राष्ट्रिय बीमा र नेपाल पुनर्बीमा कम्पनीबीच ५०प्रतिशत पुनर्बीमा सम्झौता
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीबीच भएको ५० प्रतिशत पुनर्बीमा सम्झौता भएको छ । कम्पनीको केन्द्रीय कार्यालय रामशाहपथ काठमाडौंमा राष्ट्रिय बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझी र नेपाल पुनर्बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले यस सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा बीमा शुल्क तथा बीमा दाबीमा दुबै कम्पनीको समान सहभागिता रहेको छ । उक्त सम्झौता पश्चात कम्पनीले जारी गरेको कर्मचारी संचयकोषका ६ लाख संचयकर्ताहरुको वार्षिक १ लाख रुपैयासम्मको औषधोपचार र १० लाख रुपैयासम्मको घातक रोगको उपचारको लागि पुनर्बीमा ब्यवस्था भएको छ ।
घरेलु काममा रमाउँदै महिला श्रमिक, कस्तो काम गर्छन् ?
ललितपुर । वैदेशिक रोजगारीमा गएका श्रीमान फर्किएर पनि नआउने र उताबाट पैसा पनि नपठाउँदा अञ्जना पाठकले घरेलु श्रमिकका रुपमा काम गर्न थालेकी थिइन् । त्यतिबेला काम गर्दा अरुको भान्सामा काम गर्ने, भाँडा माझ्ने र लुगा धुने भन्दै धेरैले त्यो कामलाई अपहेलना गर्थे । समाजले सम्मान नगरेपनि बाध्यताले गर्दा उनले काम छाड्न सक्नुभएन र निरन्तरता दिइरहिन् । सामाखुशी र आसपासका परिवारमा काम गर्दागर्दै उनी श्रमिक सङ्गठनमा संलग्न भइन् । त्यतिबेला भन्दा अहिले मजदूर एक भएकाले मजदूरका अधिकार स्थापित हुँदै गएको उनको अनुभव छ । धेरै दिदीबहिनी विदेशमा घरेलु श्रमिकका रुपमा गएर दुःख पाएर फर्किरहँदा उनी भने खुशी भएर स्वदेशमै काम गर्छिन । आफ्ना दिदीबहिनी र साथीलाई समेत घरेलु श्रमिकका रुपमा काम गर्न उनी सल्लाह दिन्छिन् । उनले भनिन्, “विदेशको कानून फरक भएकाले दुःख भए पनि यहाँ काम गर्दा त्यस्तो समस्या पर्दैन ।” घरेलु श्रमिकका रुपमा काम गर्न विदेशमा भन्दा स्वदेशमा सजिलो भएको अञ्जनाले बताइन् । दिनभर काम गरेपनि बिहान साँझ आफ्ना सन्तानसँग टाढा हुनु पर्दैन । उनी एकै दिनमा दुई तीन वटा घरसम्म काम गर्छिन् । कुनै घरमा भान्साको काम मात्रै त कतै बालबालिका र कतै ज्येष्ठ नागरिकको हेरचाह गर्छिन् । उनी भन्छिन्, “विदेशिका आमाबुबा र छोराछोरी हेर्नु भन्दा थोरै पैसामा भए पनि नेपालीका घरपरिवारमा काम गरौं भनेर विदेशबाट फर्किएकालाई सम्झाउँछु ।” विदेश जानका लागि एक दशक पहिले काठमाडौँ आएकी मनिषा घिमिरे अहिले बसुन्धाराको एउटा घरमा काम गर्छिन् । अरुको लहैलहैमा उनी साउदी अरब जाने योजना बनाउँदै थिइन् । घरेलु श्रमिकका रुपमा गएका मानिसको त्यहाँ हत्या भएको सुनेपछि डराएर स्वदेशमै केही गर्ने योजना बनाइन् । नजिकैका घरबाट बोलाएपछि उनी बिहान साँझ यो काम गर्न थालिन् । अहिले भने पूरै समय एउटा परिवारका लागि काम गर्छिन् । यही कामबाट कमाएरै मनिषाले छोरालाई पढाएकी छिन् । । विदेशमा बगाउने पसिना यहीँ बगाउँदा राम्रो कमाउन सकिने उनको अनुभव छ । उनले भनिन्, “यहाँ पनि १८ घण्टा काम गर्दा उता बराबर कमाउन नसकिएला, तर परिवार पाल्न सक्ने कमाइन्छ ।” काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा एकल परिवार बढ्दै जाँदा वा कामकाजी महिला बढ्दा घरेलु श्रमिकको सङ्ख्या बढ्दै छ । काम अनुसारको पारिश्रमिक नपाए पनि धेरै श्रमिकले यही कामबाट जीविकोपार्जन समेत गरिरहेका छन् । पहिले सम्मान नभएको कामका रुपमा लिइएको घरेलु श्रमलाई विस्तारै परिवार र समाजले स्वीकार गर्न थालेको घरेलु श्रमिक