विकासन्युज

भुटानी शरणार्थी शिविर अब स्मृति पुष्प बगैँचामा परिणत हुँदै, २०२० सम्म निर्माण सम्पन्न

काठमाडौं । झापाको भुटानी शरणार्थी शिविरमा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’ निर्माण हुने भएको छ ।अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वनको हाताभित्र शरणार्थीको स्मृतिमा रु ९४ लाखको लागतमा सो बगैँचा निर्माण हुन लागेको हो । १० कठ्ठा जमीनको क्षेत्रमा विसं २०४८ देखि २०६८ सम्म भुटानी शरणार्थीले बसोवस गरेका थिए । उक्त बगैँचा सन् २०२० सम्ममा निर्माण गरिसक्ने लक्ष्य रहेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । ‘ बगैँचाका लागि प्रदेश सरकारले यस पटक रु १० लाख प्रदान गरेको छ’ भने नगरपालिका र अन्य पक्षसँगको सहकार्यमा निर्धारित समयमै बगैँचा निर्माण गरिने छ ।” भुटानी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना भएपछि सो क्षेत्रको सरकारको पर्यापर्यटन नीतिअनुरुप पर्यटकीय स्थल बनाउन लागिएको नगरप्रमुख रानाले बताएका छन् । दुई सय मिटर लम्बाइ, १६० मिटर चौडाइको सो बगैँचाका लागि इञ्जिनीयर लोकबहादुर तामाङले लागत योजना तयार भएको छ । बगैँचाको बीचमा पोखरी र त्यसमा चार वटा पुल, स्मृति स्तम्भलगायत पूर्वाधार निर्माण गर्नाका साथै शरणार्थीको इतिहास नेपाली र अङ्ग्रेजी दुबै भाषामा लिपिबद्ध गरेर राखिने जनाइएको छ । रासस

अमेरिकामा सरकारी खर्चसम्बन्धी विवाद अन्त्य, राष्ट्रपति ट्रम्पले गरे विधेयकमा हस्ताक्षर

काठमाडौं । अमेरिकामा लामो समयसम्म गतिरोध रहेको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धी विधेयकमा हस्ताक्षर गरे । जसका कारण यहाँको बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो । अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म सरकारी खर्चका लागि समस्या उत्पन्न भएको थियो । त्यसको अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएपछि आगामी तीन हप्ताका लागि बाटो खुलेको जनाइएको छ । सरकारी खर्चका लागि आगामी फेब्रुअरी १५ सम्म खर्च गर्न पाउनेगरी सो विधेयकमा हस्ताक्षर गरेका थिए । मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने बजेटको व्यवस्था गर्नुपर्ने भन्दै अमेरिकी सिनेटसँग आफ्नो माग राख्दै आएका छन् । तर हिजो बारेमा कुनै पनि सहमति गरेको छैन । तर पनि फेडरल सरकारलाई खर्चका लागि निकै समस्या उत्पन्न भएपछि यो विधेयक जारी गरेका छन् । यसअघि राष्ट्रपति ट्रम्पले संसदले सीमा पर्खालका लागि करिब पौने ६ अर्ब अमेरिकी डलर बजेट दिनुपर्ने अडान राखेका थियो । संसदले सो बजेटको व्यवस्था नगरेसम्मका लागि सरकारी खर्चसम्बन्धी प्रस्तावलाई रोक्दै आएको छ । त्यो खर्चलाई सहजै अनुमति नदिने भन्दै चेतावनी समेत दिएका छन् । शुक्रबार अमेरिकी विपक्षी दलका नेताहरूसँगको छलफलपछि सिनेटमा एकमतले सरकारी निकायहरूलाई आगामी तीन साताका लागि मात्र खर्चको कोष दिने सहमति भएको थियो र त्यसैबमोजिम कानुन पनि पारित भएको हो । अमेरिकाको सत्तारुड र विपक्षी दलकाबीचमा भएको पछिल्लो सहमति अनुसार अमेरिकी संघीय सरकारलाई आगामी तीन हप्तासम्म सरकारी कोष उपलब्ध हुनेछ र त्यसबाट खर्चको अनुमति हुनेछ । अमेरिकामा छिर्दै आएका भनिएका अवैध आप्रवासीलाई रोक्न अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउन आवश्यक भएको राष्ट्रपति ट्रम्पको अडान रही आएको छ । विपक्षी दलले सो प्रस्ताव सम्भव नरहेको बताइरहेको छ । उक्त कानुनमा राष्ट्रपतिले ट्रम्पले उक्त विधेयकको हस्ताक्षर गर्दै कारण संघीय सरकार र यसका निकायले खर्च गर्ने अधिकार खुला भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको  छ । अमेरिकामा गएको ३५ दिन देखि सरकारी खर्च ठप्प हुन पुगेको थियो । यस अवधिमा संघीय निकायका करिब आठ लाख कर्मचारीहरूले विना तलब काम गरिरहेका थिए । राष्ट्रपति ट्रम्पको यो पर्खाल सम्बन्धी मागलाई तल्लो सदनमा निर्णायक हैसियतमा रही आएको विपक्षी डेमोक्र्याट पार्टीले अस्वीकार गर्दै आएको छ । रासस/सिन्ह्वा

