लिएगो स्मार्ट फोन मोर्डन, स्टाईलिस र बलियो छ- मोहन वंशल
मोहन वंशल, प्रबन्ध निर्देशक, जेएसएस ग्रुप एक दशकभन्दा बढी समयदेखि मोवाइल ब्यवसायमा सक्रिय रहँदै आएको प्रतिष्ठित ब्यापारीक घराना जेएसएस ग्रुपले लिएगो ब्राण्डको मोवाइल नेपाली बजारमा बिक्री शुरु गरेको छ । विश्वका विभिन्न २० मुलुकहरुमा राम्रो उपस्थिति जनाइसकेको यो मोवाइल ब्राण्ड नेपालको लागि भने नयाँ हो । यो फोनमा अत्याधुनिक सुविधाको साथै निकै बलियो भएको कम्पनीको दावी छ । स्टाइलिस र नयाँ विषेशताका साथ निर्माण गरिएको लियागो फोनले वालमा किला ठोक्दा होस् वा गाडीले किच्दासमेत असर नपर्ने कम्पनीको भनाई छ । लियागो फोनले नेपाली उपभोक्तको मन कसरी जित्न सक्छ ? यसको विशेषता के छन् ? प्रतिश्पर्धात्मक बजारमा यसको उपस्थिति कस्तो रहन्छ भन्ने विषयमा रहेर देशविकास साप्ताहिकले जेएसएस ग्रुपका प्रबन्ध निर्देशक मोहन वंशलसँग गरेको कुराकानीः लिएगो ब्राण्डको स्मार्ट फोन भित्र्याउनु भयो, यसमा त्यस्तो के विषेशता छ ? बजारमा प्रशस्तै स्मार्ट फोनहरु भित्रिएका छन् । यति हुँदाहुँदै पनि हामीले नयाँ ब्राण्डको लिएगो स्मार्ट फोनमा केहि नयाँ विषेशता पायौं र नेपाली बजारमा ल्याउने आँट ग¥यौं । यो आफैमा एउटा स्टाईलिस फोन हो, नेपाली बजारमा माथिदेखि तलसम्मका उपभोक्ताले खरिद गर्न सक्ने भरपर्दो, मजबुत र गुणस्तरीय छ । जसमा फङ्सनहरु अपग्रेडेड छ, ¥याम, रुम अपग्रेड छ । अहिले बजारमा भएका फोनहरुमा अक्टाकोर प्रविधि छ तर लिएगोमा डेगाकोर प्रविधि प्रयोग भएको छ जुन पहिलो पटक नेपाली उपभोक्ताले प्रयोग गर्न पाउने छन् । यसकोे स्क्रिन साह्रै वलियो हुनाले ओखर फुटाउदासमेत कुनै स्क्राच हुन्न । यो हामीले प्रयोग गरेर देखाइसक्यौं । लिएगोमा यस्ता धेरै विषेशता छन् जुन उपभोक्ताले प्रयोग गरेपछि मात्रै यसको अझै महत्व बुझ्नेछन् । प्रतिस्पर्धाको बजारमा लिएगोको उपस्थितिले कति स्थान लिने अनुमान गर्नुभएको छ ? नेपाली बजारका उपभोक्ता सचेत भइसकेका छन्, केहि नयाँ चाहान्छन् । लुगाभन्दा छिटो मोवाइल फेर्ने चलन आइसक्यो । यस्तो अवस्थामा उपभोक्तको माग अनुरुप नै बजारमा लिएगो आएको छ । बजार हिस्सा कति ओगट्छ त्यो अहिले नै भन्न सक्ने अवस्था छैन । तर एउटा लगानीकर्ताको आँखाले हेर्दा केहि समयकै अन्तरालमा बजारमा रहेका ब्राण्डमा टपटेन भित्र पर्ने लिएको मोवाइल पर्ने विश्वास लिएका छौं । उपभोक्ताले कति थरिका र कति कलरका मोवाइल प्रयोग गर्न पाउनेछन् ? उपभोक्ताको मनोविज्ञानलाई बुझेर कम्पनीले चार सिरिजमा ११ वटा मोडेलका मोवाइलहरु निर्माण तथा वितरण गरेको छ । जसमा गोल्डेन, रोज गोल्ड, ह्वाइट र ग्रे गरी चार किसिमका कलरहरु छन् । ५ दशमलव ७ यसको स्क्रिन साइज छ । १३ मेगापिक्सेल क्षमताको फ्रन्ट, व्याक क्यामेरा