बताउँछन् । शर्मिला खत्री मैतीदेवीमा एउटी वृद्धाको स्याहार गर्छिन् । त्यस घरका श्रीमान श्रीमती नै कार्यालय गएदेखि फर्किएर आउँदासम्म वृद्धालाई खाना र औषधि खुवाउने, लुगा धुनेलगायतका काम गर्नुहुन्छ । श्रीमान्ले अर्को विवाह गरेपछि उनले यो घरमा काम शुरु गरेकी थिइन् । कतिपय महिला श्रीमानलाई आर्थिक रुपमा सहयोग गर्ने उद्देश्यले घरेलु श्रमिकका रुपमा काम गरेका छन् भने धेरैले श्रीमानले अर्को विवाह गर्दा, आर्थिक सहयोग नगर्दा वा श्रीमान नकमाउँदा काममा लागेका छन् । श्रीमान आर्थिक सहयोग नगर्दा पनि महिलाले खान बस्नदेखि सन्तानको शिक्षा यही कामबाट पूरा गरिरहेका छन् । रासस
स्ट्याण्डर्ड चार्टर्डको लाभक्रेडिट कार्ड धनीलाई भाटभटेनीले दियो पहिलो कारोबारमा २५ प्रतिशत छुट
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र सुपर मार्केट भाटभटेनी सुपर मार्केट डिपार्टमेन्ट स्टोरबीच व्यापारिक सहकार्यमा भएको छ । स्ट्याण्डर्ड चार्टर्ड लाभक्रेडिट कार्ड धनीले भाटभटेनीमा पहिलो पटकको कारोबारमा २५ प्रतिशत नगद फिर्ता पाउनेछन् । यसका अतिरिक्त, सह–ब्राण्डको कार्डबाहकहरुले भाटभटेनी सुपर मार्केटहरुमा किनमेल गर्दा पहिलो ३ महिनाको लागि तत्काल १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यो सह–ब्राण्डको कार्ड योग्य ग्राहकहरुलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा निःशुल्क उपलब्ध गराइनेछ । सहकार्यलाई स्मरणीय बनाउन स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सबै क्रेडिट कार्ड धनीहरुका लागि भाटभटेनी सुपरमार्केटमा विद्युतीय उपकरणहरुको खरीदमा ० प्रतिशत स्टा बाइ प्रदान गर्ने घोषणा गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले भाटभटेनी सुपरमार्केटसँग यसप्रकारको साझेदारीको घोषणा गर्न पाएकोमा स्ट्याण्डर्ड चार्टर्ड साझेदारीले दुई संस्थाहरुबीच समन्वय सिर्जना गर्न मद्दत पुग्ने बताएका छन् । सोही अवसरमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष एवं प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ्गले स्ट्याण्डर्ड चार्टर्ड बैंक जस्तो अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेको बैंकसँग साझेदार गरि अगाडी बढ्दा व्यापक लाभ उठाउने बताएका छन् ।
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, स्थानीय निकायसँग नेपाल प्रहरीले गर्यो समन्वय
काठमाडौँ । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । क्यामरा जडानमा स्थानीय तहलेसमेत उच्च प्राथमिकता दिँदै आएका छन् । केही महिनाअघि गृहमन्त्री रामबहादुर थापाकै उपस्थितिमा प्रहरी उच्च अधिकारीसँग भएको छलफलमा समेत उपत्यकाको स्थानीय तहका प्रमुखले सिसी क्यामरा जडानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आवश्यक खर्चको जोहो गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । क्यामरा राख्ने कामको गति भने सुस्तरुपमा अगाडि बढिरहेको छ । यद्यपि काम तीव्ररुपमा अघि बढेको प्रहरीको भनाइ छ । “उपत्यकाका तीनै जिल्लाका आवश्यक क्षेत्रलाई सिसीबाट निगरानी गर्ने योजना हो, तर एकैचोटी सकिन्न, विस्तारै प्राथमिकताका आधारमा क्यामरा राख्दै जान्छौँ”, थापाले भने, “केही प्रहरीकै स्रोत परिचालन हुन्छ, अन्य स्थानीय तहको समन्वयमा जडान गरिन्छ ।” महानगरीय प्रहरी कार्यालय काठमाडौँले तीनै जिल्लाका संवेदनशील क्षेत्र पहिचान गरेर कति सिसी टिभी क्यामरा चाहिने