विकासन्युज

वेष्ट्रन डेभलपमेन्ट बैंकले १ः१ हकप्रद सेयर निष्कासन गर्ने, कात्तिक २ गते बुक क्लोज

काठमाडौं, १७ असोज । वेष्ट्रन डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोही प्रयोजनको लागि बैंकले कात्तिक २ गते सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंकको २२१औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई सेजनले पारित गरिसकेको छ । हाल बैंकको चुक्ता पूँजी १५ करोड ६९ लाख रुपैयाँ रहेको छ । सोमबार बैंकको प्रतिकित्ता सेयर करिब ५७६ रुपैयाँमा कारोबार भइरहेको छ ।

माछापुच्छ्रेको संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम

काठमाडौं, १७ असोज । माछापुच्छ्रे बैंक लिमिटेड १७ औ बर्षमा प्रबेश गरेको छ । बैंकले १७ औं बर्षमा प्रवेश गरेको अवसरमा देश भरि रहेका बैंकको विभिन्न शाखाहरुले संस्थागत तथा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरेका छन् । बैंकको जनकपुर शाखाले जानकी वृद्धाश्रमलाई खाद्यान्न वितरण गरेको छ । पोखरा शाखाले रातो माटो डाँडा र पोखरामा बाढीपीडित भएर विस्थापित १४ परिवारलाई खाद्यान्न वितरण गरेको छ । त्यस्तै, बैंकको वाग्लुङ्ग शाखाले संस्कृत विद्यालयका विपन्न विद्यार्थीहरुलाई खाद्यान्न तथा शैक्षिक सामाग्री र इलाम शाखाले दृष्टिविहिन विद्यार्थीहरुको खेलकुद प्रतियोगिता आयोजना गरी पुरस्कार वितरण गरेको बैंकले जनाएको छ । त्यसैगरि बैंकको हिले शाखाले विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, नक्साल शाखाले बाल मन्दिर र नक्सालका बच्चाहरुलाई खाद्यान्न वितरण गरेको छ । साथै चापागाउँ शाखाले सन्तानेश्वर महादेवको मन्दिरका भक्तजनहरुलाई सफा खानेपानी उपलब्ध गराउने पानी ट्यांकी र पानी प्रशोधन यन्त्र हस्तान्तरण गरेको छ भने पेप्सीकोला शाखाले पेप्सीकोलामा रक्तदान कार्यक्रम गरेका छ । यसका साथै, बैकका अरु शाखाहरुबाट पनि महिनैभरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजन गर्ने बताएको छ । यही अवसरमा, असोज महिना भरि माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरुमा माछापुच्छ्रे महोत्सव मनाउनुका साथै उक्त महोत्सवमा सहभागी ग्राहकहरुलाई कर्जा लगायत डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिंग, लकर आदि सेवाहरुमा छुट दिईरहेको बताएको छ । साथै, यस समयमा बैंकमा सहभागी हुने ग्राहकहरुलाई विभिन्न डिस्काउन्ट कुपनहरु पनि उपलब्ध गराइने बैंकले जनाएको छ । हाल बैकले ५३ कुल शाखा संख्या, १ एक्स्टेन्सन काउण्टर र ७२ वटा एटिएमबाट ४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

