परिणाम दिने योजनामा लगानी गरौंः मुख्यमन्त्री पौडेल
दोलखा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिमाण दिने योजनामा लगानी गर्नु पर्ने बताएका छन् । योजना बनाउँदा आबश्यकतालाई प्राथमिकता दिनु पर्ने उनको भनाई थियो । दोलखाको भीमेश्वर नगरपालिकाको २३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अब काम गर्ने शैली पनि परिबर्तन गर्नु पर्ने बताए । बिगतका शैलीले काम गर्न अप्ठ्यारो भएकोले पनि अब परिबर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले प्रदेश सरकार यो परम्पराबाट मुक्त हुने बताए । उनले भने–‘ परिबर्तन आफैंबाट गर्नुपर्छ, यसको सुरुवात प्रदेश सरकारले शुरु गरिसकेको छ ।’ मुख्यमन्त्री पौडेल अगाडि थपे-‘ हामी काममा बिश्वास गर्ने मान्छे हौं, कामप्रति हाम्रो लगाव छ ।’ प्रदेशका १३ वटा जिल्लाहरुलाई समान व्यवहार गर्ने बताउँदै समान विकासको अबसर प्रदान गर्ने बताए । प्रदेशले स्थानीय स्तरमा छलफल गरेर आबश्यकता अनुसार बिकाशका योजना तयार गर्ने उनले जानकारी दिए । विगतमा हचुवाका भरमा बजेट विनियोजन गरेको भन्दै अव छलफल गरेर परिणाम दिने क्षेत्रमा मात्र लगानी गर्ने स्पष्ट पारे । नेपालमा कृषिको धेरै सम्भावना रहेपनि अधिकांश खेतबारी बाँझो रहेको बताउँदै यसलाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने उनको भनाई थियो । योजना बैंकमा नराखी बजेट विनियोजन नहुने बताउँदै आफ्ना योजनाहरु योजना बैंकमा राख्न सुझाव दिए । अहिले प्रदेशमा कर्मचारी पर्याप्त नभएपनि सकेसम्म धेरै काम गरिरहेको उनको भनाई थियो । उनले भने-‘ ६० प्रतिशत कर्मचारी छैनन्, ४० प्रतिशत कर्मचारीका भरमा हामीले काम गरिहेका छौं ।’
पब्लिक स्पीकर नेपाल २ मा प्रथम भए धरानका रमेश प्रसाईँ
काठमाडौँ । अब बोल्छ नेपाल भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पीकर नेपाल २ को ग्रान्ड फिनालेका साथै पुरस्कार वितरण समारोह सफलतापूर्वक सम्पन्न भएको छ । एक्रेटिभ मिडियाको आयोजनामा सम्पन्न सो कार्यक्रमको मुख्य प्रायोजकको रुपमा प्रान लिची ड्रिन्क रहेको थियो । माघ ११ गते पब्लिक स्पीकर नेपाल २ को अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करिब ११०० युवाका माझबाट छनौटमा पर्न सफल ६ जना युवाहरुले आफ्नो सशक्त प्रस्तुति प्रदर्शन गरेका थिए । अडिसन, क्वालिफाइङ्ग, क्वार्टर फाइनल र सेमी फाइनल चरणहरु पार गर्दै मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्ववलविक्रम विष्ट, धरानका रमेश प्रसाईं, काठमाडौंका प्रनव काफ्ले र मोरङ्गकी मञ्जीता गुरुङ्गले निर्णायकहरु तथा मुख्य आयोजक समितिको निर्णयका आधारमा कार्यक्रमको अन्तिम प्रतिस्पर्धाका लागि आफ्नो स्थान सुरक्षित गरेका थिए । सेमी फाइनलबाट बाहिरिएकी काठमाडौंकी मानसी ठाकूरले भने पब्लिक भोटिङ्ग मार्फत पुनः प्रतियोगितामा प्रवेश पाएकी थिइन् । पब्लिक स्पीकर नेपाल २ का उत्कृष्ट ६ प्रतियोगीहरुले अन्तिम चरणमा दुई भिन्नभिन्न विषयमा आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए । निकै प्रतिस्पर्धात्मक रहेको सो प्रतियोगितामा अन्ततः धरानका रमेश प्रसाईंले बाजी मारे र पब्लिक स्पीकर नेपाल २ को विजेता घोषित भए । प्रतियोगीताको प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पव्लिक च्वाइस अवार्ड विधाको विजेता समेत रमेश नै बने । त्यसैगरी काठमाडौका प्रनव काफ्ले प्रथम उपविजेता र काठमाडौंकै मानसी ठाकूरले द्वीतिय उपविजेताको उपाधि आफ्नो पोल्टामा पार्न सफल भए । ग्रान्ड फिनाले पश्चात सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विजेता, प्रथम उपविजेता र द्वितीय उपविजेतालाई क्रमशः नगद पुरस्कार स्वरुप तीन लाख रुपैयाँ, दुई लाख रुपैंया र एक लाख लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रमका निर्माता तथा आयोजक एक्रेटिभ मिडियाका प्रमुख कार्यकारी अधिकृत हरि पोखरेलले महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, संविधानविद डा. भिमार्जुन आचार्य, एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा.रोशन राठीले कार्यक्रमको विभिन्न चरणमा निर्णायकको भूमिका निर्वाह गरेको जानकारी दिए । साथै, पब्लिक च्वाइस अवार्ड विधाका विजेताको निर्धारण भने जनताबाट प्राप्त मतको आधारमा गरिएको उनले बताए ।
नेपालीलाई सहज बन्दै अन्तर्राष्ट्रिय श्रमबजार, ओमान र युएईबाट कस्तो आउँला सन्देश ?
