प्रत्येक प्रदेशबाट १/१ वटा विद्यालय छनोट गरी सूचना प्रविधिमैत्री बनाईने
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले प्रत्येक प्रदेशबाट १/१ वटा विद्यालय छनोट गरी सामूदायिक माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाउने भएको छ । त्यसको लागि आयोगले सूचना जारी गरी मापदण्ड पूरा भएका इच्छुक विद्यालयलाई आवेदन दिन आग्रह गरेको छ । विभागले सूचना प्रकाशित भएको १५ दिन भित्र प्रस्ताव पेश गर्न विद्यालयहरुलाई आह्वान गरेको हो । विधालय छनोटको लागि विधालय सामुदायिक वा माध्यमिक तहको हुनुपर्ने , विधालयमा सुरक्षित पक्की भवन,फर्निचर लगायत भौतिक पुर्वाधार राम्रो ब्यवस्था हुनुपर्ने र नियमित रुपमा विधुत आपुर्ती भएको हुनुपर्ने, ईन्टरनेट जडान गरिएको हुनुपर्ने वा जडान हुन मिल्ने हुनुपर्ने र सुचना प्रविधी सम्बन्धी दक्ष जनशक्तीको ब्यवस्था हुनुपर्नेछ वा गराउने प्रतिवद्दता प्राप्त हुनुपर्ने छ। विद्यालयले प्रस्ताव पेश गर्ने नमूना फाराम विभागले आफ्नो वेवसाइटमा राखेको छ ।
काँकरभिट्टा र गाइघाटमा सिद्धार्थ बैंकको शाखा विस्तार
काठमाडौं । सिद्धार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा शाखा कार्यालयहरुबाट सेवा प्रारम्भ गरेको छ । बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गर्दै नवीनतम र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने योजना बनाएको छ । हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभरका १२८ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३५ एटीएम मार्फत गुणस्तरीय बैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ । नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।
सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट आधुनिक स्तरको जीवन बीमा सेवा लिन सकिनेछ ।
७६ स्थानीय तहमा शाखा खाेल्न वाणिज्य बैंकलार्इ सरकारकाे निर्देशन
काठमाडौं । सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गर्ने भएकाे छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक विवरण अनुसार कूल ७५३ स्थानीय तह मध्ये ६७७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् । बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये ११९, प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३१ तहमा बैंकका शाखा खुलेका छन् । प्रदेश नं १ का १८ स्थानीय तहमा अझै बैंकका शाखा पुगेका छैनन् । प्रदेश नं ३ मा पनि हालसम्म आठ स्थानीय तहमा बैंकको शाखा खुल्न सकेकाे छैनन । कुल १०९ मध्ये १०७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६२ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिम प्रदेशकाे कूल ८८ मध्ये ६५ स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन् । केन्द्रीय बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १५१ रहेकामा गत असोज मसान्तसम्म १५४ पुगेका छन् । त्यसमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त संस्था सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा ६ हजार ६५१ रहेकामा गत असोज मसान्तमा सात हजार १४ पुगेको छ । बैंक तथा वित्तीय संस्था गाभ्ने /गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु भएपश्चात् गत असोज मसान्तसम्म कूल १६४ वटा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएको बताएका छन् । रासस
थामियो नेप्सेको गिरावट, कारोबार रकममा उत्साहजनक सुधार
