त्रिशूली थ्री ‘ए प्रसारण लाइन जडान क्षेत्रमा २४ परिवारले किने घडेरी
काठमाडौं । विनाशकारी भूकम्पका कारण आवासमा क्षति पुग्नाका साथै बस्तीसमेत बगाएपछि विस्थापित रसुवा डाँडागाउँका २४ परिवारका लागि घर बनाउन खरीद गरिएको जग्गामा विद्युतीय प्रसारण लाइन परेपछि पुनःनिर्माण अन्योल भएको छ । रसुवाको साविक डाँडागाउँ गाविस वडा नं ८ र ९ बाट विस्थापित भएकामध्ये २४ परिवारलाई घर बनाउन नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा खरीद गरिएको जग्गा प्रसारण लाइनको क्षेत्रमा परेको हो । माथिल्लो त्रिशूली थ्री ‘ए’ बाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जडानका लागि लैजाने १३२ केभी डबल सर्किट प्रसारण लाइनको तारमुनि उक्त जग्गा परेपछि पीडित बासिन्दा घर बनाउनबाट वञ्चित भएका हुन् । गत मङ्सिर २७ मा स्थानीय मैयाँकुमारी भट्टसँग खरीद गरिएको चार रोपनी १० आना जग्गा प्रसारण लाइनको दायाँबायाँको नौ÷नौ मिटरको प्रभावित क्षेत्रमा परेकाले घर बनाउन नपाएको विस्थापित भीमबहादुर तामाङको गुनासो थियो । उनका अनुसार उक्त जग्गा स्थानीय प्रभावित बासिन्दाले छनोट गरेकाले प्राधिककरणका प्रमुख नापी अधिकृत कमल घिमिरे र नापी अधिकृत कृष्ण थापाले अनुगमन गरी ‘उपयुुक्त’ रहेको भन्दै खरीदका लागि स्वीकृत दिएको थियो । “आवास निर्माणका लागि विस्थापित बासिन्दाले जग हाल्न थालेपछि थ्री ‘ए’ले सो स्थानमा प्रसारण लाइन पर्ने भएकाले काम रोक्न निर्देशन दिएकाले घर बनाउन नपाएका हौँ ।” तामाङले भने, “अब के गर्ने भनेर प्रशासन कार्यालय ९रसुवा०मा निवेदन दिएका छौँ ।” विसं २०७२ वैशाख १२ को भूकम्पले घरमा क्षति पु¥याएको र उनीहरूको नाममा रहेको जग्गा पहिरोले बगाएपछि सो स्थानमा जग्गा खरीद गरेका २४ सहित ३०० भन्दा बढी विस्थापित परिवार हाल रसुवाको खाल्टे बगरमा अस्थायी टहरामा बसोबास गर्दै आएका छन् । विस्थापित परिवारका लागि खरीद गरिएकोे जग्गा प्रसारण लाइनमा परेपछि अन्योल भएकाले समस्या समाधानका लागि छलफल भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार पुनःनिर्माणका प्राविधिकले स्थलगत अनुगमनका क्रममा प्रभावकारी भूमिका निर्वाह नगरेको र जग्गादाताले समेत झुक्याएकाले उत्पन्न समस्या समाधानका लागि प्रयास भइरहेको छ । प्रसारण लाइनमा पर्ने जग्गाका लागि थ्री ‘ए’ले गत वर्ष भदौमा राजपत्रमा सूचना जारी गरिसकेको जनाएको छ । जग्गा बिक्री गर्ने भट्टले प्रसारण लाइनका लागि जारी भएको सूचना आफूलाई थाहा नभएको बताए । उक्त स्थानमा प्रसारण लाइन निर्माणका लागि खम्बा ठड्याउने काम शुरु हुन बाँकी छ । प्रसारण लाइनमा पर्ने जग्गाको प्राधिकरणले केही रकम क्षतिपूर्ति दिने भए पनि मालपोतमा लगत कट्टा तथा कैफियत नहुने हुँदा सहजै जग्गापास भएको थियोे । गत मङ्सिर २७ गते नुवाकोट जिल्ला मालपोत कार्यालयबाट जग्गाको स्वामित्व हस्तान्तरण गरी लालपुर्जा वितरण र जग्गाधनीलाई चेक प्रदान गर्न आयोजित कार्यक्रम रसुवाको सदरमुकाम धुञ्चेमा राखिएकाले लालपुर्जा लिन पनि पीडित धुञ्चे नै जान बाध्य भएका थिए । रसुवाका जिल्ला आयोजना कार्यान्वय एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायका अनुसार प्रभावितले छनोट गरेको जग्गामा प्रतिपरिवार रु दुई लाखका दरले रु ४८ लाख उपलब्ध गराइएको थियो । “केन्द्रबाट आएको टोलीले सो जग्गा अनुगमन गरी स्वीकृत दिएको हो”, उहाँले भन्नुभयो, “जिल्लाको सदरमुकाममा लालपुर्जा हस्तान्तरण कार्यक्रम आयोजना गरिएकाले जग्गाको प्रकृतिको सम्बन्धमा जिल्ला कार्यालयको भूमिका नै भएन ।” उक्त स्थान नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । सो जग्गा खरीदका लागि समन्वय, स्वामित्व हस्तान्तरण एवं विस्थापितका लागि जग्गा खरीद गरिएको जिल्लामा पहिलो भएकाले सदरमुकाम धुञ्चेमा सामाजिक संस्था भूमि अधिकार मञ्चको सहयोगमा ‘विशेष कार्यक्रम’ राखिएको थियो । उक्त जग्गा खरीदका सम्बन्धमा उत्तरगया गाउँपालिका९ जहाँबाट उनीहरू विस्थापित भए० का अध्यक्ष उपेन्द्र लम्साल र नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामा ९जहाँको जग्गा गरिद गएिको थियो० ले आफूहरुलाई यसबारे आफूहरूलाई जानकारी नभएको बताए। स्थलगत अनुगमनमा आएका पुनःनिर्माण प्राधिकरणका प्राविधिकले प्रभावकारी समन्वय नगर्दा विस्थापितका लागि पुनःस्थापना र पुनःनिर्माणमा थप समस्या भएको सरोकारवालाहरूले बताए । रासस
सिर्जना फाइनान्सले १५ प्रतिशत बोनस र ९.५० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले सेयरधनीलाई सञ्चित नाफाबाट सेयर पुँजीको १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, संस्थाले ९.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै सम्पन्न संस्थाको १९३औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हालै संस्थाको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पश्चात फाइनान्सको चुक्ता पुँजी ४६ करोड रुपैयाँ नाघ्ने छ ।
१९ किलोमिटर पाइपलाइन बिछ्याइयो, १ महिनाभित्रै सक्ने तयारी
काठमाडौं । रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिच्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७ दशमलव ३५ किलोमिटर दूरीमा पाइपलाइन बिच्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिच्याउने काम सम्पन्न भएको हो । रक्सौलदेखि अमलेखगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन विस्तारको काम दु्रतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुभक्त खनालले जानकारी दिए । नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्षण क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको खनालले बताए । रुख कटान गर्ने जिम्मेवारी टिम्बर कर्पोरेशनलाई दिइएको छ भने काटिएका रुखको क्षतिपूर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ । सो आरक्षण क्षेत्रबाट करीब पाँच हजार ८८८ रुख काट्ने सहमति भएको बताइएको छ । रुख कटान हुनासाथ एक महीनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने खनालको भनाइ छ । पाइपलाइन विस्तारका लागि आरक्षण क्षेत्रको १० किलोमिटर जङ्गल छ । २०१८ अप्रिलबाट पाइपलाइन बिच्याउने काम शुरु भएको र अवरोध हटेकाले एक महीनामा पूरा हुने खनालको दाबी छ । पाइपलाइन बिछ्याउनका लागि नेपाल र भारतको २७५ करोड भारतीय रुपमा सो पाइपलाइन निर्माण भइरहेको छ । भारतको २०० र नेपालको ७५ करोडको लगानीमा २०१४ को मूल्यको इस्टिमेटअनुसार काम भइरहेको हो । उता विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन विस्तारअन्तर्गत तीन किलोमिटर बनाउन बाँकी रहेको छ । रासस