रहेको छ । यसर्थमा उपभोक्ता आफूले चाहेको कुनैपनि मोडल वा रंगको मोवाइल उपभोग गर्न सक्नेछन् । लिएगो कहाँको उत्पादन हो र यसको अन्तराष्ट्रिय बजार कस्तो छ ? अहिले विश्व बजारमा स्मार्ट फोनले ठूलो हिस्सा ओगटेको छ । प्रायः बी सबै चाइनामा बनेका छन् । नाम चलेका ठूला ब्राण्डका मोवाइलसमेत चाइनामा बन्ने गर्छ । कुन देशमा बनेको भन्दा पनि कस्तो गुणस्तर र विषेशता छ, त्यो हेर्नुपर्छ । विश्व बजारमा लियागो स्टाईलिस फोन उत्कृष्ट रहेको पाएका छौं । जसले अपग्रेड प्रविधि प्रयोग गर्छ, सस्तो मूल्यमा उपलब्ध गराउँछ र राम्रो सेवा दिन्छ त्यसले मार्केट लिने हो । र यसमा लिएगोले सन् २०१८ सम्म विश्वकै टपटेन ब्राण्ड बन्ने लक्ष्य लिएको छ । विभिन्न मोडलका मोवाईलहरु छन् त्यसको मूल्य न्यूनतम ५ हजारदेखि ५० हजार रुपैयाँ सम्म मूल्य तोकिएको छ । नेपालमा कसरी बजार विस्तार गर्दै हुनुहुन्छ ? बजार र उपभोक्ताको माग अनुसार पुरै नेपालमा मार्केट विस्तार गर्ने तयारीमा छौं । एकै पटक चारैतिर विस्तार गर्न सकिंदैन । तरपनि देशका मुख्य शहरहरुमा हाम्रो उपस्थिति रहन्छ । काठमाडौंबाटै हाम्रो सेवा सुरु हुन्छ । मोवाइल बिक्रीपछि दिइने सेवा वा सर्भिस सेन्टर कस्तो हुनेछ ? हामीले मोवाइल बेच्ने मात्र होइन, बिक्रीपछि पनि सेवा दिने गरी देशभरी ३८ वटा सर्भिस सेन्टर स्थापना गरेका छौं । लिएगो आउनु पहिला नै हामीसँग किवि मोवाइलका ती सर्भिस सेन्टरहरु थिए र यसैलाई वैधानिकता दिएर लिएगोको पनि सेवा दिनेछौं । यस्ता सेन्टरहरुले जहाँबाट किनेको भएपनि सेवा दिनेछन् । यसैमा हामीले अनलाइन सर्भिस पनि दिएका छौं । अनलाइनमार्फत ग्राहकले बनाउन दिएको फोन कस्तो अवस्थामा छ भनेर समेत थाह पाउन सक्छ, त्यसको लागि हामीले ट्रयाकिङ नम्वर पनि दिएका हुन्छौं । त्यसैको आधारमा ग्राहाकले फलो गर्न सक्छन् । यस्तो सेवा हामी नेपालमा पहिलोपटक दिंदैछौं । अर्को कुरा लेभल हेरेर मोवाइल मर्मत हुन सक्ने र नसक्ने आधारमा सेवा दिइन्छ । चौविस घण्टा, ७२ घण्टाको समय राखेर सेवा दिने र केहि कारण फोन बन्नै नसक्ने अवस्था आएमा १२ दिन भन्दा पछाडि नयाँ फोन उपलब्ध गराउँछौं । यो हाम्रो प्रतिवद्धता हो । मोवाइल बजार प्रतिस्पर्धा बढेको देखिन्छ, व्यवसायले गर्नेको लगानी कत्तिको जोखिममा छ ? विजनेशमा ‘नो रिक्स नो गेन’ भनिन्छ । कुनैपनि विजनेश जोखिमविहीन हुनै सक्दैन । त्यसमाथि महँगा–महँगा मोवाइलहरु ल्याएका हुन्छौं, यस्तो अवस्थामा उपभोक्ताले मन पराएनन् र बिक्री गर्न सकिएन भने क्षति हुने डर हुन्छ । यद्यमी हामीलाई विश्वास छ कि लिएगो मोवाइल नेपाली बजारमा छिट्टै स्थापित हुनेछ ।
ओरालो लागेर दुईपिटक सम्म सर्किट ब्रेक लागेको बजार उकालोतर्फ
