विकासन्युज

कालिकोटका वासिन्दको दसैंको आसिक, बालविवाह अन्त्य होस्

काठमाडौं २८, असोज । दसैंमा विशेष गरी दीर्घायु र सुखसमृद्धिको आशिष दिइन्छ । तर, कालिकोटमा यसपालि फरकखाले आशिष दिइयो । महिला हिंसाविरूद्धको अभियानस्वरूप सरोकारवालाले बालविवाह न्यूनीकरणका शुभकामना आदानप्रदान गरे । उनीहरूले आफन्तलाई आशिष दिए, ‘कसैले बालविवाह नगरून्, छोरीचेलीले अकालमा ज्यान गुमाउनु नपरोस्, बालविवाह अन्त्य होस् ।’ २०७५ सालभित्र कालिकोटलाई बालविवाह मुक्त जिल्ला बनाउन अघि सारिएको रणनैतिक योजना पूरा गर्न गाउँगाउँमा अभियान सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत जिल्लाका ३० मध्ये जुविथा, सुकाटिया, छाप्रे, मान्म, दाहा, पाखा, कालिका, रकु र राचुली गरी ९ गाविस बालविवाह मुक्त घोषणा भइसकेको जिल्ला बालकल्याण समिति महिला विकास अधिकृत सीता थापामगरले बताइन् । अन्य गाविसमा पनि गाउँ बाल संरक्षण समितिमार्फत अभियान चलिरहेको उनले जानकारी दिइन् । कान्तिपुर दैनिकबाट ।

नेपाली युवालाई उत्कृष्ट विद्यार्थी पुरस्कारं, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नेपाली विद्यार्थी छानिए

काठमाडौ २८, असोज । अस्ट्रेलियामा अध्ययनरत नेपाली युवालाई अस्ट्रेलियन सरकारले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको छ । सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजीमा अध्ययनरत विजय सापकोटालाई न्यु साउथ वेल्स राज्यले उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित गरेको समाचार शुक्रबारको कान्तिपुर दैनिकमा छापिएको छ । अस्ट्रेलियन सरकारले प्रत्येक बर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरुमध्येबाट छनोट गरेर उक्त पुरस्कार दिने गर्दछ । अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने उक्त पुरस्कार सबैभन्दा उच्च तहको मानिन्छ ।

 श्रीमतीकाे हत्यापछि उदयपुरकाे बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार

गाईघाट (उदयपुर), २७ असोज । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताए । भीमकुमारीको शव ल्याउने बित्तिकै माइती पक्षका र हजारौँ स्थानीयवासी, राजेन्द्र र उनका आफन्तविरुद्ध प्रत्यक्षरुपमा जाइलागेपछि झडप सुरु भएको कुरा इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ । उक्त झडप नियन्त्रण गर्न इलाका प्रहरी कार्यालयको सम्पूर्ण प्रहरी शक्ति प्रयोग गरेर दर्जनौँ राउन्ड अश्रुग्यास प्रयोग गर्नु परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख भीमकान्त सिलवालले बताए । प्रहरीले सम्पूर्ण जनशक्ति लगाएर रातिको १२ बजेसम्ममा भीड नियन्त्रण भएपनि अझैसम्म बेल्टारबजार तनावग्रस्त रहेको कुरा स्थानीयवासीले बताएका छन् । बजारक्षेत्र तनावग्रस्त बन्दै गएपछि प्रहरी शक्तिसमेत अन्य क्षेत्रबाट थप्ने कार्य सुरु भएको र सम्भावित घटनालाई नियन्त्रण गर्ने तयारी प्रहरीले गरेको इलाका प्रहरी कार्यालय बेल्टारले गरेको छ । प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका राजेन्द्रसहित आफन्तलाई भीमकुमारीको शव लिन मोरङ पठाएर राति भीमकुमारीको शव ल्याउने क्रममा बेल्टारबजारमा झडप र तनाव सुरु भएको प्रहरीले बताएको छ । अहिले बजार क्षेत्र तनावग्रस्त भए तापनि स्थानीय बुद्धिजीवी, राजनीतिक दलसहितका भद्रभलादमीलाई बोलाएर सो विषयमा छलफल गर्न इलाका प्रहरी कार्यालय बेल्टारले तयारीसमेत गरेको प्रहरी प्रमुख भीमकान्त सिलवालले बताए ।  भीमकुमारीको शव पनि इलाका प्रहरी कार्यालय बेल्टारमा नै प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ । पाँच दिनअघि भीमकुमारी कटुवालको मोरङको सिजुवामा बस्दै आएका आफ्नै देवर सुवास कटुवालले फोनबाट बोलाएर नजिकैको बेतौनाको जङ्गलमा लगेर बीभत्स तरिकाले हत्या गरेर सुवासले विष सेवन गरेका थिए । अहिले सुवासको अस्पतालमा उपचार भइरहेको छ भने भाउजूको हत्या आफूले नै गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ । तर भीमकुमारीको हत्यामा राजेन्द्र आफैँ र सबै घरपरिवारको संलग्नता रहेको भीमकुमारीको माइती पक्षको दाबी रहेको छ । राजेन्द्र स्वयम् पनि प्रहरी सेवामा कार्यरत रहेको र यसअघि नै उसले कान्छी श्रीमतीसमेत विवाह गरेर लुकाएर राखेका कारण भीमकुमारीको हत्या गरेको माइती पक्षको आरोप रहेको पनि प्रहरीले बताएको छ । यसअघि नै राजेन्द्रको परिवारका सबै ६ जना र राजेन्द्रसहितलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको पनि इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ । रासस