रिलायबलको हकप्रद कार्यान्वयन गराएर मात्रै अक्वाएर गर्नुपर्छ: ज्योति दाहाल

ज्योति दाहाल २०७२ सालको मौद्रिक नीति तयार हुँदै गर्दा क्षेत्रीयस्तरका १० जिल्ला कार्यक्षेत्र रहेका केही विकास बैंकहरु अर्को संस्था गाभ्दै तत्कालीन व्यवस्था अनुसार ६४ करोड पूँजी पुर्याएर ’राष्ट्रियस्तरको विकास बैंक’ बन्ने पगरी गुथ्ने क्रममा थिए । केही बैंकले भने पहिलेदेखि नै पगरी गुथिसकेका थिए । मौद्रिक नीतिले २०७४ सालभित्र यस्ता बैंकहरुले २ अर्व ५० करोड पूँजी पुर्याउनुपर्ने व्यवस्था गरेपछि साविकमा पाएको र पाउन लागेको पगरी जोगाउन हम्मे पर्ने कुरा दिनको घामजत्तिकै छर्लङ्ग हुँदाहुँदै पनि तोकिएको पूँजी पुर्याउनु सक्षम रहेको ध्वाँस दिन भने छाडेका थिएन । तर यहि बेला वाणिज्य बैंकको पगरी गुथिरहेको लुम्बिनी एक्लै बसेर तोकिएको पूँजी पुरयाउन नसक्ने देखेपछी आफुलाइ बैंक अफ काठमाडौमा समाहित गरिसकेको छ । २०७४ असार आउन अब ९ महिना मात्रै बाँकी रहेको छ । अहिले पनि जनता, कुमारी, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्डले के गर्लान भनेर हेर्न बाँकी रहेको अवस्थामा स(साना विकास बैंक ’जेठा मामाको त भाँग्राको धोती कान्छा मामाको के गति’ उखान चरितार्थ हुने क्रममा छ । सकिन्न भन्ने जान्दाजान्दै पनि केन्द्रीय बैंकले पूँजी योजना मागेपछि लाजगाल टार्नैको लागि सबैले पूँजी वृद्धि योजना बुझाए । बैंकहरुले बुझाएको पूँजी वृद्धि योजनाको भरपर्दो आधार भने थिएन ।बैंकहरुले बुझाएको योजना हेर्दा घटनास्थल प्रकृति मुचुल्का उठाएको भन्दा फरक थिएन । बोनस, गाभ्नेरगाभिने, विलय गर्नेरविलय हुने र हकप्रद जस्ता प्रचलित सबै वित्तीय उपकरण पूँजी वृद्धि योजनामा दिएका थिए । तर यी उपकरण उपयोग कसरी गर्ने भन्ने विस्तृत कार्ययोजना भने थिएन । जसरी घरायसी प्रयोजनका लागि विभिन्न हतियार छन त्यस्तै वित्तीय क्षेत्रमा पनि पूँजी वृद्धिका पनि विभिन्न हतियारहरु छन । जुन बेला जुन औजार चलाउन उपयुक्त हुन्छ त्यही चलाउनुपर्छ । हँसिया, खुकुरी, कर्द, भाला, बन्चरो यी सबै हतियार हुन तर यिनको उपयोग गर्दा ठाँउ अनुसार गर्नुपर्छ । दाउरा चिर्न बन्चरो चाहिन्छ चोया काड्न कर्द चाहिन्छ तर बाँस वा निगालो काट्न भने बन्चरो वा खुकुरी चाहिन्छ । यसको अर्थ जहाँ जे आवश्यक हुन्छ त्यही चलाउने हो । कम्पनीले पनि सन्दर्भ अनुसारकै वित्तीय औजार चलाउनुपर्छ अनि मात्रै उद्देश्यमुलक हुन्छ । पूँजी जुटाउन विभिन्न प्रकारका अग्राधिकार शेयर, प्राथमिक शेयर, हकप्रद, बोनस र थप शेयर  जारी गर्नसक्छन । साथसाथै कम्पनीको जायजेथा धितो राखी वा नराखी ऋणपत्र पनि जारी गर्नसक्छ्न । ऋणपत्र र केही अग्राधिकार शेयर निश्चित समयपछि फिर्ता गर्नुपर्छ । साविकको रिलायबल फाइनान्सले अर्को एउटा फाइनान्स र क्षेत्रीयस्तरको विकास बैंक गाभेर ’राष्ट्रियस्तरको विकास बैंक’ मान्यता पाएको थियो । मौद्रिक नीति आएपछि यसले पनि आफैं पूँजी पुर्याउने पूँजी योजना सार्वजनिक गर्यो र कायम पूँजीमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने घोषणा समेत गर्यो र नियमित साधारणसभाबाट प्रस्ताव पारित गर्यो । तर प्रस्ताव पारित गरेको तीन महिना बित्न लाग्दा समेत धितोपत्र वोर्डमा स्विकृतिको लागि आवेदन गरेन । अप्रत्याशितरूपमा ग्लोबल बैंकसँग विलय हुने भनेर निर्णय गरेको व्यहोरा सार्वजनिक गर्यो ।