काठमाडौं, १३ मंसिर । सेयर बजार उकालोतर्फ लागेको छ । सोमबार ओरालो लागेर दुईपटकसम्म सर्किट ब्रेकर लागेर दुईबजेपछि बजार उकालो लागेको छ । अहिलेसम्म बजार ३४.०७ अंकले बढीसकेको छ । बजारमा दवदवा राख्ने बैकिङ समूह, होटल, विकास बैंक, इन्सुरेन्स र अन्य पनि उकालो लागि रहेका छन् । जलविद्यतु,फाइनान्स र उत्पादनमूलक समूहको पनि उकालो लाग्ने तरखरमा रहेका छन् । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ले आइतबार लगानीकर्ताहरुलाई नआत्तिन आग्रह गरेको थियो । त्यसको असर सोमबारको बजारमा देखिएको छ । नेप्सेले कुनै कारण विना हल्लाको पछि लागेर सेयर विक्रि गर्दा पाउने लाभाबाट बन्चित हुनुपर्ने भन्दै लगानीकर्ताहरुलाई विवेकपुर्ण ढंगले लगानी गर्न आग्रह गरेको थियो ।
ढल्केबर सवस्टेसनको ९० प्रतिशत काम सम्पन्न हुँदै, थप ८० मेगावाट विद्युत् आउँदै
काठमाडौँ, १३ मङ्सिर । बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन सो सवस्टेसन निर्माण सक्नैपर्ने बाध्यता छ । भारतको मुजफ्फरपुरबाट जोडिएको चार सय केभिएको अन्तर्देशीय प्रसारण प्रणाली र त्यसैगरी ढल्केवरबाट खिम्तीसम्म जोडिने अर्को २२० केभिएको प्रसारण प्रणाली पनि सोही सवस्टेसनमा जोडिने भएकाले सो आयोजना महत्वपूर्ण मानिएको हो । ढल्केबर हेटौँडा प्रसारण लाइन र ढल्केबर दुहवी प्रसारण लाइनको पनि मुख्य बिन्दु पनि सोही सवस्टेसन हो । ती दुवै प्रसारण लाइन चार सय केभिए क्षमताका छन् । धनुषा, महोत्तरी, सर्लाहीसम्म विद्युत् उपलब्ध गराइरहेको १३२ केभी क्षमताको प्रसारण लाइनसमेत सोही सवस्टेसनमा जोडिएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सवस्टेसनको काम सम्पन्न हुने चरणमा पुगेको जानकारी दिनुभयो । काममा दृढ इच्छाशक्ति भयो भने दुई वर्ष लाग्ने काम चार महिनामा नै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण नै सो परियोजना हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा मन्त्री जनार्दन शर्माको विशेष चासोका कारण सो आयोजना एक महिना ढिला गरेरै भए पनि सम्पन्न हुन लागेको हो । विसं २०७२ मा सम्पन्न गर्नुपर्ने सो सवस्टेसन ठेकेदार कम्पनी र प्राधिकरणको उच्च नेतृत्वको लापर्बाहीका कारण तोकिएको समयमा पूरा हुन सकेको थिएन । गत भदौमा ऊर्जा मन्त्री शर्मासहितको टोलीले चार महिनाभित्र सवस्टेसनको काम सम्पन्न नभए ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएपछि ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनोमिक कम्पनी (सिसिपिजी) ले तत्कालै काम सुरु गरेको थियो । माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनामा काम गरिरहेका चिनियाँ र नेपाली गरी २०० भन्दा बढी मजदुरलाई नियमित रुपमा परिचालन गरेपछि आयोजनासम्पन्न हुने चरणमा पुगेको प्रवक्ता अधिकारीको भनाइ छ । परियोजनाको हाल सवस्टेसन रहने भवन, ठूला