निक्षेपकर्ताले ११ प्रतिशत ब्याज खाने दिन सकिए, अब सेयर बजार बढ्छ- अर्थमन्त्री खतिवडा
काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले निक्षेपकर्ताले ११ प्रतिशत ब्याज खाने दिन सकिनै लागेकाे बताएका छन् । पछिल्लाे समय देखिएकाे तरलताकाे समस्या माैसमी भएकाे र यस्ताे अभाव अब छिट्टै हट्ने उनले बताए । नेप्सेले मंगलबारदेखि शुरू अनलाइन सेयर काराेबार सम्बन्धि सफ्टवेयरकाे शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले अार्थिक वृद्धि ६/८ प्रतिशत हुँदा पनि सेयर बजार नबढेकाेमा असन्तुष्टि जनाए । ‘अर्थतन्त्र राम्राे छ । गत वर्ष ६ प्रतिशतकाे अार्थिक वृद्धि थियाे । यस वर्ष ८ प्रतिशतले वृद्धि हुँदैछ, सेयर बजार किन माथि गएन, म लगानीकर्ताहरूलार्इ साेध्न चाहान्छु’ उनले भने । उनी अर्थमन्त्री भएपछि सेयर बजार निरन्तर अाेरालाे लागेकाे थियाे । सेयर बजारलार्इ अनुत्पादक क्षेत्र भनि टिप्पणी गरेपछि पुँजीबजारमा चरम अालाेचित भएका अर्थमन्त्री खतिवडाले पहिलाे पटक सार्वजनिक मञ्चमा उभिएर सेयर बजार वृद्धिकाे पक्षमा वकालत गरेका हुन् । पुँजी बजार अाफ्नै नियममा चल्ने र यसलार्इ तलमाथि गर्न कसैले पनि हस्तक्षेप गर्न नहुने उनकाे पुराना तर्क थिए । उनले पुँजीगत कर लाभ बारे विवाद टुङ्गिएकाे बताए । अर्थमन्त्री खतिवडाले म्यूचल फण्डहरूकाे भूमिकाकाे अालाेचना गरेका छन् । म्यूचल फण्डहरूले पुँजीबजारमा सेयर काराेबारीकाे भूमिका मात्र निभाएकाे उनकाे भनार्इ थियाे । ‘पुँजीबजार सेयर बजारमा सीमित छ, पुँजी बजार जस्ताे छैन । म्युचल फण्डहरू पनि सेयर ट्रेडिङमा सीमित देखिए’ उनले भने। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकलार्इ सेयर ब्राेकर लाइसेन्स दिने तयारी अन्तिम चरणमा पुगेकाे बताए । बैंकलार्इ ब्राेकर लाइसेन्स दिएपछि रियल टाइम सेटलमेन्ट हुने र अनलाइन सेयर काराेबार प्रभावकारी हुने बताए । उनले नेपाल स्टक एक्सचेञ्जमा भएकाे सेयर बिक्री गर्ने तयारी भइरहेकेाे जानकारी दिए । नेप्सेमा रहेकाे राष्ट बैंककाे सेयर बेच्न उपयुक्त लगानीकर्ता खाेजेकाे उनले बताए । धिताेपत्र बाेर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पुँजी बजारमा रियल सेक्टर ल्याउने प्रयास भइरहेकाे, छिट्टै मार्जिन ट्रेडिङ शुरू गर्ने तयारी भएकाे बताए । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागार्इँले अनलाइनबाट सेयर खरिद बिक्री गर्न सकिने प्रणालीकाे विकास पुँजी बजारकाे लागि महत्वपूर्ण भएकाे बताए । बीमा कम्पनीकाे सञ्चालक समितिले गरेकाे निर्णयहरू परिपक्व नभएकाे भन्दै बीमा कम्पनीकाे लाभांश प्रस्ताव बीमा समितिले स्वीकृत गरेपछि मात्र त्यसलार्इ अाधिकारिक मानेर लगानीकाे निर्णय गर्न लगानीकर्तालार्इ अाग्रह गरे । कार्यक्रमलार्इ सम्बाेधन गर्दै नेपाल स्टक ब्राेकर एशाेसिएशनमा अध्यक्ष भरत रानाभाटले अनलाइन काराेबारमा बैंकलार्इ सहभागी नगर्ने हाे भने अनलाइन काराेबार प्रभावकारी नबन्ने बताए । अनलाइन काराेबार भए पनि अहिलेकाे अवस्थामा सेयर बजार गाउँगाउँमा पुग्न नसक्ने उनले बताए ।