विलय हुने घोषणासँगै पारित हकप्रद कार्यान्वयन रद्द हुने जानकारी समेत गराएको छ । बैंकले हकप्रद जारी गर्छु भनेर गरिएको घोषणा एकप्रकारको करार हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भइ यसको साधारण शेयर खुला कारोबार भइरहेकोले आम लगानिकर्ताले हकप्रदको लोभरमोहमा परि धमाधम शेयर किने यसलाइ करारको अर्को पक्ष स्विकृती मान्न सकिन्छ । यहाँ करारको पालन भैसकेको छ र दुबै पक्ष (कम्पनी र शेयर लगानीकर्ता) ले प्रतिफल समेत पाउने निश्चित भैसकेको छ । करारमा प्रतिफलको सुनिश्चितता भैसकेपछी त्यस्तो करारलाइ वैध मानिन्छ । यसरी वैध भैसकेको करार एकपक्षीय रूपमा कम्पनीले तोड्न सक्दैन । करार तोडनु छ भने त्यस्को क्षतिपूर्ति मर्का पर्ने पक्षले पाउनुपर्ने हुन्छ । हकप्रदकै लागि भनेर महंगो मुल्यमा शेयर लिएर बसेका शेयरधनीको रकम फसेको छ । कम्पनीले एकपक्षीय रुपमा करार तोडनु ’गम्भीर जालसाझीयुक्त अपराध’ भनी मान्नुपर्ने हुन्छ । यस्ता कार्यले स्टक एक्सचेञ्जमा सूचीकरण भएका अन्य कम्पनीको विश्वसनीयतामा समेत गम्भीर प्रश्न उठनसक्छ । हकप्रद दिने भनेर स्टक एक्सचेञ्जमा सूचना सम्प्रेषण गरि सार्वजनिक जानकारी गराइ उक्त प्रस्ताव साधारणसभाबाट समेत पारित भएकोले अहिले रद्द गरिएको भनिएको हकप्रदलाई यथावत कार्यान्वयन गरि करारको पालन गराउने जिम्मा धितोपत्र वोर्डको काँधमा आएको छ । हकप्रद भन्दा पनि विलय वा गाभ्नेरगाभिने कार्य प्राथमिकतामा हुँदाहुँदै हकप्रद घोषणा गर्ने कार्यलाइ वदनियतपूर्ण र कपटयुक्त भन्न सकिने प्रशस्त आधार छ । यस सन्दर्भमा बेलायतको हाउस अफ लर्डसले Rex. Vs. Kylsant (1932) KB 442 को एउटा मुद्दाको दिएको निर्णय यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ । Lord Kylsant, the managing director of Royal Mail Steam Packet company issued a prospectus inviting subscription to debentures of the company. In the prospectus it was stated that the company was in a good position and that dissidents were regularly paid. But the the prospectus omitted to state that there were large losses in several years and that in those dividends were paid out of reserves. It is apparent that the prospectus tried to create a false notion of company’s soundness. It was held by the House of Lords that Lord Kylsant wilfully issued a false prospectus and he was convicted under the criminal Law. हाउस अफ लर्डसले गरेको यो निर्णयलाई रिलायबलको कार्यसँग केही हदसम्म नजिरकोरुपमा लिन सकिन्छ । हकप्रद भन्दा पनि विलय वा गाभ्ने/गाभिने कार्य प्राथमिकतामा हुँदाहुँदै हकप्रद घोषणा गर्ने कार्यलाइ वदनियतपूर्ण र कपटयुक्त भन्न सकिने प्रशस्त आधार छ । पंक्तिकारले बारम्बार हकप्रद जारी गर्ने सम्बन्धि एकीकृत कानुनको आवश्यकता छ भनी उठाएको आवाजको सार्थकता अझ बढेको छ । प्रचलित धितोपत्र कानुनमा हकप्रद सम्बन्धि स्पष्ट व्यवस्थाको अभाव सुचिकृत कम्पनीले राम्रैसँग फाइदा उठाएका छन । यसको ज्वलन्त उदाहरण रिलायबल बैंक पनि हो । रिलायबलले उन्मुक्ति पाएको खण्डमा अहिले हकप्रद जारी गर्ने घोषणा गरेका कयौं कम्पनीले हकप्रद रद्द गराउने परिपाटीलाई संस्थागत गर्दै लानेछन । यसले फस्टाउँदो पूँजीबजारको विकासमा गम्भीर असर पर्ने निश्चित छ । धितोपत्र वोर्डले रिलायबलको हकप्रद कार्यान्वयन गराएर मात्रै विलयको प्रक्रिया अगाडी बढाउन विशेष निर्देशन दिएर पूँजीबजारलाई शुद्धीकरण र सुदृढीकरण गर्दै लानु जरुरी छ ।(लेखक दाहाल कर्पाेरेट कानुन तथा सेयर बजारका जानकार हुन)