क्षमताको ट्रान्सफर्मर रहने ‘बेस’ तथा अन्य भौतिक संरचनासमेत पूरा भइसकेको छ । ट्रान्सफर्मर समेत निर्माणस्थलमा आइसकेको छ भने अन्य प्राविधिक उपकरणसमेत उपलब्ध भइसकेको छ । प्रवक्ता अधिकारीले भौतिक संरचना पूरा भइसकेको अवस्थामा उपकरण जडानको कार्य अब छिट्टै सुरु हुने र हिउँदमा मागअनुसार विद्युत् उपलब्ध गराउन सकिने बताउनुभयो । यस्तै आयोजनाको महत्वपूर्ण मानिएको अग्नि नियन्त्रण कक्ष, तथा कर्मचारी आवास भवन पनि बनिरहेको छ । आयोजनाका प्रमुख रहनुभएका राधेशरण महतोले हरेक दिनको कार्यप्रगति ऊर्जा मन्त्री शर्मा र प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई उपलब्ध गराउने र कुनै समस्या परे तत्कालै समाधान गर्ने गरिएको छ ।आयोजनामा समय र लागत बढाउने प्रवृत्तिका कारण अधिकांश आयोजना समस्याको चक्रब्युहमा फसिरहेको अवस्थामा ढल्केबर सवस्टेसनको कामले भने गति लिएको छ । यस्तै सोही सवस्टेसनमा आउने विद्युत् काठमाडौँ ल्याउनका लागि महत्वपूर्ण मानिएको ढल्केबर–खिम्ती प्रसारण लाइनको कामसमेत अन्तिम चरणमा पुगेको छ । एकाध स्थानमा प्रसारण लाइनको तार कस्ने काम मात्रै बाँकी रहेको छ । रासस
सगरमाथा फाइनान्सले ८० प्रतिशत हकप्रद निष्कासन गर्ने, मंसिर २४ गते बुक क्लोज
काठमाडौं, १३ मंसिर । सगरमाथा फाइनान्सले ८० प्रतिशत (१० बराबर ४ को अनुपातमा) हकप्रद सेयर निश्काशन गर्ने भएको छ । हालसालै बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको गरेको हो । हाल फाइनान्सको चुक्ता पुँजी ३६ करोड ९२ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि चुक्ता पुँजी ६६ करोड ४७ लाख रुपैयाँ हुनेछ । बैंकले उक्त हकप्रद निष्काशनको लागि आगामी मंसिर २४ गते बुक क्लोज गर्ने भएको छ ।
‘विपद् जोखिम न्यूनीकरणमा लैङ्गिकमैत्री नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध’
काठमाडौं, १३ मंसिर । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले विपद् जोखिम न्यूनीकरणका लागि लैङ्गिकमैत्री नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएको बताएका छन् । नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयन्त्र (युएन ओमन)ले सोमबार यहाँ आयोजना गरेको ‘विपद् पूर्व तयारीमा लैङ्गिक समानता र महिला सशक्तीकरणको प्रभावकारी सम्बोधन’ विषयक दक्षिण एसिया क्षेत्रीय कार्यशालाको उद्घाटन गर्दै मन्त्री निधिले संविधानतः प्राप्त महिला अधिकारको संवद्र्धनका लागि पनि सरकार प्रयत्नशील रहेको पनि बताए । विपद्को अवस्थामा विश्वमै बढी आर्थिक नोक्सानी हुने मुलुकमध्ये नेपाल, भारत र चीन भएको उल्लेख गर्दै निधिले २०७२ को विनाशकारी भूकम्पबाट मुत्यु हुनेमध्ये ५५ प्रतिशत महिला र बालिका भएकाले पनि विपद्पछिको पुनःनिर्माणमा ती समुदायलाई