७६ स्थानीय तहमा शाखा खाेल्न वाणिज्य बैंकलार्इ सरकारकाे निर्देशन

<p>काठमाडौं । सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गर्ने भएकाे छ ।   नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक विवरण अनुसार कूल ७५३ स्थानीय तह मध्ये ६७७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् । बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये ११९, प्रदेश नं २ का [&hellip;]</p>

काठमाडौं । सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गर्ने भएकाे छ ।   नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक विवरण अनुसार कूल ७५३ स्थानीय तह मध्ये ६७७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् ।

बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये ११९, प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३१ तहमा बैंकका शाखा खुलेका छन् । प्रदेश नं १ का १८ स्थानीय तहमा अझै बैंकका शाखा पुगेका छैनन् ।

प्रदेश नं ३ मा पनि हालसम्म आठ स्थानीय तहमा बैंकको शाखा खुल्न सकेकाे छैनन ।  कुल १०९ मध्ये १०७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६२ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिम प्रदेशकाे कूल ८८ मध्ये ६५ स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन् ।

केन्द्रीय बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १५१ रहेकामा गत असोज मसान्तसम्म १५४ पुगेका छन् । त्यसमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त संस्था सञ्चालनमा छन् ।

बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा ६ हजार ६५१ रहेकामा गत असोज मसान्तमा सात हजार १४ पुगेको छ । बैंक तथा वित्तीय संस्था गाभ्ने /गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु भएपश्चात् गत असोज मसान्तसम्म कूल १६४ वटा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएको बताएका छन् । रासस

Share News