, यो अपराध पनि भएकोले सिआइबी र हामीले संयुक्त अनुसन्धान थालेका छौं ‘यस्तो कार्यमा पेशेवर र बैंकसँग प्रत्येक्ष सम्बन्ध भएका ब्यक्तिहरुको समेत संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, यो अपराध पनि भएकोले सिआइबी र हामीले संयुक्त अनुसन्धान थालेका छौं,’ राष्ट्र बैंकका उच्च अधिकारीको भनाइ छ । कुन कुन देश जान नेपालीलाई भिसा चाहिदैन ? नेपाली पासपोर्ट बाहकले विश्वका ३८ देशमा जानको लागि पहिला नै भिसा लगाउनु पर्दैन । अर्थात ती देशहरुले नेपालीलाई अनअराइभल भिसा दिने गरेका छन् । यसरी अनुअराइभल भिसा पाइने देशहरुमा एशियाका भारतसहित ११ देश छन् । भारत जानको लागि बैंकहरुले अमेरिकी डलर दिदैनन् । एशियाका अन्य देशहरुमा बंगलादेश, कम्बोडिया, माल्दिभ्स, म्यानमार, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, सिरिया, सिंगापूर र टिमोर रहेका छन् । यस्तै अफ्रिकाका १६ देशले पनि नेपाली पासपोर्ट वाहकलाई अनअराइभल भिसा दिने गरेका छन् । यसरी अनअराइभल भिसा पाउने अफ्रिकाका देशहरुमा बुरुन्डी, केपबर्दे, कोमोरस, जिबुअटी, इजिप्ट, केन्या, मदगास्कर, मौरिसानिया, मौरिसस, मोजाम्बिक, रुआण्डा, सेयन्चेअलस, तान्जिनिया, टोगो, युगाण्डा र जाम्बिया हुन् । यस्तै थप ११ देशले पनि नेपाली पासपोर्ट बाहकलाई अनअराइभल भिसा दिने गरेका छन् । यसरी अनअराइभल भिसा दिने देशहरुमा अर्मेनिया, डोमिनिका, हाइटी, बोलिभिया, सेन्ट भिन्केन्ट, कूक आइल्याण्ड, फेडेलर स्टेट अफ माइक्रोनेसिया, नुअ, पलाउ, समोया र तुभालु रहेका छन् ।

चामल भन्दा ढुवानी महंगो, ३६ हजार क्विन्टल खाद्यान्न दुवानीका लागि ४२ करोड ५० लाख

काठमाडौं ७, भदौ । सरकारले यस आर्थिक वर्षमा करीब ३६ हजार पाँच सय क्विन्टल खाद्यान्न खाद्य संकट भएका तथा स्थानमा पठाउने भएको छ । खाद्य उत्पादन कम हुने विभिन्न २३ वटा दुर्गम जिललामा दुवानी गर्ने यो खाद्यान्नको मूल्य भन्दा यसको दुवानी नै बढी हुने गरेको छ । कम खाद्यान्न उत्पादन हुने जिल्लाहरुमा आर्थिक वर्ष २०७३र०७४ को भदौ मसान्तसम्म ३६ हजार ३ सय ४७ क्विन्टल खाद्यान्न ढुवानी गरिसकेको जानकारीसहितको समाचार शुक्रबारको नेपाल समाचार पत्रले छापेको छ । यस वर्ष १ लाख ५५ हजार ८ सय १० क्विन्टल खाद्यान्न ढुवानी हुने भएको छ । यो खाद्यान्न ढुवानी गर्न सरकारले ४२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको उल्लेख छ । यो रकम चाम भन्दा ढुवानी महंगो भएको उल्लेख छ । सरकारले हरेक वर्ष दुर्गम जिल्ला र कर्णालीमा खाद्यान्न पठाउन गरेको छ । यातायातको सहज व्यवस्था नहुँदा र कतिपय स्थानमा अझै जहाजबाट चामल लैजानुपर्ने वाध्यतका कारण ढुवानी महंगो हुने गरेको उल्लेख छ ।

मोबाइल बजार ४५ प्रतिशतले बढ्दै, ४७ अर्ब तिरेर एक करोड ४० लाख मोबाइल खरिद

काठमाडौं, ७ असोज । नेपालमा बर्षेनी औाषतमा ४५ दशमलब ५५ प्रतिशतका दरले मोबाइलको बजार वृद्धि भैरहेको छ । पछिल्लो चार आर्थिक वर्षमा मोबाइल बजार औषतमा साढे ४५ प्रतिशतका दरले वृद्धि भएको हो । आर्थिक वर्ष २०६९/७० को तुलनामा २०७०/७१ मा मोबाइलको बजार ६५ दशमलब ५५ प्रतिशतले बढेको छ । त्यस्तै आव ७०/७१ भन्दा ७१/७२ मा ३१ दशमलब ७१ प्रतिशतले बढेको छ । त्यस्तै ७१/७२ मा भन्दा ७२/७३ मा ३९ दशमलब ४९ प्रतिशतले मोबाइलको बजार बढेको देखिन्छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले यसरी मोबाइल आयातमा वृद्धि भैरहेको देखाएको हो । पछिल्लो चार आर्थिक वर्षमा ४७ अर्ब ११ करोड मुल्य बराबरका १ करोड ४० थान मोबइल सेट नेपाल भित्रिएका छन् । आव २०६९/७० मा ५ अर्ब ९८ करोेड मुल्य बराबरका २१ लाख ६४ हजार थान मोबाइल नेपाल भित्रिएका थिए भने ७०/७१ मा ९ अर्ब ९० करोड मुल्य बराबरका ३१ लाख २२ हजार थान मोबाइल नेपाल ल्याइएका छन् । त्यस्तै, आव २०७१/७२ मा १३ अर्ब ४ करोड मुल्यका ३८ लाख ९ हजार थान मोबाइल आएका छन् । गत आवमा भने १८ अर्ब १९ करोड मुल्य तिरेर ४९ लाख ९० हजार थान मोबाइल बिभिन्न भन्सार नाका हुँदै नेपाल भित्रिएका छन् । नेपालको मोबाइल बजारमा भन्सार छलेर भित्र्याइएका मोबाइलहरुको हिस्सा समेत ठुलो रहेको व्यवसायीहरुले नै स्विकार गर्दै आएका छन् ।