विकासन्युज

सोट्टो नेपालद्वारा एक सातासम्मको रारा प्याकेज सार्वजनिक, स्थलमार्गबाट २२ हजार र हवाई मार्गबाट ३८ हजार लाग्ने

काठमाडौं । सोसाइटी अफ ट्राभल्स एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालले रारा पर्यटनको प्याकेज सार्वजनिक गरेको छ । सो सोट्टोले स्थालमार्गबाट तथा हवाई मार्गबाट मुगु जिल्लाको पर्यटकीय गन्तव्य रारा पुग्ने प्योकज सार्वजनिक गरेको हो । सोट्टो नेपालले गत असोज पहिलो साता गरेको काठमाडौंबाट बाँकेको गाभर भ्याली, सुर्खेत, कालिकोट, जुम्लाहुँदै रारासम्मको स्थलगत अध्ययन भ्रमण गरेको थियो ।  सोही भ्रमणपछि पर्यटकीय प्योकज नै सार्वजनिक गरेको सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए । सोट्टाले सार्वजनिक गरेको टुर प्योज अनुसार हवाइजहाजमार्फत हुने यात्राका लागि चार दिने प्याकेज सार्वजनिक गरेको छ । यस्तो यात्राका लागि काठमाडौंबाट नेपालगन्ज पुग्ने र गाभरभ्यालीमा एक रात बसेर हवाई मार्गबाटै मुगुको चाल्चा विमानस्थलसम्म पुग्ने उल्लेख छ । यो यात्रामा दोस्रो दिन नै रारा पुगिने छ । रारामा एक रात बस्ने तेस्रो दिन फर्केर नेपालगन्ज हुँदै काठामाडौं आउने प्याकेजको जम्मा ३८ देखि ४० हजार रुपैयाँ तय गरेको छ । स्थलमार्गबाट जाने पर्यटकको हकमा भने काठमाडौंबाट बाँकेको गाभर भ्याली पहिलो दिनेको यात्रा तय गरेको छ । दोस्रो दिन सुर्खेत दैलेख हुँदै कालिकोट, तेस्रो दिन, कालिकोटबाट जुम्ला, चौथो दिन जुम्लाबाट मुगुको रारातालको यात्रा गर्न सकिने प्याकेज सार्वजनिक भएको छ । पाँचौ दिन राराबाट सोही रुट फर्कने गरी आठ दिनको प्याकेज बनाएको सोट्टो नेपालले बताएको छ । स्थलमार्गको प्याकेजका लागि भने ६ जनाको समूहका लागि प्रतिव्यक्ति २२ देखि २५ हजार रुपैयाँको प्याकेज तय गरेको उल्लेख छ । स्थलमार्गबाट ग्रामिण जीवनको अध्ययन गर्दै रारा जाने उपयुक्त अवसर हुने पनि सोट्टोको भनाइ छ ।

नयाँ नोट पाउनै सास्ती, सर्वधारणले विहानैदेखि लाइनमा

काठमाडौं १८, असोज । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको नयाँ नोट सहटीका लागि सहज व्यवस्था नगर्दा सर्वसाधारणले ठूलै सास्ती बोहोर्नुपरेको छ । घण्टौसम्म लाइनमा बस्दा पनि नयाँ नोट साट्न मुस्किल भएको छ । सर्वसाधारण नयाँ नोट साट्नकै लागि विहान पाँचै बजेबाट लाइनमा बस्न थालेका छन् । अन्य वैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट नपाएपछि राष्ट्र बैंकमा भिड बढ्न थालेको छ । राष्ट्र बैंकले आइतबार र सोमबार मात्रै करिब ७० अर्ब रुपैयाँ नयाा नोट साटेको छ । मंगलबार पनि विहानैदेखि सर्वसाधारणको लाइन लागेको छ ।