काठमाडौं । सोमबारको सेयर बजारमा नेप्सेको गिरावट थामिएको छ । दिनभर भारी उतारचढाव भएको बजारमा परिसूचक अन्तत सामान्य अंकले बढेर बन्द भएको छ । समग्रमा सो दिनको परिसूचक ०.९० अंकले बढेर ११३१.७३ अंकमा पुगेको छ । परिसूचकमा उतारचढाव आएतापनि सेयर कारोबारमा उत्साहजनक सुधार भएको छ । सो दिन कुल १५६ कम्पनीको ६३ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । आइतबारको बजारमा कुल ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको सेयर कारोबार भएको छ । यस बैंकको एकैदिन ३१ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य सोमबार एक रुपैयाँले बढेर प्रतिकित्ता २९३ रुपैयाँ भएको छ । बैंकको एफपीओ आवेदकहरुको लगानी डिम्याट खातामा आएकोले कम्पनीको सेयर खरिदबिक्रीमा चाप बढेको जानकारहरु बताउँछन् । त्यसपछि मुक्तिनाथ विकास बैंकको २ करोड २२ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् । सोमबार निर्जीवन बीमा र जीवन बीमा दुबैको समूहको सूचक दोहोरो अंकले बढेका छन् । निर्जीवन बीमा समूह ९२, जीवन बीमा समूह १३, विकास बैंक ४.७ र अन्य समूह ०.४३ अंकले उकालो लागेका छन् । त्यस्तै, कारोबारमा आएका अन्य बाँकी समूहहरु सामान्य अंकले ओरालो लागेका छन् । बजारमा विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.६० प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ६९५ रुपैयाँ रहेको छ । सो दिन रैराङ् हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ५.५० प्रतिशतले घटेको छ ।
एभरेष्ट बैंककाे लगानीकर्ताले ५८ प्रतिशत गुमाए, सञ्चालकलार्इ भ्रमण भत्ता प्रतिदिन ६४ हजार ५ सय
काठमाडौं । दुर्इ वर्षमा सेयरधनीले ५८ प्रतिशत गुमाएकाे अवस्थामा एभरेष्ट बैंक लिमिटेडले २४ औं साधारणसभा बोलाएको छ । बैंकले पुस १० गते मंगलबारका दिन लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने गरी साधारणसभा बोलाएको हो । उक्त साधारणसभामा प्रस्तावित २० प्रतिशत नगद लाभांशकाे प्रस्ताव पेश हुनेछ । सञ्चालकहरुको बैठक भत्ता वृद्धि गरेर प्रति बैठक रु १५०००/- पुर्याउने प्रस्ताव समेत पेश हुनेछ । हालसम्म सञ्चालकहरुले प्रतिबैठक रु १२ हजार भत्ता पउँदै आएका छन् । साधारणसभामा सञ्चालकलार्इ विदेश भ्रमण गर्दा प्रतिदिन ५५० अमेरिकी डलर बराबरको भत्ता दिने प्रस्ताव पनि छ । यस बैंकका अध्यक्ष बिके श्रेष्ठ अधिकांश समय विदेश घुम्दै अाएका छन् । उनी बैंककाे काम भन्दै एकै पटक २ महिना यूराेप, अमेरिका बिताउने बैंकर हुन् । बैंककाे प्रस्ताव भएपछि उनले विदेश भ्रमण गर्दा दैनिक ६४ हजार ५ सय रूपैयाँ भत्ता लिने छन् । साधारणसभामा लफडाकाे संकेत अरू बैंकहरूकाे तुलनामा एभरेष्ट बैंककाे सेयर मूल्यमा उच्च गिरावट अाएकाे छ । कम्पनीकाे वित्तिय अवस्था पनि खस्कदाे छ । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफाको आकार खस्किएको छ । बैंकले पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा स्वतन्त्र नाफामा ४ करोड भन्दा बढीले घटेको छ । बैंककाे फितलाे कार्य सम्पादन, कमजाेर प्रतिस्पर्धात्मक क्षमता, नाफामा अाएकाे गिरावट, नगद लाभांश तथा लक्ष्मी बैंकसँगकाे मर्जर प्रक्रियामा सञ्चालक समितिकाे भूमिका अादिका विषयमा शेयरधनीहरुले अागामी साधारणसभामा अावाज उठाउने सम्भावना छ । बैंककाे वित्तिय अवस्था खस्कदै गएकाे बेलामा सञ्चालकहरुकाे भत्ता वृद्धिकाे प्रस्तावले पुसकाे चिसाे माैसम भएपनि साधारणसभामा सेयरधनीले हल तताउने सम्भावना छ । शेयर मूल्यमा अत्यधिक गिरावट एभरेष्ट बैंक लिमिटेडकाे शेयरमूल्य र लाभांश, १०० कित्ताकाे अाधारमा एभरेष्ट बैंकका लगानीकर्ताले २ वर्षको अवधिमा कुल ५८.