अध्ययनमा समय लाग्दा जग्गाको कित्ताकाट सम्बन्धी कार्यविधि लम्बियो
काठमाडौं । जग्गालाई व्यवस्थीत बनाउने कार्यविधि आउन समय लाग्ने भएको छ । तिहार अगावै कार्यविधि आउने बताइए पनि अध्ययन नसकिएको भन्दै कार्यविधि लम्बिएको हो । कित्ताकाट सम्बन्धी कार्यविधि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्याल अध्ययन गरिरहको मन्त्रालय श्रोतले जनाएको छ । अर्यालले कार्यविधिको विषयमा विभिन्न विज्ञ तथा जानकारहरुसँग परामर्श गरिरहेकोले निर्णयमा समय लागेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए । कार्यविधिलाई थप प्रभावकारी बनाउने मन्त्रालयले तयारी गरेको छ । जोशीका अनुसार मन्त्रालयले कार्यविधिलाई नियमावली नै बनाएर कानुनी रुप दिन लागेको हो । यसका लागि मन्त्रालयले कार्यविधिलाई मन्त्रिपरिषदमा पेस गर्नेछ । मन्त्रिपरिषदबाट पारित कार्यविधिले कानूनी रुप लिनेछ । मन्त्रालयले जग्गा कारोबारलाई व्यवस्थित बनाउन उक्त गृहकार्य सुरु गरेको हो । कित्ताकाट व्यवस्थित गर्ने कार्यविधिको मर्म खेतीयोग्य जमिन बचाउने रहेको प्रवक्ता जोशीले बताए । जग्गाको कित्ताकाट नखुल्दा जग्गा व्यवसायीहरु भने समस्यामा परेका छन् । सरकारले २०७४ साउन २६ गते खेतीयोग्य जमिन कित्ताकाट गर्न रोक लगाएको थियो । यसअघि सर्वोच्च अदालतले २०७४ भदौ ४ गते संविधानको धारा २५ सम्पत्तिको हक व्यवस्थापनमा प्रतिकूल असर पुगेको भन्दै जग्गा प्लानिङ नरोक्न सरकारलाई आदेश दिएको थियो । मन्त्रालय टुक्रिनु भन्दा पहिले कृषि मन्त्री चक्रपाणी खनालले जग्गा कारोबारमा अनियमितता भएको भन्दै उनले कित्ताकाट खोल्ने तयारी गरेका थिए । तर मन्त्रालय टुक्रिएपछि खनालले सो प्रयासले पूर्णता पाउन सकेको थिएन ।
एनआईसी एशिया रेमिटले ल्यायो थप सुविधा, २ पटक पैसा पठाउँदा १ पटक सित्तैमा
काठमाडौं । एनआईसी एशिया रेमिटले तिहार छठको अवसरमा थप सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक पैसा पठाउँदा १ पटक सित्तैमा पठाउन पाइने छ । एनआईसी एशिया बैंकले चाडपर्वको अवसरलाई ध्यानमा राख्दै ग्राहकहरुलाई नेपालभरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोबार सित्तैमा पठाउने छुट प्रदान गरेको छ । उक्त विप्रेषण रकम यस बैंकका जुनसुकै शाखाहरुबाट सजिलै रुपमा भुक्तानी पाउन सकिने छ । यस सुविधा कात्र्तिक र मंसिर महिना सम्मको लागि लागू हुने छ । यो सुविधाबाट चाडपर्वहरुको समयमा ग्राहकहरुले झन्झट रहित तरीकाबाट बैंक मार्फत सजिलै पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ । साथै यस योजना २०७५ साल कार्तिक १८ गते देखि २०७५ साल मंसिर २९ गते सम्म लागू हुने छ ।
बर्दिवास र कटारीमा कृषि र वनको पढाइ शुरु गर्ने तयारी
