प्रहरीकै गाडीमा टाँसियो निर्मलाको न्यायको स्टिकर
काठमाडौं। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि पोस्टर ठाउँठाउँमा टाल्ने अभियान चलिरहँदा आज पनि विभिन्न ठाउँमा पोस्टर टालिएको छ। आज युवाहरुले मुख्यत प्रदर्शनीमार्गमा ‘सरकार भेटियो न्याय भेटिएन’ नारा लेखिएका पोष्टर टाँस्ने तथा प्रदर्शन गर्ने कार्य गरेका छन्। युवाहरुको जमात जम्मा भएको प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरीको पनि उपस्थिती थियो। पोष्टरिङ तथा प्रदर्शन गरिएका युवालाई स्र्कटिङ गर्न प्रहरीले गाडिबाट ओलिएपछि प्रदर्शनकारीले प्रहरीकै भ्यानमा पोष्टर टाँसेका थिए। पोस्टर ठाउँठाउँमा टाल्ने अभियानमा हिजोमात्र युवाहरुले उपत्यकाबाट बाहिर छूटने प्रत्येक गाडीमा उक्त न्यायको स्टिकर टाँसेका थिए।
आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबीच बीमा सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक बीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैकले आफूना खातावाला ग्राहक महानुभावहरुलाई निशुल्क रुपमा १० लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्सबाट प्रदान गर्ने भएको छ । उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निशुल्क रुपमा १० लाखको दुर्घटना बीमा तथा २५ हजारको औषधोपचार बीमा हुने जानकारी दिदैं थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्ससंग बीमा सेवाको लागि संझौता गरिएको बताएका छन् । त्यसै गरी आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको जानकारी दिएका छन् ।
सन नेपाल लाइफ इन्स्योरेन्सको २३ औं उपशाखा गुलरियामा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २३ औ उपशाखा कार्यालयको रुपमा गुलरिया उपशाखा कार्यालयको उद्घाटन गरेको छ । कम्पनीका प्रमुखकार्यकारी अधिकृत राजकुमार अर्याल र महा प्रबन्धक कमलराज गौतमले सयुक्त रुपमा उपशाखा कार्यालयको उद्घाटन गरेका छन् । सोही कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्याल र महा प्रबन्धक गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका छन् । स्थानीय जनसमुदाय तथा अभिकर्ताहरुको बाक्लो उपस्थितीका माझ बीमाको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कम्पनीले कर्णाली प्रदेशमा बीमा जागरण अभियान समेत सम्पन्न गरेको जानकारी दिएको छ ।
नबिल बैंक र केडीईसीएचबीच सम्झौता, नागरिकहरुलाई अधिक सेवा प्रदान गर्ने लक्ष्य
काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धानमा विशेष छुट पाउँने भएको छ । छुटसँगै सुविधा पाउने गरि नबिल बैंक र केडीईसीएच बिच सम्झौता भएकोे छ । उक्त सम्झौता बमोजिम बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई एकस रे बाहेक सामान्य अस्पताल शुल्कमा २० प्रतिशत छुट गर्ने भएको छ । दन्त चिकित्सा, दन्त प्रत्यारोपण, ओर्थोडोटिक्स तथा क्राउन ब्रिजमा १० प्रतिशत छुट रहेको छ ।