विकासन्युज

३४ हजार मेट्रिकटन चिनी गोदाममा थन्कियो, नेपाली चिनी किन बिक्री भएन ?

विराटनगर । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो । नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्नेमा बाहिरी मुलकबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात भएका कारण मिलमा उत्पादन भएको चिनी विक्री हुन नसकी बिग्रिने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या परेको मिलका वित्त प्रबन्धक विएम गुुप्ताले जानकारी दिए । “गोदाममा नबिकेर थन्केका चिनी समयमै विक्री नहुने हो भने यसको गुणस्तरमा कमी आउने, चिनीको रङमा परिवर्तन आउने र पग्लिने समस्याले मिल घाटामा जाने निश्चित छ”, उनले भने । प्रत्येक वर्ष मिल सञ्चालन हुनु भन्दा अघि नै उखु कृषक, उद्योगी, व्यापारीको सहमतिमा उखुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने भएपनि यसवर्ष अहिलेसम्म उखुको मूल्य सरकारले निर्धारण नगरेको उखु उत्पादक सङ्घका पूर्व अध्यक्ष शैलेन्द्रराज पाण्डेले बताए । किसानले अहिले उखुको मूल्य प्रति क्विण्टल ५४२ माग गरेका छन् । गएको वर्ष उखुको मूल्य सरकारले प्रति क्विन्टल ५३१ निर्धारण गरेको थियो । चिनी मिल पुसको पहिलो सातादेखि दोस्रो सातासम्म चलिसक्नुपर्ने भए पनि यसवर्ष मूल्यकै कारण सञ्चालन हुनसकेका छैनन् । किसानले पनि खेतमा उखु काट्न शुरु गरेका छैनन् । सुनसरी र मोरङमा अहिले दुई हजार २०० कृषकले पाँच हजार बिघा जग्गामा उखु लगाएका छन् । प्रति बिघा ३०० देखि ४०० क्विण्टल उखु उत्पादन हुने भनिए पनि गएको वर्ष प्रतिबिघा २५८ क्विण्टल मात्र उखु उत्पादन भएको पाण्डेले जानकारी दिए । इस्टर्न सुगर मिलका प्रबन्धक सुरेश मेहताले स्वदेशमा उत्पादन हुने चिनी र कृषकलाई बढावा दिन सरकाले बाहिरबाट चिनी आयातमा रोक लगाउनु पर्नेमा जोड दिए । उनले सरकाले बाहिरबाट आउने सिमेण्टमा रोक लगाएकै कारण स्वदेशमा सिमेण्ट कारखाना फस्टाएकोले चिनी कारखानालाई पनि बढावा दिन सरकारले गम्भीर हुनुपर्छ भने । सुनसरी अमाही बेलहाका उखु कृषक इस्राइल अन्सारीले दुःख र मेहनत गरेर उत्पादन गरेको उखुको उचित मूल्य नपाउँदा समस्या परेको र यसबाट कृषक पलायन हुने निश्चित रहेको बताए ।

कृषि, पर्यटन, उद्योग तथा व्यापारलाई लक्षित गरि पौष २७ गतेदेखि अर्घाखाँची महोत्सव हुँदै

काठमाडौँ । कृषि पर्यटन उद्योग र व्यापारलाई लक्षित गरि पौष २७ गतेदेखि माघ ८ गतेसम्म अर्घाखाँची महोत्सव हुने भएको छ । अर्घाखाँची जिल्लाको समग्र विकासको आधार कृषि पर्यटन उद्योग र व्यापार संवृद्ध र सुखी अर्घाखाची निर्माणको आधार भन्ने मूल नाराको साथ् चौथो अर्घाखाँची महोत्सव अर्घाखाँचीको सन्धिखर्कमा हुनेछ । अर्घाखाची उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको यस महोत्सवमा सन्धिखर्क नगरपालिका तथा लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाको व्यवस्थापनमा अर्घाखाची सन्धिखर्कमा आयोजना हुन लागेको हो । धार्मिक, सांस्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले अर्घाखाची जिल्लाको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र अर्घाखाची जिल्लालाइ राष्ट्रिय रुपमा चिनाउने औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले बताएका छन् । २ सय भन्दा बढि स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष महतले जानकारी दिएका छन् ।

१० हजार घुस सहित पक्राउ परे काठमाण्डौ जिल्ला अदालतका खरिदार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भएपनि आज सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

बंगलादेशको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टीलाई बहुमत

काठमाडौँ । बंगलादेशमा भएको आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग प्रचण्ड बहुमतका साथ विजयी भएको छ । आइतबार भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहोर्याएको  छ । अवामी लिगले ३ सय ८० संसदीय क्षेत्रमध्ये २८१ मा आफ्नो जित दर्ता गर्न सफल भयो । योसंगै प्रधानमन्त्री हसिनाले अर्को कार्यकाल सुरक्षित गर्न सफल भएकी छन् । तर, मुख्य विपक्षी दल बांग्लादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ । उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको छ । मतदानका क्रममा भएको हिंसामा परी बंगलादेशमा १७ जनाको मृत्यु भएको थियो ।