पर्यटक सवारीले पहिचान भएका पर्यटक मात्रै बोक्न पाइने, हरियो नम्बर प्लेटको विवाद कायमै

काठमाडौं, २७ । हरियो नम्वर प्लेटका पर्यटकीय सवारी साधानले अब पहिचान भएका पर्यटक मात्रै बोक्न पाउने भएका छन् । सरकारले गत भदौ तेस्रो साता स्वीकृत गरेको सवारी तथा यातायात व्यवस्था नियमावली २०७३ अनुसार पहिचान नभएका पर्यटक हरियो नम्वर प्लेटका सवारी साधनले बोक्न नपाउने भएका छन् । नियमावलीको दफा २ को (ङ)मा पर्यटक सवारीले पर्यटक बाहेक अन्य यात्री बोकेमा सवारी साधानको दर्ताको प्रमाणपत्र ६ महिनासम्मका लागि निलम्बन गर्ने उल्लेख छ । नियमावलीको दफा ४ को (ग)मा पनि पर्यटक सवारीले पर्यटक बाहेक अन्य यात्री बोकेमा चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था पनि रहेको छ । सरकारले ल्याएको यो व्यवस्थाले पर्यटक सवारीले पर्यटक पहिचान गरेर मात्रै पर्यटकीय सेवा दिनुपर्ने भएको छ । सरकारले ल्याएको यो कार्यविधि अनुसार पर्यटक पहिचान गराएर मात्रै सेवा दिनुपर्ने भएको पर्यटक बस व्यवसायी संघका अध्यक्ष श्रीकान्त आचार्यले बताए । उनका अुनसार सरकारले कार्यविधि पारित गरेर व्यवसायीसमक्ष पनि जानकारी आइसकेका छ । ‘सरकारले ल्याएको संसोधि कार्यविधिको व्यवस्थाको मस्यौदामा पर्यटक बाहेक गैरपर्यटक बोक्न नपाइने भन्ने व्यवस्था राखिएको थियो’, आचार्यले भने । व्यवसायीको पहलमा गैरपर्यटक शब्द हटेकोले पर्यटकीय सेवामा कुनै समस्या नहुने बताए । पर्यटक पहिचान गर्ने विषयमा पर्यटक सवारीले पर्यटकीय गन्तव्यमा पुग्ने र घुम्ने उद्देश्य बोेकेका बाहेकलाई सेवा नदिने भएकोले पनि समस्या नहुने तर्क दिए । उनका अनुसार पर्यटक को हुन भनेर चाहिँ पर्यटन मन्त्रालयले पहिचान गर्नुपर्छ । पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विभागका प्रवत्ता दुर्गादत्त ढकालका अनुसार भने आन्तरिक र वाह्य दुबै पर्यटक हुन । पर्यटन ऐन तथा नीति तथा नियमावलीले नै स्पष्ट रूपमा पर्यटक पहिचान गरेकोले पर्यटकीय सेवामा कुनै समस्या हुँदैन । उनका अनुसार आज भन्दा अगाडि जसरी पर्यटक सवारीले सेवा दिएका छन्, भोली पनि त्यसैगरी तर व्यवस्थित ढंगबाट सेवा दिने ढकालको भनाइ छ । उनका अनुसार बाहिर हल्ला