‘असोज मशान्तभित्र शुल्क नतिर्ने कम्पनीलाई कडा भन्दा कडा कारवाही’

काठमाडौं, १७ असोज । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर सेयर बजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाहीमा पर्ने भएका छन्। नेप्सेका अनुसार असोज मशान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भए पनि हालसम्म एकसय २४ कम्पनीले ७६ लाख रुपैयाँ शुल्क बुझाएपनि बाँकी १०० कम्पनीले नवीकरण शुल्क बुझाएका छैनन् । कम्पनीका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले भने–“ तोकिएको समयमा नवीकरण शुल्क नबुझाउने कम्पनीलाई नेप्सेले कानुनअनुसार कडा कारबाही गर्छ ।” नेप्सेमा समावेश भएका कम्पनीको सेयर/डिवेन्चर सूचीकृत भई वित्तीय मध्यस्तकर्तामार्फत कारोबार हुँदै आएका कम्पनीले धितोपत्र कारोबार नियमावली, २०५० को अनुसूची–९ बमोजिम वार्षिक शुल्क बुझाउनुपर्ने व्यवस्था छ । नियमअनुसार एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले १५ हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्छ ।त्यसैगरी एक करोड रुपैयाँदेखि पाँच करोडसम्म चुक्ता पुँजी भएका कम्पनीले २५ हजार रुपैयाँ, पाँच करोडदेखि १० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले ३५ हजार रुपैयाँ र १० करोड रुपैयाँ देखिमाथि चुक्ता पुँजी भएका कम्पनीले ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नुपर्छ ।

सेवा विकास बैंकले २०% लाभांश दिने

काठमाडौं, १७ असोज । सेवा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निणर्य गत आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णय राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पूँजी ४२ करोड ५५लाख रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी ५० करोड ६४ लाख रुपैयाँ पुग्ने छ । सोमबार बैंकको प्रतिकित्ता सेयर करिब ६६५ रुपैयाँमा बिक्री भइरहेको छ ।

ज्योति विकास बैंकमा ५ सय भाडाका प्रमोटर, अपारदर्शी रुपमा सेयर कारोवार गर्ने तयारी