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम बजार नेपालीहरुका लागि सहज बनाउन सरकारको सक्रियता बढेको छ । पछिल्लो समय नेपालीहरुका लागि अव्यवस्थित रहेको अन्तर्राष्ट्रिय श्रम बजारलाई सहज बनाउन नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सक्रिय भएर लागेको छ । हालैमात्र मलेसियासँग श्रम संझौता भएको थियो । यही शिलशिलामा नेपालीका लागि अन्तराष्ट्रिय श्रमबजार व्यवस्थित बनाउन ओमान र युएईसँग श्रम सम्झौताको विषयमा छलफल गर्न नेपाली प्रतिनिधि प्रतिनिधि मण्डल शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । आइतबार र सोमबार हुने ओमानसँगको छलफलका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो । टोलीमा कानुन मन्त्रालयका सहसचिव फडिन्द्र गौतम, परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारी, श्रम मन्त्रालयका उपसचिव दिपक ढकाल र शाखा अधिकृत सुरेश सुवेदी रहेका छन् । नेपालले आइबारबाट हुने ओमानसँगको छलफलमा नेपाली कामदारको सुरक्षा र शून्य लागतको विषयलाई प्राथमिकता दिने भएको छ । यस्तै कम्पनीमार्फत जाने व्यवस्थामा पनि जोड दिने भएको छ । ओमानसँग श्रम सम्झौताको विषयमा पहिलो पटक छलफल हुन लागेको हो । नेपाली टोली ओमानसँग छलफल गरेर मंगलबार त्यहीँबाट युएईका लागि प्रस्थान गर्ने बुझिएको छ । युएईसँग यसअघि सन् २००७ मा श्रम समझदारी भएपनि त्यसलाई परिमार्जन गर्न लागिएको छ । दुई देशबीच श्रम सम्झौताको मस्यौदा आदान प्रदान भइसकेको छ । ओमानसँगभन्दा नेपालले युएईसँग थप सुविधा दिन प्रस्ताव गर्ने भएको छ । युएईसँग बुधबार र बिहीबार छलफल तय भएको छ । युएईसँग नेपाली कामदारले पाउने सामाजिक सुरक्षा, जानु पहिले तालिम र फर्किंदा पाउने सुविधाका कुरा पनि सम्झौतामा नै राख्न नेपालले प्रस्ताव राख्नेछ । स्वदेशमै रोजगारी सिर्जना गरी आफ्नो देशको श्रमशक्तिलाई यही रोक्नु पर्ने हो । यो तत्काल संभव छ्रन्, बैदेशिक रोजगारीमा जाने नेपालीहरुको सामाजिक सुरक्षा लगायतका अन्य सेवा सुबिधाको बारेमा श्रमसंझौता गर्न राज्य स्तरबाट भइरहेको पहल/प्रयासलाई श्रम क्षेत्रका जानकारहरुले सकारात्मकरुपमा लिएका छन् ।
जुकरबर्गको नयाँ योजना: इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्दा के हुन्छ ?
