यूनाईटेड फाइनान्सले ५ प्रतिशत नगद लाभांश दिने

<p>काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ । असोज ३ गते बसेको संस्थाको २२४औँ सञ्चालक समितिको बैठकले सेयरलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश वितरण गर्ने भएको छ । संस्थाको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले [&hellip;]</p>

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ । असोज ३ गते बसेको संस्थाको २२४औँ सञ्चालक समितिको बैठकले सेयरलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश वितरण गर्ने भएको छ । संस्थाको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

Share News