काठमाडौं, १७ असोज । ज्योति विकास बैंकको प्रमोटर सेयरको कारोवार अपारदर्शी ढंगले गर्ने प्रयास गरिएको छ । केही प्रमोटरले आफ्नो नाममा भएको प्रमोटर सेयर विक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सुचना प्रकाशित गरेपनि पहिला नै तय भएका प्रमोटर वाहेकका ब्यक्तिलाई सो सेयर विक्री गर्ने प्रयोजनको लागि सुचना प्रकाशित गरेको स्रोतले जानकारी दिएको छ । बैंकले सार्वजनिक सुचना प्रकाशित गरेर केही प्रमोटरले प्रमोटर सेयर विक्री गर्न लागेको जानकारी दिएको छ । यस्तो सेयर प्रमोटरलाई नै विक्री गर्ने र प्रमोटरले खरिद नगरेको अवस्थामा सर्वसाधारणलाई विक्री गर्ने गरी सुचना प्रकाशित गरिएको छ । यस्तो सुचना प्रकाशित गरिए पनि बैंक भित्र अर्कै तयारी भएको स्रोतले जानकारी दिएको छ । बैंक स्थापना गर्दा नेपाल विद्युत प्राधिकरणका ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ को प्रमाणपत्र बुझाउन नसकेपछि भाडाका प्रमोटर राखिएको र अहिले तिनै वास्तविक प्रमोटरलाई सेयर नामसारी गर्ने प्रयोजनले यस्तो सुचना प्रकाशित गरिएको स्रोतले जानकारी दियो । बैंकले प्रकाशित गरेको सार्वजनिक सुचना । ‘बैंक स्थापना हुदा प्राधिकरणका करिब ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ प्रमाणपत्र दिन नसकेका कारण प्रमोटर बन्न सक्नु भएको थिएन, अहिले उहाँहरुले यस्तो प्रमाण ल्याउनु भएको छ, अब वास्तविक लगानीकर्ताको नाममा सेयर नामसारी गर्ने प्रयोजनको लागि यो सुचना प्रकाशित गरिएको हो,’ बैंकस्रोतले विकासन्युजसँग भन्यो । यो सुचना प्रक्रिया पुर्याउनको लागि मात्र भएको पनि स्रोतको दाबी छ । ज्योति विकास बैंकमा प्राधिकरणका १ हजार ७ सय कर्मचारी प्रमोटर सेयरधनी रहेका छन् । तर ५ सय कर्मचारीले ट्याक्स क्लियरेन्सको प्रमाणपत्र पेश गर्न नसकेपछि यस्तो प्रमाण भएका ब्यक्तिको नाममा सेयर हालेको र सो सेयर पछि प्रक्रिया पूरा गरेर जसले पैसा हालेको हो उसैको नाममा नामसारी गरिदिने आन्तरिक कागज पनि गरिएको स्रोतको भनाइ छ । पहिलाको यही सहमति कार्यान्वयन गर्ने गराउने गरी बैंक संचालक समितिले सुचना प्रकाशित गर्ने निर्णय गरेको हो । अहिलेसम्म करिब १२ जना प्रमोटरले सेयर विक्री गर्ने सुचना बैंकलाई दिइसकेका छन् । बैंक स्रोतका अनुसार करिब १ लाख कित्ता प्रमोटर सेयरको भाडाका प्रमोटर रहेका छन् । यी सवै सेयर पालैपाले नामसारी गरिसक्ने गरी प्रक्रिया अगाडि बढाइएको स्रोतको भनाइ छ ।

इनोभेटिभ डेभलपमेन्ट बैंकले २२ प्रतिशत लाभांश दिने, पूँजी ३८ करोड रुपैयाँ पुग्ने

काठमाडौं, १७ असोज । इनोभेटिभ डेभलपमेन्ट बैंकले सेयरधनीलाई २२ दशमलब ८९ प्रतिशत लाभांश दिने भएकोे छ । बैंकले २१ दशमलब ७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब १४ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निणर्य गत असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्य राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पूँजी ३१ करोड ७५ लाख रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी ३८ करोड ६८ लाख रुपैयाँ पुग्ने छ । सोमबार बैंकको प्रतिकित्ता सेयर करिब ४१८ रुपैयाँमा बिक्री भइरहेको छ ।

एक अर्ब लगानीमा अल्टिच्यूट हेलिकोप्टर कम्पनी, एउटा हेलिकोप्टर दसैंलाई नै उडाउने तयारी