हो, त्यसको विवरण पठाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरमा पत्राचारसमेत गरिसकेको छ । विवरण आएपछि प्राथमिकताका आधारमा क्यामरा जडान हुने कार्यालयका प्रवक्ता पूजा सिंहले जानकारी दिए । हाल काठमाडौँ उपत्यकामा ४६० को हाराहारीमा क्यामरा प्रयोग भइरहेको छ । काठमाडौँमा मात्रै ४०२ क्यामरा प्रयोगमा छ । भक्तपुरमा ३४ र ललितपुरमा २४ क्यामरा प्रयोगमा छन् । “जनघनत्व बढिरहेका बेला उपत्यकामा यति क्यामरा अत्यन्त न्यून हो, त्यही पनि दैनिक बिग्रिने र मर्मत गर्नेक्रम चलिरहेकै हुन्छ, त्यसैले थप क्यामरा आवश्यक हुन्छ हामी त्यसैको प्रक्रियामा छौँ”, प्रवक्ता सिंहले भने । थप गर्न लागिएको क्यामरा कस्तो खालको चाहिने, कति जिबीको आवश्यक पर्छ भनेर प्रहरी प्रधान कार्यालयसँग माग गरेको बताउँदै सिंहले त्यहाँबाट इञ्जिनीयरले दिएको सुझावका आधारमा क्यामरा खरीद गरिने जानकारी दिए । क्यामरा जोड्न स्थान छनोटका लागि गठन भएको समितिले अहिले आवश्यक काम गरिरहेको छ । मुख्यतः सिसी क्यामराको निगरानी महानगरीय प्रहरी कार्यालय काठमाडौँले गरिरहेको छ । विभिन्न क्षेत्रमा सञ्चार नेटवर्कसँग जोडेर नियन्त्रण कक्षबाट क्यामराको निगरानी हुँदै आएको छ । यसका लागि ७२ वटा कन्ट्रोल रुप भेइकल (सिआरभी)को समेत प्रयोग गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रहरी नायब महानिरीक्षक थापाले जानकारी दिए । सिसी क्यामराकै कारण धेरै आपराधिक गतिविधिको निगरानी तथा अपराधमा संलग्न व्यक्ति पक्राउ परेका उदाहरण छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले पत्र आइपुगेकाले क्षेत्र पहिचान गरेर पेश गर्ने तयारी गरिएको बताए । सवारी दुर्घटना गराएर फरार भएका चालक पक्रन र अदालतमा प्रमाण पेश गर्नसमेत प्रहरीका लागि सिसी क्यामराले ठूलो सहयोग गर्ने गरेको छ । तर आवश्यकमात्रामा क्यामरा नहुँदा भने घटनाको अनुसन्धानमा समस्या भइरहेको प्रहरीको भनाइ छ ।
नेपाल चेम्बर र बिजनेश स्कूलबीच साझेदारी, १ करोडको छात्रबृत्ति प्रदान गरिंदै
काठमाडौं । प्रिसीडेन्सियल बिजनेस स्कूल र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले नेपाल चेम्बर अफ कमर्ससंगको साझेदारी भएको छ । चेम्बर भवनमा सम्पन्न त्रिपक्षय समझदारीमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट चेम्बर अन्तर्गतको शिक्षा तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधर, प्रिसीडेन्सियल बिजनेस स्कूलको तर्फबाट कलेजका कार्यकारी निर्देशक लक्ष्मण केसी र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको तर्फबाट फाउन्डेसनका अध्यक्ष ई. पंकज जलानले उक्त पत्रमा हस्ताक्षर गरेका छन्र । जनशक्तिको उत्पादन नै शैक्षिक संस्थाहरुको प्रमुख दायित्व भएकोले यस तर्फ अझैं प्रभावकारी रुपमा अघि बढ्न संस्थाहरुलाई अपील गरेको छ । सो समझदारी पत्रको कार्यान्वयनले व्यापारिक प्रतिष्ठान र शैक्षिक संस्थाबिचको आपसी सहकार्यलाई बढावा दिने र यसबाट सैदान्तिक र ब्यबहारिक ज्ञानको आदान–प्रदान गर्न सजिलो हुने बिश्वास गरिएको छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंगको समझदारीमा नेपाल चेम्बर अफ कमर्सको नाममा पूर्ण तथा आंशिक गरि देशैभर ४९ जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई करिब १ करोड बराबरको छात्रवृति प्रदान गर्ने कुरा उल्लेख छ । प्रिसीडेन्सियल बिजनेस स्कूलसंगको समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्यमा