भएजस्तो पर्यटक सवारी संचलनमा कुनै असहजता छैन । पर्यटन मन्त्रालयले अनुमति दिएका र पर्यटक सवारीका रूपमा दर्ता भएकाले आफ्नो उद्देश्य खुलाएर सेवा दिन पाउँछन् । पर्यटन मन्त्रालयले पनि पर्यटक सवारीलाई दर्ता गरेरै अनुमति प्रदान गरेको छ । कुनै असहज अवस्था भए एक सरकारी निकायले अर्को सरकारी निकायसँग समन्वयन गरेर मिलाउन सकिन्छ, यसका लागि व्यवसायीले प्रक्रियागत रुपमा माग र सुझाव दिनुपर्ने पनि उनको भनाइ छ । पर्यटकको पहिचान कसरी ? एउटा गन्तव्यबाट अर्को गन्तव्यमा घुम्न जाने उद्देश्यले निस्किएका सबै नेपाली तथा विदेशी पर्यटक हुन । ‘दसैं तथा अन्य चाडबाडमा घर, माईत, मावली तथा ससुराली जाने नेपाली चाँहि पर्यटक होइन्’, पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढाकालले भने । पर्यटक गाडीले यस्ता गैर पर्यटकलाई सेवा पनि नदिने उनको छ । विश्व पर्यटन संगठनले नै घुम्ने उद्देश्य खुलाएर निस्कने पर्यटक मानेको छ भने नेपालको कानूनले पनि घुम्ने उदेश्यले पोखरा, चितवन, लुम्बिनी सहितका पर्यटकीय गन्तव्यमा जाने सबै पर्यटक हुन भनेर पहिचान गरेको ढकालले जानकारी दिए । नयाँ पर्यटकको पहिचान गर्ने र पर्यटक सवारीमा को राख्ने र को नराख्ने भनेर बहस गर्ने नपर्ने पर्यटन मन्त्रालयको भनाइ छ । घुम्ने उद्देश्यले हिडेका सबै नेपाली पर्यटक भएको स्पष्ट व्यवस्था हुँदाँहुनै पुन पहिचानको जरुरी नभएको पनि पर्यटन मन्त्रलयको भनाइ । यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार पनि घुम्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँको पर्यटकीय गन्तव्यमा जाने सबै पर्यटक हुने बताए । उनका अनुसार हरियो नम्बर प्लेटका सवारी साधनले आम नेपाली नागरिक (गैरपर्यटक) बोक्न नपाइने भनेको हो, पर्यटकलाई बोक्न नपाइने भनेको छैन । नेपाल पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष साङ्गे लामाका अनुसार विस २०३७ देखि रातो नम्बरप्लेटमा सेवा दिएको अवस्थामा अहिले सबै सिजनमा सबै पर्यटकलाई हरियो नम्बरप्लेटमा सेवा दिए गाह्रो हुने बताए । यसका लागि हरियो नम्बरप्लेटको कमी भएको अवस्थामा रातो नम्बरप्लेटका सवारीले समेत सेवा दिन पाउनुपर्ने पनि बताए ।