मेगा बैंक सहित चार कम्पनीको सेयर मुल्य घट्यो, आज किन्नेले बोनस नपाउने

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार कम्पनीको सेयर मुल्य घटेको छ । सोमबार मात्रै मेगा बैंक, हिमालयन बैंक, पूर्णिमा विकास बैंक र माहुली सामुदायिक वित्तीय संस्थाको मूल्य घटेको हो । सो मध्ये मेगा बैंकको सेयर सोमबार प्रतिकित्ता १७५ रुपैयाँमा झरेको छ । जसको आइतबार प्रतिकित्ता १८२ रुपैयाँमा कारोबार बन्द भएको थियो । बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरि यस बैंकको सेयर प्रतिकित्ता १८० रुपैयाँ तोकेको छ । बैंकको समायोजन मूल्यभन्दा ७ रुपैयाँ घटेर शुरुको कारोबार भएको छ । त्यस्तै, हिमालयन बैंकको पनि सोमबार सेयर मूल्य झरेर प्रतिकित्ता ४७७ रुपैयाँमा कारोबार छ । जुन अघिल्लो दिनको तुलनामा ३७ रुपैयाँले घटेको छ । आइतबार यस बैंकको सेयर प्रतिकित्ता ५१४ रुपैयाँमा कारोबार भएर बजार बन्द भएको थियो । सोमबार बैंकको सेयर मूल्य समायोजन भएको छ । ५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६७४ रुपैयाँ रहेको थियो । त्यसैगरी, पूर्णिमा विकास बैंकको पनि सोमबार मूल्य समायोजन भएको छ । ५ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको यस विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ । सोमबारको बजारमा यस संस्थाको सेयर मूल्य स्थिर रहेको छ । आइतबार प्रतिकित्ता १६७ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको पनि २० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पश्चात यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १२८३ रुपैयाँ रहेको छ । समायोजन पछि खुलेको पहिलो कारोबार यस संस्थाको सेयर मूल्य घटेको छ । आईतबार प्रतिकित्ता १२८३ रुपैयाँ कारोबार बन्द भएको यस लघुवित्तको सेयर मूल्य सोमबार प्रतिकित्ता १२३४ रुपैयाँसम्म झरेको छ । साथै, सोमबारबाट यी चारवटै कम्पनीले गत वर्षको नाफाबाट बोनस वितरणका लागि आजबाट बुक क्लोज गरेका छन् । आज सेयर किन्नले गत वर्षको नाफाबाट कम्पनीहरुले दिन लागेको बोनस सेयर पाउने छैनन् ।

राष्ट्र बैंकद्वारा ३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री खुल्ला

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँको अल्पकालीन सरकारी ऋण पत्र (ट्रेजरी बिल) बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले ९१ दिनको लागि एक अर्ब रुपैयाँ बराबर र ३६४ दिनका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोमबार जारी गरेको हो । राष्ट्र बैंकले सरकारलाई आवश्‍यक पर्ने ऋण उठाउन ट्रेजरी बिल जारी गर्छ । अल्पकालीन आन्तरिक ऋण उठाउन प्रयोग गरिने यस्तो खालको ट्रेजरी बिल २८, ९१, १८२ र ३६४ दिने गरी चार किसिमका हुन्छ । आज खुला गरिने ट्रेजरी बिलको जारी मिति मंगलबारलाई राखिएको छ । सरकारले चालू आर्थिक वर्षमा एक खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