बढी ध्यान दिनुपर्नेमा जोड दिए । ‘‘विपद् जोखिम तयारी, सुरक्षा र समग्र क्षति न्यूनीकरणका लागि महिलाको महत्वपूर्ण भूमिका हुन्छ । महिलाले भूकम्प प्रतिरोधी भवन बनाउने क्रममा पनि उत्तिकै भूमिका निर्वाह गर्न सक्ने कुरा स्वीकारिएको छ । त्यसैले सरकार एसियाली मुलुकहरुको विपद् जोखिम व्यवस्थापनसम्बन्धी सेन्डाई कार्यढाँचा, २०१५ बमोजिम स्थानीय तहमा त्यसलाई कार्यान्वयनको चरणमा छ ।’’ गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले विपद्पछिको पुनःनिर्माणका क्रममा लैङ्गिकमैत्री नीति र व्यवहारलाई क्रमशः कार्यान्वयन गरिएको बताए । कार्यक्रममा नेपालस्थित राष्ट्रसङ्घका आवासीय प्रतिनिधि भलेरी जुलियान्डले दिगो विकास लक्ष्यको ५ नं लक्ष्य बमोजिम समुदायस्तरमा विपद् जोखिम न्यूनीकरणमा महिला सशक्तीकरण गराउन सरकार लाग्नुपर्ने बताए । तीनदिन चल्ने गोष्ठीमा नेपालसहित आठ मुलुकका प्रतिनिधिको सहभागिता छ । रासस
असहज अवस्थाबीच जिम्बाबेले डलरको स्थानमा आफ्नै मुद्रा प्रचलनमा ल्यायो
हरारे, १३ मङ्सिर । जिम्बाबेले सोमबार नगदको गम्भीर सङ्कट हटाउन अमेरिकी डलरको समकक्षमा आफ्नै मुद्राको रूपमा जमानतयुक्त नोट जारी गरेको छ । अर्कोतर्फ यस मुद्रामा पनि उच्च स्फीति हुने आशङ्का गरिएको छ । अफ्रिकाको दक्षिणी भागमा अवस्थित सङ्कटग्रस्त यस मुलुकले सन् २००९ देखि अमेरिकी हरियो मुद्राका साथमा अनेकौँ विद्रशी मुद्रा उपयोगमा ल्याइरहेको छ । यसअघि ५०० अर्ब प्रतिशतसम्म स्फीति भएको अवस्थामा त्यहाँ जिम्बाबे डलर उपयोगमा आउन नसकेको बताइएको छ । सानातिना खरिदका लागि त्यहाँ एक वर्ष अगाडि सिक्का जारी गरिएको थियो र हाल दुई तथा पाँच डलरका जमानतयुक्त नोट जारी गरिएको छ । हालैको महिनामा यस मुलुकले अमेरिकी डलरको निकै अभाव भोग्नुपरेको थियो र राष्ट्रपति रोबर्ट मुगोबेको सरकार अमेरिकी डलरको प्रतिनिधिको रूपमा स्थानीय मुद्रा छाप्न बाध्य भएको थियो । साप्ताहिक समाचारपत्र द स्ट्यान्डर्डले आफ्नो सम्पादकीयमा सन् २००९ मा उच्च मुद्रास्फीतिका कारण जिम्बाबे डलर प्रयोग बाहिर गएको अवस्था सम्झेका यस मुलुकका नागरिक सामान्यतया सरकारको जमानतयुक्त नोट जारी गर्ने कुराको विरोधमा रहने गरेको उल्लेख गरेको छ । यहाँको केन्द्रीय बैङ्कले खुद्रा व्यापारी तथा अन्य व्यापारीले सरकारको जमानतयुक्त नोट स्वीकार गर्ने जानकारी दिएको भनी आफ्नो विज्ञापनमा उल्लेख गरेको छ । नयाँ जमानतयुक्त नोट आउने अवस्थामा त्यहाँ गत साता इन्धनको सङ्कट आउने हल्ला चलेको थियो र केही इन्धन केन्द्रमा ग्राहकको लाइन देखिए । यसपछि सरकारले इन्धनको पर्याप्त भण्डार रहेको भनी चालकको त्रास कम गर्न प्रयास गरेको थियो । सन् २००९ मा विदेशी मुद्रामा भर पर्न थालेपछि यस मुलुकको अर्थतन्त्रले स्थायित्व प्राप्त