माेबाइलबाट राम्रो फोटो निकाल्ने फर्मुला

काठमाडौं। दशैंमा राम्रो फोटो निकाल्न कसलाई रहर हुँदैन र ! जति राम्रो फोटो आयो त्यति नै सामाजिक सञ्जालमा सेयर गर्न र फ्रेममा सजाएर राख्न मन लाग्छ। १ एङ्गलिक तपाईले फोटो खिच्दा जहिलेपनि के विचार पुर्याउनुपर्छ भने जति राम्रो एङ्गल मिलाउनुभयो त्यति राम्रो फोटो आउँछ। जस्तै तपाईले फोटो खिच्दा हाफ खिच्ने हो कि फुल खिच्ने हो त्यसको निर्क्यैल गर्नुहोस। त्यसपछि फोटोमा के कुरा निकाल्ने र व्याकग्राउण्डमा के निकाल्ने भनेर मनमनै छानिसक्नुपर्छ। २ लाईटिङ फोटो लिदा विचार गर्नुपर्ने अर्को कुरा हो लाईटिङ। लाईटिङ मिलेन भने न तपाईको फोटो कि धैरै लाईट भएर ओभर लाइटिङ वा कम भएर स्याडो हुन्छ। त्यस काणले जहिलेपनि फोटो लिदा लाईटको एकदम ध्यान निनुहोला। ३ अव्जेक्ट फोकस क्यामेरा, एङ्गलिङ र फोकस सँगै फोटो लिदा सँधै वस्तुको ख्याल गर्नुपर्छ। तपाईले के बस्तुलाई टार्गेट गर्नुभएको हो सोहि अनुसार फोँकस मिलाउनुपर्छ। ४ व्याकग्राउण्ड अव्जेक्ट सवै कुरा मिल्यो तर पछाडि रहेको बस्तु नराम्रो आयो भने पनि फोटो नराम्रो आउँछ। त्यहि भएका कारण प्रत्यक सट तपाईका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। सामान्यतया यत्ति भयो भने तपाईको फोटो धेरै हदसम्म राम्रो आउँछ।

सेल्फी खिच्न स्मार्टफोनका लागि उत्कृष्ट एपहरू

काठमाडौं, २७ असेज । वर्षमा एकपटक आउने दशैंमा जसलाई पनि राम्रो फोटो निकाल्ने र भविष्यका लागि मेमोरी बनाउने अनि सामाजिक सञ्जालमा सेयर गर्ने इच्छा त भइहाल्छ। दशैंमा आफन्तले टिका लगाइदिएको वा अन्य कुनै पनि घटनाहरु जिन्दगीभरका लागि विर्सन नसकिन क्षण हुन्छन। इन्स्टा पिकफ्रेम यो एप गुगल प्ले स्टोर र आइओएस को एप स्टोरमा पाइन्छ। यसको सवैभन्दा राम्रो पक्ष भनेको इन्सट्यान्ट सेल्फि खिचेर लगभग एकसय भन्दा धेरै इफेक्ट र फ्रेममा फोटो राख्न मिल्छ। पिप क्यामेरा यो पनि गुगल र आइओएस दुवै स्टोरमा पाइन्छ। विभिन्न इफेक्टमा सेल्फिको मजा लिन सकिने यो एपमा अरुमा भन्दा फरक किसिमका फ्रेममा फोटो खिच्न सकिन्छ। स्विट सेल्फि यो एप पनि गुगल र आइओएस दुवै स्टोरमा पाइन्छ। यसको सवैभन्दा राम्रो पक्ष भनेको यसमा धेरै किसिमका इफेक्टहरु रहेका हुन्छन जसका कारण तपाईको फोटोलाई आफ्नो इच्छा अनुसार इफेक्ट हालेर परिवर्तन गर्न सक्नुहुनेछ। क्यामेरा ३६० डिग्री यो एप पनि गुगल र आइओएस दुवै एप स्टोरमा पाइन्छ। यसको सवैभन्दा राम्रो विशेषता भनेको तपाइले यसमा टाइम सेट गर्न सक्नुहुनेछ जसका कारण तपाईले मोवाइललाई अलि टाढा राखेर पनि आफ्नो बडिको हाउभाउ मिलाउन पाउनुहुन्छ। यसले तपाईलाई १० सेकेन्डसम्मको समय दिन्छ। वा तपाईले टाइम सेट नगरी पनि सेल्फिको मजा लिन सक्नुहुनेछ।