काठमाडौं। कृृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले यस वर्ष महोत्तरीको बर्दिवास र उदयपुरको कटारीमा कृषि र वन विषयको पढाइ शुरु गर्ने तयारी गरेको छ । विश्वविद्यालयले आङ्गिक र निजी क्याम्पसमा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिने तयारी शुरु गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले बर्दिवासमा कृषि र कटारीमा वनको स्नातक पढाइ शुरु गर्ने तयारी भइरहेको बताए। डीनको कार्यालयले भर्ना प्रक्रिया अघि बढाउँदै छ । रोल्पाको माडीचौर, बाँकेको खजुरा, स्याङ्जाको चापाकोट, दैलेखको दुल्लु र गोरखाको च्याङ्लीमा पनि आङ्गिक क्याम्पसका लागि विश्वविद्यालयको सिनेटले अनुमोदन गरेको छ । ती ठाउँबाट आवश्यक कागजपत्र र जग्गा विश्वविद्यालयको नाउँमा हस्तान्तरण गर्ने प्रक्रिया भइरहेको उनले बताए। आङ्गिक क्याम्पस सञ्चालन पूर्वपहाडमा १०० रोपनी र तराईमा आठ बिगाहा जग्गा विश्वविद्यालयको नाउँमा आउनु पर्दछ । यसअघि विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुर, कास्कीको पुरनचौर, सिन्धुलीको कोपिलाकोट, धनकुटाको पाख्रिबास र कैलालीको टीकापुरमा कृषि स्नातकको पढाइ भइरहेको छ । विश्वविद्यालयले यसै शैक्षिकसत्रमा निजी सात क्याम्पसमा कृषि स्नातक र एउटामा वन स्नातकको पढाइ गर्ने तयारी गरिरहेको छ । गत वर्ष विश्वविद्यालयमा कृषि स्नातकमा २१५ जनाको कोटाका लागि चार हजार २०० जनाको दर्खास्त परेको थियो । विद्यार्थीको चाप बढ्दै गएका कारण आङ्गिक क्याम्पस खोल्नेक्रमलाई तीव्रता दिइएको विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले बताए। रासस
३ करोड लागतमा पूर्व–पश्चिम राजमार्ग मर्मत गरिँदै
काठमाडौं । सडक डिभिजन कार्यालयले दाङले मुख्य राजमार्गका सडक मर्मत गर्न थालेको छ । जीर्ण सडक मर्मतका लागि करीब रु तीन करोड बजेट छुट्याइएको छ । सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिवखोलासम्म, राप्ती राजमार्गअन्तर्गत लमहीको अमिलियादेखि सल्यानको चोरखोलासम्म, सोही सडक खण्डको चोरखोलादेखि खौलासम्म तथा लमही–तुलसीपुर खडकअन्तर्गत मोतीपुर कलभर्ट निर्माणका लागि रकम विनियोजन गरिएको छ । “सडकमा खाल्डाखुल्डी हँुँदा यात्रुलाई सास्ती हुने गरेको छ,” गौतमले भने । सो रकमले खाल्डाखुल्डी पुर्ने, पर्खाल बनाउने तथा नाला निर्माण गरिनेछ । धानखोलादेखि शिवखोलासम्मको सडक मर्मत गर्न रु ९२ लाख बजेट छुट्याइएको छ । राजमार्गको दाङ खण्डमा पर्ने ७७ किमी सडकमा परेका खाल्डाखुल्डी, नाला निर्माण तथा पर्खाल निर्माण गर्ने जिम्मा शान्ति कन्सट्रक्सनले पाएको छ । यस्तै राप्ती राजमार्गको लमहीदेखि सल्यानको चोरडाँडासम्मको सडक मर्मतका लागि रु ५६ लाख बजेट छुट्याइएको गौतमले बताए। झण्डै १२५ किमी सडकमा पर्ने खाल्डाखुल्डी, पर्खाल र नाला मर्मत गरिनेछ । यस्तै राप्ती राजमार्गको सल्यानको चोरडाँडादेखि रुकुमको खौलासम्मको ९० किमी सडक मर्मतका लागि रु ७० लाख बजेट छुट्याइएको छ । गत वर्षको वर्षातमा भत्किएको लमही–तुलसीपुर सडक खण्डको मोतिपुरमा कलभर्ट निर्माण गरिनेछ । सो कार्यका लागि रु ६७ लाख बजेट छुट्याइएको छ । रासस