७४१ बिगाहा क्षेत्रफलमा चितवनकाे शक्तिखोर हरियाली औद्योगिक क्षेत्र बन्दै

काठमाडौं । चितवन जिल्लाको शक्तिखोरमा निर्माणको चरणमा रहेको औद्योगिक क्षेत्रमा वृक्षरोपण गरी हरियाली बनाइने भएको छ । राष्ट्रिय वनको जमीन भएर पनि रुख बिरुवा कम भएको उक्त ठाउँमा औँद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । देशकै ठूलो औद्योगिक क्षेत्र बनाउन लागिएको उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) को काम सकिएर अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम चलिरहेको छ । शान्ति सम्झौतापछि माओवादी लडाकू राखिएको सो क्षेत्रमा वृक्षरोपण गरिने छ । उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडीले नेपालकै नमूना औद्योगिक क्षेत्र बन्ने बताउँदै सो क्षेत्र हरियाली औद्योगिक क्षेत्र हुने जनाएका छन्। उद्योगले लिने जमीनमध्ये २५ प्रतिशत क्षेत्र हरियाली हुनुपर्ने अनिवार्य गरिँदै छ । सो क्षेत्रमा रहेका कतिपय रुख रहनेछन् भने उद्योगको बीचबीचमा धेरै रुख रहेका ठाउँलाई सुरक्षित गरिँदै छ । बाटोको दुबैतर्फ वृक्षरोपण गरिने बताउँदै दुवाडीले जति रुख छन् औद्योगिक क्षेत्र बनेपछि त्यो भन्दा धेरै रुख हुने प्रतिबद्धता व्यक्त गरेका छन् । बाहिरबाट मानिसले आएर हेर्न योग्य हुनेगरी हरियाली औद्योगिक क्षेत्र बनाउन सरकारी र निजी क्षेत्र तयार रहेको र ईआइएको काम सकिएर औद्योगिक क्षेत्रको निर्माणको काम शुरु हुन अझै छ महीना लाग्ने भएको छ । औद्योगिक क्षेत्रमा बिजुली, पानी, सडक, ढलसँगै आवास, डिपार्टमेन्टल स्टोर, बैंक, होटल लगायतका सुविधा समेत हुनेछन् । शक्तिखोर औद्योगिक क्षेत्र कालिका नगरपालिका–३, ७ र ८ मा पर्दछ । यहाँको एक हजार ७४१ बिगाहा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । सरकारले एक प्रदेश, एक औद्योगिक क्षेत्र निर्माण गर्ने अवधारणा अनुरुप प्रदेश नं ३ का लागि चितवनमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । औद्योगिक क्षेत्र निर्माणको सबै काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरिरहेको छ भने चितवन उद्योग सङ्घले निर्माणको अगुवाइ गरिरहेको छ । शक्तिखोर औद्योगिक क्षेत्र पूर्व–पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरमा पर्दछ । नयाँ उद्योग सञ्चालन गर्न चाहनेलाई पनि ठाउँको अभाव रहेको हुँदा पछिल्ला वर्षमा जग्गाको मूल्य आकासिएपछि उद्योग सञ्चालन गर्न चाहेकाले औद्योगिक क्षेत्रको पर्खाइमा रहेका छन् । सो क्षेत्रमा उद्योग सञ्चालन गर्न चाहनेले फाराम भरेर उद्योग सङ्घमा बुझाएकाे छ ।  रासस

नयाँ बर्षदेखि उपत्यकामा गुड्छन् ३ सय विद्युतीय बस, सांसद भन्छन्- वाइड बडी बस चलाऊ !

काठमाडौँ । आगामी बैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा ३ सय विद्युतीय बस गुड्ने भएका छन् । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रबिधि समितिको बैठकमा सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सो कुरा जानकारी गराएका हुन् । २०७६ साल बैशाख १ बाट उपत्यकामा ३०० विद्युतीय बस चल्छन्, मन्त्री महासेठले भने–देशभरी नै विद्युतीय बस चलाउने सरकारको योजना छ, त्यसको शुरुवात काठमाण्डौ उपत्यकाबाट हुँदैछ । समिति बैठकमा मन्त्री महासेठले सडक दुर्घटना अध्ययन गर्न सहसचिव सरोज प्रधानको नेतृत्वमा समिति बनाएको र एक महिनापछि प्रतिवेदन आउने बताए । समिति सभापति कल्याणी खड्काको अध्यक्षतामा बसेको बैठकमा विद्युतीय सवारी साधनको सञ्चालन, चार्जिङ स्टेशनको व्यवस्था के कसरी मिलाउने र सवारी दुर्घटना न्यूनिकरणका लागि के गर्ने भन्ने विषयमा मन्त्री महासेठको ध्यानाकर्षण गराइएको थियो । बैठकमा सांसद केदार सञ्जेलले जहाज मात्र होइन बसपनि वाइड बडी ल्याउनु पर्ने धारणा राखेको थिए ।बैठकमा सभापति खड्काले मृत्यु मार्गहरु कहिले राजमाार्ग बन्छन् भनी प्रश्न गरिन् । माननीय मन्त्रीज्यू, ट्रिपरले किचर नागरिकले ज्यान गुमाउनु पर्ने दिनको अन्त्य कहिले हुन्छ ? हाम्रा सडकहरुले मृत्यु मार्गको उपमा पाइरहेका छन्, बिहान घरबाट निस्किएको मानिस साँझ सकुशल घर फर्कन्छ कि फर्कदैन भन्ने आशंकामा परिवारले बाँच्नु परिरहेको छ । शहरमा ट्रिपर, माइक्रो र मोटरसाइकलको आतंक छ, ग्रामीण भेगमा अप्ठेरो सडक र अधिक यात्रुको चाप छ, यसले यात्राका लागि निस्किएका आफन्त साँझ घर नफर्किएसम्म कोही ढुक्क भएर बस्न सक्ने अवस्था छैन । यस्तो दिन अहिले अन्त्य हुन्छ ? सांसदहरुले धारणा राखेका थिए । सांसद आशाकुमारी विकले भनिन्–बुटवलबाट काठमाण्डौ आउन ५ सयले पुग्छ, कलंकीबाट बानेश्वर आउन ६ सय लाग्छ किन ? यता, हालैको मन्त्री परिषद् बैठकले पनि शक्तिशाली यातायात प्राधिकरण बनाउने निर्णय गर्दै सोही प्राधिकरण मार्फत नै ३०० सय वटा इलेक्ट्रिक बस सञ्चालन गर्ने निर्णय गरेको थियो । पछिल्लो अपडेट :