गरे पनि विदेशी लगानी निरुत्साहित गर्ने सरकारको नीतिका कारण अर्थतन्त्र पुन लडखडाएको छ । आर्थिक अवस्था खस्कन थालेपछि बैङ्कमा नगदको कमी देखिन थाल्यो र बैङ्कका ग्राहकले आफ्नो रकम फिर्ता पाउन रातभर बैङ्कमा कुनुपर्ने अवस्था आयो । जिम्बाबेमा पटकपटकको आर्थिक कठिनाइका कारण व्यवसायले क्षति भोगिरहेको अवस्थामा सरकारले सैनिक तथा कर्मचारीलाई समयमै पारिश्रमिक दिन नसक्दा उनीहरूले अझै कष्ट भोगेका छन् । सरकारको जमानत प्राप्त नोट जारी हुँदा जनतामा क्रोध बढेको छ र सडकमा विरोध देखिएको छ । नयाँ नोट जारी गर्ने कुराविरुद्द सडक प्रदर्शन गर्ने योजना बनाएका धेरै कार्यकर्ता कुटिएका छन् र उनीहरूलाई पक्राउ गरिएको छ । सरकारले नयाँ नोटलाई काइरोस्थित अफ्रेजिमबैङ्क ९अफ्रिका आयात निर्यात बैङ्क० को २० करोड अमेरिकी डलर बराबर समर्थन प्राप्त भएको दाबी गरेको छ । राससरएएफपी ––––––
सेयर बजारमा दोस्रो पटक पनि सर्किट ब्रेकर, १४०७ मा आइपुग्यो नेप्से
काठमाडौं, १३ मंसिर । कारोबार सुरु भएको पौने दुई घण्टा भित्र सोमबार सेयर बजार दुई पटक सर्किट ब्रेकर लाग्यो । सेयर बजार अस्वभाविक रुपमा घटेपछि आइतबार एक पटक मात्र सर्किट ब्रेकर लागेकोमा सोमबार दुई पटक लागिसकेको छ । दुईपटक सर्किट ब्रेकर लागेर खुलेको बजार ६१.६१ अंकले घटेर १४०७ अंकमा आइपुगेको छ । यसअघि बजार खुलेको ४० मिनेट पनि नपुग्दै नेप्से तीन प्रतिशतले घटेपछि १५ मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यस्तै पुन खुलेको बजार १२ बजेर २७ मिनेट जादा पुन सर्किट ब्रेकर लागेको थियो । आइतबार पनि बजार खुलेको ४६ मिनेटमै बजार तीन प्रतिशतले घटेपछि सर्किट ब्रेकर लगाएर १५ मिनेट बजार स्थगित गरिएको थियो । बजार घट्दै जादा लगानीकर्ताहरु आत्तिएपछि सेयर आपुर्ति अत्यधिक बढ्न थालेको छ जसले गर्दा बजारले आपुर्तिलाई थेग्न सकिरहेको छैन ।
ग्लोबल आइएमईले प्यासिफिकलाई खरिद गर्ने, मंसिर २९ गते विशेष साधारणसभा
काठमाडौं, १३ मंसिर । ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई खरिद गर्ने निर्णय गरेको छ । उक्त निर्णय मंसिर १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको हो । सो प्रयोजनको लागि बैंकले विशेष साधारणसभा मंसिर २९ गतेलाई बोलाएको छ । उक्त सभाले अनुमोदन गरेपछि मात्र दुई संस्थाबीच एकिकृत कारोबार शुरु हुनेछ । हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ६ अर्ब १६ करोड ४२ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ४२६ रुपैयाँ किनबेच भएको छ । त्यस्तै, प्यासिफिक डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १० करोड ८९ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय सो बैंकको प्रतिकित्ता सेयर ४६८ रुपैयाँ किनबेच भएको छ ।