आइपिओको पर्खाइमा हुनुहुन्छ ? अब एक मात्र विकल्प जलविद्युत कम्पनी

काठमाडौं, २५ असोज । कम्पनीहरुले सर्बसाधारणलाई दिने साधारण सेयर ९आइपिओ० को पर्खाइमा हुनुहुन्छ भने अवको एक मात्र विकल्प जलविद्युत कम्पनी मात्रै हुन् । पूजी बजारमा उल्लेख्य सहभागिता रहेको बैंक तथा वित्तीय संस्थाको दर्ता बन्द भएको, बीमा कम्पनी पनि नयाँ आउन नदिने अघोषित नीति र उत्पादनमुलक क्षेत्रलाई पूजी बजारमा भित्र्याउन आवश्यक पहल नभएको कारण जलविद्युत कम्पनीको विकल्प नदेखिएको हो । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षसम्ममा लघुवित्त कम्पनीहरुको लागि अनुमति दिने गरेको थियो । यस्ता कम्पनीहरुले सर्वसाधारणलाई कम्तिमा पनि ३० प्रतिशत सेयर दिने गरेका थिए । बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लाइसेन्स अगाडिदेखि नै बन्द थियो । अब लघुवित्तको पनि लाइसेन्स बन्द भएपछि त्यस्ता संस्थाको आइपिओ पनि बन्द भएको छ । अहिले संचालनमा रहेका बैंक वित्तीय संस्थाले आइपिओ जारी गरिसकेका छन् । बीमा समितिले नयाँ बीमा कम्पनी खोल्नको लागि अनुमति दिने गरेको छैन । उसले घोषित रुपमा लाइसेन्स बन्द नगरेपछि लामो समयदेखि अनुमति माग्ने कम्पनीलाई त्यसै झुलाएर तत्काल नयाँ कम्पनी नथप्ने संकेत दिएको छ । अहिले संचालनमा रहेका बीमा कम्पनीहरुले आइपिओ जारी गरिसकेका छन् । नयाँ कम्पनी नआउने हुदा यो क्षेत्रवाट पनि आइपिओ आउने सम्भावना छैन । सरकारले उत्पादन मुलक र क्षेत्रलाई पूजी बजारमा ल्याउनको लागि खास पहल गरेको छैन । उद्योगी ब्यवासयी पनि आफ्नो कम्पनीको आइपिओ सर्वसाधारणले किन्लान कि नकिन्लान भन्ने दोधारमा छन् । विगतमा आइपिओ जारी गरेर कम्पनी नै बेपत्ता हुने गरेको कारण त्यसको नाकारात्मक असर अहिले आफूहरुलाई पर्छ कि भन्ने चिन्तामा रहेको देखिन्छ । धितोपत्र वोर्डले सार्वजनिक गरेको गत बर्षको तथ्यांकले पनि आइपिओको लागि अवको एक मात्र विकल्प जलविद्युत कम्पनी नै हो भन्ने देखाएको छ । बोर्डले गत आर्थिक बर्षमा १६ कम्पनीलाई आइपिओ जारी गर्न अनुमति दिएको थियो । यसमध्ये ८ कम्पनी त जलविद्युत कम्पनी नै थिए । गत बर्ष जलविद्युत लगानी तथा विकास कम्पनी, ङदी ग्रुप पावर, खानीखोला जलविद्युत कम्पनी, दिब्यश्वरी जलविद्युत कम्पनी, ङादी ग्रुप पावर कम्पनी, अरुण कावेली पावर कम्पनी र दिब्यश्वरी जलविद्युत कम्पनीले आइपिओ जारी गरेका थिए । यसमध्ये दिब्यश्वरी र ङादीले स्थानीयबासीको लागि छुट्टै आइपिओ जारी गरेकोले संख्या दोहोरो देखिएको हो ।