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवालाई मर्ज गर्ने तयारी गरेको छ । इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्ने तयारी गरिएको हो । तीनवटै स्वतन्त्र र भिन्दै एप्लिकेशन हुनेछन् तर एकअर्कासँग जोडिने अवस्था निर्माण गर्न लागिएको छ । यसरी मर्ज भइसकेपछि तीनवटै माध्यमबाट जुन कुनैमा म्यासेज गर्न र हेर्न सकिन्छ । इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक म्यासेन्जरलाई अन्तरसम्बन्धित गर्ने फेसबुकको योजना रहेको छ । यो लामो प्रक्रिया रहेको र अहिले सुरुवाति चरणमा रहेको फेसबुकले बताएको उल्लेख गरेको छ ।यसलाई फेसबुकका संस्थापक मार्क जुकरबर्गको योजनाका रुपमा लिइएको छ । मर्जरको प्रक्रिया पूरा भएपछि फेसबुक म्यासेन्जरमा रहेको व्यक्तिले वाट्सएपमा मात्रै रहेको व्यक्तिसँग सीधा म्यासेज गर्न वा संवाद गर्न सक्ने बताइएको छ । (बीबीसी हिन्दीबाट)
लालपुर्जा र नक्सापास विनै रामपुर नगरपालिकामा ठूलाठूला घर बन्दै, ८५६ घरधनी परे समस्यामा
रामपुर नगरपालिका बेझाड/कालीगण्डकी बेँसीकै उपत्यकाको रूपमा चिनिएको रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ । तर उनीहरुको हातमा लालपुर्जा भन्ने छैन । लालपुर्जा नै नभएपछि नक्सापास हुने कुरै भएन । लालपुर्जा पाउने आशैआशमा घर/घडेरी जोड्न पुगेका यहाँका स्थानीयवासीको हातमा अहिलेसम्म पनि लालपुर्जा उपलब्ध हुन नसक्दा निराशा छाएको छ । रामपुर नगरपालिका–५ स्थित रामतुलसी मावि र वडा नं ६ का दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले विसं २०३५/२०३६ तिर जग्गा बिक्री गरेको थियो । तर सो जग्गाको लालपुर्जा अहिलेसम्म स्थानीयवासीले प्राप्त गर्न सकेको छैनन्। रामपुर नगरपालिका वडा नं ५, ६ र ७ का ८५६ घरधुरी लालपुर्जाविहीन बनेका छन् । विद्यालयको नाममा रहेको घडेरीलाई व्यक्तिको नाममा उपलब्ध गराउनका विभिन्न दलका राजनीतिक नेतृत्वले आशा देखाएको पनि तीन दशक नाघिसक्यो । तर यहाँका स्थानीयवासीले अहिलेसम्म लालपुर्जा पाउन नसकेको गुनासो गरिरहेका छन् । रामपुर नगरपालिका–५ बेझाड बजारका शिशुराज तिवारीले रामतुलसी माविको नामबाट वितरण गरिएको जग्गामा बसोबास गरेका छन् । “पटक–पटक लालपुर्जा दिन्छाैं भन्छन् तर अहिलेसम्म पाउन सकिएको छैन”, उनले भने, “यस क्षेत्रबाट चुनाव जितेर संसद्मा नेतृत्व गरेका व्यक्ति, राजनीतिक दलसमक्ष धेरै पटक लालपुर्जाका विषयमा कुरा उठाइयो, सबैले अब हुन्छ, दिन्छाैं, लालपुर्जा पाउने विषयमा ढुक्क हुनुहोस् भन्छन् तर अहिलेसम्म पाउन सकिएको छैन ।” लालपुर्जा नहुँदा घर/घडेरी किनबेचमा समस्या परेको रामपुर नगरपालिका–६ विजयपुरका स्थानीयवासी बिजुला पाठक बताउछन्। पाठक दरैठाटी माविको नामबाट वितरण गरेको जग्गामा बसोबास गर्दै आएका छन् । “लालपुर्जा पाइन्छ भन्ने आशा पनि लाग्नै छाड्यो, नेतृत्व तहसम्म पुगेका व्यक्तिले झुठा आश्वासन बाँडेर जनतालाई निराश बनाएका छन्”, पाठकले भने । लालपुर्जा पाउने आशैआशमा यहाँका स्थानीयवासीले तीन दशक बिताइसके अझै कति समय बिताउनुपर्ने हो कुनै निश्चित नभएको रामपुर नगरपालिका–५ बेझाडका अर्जुन पौडेल बताए । २०७१ वैशाख २५ गते रामपुर गाउँ विकास समितिबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका स्थानीयवासीले आफू बसोबास गरेको घर/घडेरीको लालपुर्जा नपाउँदा किनबेचमा पनि समस्या पर्ने गरेको गुनासो गरेका छन् । सुकुम्वासी समस्या, अव्यवस्थित बसोबासका लागि राज्यले अधिकार दिए पनि विधि, विधान र ऐनहरु नबन्दा लालपुर्जा उपलब्ध गराउन ढिलाइ भएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा बताए । “अव्यवस्थित रुपमा रहेका घर÷घडेरीको सम्पूर्ण कागजात तयार पारी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पेश गरिएको छ, मन्त्री पद्मामा अर्यालबाट छ महीनाभित्र समस्याको समाधान हुने जानकारी पाइएको छ”, नगरप्रमुख थापाले भने । स्थानीयवासीबाट यस विषयमा धेरै गुनासा आएका छन् तर राज्यबाट पूर्णरूपमा अधिकार नपाउँदा काम गर्न अप्ठ्यारो परेको नगरप्रमुख थापाको भनाइ छ । हातमा लालपुर्जा नहुँदा रामपुरका ८५६ घरधनीले आफूहरु सुरक्षित नभएको बताए ।
पतञ्जलिले यूनिलिभरकाे बजार खाेस्दा लगानीकर्ताले एक कित्ता सेयरमा ७ हजार ५०० गुमाए, के हुन्छ अब ?