देशैभर व्यवसाय प्रबर्दनलाई बढावा दिन बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने कुरा समेटिएको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा शिक्षा तथा खेलकुद समितिका सभापति दीपक काजी तुलाधरले समझदारी पत्रले नेपालमा शैक्षिक संस्था र उद्योगी–व्यवसायी बीच सहकार्यको सुरुवात भएको बताए । फाउन्डेसनका अध्यक्ष ई. पंकज जलान तथा प्रिसीडेन्सियल बिजनेस स्कूलका कार्यकारी निर्देशक लक्ष्मण केसीले नेपालमै बिदेशी बिश्वबिद्यालयको भन्दा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको कुरा समेत उल्लेख गरेका छन् ।
लमही-तुलसीपुर सडक चार लेनको बन्ने, एक अर्ब ६ करोडमा निर्माण पूरा गर्ने संझौता
लमही । दाङको लमही-तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ । उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । दुई लेन रहेको उक्त सडकलाई चार लेन बनाउन एक अर्ब ४४ करोड लागत अनुमान गरिए पनि एक अर्ब ६ करोडमा निर्माण पूरा गर्न बोलपत्र स्वीकृति भएको परियोजना महाशाखाका निर्देशक ललित खनालले बताए । उनका अनुसार अबको एक महिनामा चार लेन बनाउने काम शुरु भइ दुई वर्षभित्र निर्माण पूरा गरिसक्नुपर्नेछ । भारतीय इम्पोर्ट एक्सपोर्ट बैंकको लगानीमा सडक चार लेन बन्न लागेको निर्देशक खनालले बताए । सो सडक बनाउने काम आइसिवी प्रणालीद्वारा हुने भन्दै गुणस्तरीय हुने उनको भनाइ छ । बस्ती भएको स्थानमा चार लेन र बस्ती नभएका स्थानमा भने ११ मिटर चौडाइ भएको सडक निर्माण गरिने छ । सडक चार लेन बनाउने विषयमा यसअघि पनि सरकारले बजेट भाषण भए पनि काम शुरु हुन सकेको थिएन ।
सौराहा घुम्न जाँदै हुनुहुन्छ ? अब विद्युतीय सूचना पार्टीबाट पाइन्छ जानकारी
चितवन । पर्यटकीय नगरी सौराहामा विद्युतीय सूचना पार्टी (डिजिटल इन्फर्मेशन बोर्ड) निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड र क्षेत्रीय होटल सङ्घ चितवनको लगानीमा सूचना पार्टी निर्माण गरिएको हो । सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार बोर्डको १० लाख र सङ्घको तीन लाख गरी रु १३ लाख लागतमा अत्याधुनिक सूचना पार्टी निर्माण गरिएको हो । सौराहाको हात्ती चोकमा बोर्ड राखिएको छ । यही पुस ११ गतेबाट शुरु हुने महोत्सवको समयमा बोर्डको उद्घाटन गरिने घिमिरेले जानकारी दिए । बोर्डमा सौराहा क्षेत्रको पर्यटकीय ठाउँहरू, निकटका पर्यटकीय गन्तव्यहरू, पर्यटकीय क्षेत्रमा पर्यटकलाई लाग्ने शुल्क, पुग्ने समय, दूरी, ट्राफिक नियमलगायत महत्वपूर्ण सूचनाहरू राखिनेछ । सोही बोर्डमा दुर्लभ वन्यजन्तु संरक्षणका लागि सन्देश र पर्यटकीय गन्तव्यलाई सरसफाइ राख्नका लागि सार्वजनिक सन्देश पनि राखिने छ । बोर्डलाई सोही ठाउँमा नियन्त्रण कक्ष निर्माण गरी आवश्यकताअनुसार सन्देशहरू प्रवाह गरिने छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न बर्षेनी दई लाख हाराहारी पर्यटक आउने गर्दछन् ।
प्राइम कमर्सियल बैंकको शाखा भक्तपुरको सूर्यबिनायकमा
काठमाडौं । प्राइम कमर्सियल बैंकले सूर्यबिनायक नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ६७ पुगेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शाखा कार्यालय भक्तपुरको सूर्यबिनायकको उद्घाटन गरेका छन् । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा रहेको उक्त कार्यक्रममा शाखाहरुको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।