बैंकले नोट नसाटेपछि राष्ट्र बैंकमा तनाब, अनुमगमनमै जान सकेनन गभर्नर

काठमाडौं १८, असोज । आइतबार साँझसम्म राष्ट्र बैंकमा सर्वसाधारणको निकै लामो लाइन थियो । नयाँ नोट साट्न विहानैदेखि लाइनमा उभिएका झण्डै चार सय जनाले राष्ट्र बैंकको काउन्टरमा प्रवेश पाएका थिएनन् । एकाएक त्यहाँको सुरक्षामा खटिएका नेपाली सेनाका क्याप्टेनले लाइनमा अगाडि बढ्न रोकिदिए । दिनभर लाइनमा उभिएर बस्दा थाकेकी एक महिलालो ती सैनिकको कठालो समाइन र भनिन् । ‘म बिहानैदेखि लाइनमा बसेको छु, दिनभर लाइनमा बसेको मलाई रोक्न खोज्ने त को हो ?’ उनको यो हर्कतलाई राष्ट्रबैंकका सुरक्षा गार्डले नरोकेका भएन तत्कालै हवाई फायर गर्ने अवस्थामा ति सैनिक पुगेको समाचार मंगलबारको नयाँ पत्रिकाले छापेको छ । मंगलबार नै विदेश उड्न लागेको गर्भनर चिरन्जिवी नेपाल सोमबार थापाथलि मुद्रा व्यवस्थापन विभागको अनुमगमना जाने कार्यक्रम थियो । यो तनावले गर्भनर पूर्व निर्धारित समय अनुसार अनुमगनमा जान सकेनन् । गर्भनरले आफू जान नसक्ने भएपनि डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीलाइ पठाए । दसैको अवसरमा आम सर्वसाधारणले पैसा साटन् नपाएपछि सर्वसाधारण आक्रोशित हुन थालेको राष्ट्र बैंकको भनाइ छ ।

विट्साको बोर्ड अफ डिरेक्टरमा बिनोद ढकाल निर्वाचित, सूचना प्रबिधिको विकासमा सहयोग पुग्ने

काठमाडौं, १८ असोज । क्यान फेडरेशनका अध्यक्ष बिनोद ढकाल वल्र्ड इनफरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलायन्स(विट्सा)को बोर्ड अफ डिरेक्टरमा निर्वाचित भएका छन् । मेक्सीकोमा सम्पन्न विट्साको अधिवेशनमा नेपालका आइसीटी व्यवसायीको प्रतिनिधीत्व गर्दै ढकाल निर्वाचित भएका हुन् । विट्सामा नेपालले पहिलो पटक बोर्ड अफ डिरेक्टर चुनिने अवसर पाएको हो । विट्साको सहभागीताले नेपालको आइसीटी क्षेत्रको विकासमा सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष ढकालले बताए । ‘संसार भरका अब्बल आइसीटी व्यवसायीहरुको साझा संस्थामा नेपालले महत्वपूर्ण जिम्मेवारी पाएको छ, यसले नेपालको आइसीटी क्षेत्रको विकासमा सहयोग पुग्छ’, क्यान अध्यक्ष ढकालले भने । विट्सामा ८२ देशका आइसीटी व्यवसायीको सहभागीता रहेको छ । २५ मुलुकका आइसीटी व्यवसायी सहभागी कार्यसमितिको अध्यक्ष भने ताइवानले जितेको छ ।

चिल आँखामा राजधानी सुरक्षा, सीसीटिभीमार्फत दसैंलाई राजधानीको सुरक्षा संयन्त्रमा कडाई

काठमाडौं १७, असोज । दसैं छेको गाइने नेपाली समाजमा प्रचलित यो बाल गीतले एउटा सत्य बोल्छ । दसैंका बेला गाउँ सहरमा चोरी डकैती बढ्छ। विगतका घटनाले पनि यसलाई पुष्टी गर्दै आएका छन् । उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरी डकैतीलगायत अपराधिक घटनाप्रति यसपाली भने प्रहरी अलिक बढी नै चनाखो बनेको छ । यस्ता घटना नियाल्न उसले चिलको साथ लिएको छ । इगल आइ नाम दिइए पनि प्रहरीको यो अभियानमा चिल नामक पन्छी भने सक्रिय हुने छैन । चिलले आकाशमा कावाँ खाँदै जमिनका चल्ला नियालेझैं चाडपर्वका बेला भिडभाडमा हुनसक्ने लुटपाट, चोरी, झै झगडालाई ‘ईगल आई’ नाम दिइएका ३ सय ३५ वटा सिसिटिभी क्यामेरेलाई नियाल्नेछन् । र प्रहरीलाई झटपट घटनास्थल पुग्न सघाउनेछन् ।

सम्झौताको कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव, नेपाली पक्ष अन्योलमा

काठमाडौं १७, असोज । भारतबाट १५० भेगावाट बिजुली आयात गर्ने सम्बन्धमा भएका सम्झौता अलपत्र परेको छ । सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको समाचार मंगलबारको दैनिकमा छापिएको छ। सन् २०१५ अप्रिलदेखि २५ वर्षका लागि सन् २०११ मा भएको सम्झौता नेपाल र भारत दुवै मुलुकको कमजोरीले अलपत्र परेको हो। नेपालले २२० केभीको प्रसारण लाइन निर्माण गरेर चार्ज गरेपछि तथा विद्युत दिने भारतले सर्त राखेको छ। एथेना प्लान्ट निर्माण सम्पन्न भएपछि आयात गर्ने सम्झौता भएको थियो । तर समयमै निर्माण नभएपछि अब के गर्ने भन्नेमा दुवै पक्ष अन्योलमा छन्। नेपाल विद्युत प्राधिकरणले डिसेम्बरभित्र २२० केभीको प्रशारण लाइन चार्ज गर्ने लक्ष्य राखेको छ भने एथेनाको समेत८५ प्रतिशत निर्माण कार्य पुरा भइसकेको छ। प्राधिकरणका उपकार्यकारी निर्देशक राजिव शर्माले समयमै प्रशारण लाइन चार्ज र एथेना प्लान्ट निर्माण नभएकाले सम्जौता कार्यान्वयनमा नआएको बताए।