काठमाडौं १७, असोज । नेपाली आकाशमा नयाँ हेलिकोप्टर कम्पनी थप भएको छ । एएस ३५० बी ३ ई नामको एक हेलिकोप्टरसहति अल्टिच्यूट एयर हेलिकोप्टरले यही दसैंदेखि सेवा सुरु गर्ने अन्तिम तयारी गरिरहेको जानकारी दिएको छ । विभिन्न ६ जना पर्यटन व्यवसायीको संयुक्त लगानीमा स्थापना भएको यो अल्टिच्युट एयर नामक हेलिकोप्टरले ६ सिट क्षमताको एउटा सानो हेलिकोप्टर भित्र्याइसकेको छ । दुई साता अगाडि काठमाडौं आएको यो हेलिकोप्टरले नेपालको हवाइ क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाउने चरणमा रहेको छ । हेलिकोप्टर कम्पनीका प्रवन्ध निर्देशक निमानुरु शेर्पाका अनुसार आवश्यक सबै प्रकृया पूरा गरेकोले दसैंलाई उडान सुरु गर्ने भएको छ । चोयू टे«किङका प्रवन्ध निर्देशकसमेत रहेको शेर्पासँगे नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा टे«किङका व्यवसायी फूर्वा ग्याल्जेन शेर्पा, सोनाम शेर्पा, जीवन घिमिरे, राम सापककोटा र टी लामाको संयुक्त लगानी रहेको छ । सबै लगानीकर्ता पर्यटन व्यवसायी तथा टे«किङ क्षेत्रका अब्बल व्यवसायी हुन । यो हेलिकोप्टर उच्च हिमाली क्षेत्रमा पुगेर उद्धार गर्न सक्ने क्षमताको यो हेलिकोप्टर नेपालको भौगोलीक परिवेश अनुसार अनकुल भएको पनि निमानुरु शेर्पाले बताए । यो कम्पनीले एउटा एयरवस हेलिकोप्टरको नयाँ हेलिकोप्टर खरीद गरेर यो कम्पनीले सेवा सुरु गर्ने अन्तिम तयारी पनि गरिरहेको छ । नेपाली आकाशमा यो साताबाट नै व्यवसायीक उडान सुरु गरेको यो हेलिकोप्टर कम्पनीले गत साता एसएस ३५० बी थ्री ई नामक ६ सिट क्षमताको हेलिकोप्टर भित्र्याएको छ । करीब २५ करोड रुपैयाँ लगानी भएको यो हेलिकोप्टरले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान संचालन अनुमतिपत्र (एओसी) लिनको लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पर्यटन व्यवसायी शेपाको अनुसार यो हेलिकोप्टर कम्पनीले आगामी चारवर्ष भित्रमा चारवटा हेलिकोप्टर पु¥याउँने भएको छ । कम्पनीले आगामी ६ महिना भित्रमै अर्को एक हेलिकोप्टर थप गर्ने जानकारी शेर्पाले दिए । चार वटा हेलिकोप्टरको मात्रै एक अर्ब लगानी गर्ने भएकोले चार वर्ष भित्रमा कम्पनीले एक अर्ब हेलिकोप्टर भित्र्याउने भएको छ । कम्पनीले अहिले नै हेलिकोप्टरका लागि २५ करो खर्च गरिसकेको जानकारी दिएको छ । यो कम्पनी नेपाली आकाशमा हेलिकोप्टर संचालन गर्न तयारी गरेको नेपालकै पछिल्लो वायुसेवा कम्पनी हो । यो कम्पनीले फिस्टेल, मनाङ, सिम्रिक, श्री, माउन्टेन हेलि, एयर डाइनेस्टि हेलिकोप्टर सरहकै जहाज संचालन गर्ने भएको छ । हाल नेपली आकासमा विभिन्न सात वटा हेलिकोप्टरले सेवा दिइरहेका छन् ।