आकाशमार्गबाट दसैं मनाउन जानेलाई टिकट छैन, आउनेलाई फालाफाल

काठामाडौं ः  नियमित उडानका अन्तरिक वायुसेवालाई दसैंमा भ्याइनभ्याइ भएको छ । आकासमार्गको प्रयोग गरेर दसैै मनाउने जानेका एक दुई महिना अगाडि देखि टिकट नपाएको चिन्ता छ । काठमाडौंबाट बाहिर जाने सुगम (शहरी क्षेत्रका) विमानस्थलमा जाने यात्रुले टिकट नपाएर हैरान भएका छन् भने काठमाडौं फर्कदा भने वायुसेवाको टिकट फालाफला रहेको छ । काठमाडौंबाट दसैंभर बाहिर जाने यात्रुले आकस्मिक टिकट पाएका छैनन् तर दसैंबाट फर्कनले लागि भने हजाज खाली भयो भनेर ६ हजारको टिकन १५ सयमै दिनुपरेको बुद्ध एयरका बरिष्ठ बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार एयरले असोज १५ देखि २४ सम्म काठमाडौंबाट जाने टिकट पाइदैन भने आउनेका लागि भने जहाज खाली हुने भएकोले छुट दिइएको छ । काठमाडौं आउँदा दसैंभरको समयका लागि १५ सय देखि २५ सयसम्ममा नै सेवा दिएको उनको भनाइ छ । उनका अनुसार विराटनगर, भद्रपुर, जनकपुर, नेपालगञ्ज, भरतपुरसहितका गन्तव्यबाट काठमाडौं आउँदा विशेष छुटमा हवाई भाडादर निर्धारण भएको पनि आन्तरिक वायुसेवा कम्पनीले बताएका छन् । यी गन्तव्यका हवाइ भाडादार अन्य दिन भन्दा ७५ प्रतिशतसम्म छुट दिएको पनि जोशीले बताए । नारायणगढ—मुग्लिन सडकखण्डमा भइरहेको बाटो निर्माणका कारण पनि भैरहवा र भरतपुर जाने यात्रुको चाप निकै बढेको बुद्ध एयरकै अपरेशन म्यानेजर सुवर्ण खरेलले बताए । उनका अनुसार भरतपुरको लागि दसैंभरका लागि दैनिक ८ वटासम्म उडान राखिएको छ । यो गन्तव्यमा अन्य समय २ देखि ३ वटा मात्रै हुने गरेको थियो । दसैं सुर हुन थालेको र नारायणगढ—मुग्लिनसडक खण्ड अवरोध भएपछि भने यो गन्तव्यमा उडान ४ वटा भएको थियो । दसैैंका लागि भने यो गन्तव्यमा अधिक उडान गर्ने प्रयास भएको उनले बताए । बुद्ध एयरले मात्रै दैनिक ४० वटा उडान गर्ने गरेको छ । यतिले पनि ३० भन्दा बढी, सिम्रिकले दैनिक २० वटासम्म उडान गर्ने गरेको भएपनि दसैंमा घर जाने यात्रुका कारण एकतर्फि मात्रै चाप बढेकोले खर्कदा भने खाली हुने गरेको छ । यात्रु चाप बढेकाले कुनै यात्रुले आकस्मिक टिकट लिनुपर्दा उपलब्ध गराउन सक्ने अवस्था नरहेको बुद्ध एयरका अपरेसन म्यानेजर खरेलले बताए । उनका अनुसार बुद्ध एयरले दैनिक ४० वटा उडान विभिन्न गन्तव्य गर्दा पनि यात्रुलाई टिकट दिन सकेको छैन । यात्रु चाप बढी हुने गन्तव्यमा अतिरिक्त उडान थप गर्दा पनि टिकट नपाइने समस्या बढेको उनले बताए । आन्तरिक वायुसेवा कम्पनीले बुद्ध, यती, तारा, वायुसेवा निगम, सिम्रिक एयरको उडान सञ्चालन भए पनि दसैंका कारण सबै गन्तव्यमा उडान चाप रहेको उल्लेख छ । दसैंको मुखैमा सौर्य एयरलाइन्स विग्रिएका कारण उनका दैनिक ५ देखि ६ वटा उनकाका २५० देखि ३ सय यात्रुका पनि चाप अन्य वायुसेवामा थप भएको उल्लेख छ । वायुसेवा संचालक संघले भने बुद्ध, यति, सिम्रिक र सौर्य एयरबाट काठामाडौंबाट जादाँ नर्मल भादादर र काठमाडौं भित्रदाको छुटसहित भाडादर तोकेको छ । यो भाडादर अधिकांका वायुसेवाले दसैं अवधिभरका लागि भनेर सार्वजनिक गरेका छन् । दसैंभर काठमाडौं आउने आन्तरिक वायुसेवाको भाडा गन्तव्य काठमाडौंबाट          जाँदा             फर्कदा विराटनगर—काठमाडौं          ५९४०            २००० भद्रपुर—काठमाडौं                ७२५०            ३२०० जनकपुर—काठमाडौं            ३५२०             २००० नेपालगञ्ज—काठमाडौं           ७८१०             ३७०० तथ्यांक स्रोत वायुसेवा संचालक संघ, नेपाल ।