नबिल बैंक प्रमुख खुद्रा बैंकिङ्ग निरज शर्माले र कान्तिपूर डेन्टल कलेज तथा शिक्षणा अस्पताल र अनुसन्धान केन्द्रका अध्यक्ष बुद्धिमान श्रेष्ठले सम्झौता गरेका हुन् । कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्र एक सुविधा सम्पन्न डेन्टल अस्पताल हो जसमा १५० दन्त कुर्सी तथा ९ वटा विभागहरु रहेका छन् । धापासी स्थीत सो डेन्टल अस्पतालको कपन, पोखरा, बुटवल, भलवाडी तथा नारायणघाटमा सेवा केन्द्रहरु छन् । बहु–विशेषता भएको सो अस्पताल बिरामीहरुको निरन्तर सेवामा उन्मुख रहंदै आधुनिक उपचार प्रकृया अपनांउदै आएको छ । नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, १२१ वटा एटिएमहरुको विशाल संरचना र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।
अधिकृत सहित ७ तहमा मंसिर २६ गते विज्ञापन खुल्दै, आयोगलाई माग संख्या पठाउँदै मन्त्रालय
काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको पदपूर्तिको लागि लोक सेवा आयोगलाई माग संख्या पठाउने भएको छ । विभिन्न ७ श्रेणीको लागि मन्त्रालयले माग संख्या पठाउने तयारी गरेको हो । मन्त्रालयले माग संख्या पठाउन अन्तिम तयारी गरिरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । ‘हामीले २ महिनाअघि नै सह-सचिव र उपसचिवको माग संख्या पठाउनु पर्ने थियो तर सरकारकै निर्णयबाट २ महिनापछि सारिएको हो, प्रवक्ता अधिकारीले विकासन्युजसँग भने मलाई जानकारी भएसम्म केहि दिनमै माग संख्या जान्छ ।’ लोकसेवा आयोगले आफ्नो कार्यतालिका सच्याएर मंसिर अन्तिम बुधबार (२६ गते)बाट विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगले विभिन्न ७ श्रेणीको पदमा विज्ञापन खोल्ने तयारी गरेको छ । तर लोकसेवा आयोगले पठाएको पत्र अनुसार अहिलेसम्म १ जनाको पनि माग संख्या नआएको आयोगका सह प्रवक्ता देवीप्रसाद सुविदीले बताए । उनका अनुसार ४ निकायलाई मंसिर १५ भित्र मागसंख्या पठाउन मन्त्रालयलाई पत्राचार गरेको थियो । आयोगले प्रविधिक र अप्राविधिक दुबै तहको माग संख्या पठाउन सामान्य प्रशासन मन्त्रालय, न्यायपरिषद सचिवालय, स्वास्थ्य मन्त्रालय र व्यवस्थापिका संसदलाई पत्र काटेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए । ‘हामीले काटेको पत्र अनुसार मागसंख्या आएको छैन, तर विज्ञापन मितीभन्दा अघि मागसंख्या आए हामी तोकिएकै तालिकामा विज्ञापन गर्न सक्षम हुनेछौं ।’ यस्तो छ आयोगको मंसिरको तालिका
२८ बाणिज्य बैंकलाई ३२ अर्ब कर्जा लगानीको बाटो खुल्यो
काठमाडौं । बाणिज्य बैंकहरुले ४० अर्ब अतिरिक्त निक्षेप प्राप्त गरेका छन् । अर्थमन्त्रालयले स्थानीय तहलाई दिएको वित्तिय समानीकरण अनुदान सम्बन्धी कार्यबिधी संसोधन गरेर बाणिज्य बैंकहरुलाई निक्षेपमा ४० अर्बको राहत दिएको हो । स्थानीय तहले बाणिज्य बैंकहरुमा राखेको पैसाको ५० प्रतिशत रकम बैंकहरुले निक्षेपका रुपमा उपयोग गर्न पाउनेछन् । यो सुबिधा उपलब्ध भएपछि ८० प्रतिशत सीसीडी अनुपातका आधारमा बैंकहरुले थप ३२ अर्ब लगानी गर्न सक्नेछन् । हाल ७५३ वटा स्थानीय तहको बैंक खातामा ८० अर्ब रुपैंयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागेलाले अर्थमन्त्रालयले कार्यबिधी संसोधन गरेसँगै ५० प्रतिशत रकम निक्षेपका रुपमा उपयोग गर्ने सुबिधा बैंकहरुले स्वतः प्राप्त गरेको बताए ।