म्यानपावरले अब एजेन्ट राख्न नपाउने, एजेन्सीभन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी धेरै

काठमाडौं १८, असोज ।  वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवस्था गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न नपाउने व्यवस्था गर्न लागिएको समाचार मंगलबारको करोबारमा दैनिकमा छापिएको छ। श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी ठगीमा म्यानपावर एजेन्सीभन्दा एजेन्टको बदमासी बढी देखिएको भन्दै यस्तो व्यवस्था संशोधन गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित ऐन संशोधन सुझाव समितिले पछिल्लो समयमा म्यानपावर एजेन्सीभन्दा एजेन्ट विरुद्ध ठगीको उजुरी बढी परेकाले एजेन्ट राख्न नपाइने व्यवस्था गरेको हो। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा वैदेशिक रोजगारविद् डा गणेश गुरुङले गरेको अध्ययनमा पनि कामदारहरु तहतहका एजेन्टबाट ठगिने गरेको देखिएको थियो।

कुमारी बैंकमा चार वटा वित्तीय संस्था गाभिने, कुमारीको ५० प्रतिशत हकप्रद सेयर जारी

काठमाडौं, १७ असोज । कुमारी बैंकमा काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स गाभिने भएका छन् । यी चार बैंक तथा वित्तीय संस्थाबीच एक्विजिशन सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा कुमारी बैंकको तर्फबाट मर्जर कमिटिका संयोजक डा शोभाकान्त ढकाल, काष्ठमाडप डेभलपमेन्ट बैंकको तर्फबाट कृष्ण ज्ञवाली, महाकालि विकास बैंकको तर्फबाट सुरेन्द्र जोशी, काँक्रेबिहार विकास बैंकको तर्फबाट राजकुमार गुरुङ र पश्चिमाञ्चल फाइनान्सको तर्फबाट ज्ञानेन्द्र कसजुले हस्ताक्षर गरेको छन् । यसअघि कुमारी बैंक एनसीसीसहित ४ विकास बैंकहरुसँग मर्जप्रक्रियाबाट वाहिरीएको थियो । त्यस्तै महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स काष्ठमण्डप डेभलपमेन्ट बैंकमा मर्ज हुँदै थिए । आईतबार नै नेपाल राष्ट्र बैंकले महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स काष्ठमण्डप डेभलपमेन्ट बैंकमा मर्ज हुँदै गरेको प्रक्रिया रोकेर कुमारी बैंकमा गाभिन स्वीकृति दिएको काष्ठमाडण्प डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताए । ‘राष्ट्र बैंकसँग सहमति लिएर कुमारी बैंकसँग एक्जिशनमा जाने सहमति पत्रमा हस्ताक्षर भएको हो’ उनले विकासन्युजसँग भने । मर्जप्रक्रिया सँगै कुमारी बैंकले निश्काशन गर्न लागेको ५० प्रतिशत हकप्रद सेयर प्रक्रिया पनि अगाडि बढ्ने भएको छ । हाल कुमारी बैंकको सेयर पुँजी २ अर्ब ६९ करोड रुपैयाँ छ । हकप्रद सेयर जारीपछि कुमारी बैंकको मात्र सेयर पुँजी ४ अर्ब ४ करोड रुपैयाँ हुनेछ । काष्टमाण्ड डेभलपमेन्ट बैंकको करिब १ अर्ब, पश्चिमाञ्चल फाइनान्सको ४० करोड, महाकालि विकास बैंकको २२ करोड, काक्रेविहार विकास बैंकको ८ करोड सेयर पुँजी छ । भण्डारीका अनुसार चार वित्तीय संस्था कुमारी बैंकमा गाभिएपछि बैंकको चुक्ता पुँजी करिब ६ अर्ब रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको नाफा र चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिएर आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजनासहित यो मर्ज अगाडि बढेको उनले बताए । चार संस्था एक्वायरपछि कुमारी बैंकको निक्षेप ५० अर्ब र कर्जा ४२ अर्ब रुपैयाँ पुग्नेछ । आठ अर्बको पँुजी हुँदा निक्षेप ७५ अर्ब र कर्जा ६५ अर्ब पुग्ने अनुमान गरिएको छ । त्यसैगरी, देशभरमा ८० वटा शाखा पुग्नेछन् । करिब ७०० जना कर्मचारी हुनेछन् ।