२८ प्रतिशत मूल्य गुमाएको भेटिएको छ । सन् २०१६ नोभेम्बर १५ तारिखदेखि आइतबारसम्मको मूल्यका आधारमा उक्त गिरावट देखिएको हो । २०१६ नोभेम्बर १५ तारिखका दिन एभरेष्ट बैंक लिमिटेडको प्रतिकित्ता शेयरको अन्तिम मूल्य ३७९५ रुपैंया थियो । सोही दिन उक्त कम्पनीको कारोबार ३९०० रुपैंयासम्म भएको थियो । त्यसको अघिल्लो दिन उक्त शेयर प्रतिकित्ता ३९२० रुपैंयासम्म कारोबार भएको थियो । सो शेयरको मूल्य एक महिना ५ दिनको दौरानमा उक्त कम्पनीको शेयरमूल्य घटेर ३१९० रुपैंयामा पुगेको थियो । त्यसको भोलिपल्ट बैंकको ७० प्रतिशत बोनस शेयर समायोजन भएर मूल्य १८४० मा झरेको थियो । त्यसको करिब ७ महिनापछि अर्थात् सन् २०१७ जुन २० तारिखका दिन बैंकले फेरि ३३.३३ प्रतिशत हकप्रद शेयरका लागि मूल्य समायोजन गर्दा बैंकको शेयर मूल्य १२७४ रुपैंयामा झरेको थियो । त्यही दिन शेयरमूल्य बढेर १३१८ रुपैंयामा अन्तिम कारोबार भएको थियो । त्यस्तै २०१७ डिसेम्बर २७ तारिखका दिन बैंकले फेरि ३३ प्रतिशत बोनस सेयर दिँदा मूल्य ८१६ रुपैंयामा समायोजन भएको थियो । उक्त बोनसपछि एभरेष्ट बैंकले कुनै पनि लाभांशहरु नदिए पनि बजारमा उक्त कम्पनीको शेयर ५२६ मा आइपुगेको छ । यसरी करिब २ वर्षको अवधिमा कम्पनीका शेयरधनीले करिब ५८ प्रतिशत शेयर मूल्य गुमाएका छन् ।
पूर्वाधार विकास बैंकको सीईओमा अनिल ज्ञवाली नियुक्त, ८ अर्बकाे साधारण सेयर निष्काशन गरिने
काठमाडौं । नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेकाे बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी २ वर्षको लागि नियुक्त गरेको हो । पूर्वाधार विकास बैंक नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकाे छ तर काराेबार सञ्चालन स्वीकृति पाउन बाँकी छ । ‘संचालनकाे लागि सबै तयारी पुरा भएकाे छ, सीइअाे पनि नियुक्त गरेका छाैं । अब राष्ट्र बैंकमा सञ्चालनकाे लागि अन्तिम स्वीकृति माग गर्छाै’ पूर्वाधार विकास बैंकका एक सञ्चालकले बताए । सोमबार नियुक्त भए पनि ज्ञवालीले एक महिना पछि मात्र कार्यभार सम्हाल्नेछन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतसँग बैंकिङ क्षेत्रमा तीन दशक काम गरेकाे अनुभव छ । हाईप्रोफाइल बैंकरको रुपमा नेपाली वित्तीय क्षेत्रमा पहिचान बनाएका ज्ञवालीले नबिल बैंकबाट बैंकिङ करियस सुरु गरेका थिए । उनी एक पटक नबिल बैंककै प्रमुख कार्यकारी अधिकृत र दुर्इ पटक ग्लाेवल अार्इएमर्इ बैंककाे प्रमुख कार्यकारी अधिकृत भए । बीचमा ज्ञवालीले भारतको सिटी बैंकमा काम गरेका थिए । जारी पुँजी २० अर्ब रहेकाे यस बैंककाे चुक्ता पुँजी १२ अर्ब रूपैयाँ छ । ८ अर्ब रूपैयाँ बराबर साधारण सेयर सर्बसाधारणमा निष्काशन गर्ने भएकाे छ । यस बैंकमा धेरै वाणिज्य बैंकहरू प्रमाेटर रहेका छन् । यस बैंककाे अध्यक्ष डा विमल काेइराला छन् भने सञ्चालक समितिमा अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल, नुमनाथ पाैडेल र अर्थ मन्त्रालयका प्रतिनिधि मुकुन्द पाैडेल रहेका छन् ।
सिभिल लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको निर्णय बमोजिम संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त भएका छन् । यसअघि उनी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । आरम्भ माइक्रोफाइनान्सभन्दा अघि आचार्यले राष्ट्रिय स्तरको संस्था डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थामा महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमबीए गरेका छन् ।