मुहार फेर्दै कमलपोखरी, तयार भयो यस्तो डिजाईन
काठमाडौं । कमल पोखरीले एक बर्षभित्रै मुहार फेर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आगामी एक बर्षभित्रै निर्माण सम्पन्न हुनेगरि कमल पोखरीको नयाँ डिजाइन तयार पारेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको नयाँ डिजाइन सार्वजनिक गरेका हुन् । कमल पोखरीको अस्थित्व जोगाउँदै निर्माण गर्ने मेयर शाक्यको भनाई थियो । उनले योजना पास भएर काम थालेको एक वर्ष भित्रमा पोखरी निर्माणको सम्पूर्ण काम सम्पन्न हुने भन्दै सबैलाई विकासमा हातेमालो गरेर अघि बढ्न आग्रह गरे । उनले सहमतिका साथ काम अघि बढ्ने हो भने ०७६ सालको छठसम्ममा कमल पोखरी निर्माणको काम सम्पन्न हुने दाबी गरे । छठको बेलामा व्रतालुहरुलाई बस्न र छठ मनाउनका लागि समेत सहज हुने गरी पोखरी निर्माणको ढाँचा तयार पारिएको उनको भनाई छ । मेयर शाक्यले पार्क, पोखरी सबै धर्म र आस्था भएकाहरुको साझा हुने भन्दै सो पोखरीको अस्तित्व जोगाउने गरी निर्माण गर्ने पनि जानकारी दिए । ‘हामी कमल पोखरीलाई छठ पोखरी वा रानीपोखरीको दाई–भाई पोखरी बनाउन खोजिरहेका छैनौँ,’ मेयर शाक्यले भने, ‘हामी कमल पोखरीलाई कमल पोखरी नै बनाउन चाहन्छौँ ।’ उनले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने पनि जानकारी दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले आफू निर्वाचित भएको क्षेत्रमा महानगरपालिकाले राम्रो योजना ल्याएको भन्दै योजना सफल बनाउन आफू लागि पर्ने बताए । ‘नगर प्रमुखलाई सबै भन्दा पहिला धन्यवाद,’ थापाले कमल पोखरी निर्माणको ढाँचा हेरेपछि खुशी हुँदै भन्नुभयो, ‘निकै मेहनतका साथ काम गर्नुभएको रहेछ । मलाई एकदम मन पर्यो । हामी महानगरपालिकासँग मिलेर कामगर्न तयार छौँ । अर्को छठसम्ममा काम सम्पन्न गर्नेगरी योजनालाई अघि बढाऔँ ।’ सांसद थापाले कमल पोखरीको किनारामा रहेको प्रहरी कार्यालय स्थानान्तरण गर्न पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । मस्त्य विकास केन्द्रबाट पोखरीको स्वामित्व निक्र्यौल गर्नेलगायतका कुरामा पनि पहल गर्नुपर्ने उनको भनाई थियो । ‘योजना राम्रो बनेको छ । कमल पोखरी विकास समाजसँग पनि छालफल गरौँ, त्यहाँका क्लवका साथीहरुसँग पनि सहकार्य गरेर अघि बढौँ,’ थापाले भने, ‘यो पोखरी कला र संस्कृतिलाई जोड्ने खालको होस ।’ प्रदेश सभा सदस्य नरोत्तम वैद्यले भने पोखरीको डिलमा राजनीतिक दलका लागि भाषण गर्ने ठाउँ थप्नुपर्ने धारणा राखेका थिए ।
मल्टिमिडिया अवार्ड जितेर श्रृंखला खतिवडा मिस वर्ल्डको फाइनलमा
काठमाडौं। मिस वर्ल्डको यात्रामा रहिरहेकी मिस नेपाल श्रृंखला खतिवडा टप ३० मा पर्न सफल भएकी छिन्। मिस मल्टिमिडिया अवार्ड जितेर उनी उत्कृष्ट ३० मा परेकी हुन्। यस् अघि उनी हेड टु हेड च्यालेन्जको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भएकी थिईन्। पराजित भएसङै खतिवडा अन्तिम ३० मा पुग्न असफल बनेको भनेर धेरै नेपालीहरु निरास बनेका थिए। तर श्रृंखलाले सबैलाई आँफु उत्कृष्ट ३० मा पर्ने सम्भावना रहेको अाफ्नो सोसल मिडिया मार्फत जानकारी गराएकी थिईन्।