काठमाडौं । सूचिकृत कम्पनीमध्ये सबैभन्दा महङ्गो युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्यमा उच्च गिरावट आएको छ । युनिलिभर कम्पनीका लगानीकर्ताले एक वर्षको अवधिमा प्रतिकित्ता सात हजार पाँच सय रुपैयाँ अर्थात २५.३९ प्रतिशत गुमाइसकेका छन् । गत वर्षको माघमा प्रतिकित्ता २८ हजार रुपैयाँमा कारोबार भएको यूनिलिभरको सेयर गत साता प्रतिकित्ता २० हजार ५०० रुपैयाँमा झरेको छ । जुन अहिलेसम्म गत एक वर्षयताको न्युनतम मूल्य हो । हाल कम्पनीको चुक्ता पुँजी ९ करोड २० लाख रुपैयाँ रहेको छ । अंकित मूल्य १०० रुपैयाँ रहेको कम्पनीको हाल ९ लाख २० हजार ७०० कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । गत आवमा कम्पनीले ९९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा ३ करोड रुपैयाँ बढी हो । किन घट्यो त सेयर मूल्य ? समग्रमा सेयर बजारमा गिरावट देखिएकोले यस कम्पनीमा त्यसको प्रभाव पर्नु स्वभाविक हो । तर बजारमा आएको गिरावट भन्दा यस कम्पनीको सेयर मूल्यमा आएको गिरावट उच्च छ । कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांशदर घट्दै गएकाले यूनिलिभरको सेयर मूल्यमा उच्च गिरावट आएको देखिन्छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई प्रतिकित्ता ७०० रुपैयाँ लाभांश दिएको छ । यो विगत पाँच वर्ष यताको सबैभन्दा कम लाभांश हो । अघिल्ला वर्ष कम्पनीले प्रतिकित्ता १२७० रुपैयाँसम्म लाभांश दिएको थियो । एक वर्षअघि यस कम्पनीको सेयर किन्नेले लाभांश वापत ७०० रुपैयाँ कमाउँदा ७ हजार पाँच सय रुपैयाँ गुमाएका छन् । कम्पनीले गत कात्तिकमा साधारणसभा गरी लगानीकर्तालाई लाभांश वितरण गरिसकेको छ । बोनस सेयर र हकप्रद सेयरमा आकर्षित हुने लगानीकर्ताको लागि यो कम्पनीको सेयर आकर्षित छैन । कम्पनीले पुँजी वृद्धिको लागि बोनस सेयर वा हकप्रद सेयर जारी गर्ने सम्भावना नरहेको र कम्पनीको नगद लाभांश दरमा पनि गिरावट आएकोले यस सेयरप्रति लगानीकर्ताको चासो कम हुँदै गएको साधारण लगानीकर्ता बताउँछन् । यूनिलिभरको उत्पादनसँग प्रतिस्पर्धी भएर रामदेव बाबाको कम्पनी पतञ्जलीको उत्पादनले बजार लिएपछि यस कम्पनीको सेयर मूल्य घटेको लगानीकर्ताको बुझाई छ । बजारमा प्रतिस्पर्धा बढेपछि कम्पनीकाे नाफा र वितरित लाभांश घटेकाे र सेयर मूल्यमा उच्च गिरावट देखिएकाे जानकारहरू बनाउँछन् ।
घरघरमा इन्डक्सन चुल्हो, सडकमा इलेक्ट्रिक सवारी
काठमाडौं । नेपालको विद्युत उत्पादन क्षमता बढ्दै जादाँ सरकारले इलेक्ट्रिक सामाग्रीमा ध्यान बढाएको छ । हाल भारतसँग ५ सय मेगावट बिजुली खरिद गरिरको अवस्थामा इलेक्ट्रिक सवारी र इन्डक्सन चुल्होमा लगानी बढाउन चाहेको हो । इन्डक्सन चुल्होको विस्तार गर्न शुक्रबारबाट बजारमुखि प्रवद्र्धन राष्ट्रिय अभियान सुरु भएको छ । सन् २०२२ सम्ममा प्रत्येक घरमा विद्युतिय चुल्हो पुर्याउन यस अभियानको सुरु भएको हो । अभियानको सुरुवात गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले अब पेट्रोलिय पदार्थको आयतमा भारी कटौति हुने बताए । उनले विद्युतिय क्षेत्रको प्राविधिक समस्या हटाई प्रत्येक घरमा इन्डक्सन चुल्हो जडान गर्ने बताए । ‘प्रत्येक नेपाली नागरिकले विद्युतको शेयरमा लगानी गर्नेछ, यसबाट करिब ६ खर्ब रकम उठ्नेछ मन्त्री पुनले भने त्यसपछि खर्बौको इन्धन आयत हुने दिन सकिन्छ ।’ अभियनमा ऐक्यबद्धता जनाउदै विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले माग सन्तुलनबाटै लोडसेडिङ हटाउन सफल भएको दाबी गरे । ‘देशभरको विद्युतको माग करिब २ हजार मेगावट रहेको थियो यो समस्या विद्युत चुहावटबाट उब्जिएको हो घिसिङले भने चुहावट १३ प्रतिशतमा सिमित गर्दा माग पनि घटेर १३ सय मेगावाटमा आयो ।’ उनले ट्रान्सफर्मर समस्याकै कारण अहिले विद्युत प्रवाहमा समस्या आएको बताए । यो सँगै सरकारले विद्युतिय सवारी र इन्डक्सन चुल्होको विकासमा ध्यान दिएको छ । सरकारले उपत्यकामा विद्युतिय सवारीको लागि ३ सय इलेक्ट्रिक बस किन्ने तयारी थालेको छ । बस खरिदका लागि हाल भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले अध्यान गरिरहेको प्रवक्ता शिवहरी सावकोटाले बताए । पेट्रोलिय पदार्थ भन्दा विद्युतको प्रयोग सस्तो पर्ने सरोकार निकायहरुले दाबी गरिरहेका छन् । विद्युतविद अनन्त नकर्मीका अनुसार २०१९ मा गरिएको एक अध्ययन अनुसार ५ जना परिवार रहेको परिवारमा एलपीजी ग्यास भन्दा इन्डक्शन चुल्हो ३ सय ८४ रुपैंया सस्तो पर्ने देखाएको छ । अर्थात एलपीजी ग्याँस प्रयोग गर्दा १४ सय ७८ रुपैंया खर्च हुनेछ भने विद्युतिय चुल्होको प्रयोग गर्दा ११ सय १४ रुपैंया पर्नेछ । यसैगरी विद्युतिय सवारीमा पनि पेट्रोल डिजेल भन्दा निकै सस्तो पर्ने देखिएको छ । एउटा समान्य विद्युतिय कारको ब्याट्री पुर्ण चार्ज हुदाँ २७ युनिट विद्युत विजुली खर्च हुनेछ जसको बजार मूल्य २७० रुपैंया पर्ने गर्दछ । यसबाट २१२ किलोमिटर गुडाउन सकिनेछ । यसरी हेर्दा पेट्रोल डिजेलको सवारी भन्दा विद्युतिय सवारी ४ गुणा सस्तो पर्नेछ ।
एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले काठमाडौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित श्री भाग्योदय माध्यामिक विद्यालयलाई केहि थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकको वित्तीय सहयोगमा उक्त समान सहयोग गरेको हो । प्रतिनिधी सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठको प्रमुख आथित्यता तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको विशेष आथित्यतामा शशि श्रेष्ठ, शिवराज श्रेष्ठ, तथा बैंकका प्रमुख जन सम्र्पक अधिकृत अर्जुन राज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु के सी र प्रधानाध्यापक रुसण बसीलाई सयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण गरेका छन् ।