काठमाडौंका ८० प्रतिशत घरधनीले बैंकबाट ऋण लिन सकेनन्, प्राधिकरणले निर्देशन दिन मिल्दैन

काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७३ असार ७ गते जारी गरेको भवन निर्माण सम्बन्धि राजपत्र विवादमा आएको छ । राजपत्रको पृष्ठ ६ देखि ८ अन्तर्गत घर तथा भवनको उचाई बढाउन पाउने व्यवस्था गरेपछि विवाद चुलिएको हो । व्यवस्थित बसोबास निर्माण गर्नका लागि बनेको उपत्यका विकास प्राधिकरणले राजपत्र १५ दिनभित्र सच्याउन अल्टिमेटन दिएको छ । यसरी अग्ला भवन निर्माण गर्दा बसोबास थप अव्यवस्थित बन्ने प्राधिकरणको बुझाई रहेको छ । प्राधिकरणले महानगरलाई फ्लोर एरिया रेसियो (फार) सच्याउन आग्रह गरेको हो । जसअनुसार योजनाबद्ध उपक्षेत्र, संरक्षित उपक्षेत्र, मिश्रित बसोबास क्षेत्र, व्यापारिक उपक्षेत्र, बाक्लो मिश्रित बसोबास उपक्षेत्र र अन्य आवसीय उपक्षेत्रमा भवन निर्माणसम्बन्धी सच्चिन आग्रह गरेको छ । तर महानगरले भने स्थानीय तहको कानुन फेर्न प्राधिकरणले आदेश दिन नसक्ने बताएको छ । महानगरका प्रवक्ता इश्वरमान डंगोलले हाल काठमाडौंमा ८० प्रतिशत भन्दा बढी घरहरु मापदण्ड भन्दा बाहिर रहेकोले कानून आवश्यक रहको बताए । विसं २०६४ मा निर्माण भएको मापदण्ड बमोजिम अनुमति लिएको भन्दा धेरै तल्ला घर बनेको संख्या धरै रहेको छ । यसले घरधनीहरुलाई बैंकमा राखेर कर्जा लिन असहज परेको प्रवक्ता डंगोलले बताए । ‘पहिला कानून लागू गर्न नसक्दा धैरैले मापदण्ड मिचेर घर बनाएका छन्, अहिले पुरानो कानून अनुसार कारबाहि गर्न सक्ने कुनै अवस्था छैन’ प्रवक्ता डंगोलले भने-‘हामी मापदण्ड अनुसार रहेको घरलाई मान्यता दिन्छौं मापदण्ड पुरा नभएको घरलाई मान्यता दिदैनौं ।’ उनले प्राधिकरणको पत्रको कुनै औचित्य नरहेको पनि बताए । सबै कानून पुरा गरेर राजपत्र निर्माण गरेकोले छेक्ने कुनै आधार नरहेको डंगोलको भनाई छ । प्राधिकरणले २०६४ को निर्माण सम्बन्धी मापदण्ड नै लागू गर्न आग्रह गरेको छ । महानगरले जारी गरको मापदण्डमा संरक्षित उपक्षेत्रमा ४५ फिटबाट बढाएर ६५ फिट, पुरानो बसोबास क्षेत्रमा ४५ फिटबाट बढाएर ७५ फिट बनाएको छ । यसैगरी, अन्य क्षेत्रहरुमा पनि फार बढाएर ४.५ सम्म बनाइएको छ । भवन निर्माण मापदण्डमा आवसीय भवन, स्कुल क्याम्पस, व्यापारिक कम्पेल्क्स, सरकारी अर्धसरकारी, अस्पताल पोलिक्लिनिक, तारे होटल लगायतलाई समावेश गरेको छ । यस्तो छ प्राधिकरण र महानगरबीचको विवाद प्राधिकरणको अल्टिेमेटम

पोखरा रङ्गशालाभित्र ह्याण्डबल एकेडेमी निर्माण सम्पन्न

काठमाडौं । पोखरा रङ्गशालाभित्र करीब १० रोपनी जमिनमा ह्याण्डबल एकेडेमी निर्माण भएको छ । राष्ट्रिय खेलकूद परिषद्को सहयोग र नेपाल ह्याण्डबल सङ्घ तथा जिल्ला खेलकूद विकास समिति कास्कीको समन्वयमा नेपालमै पहिलो पटक रु ९९ लाखको लागतमा एकेडेमी निर्माण गरिएको नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताएका छन् ।   एकेडेमीमा ह्याण्डबल मैदान, सभाहल, महिला/पुरुष चेन्जिङरुम, स्टोर, किचन, प्रशासनिक कक्षलगायतका संरचना निर्माण गरिएको छ । ४०/ २० मिटरको ह्याण्डबल मैदानमा दुई लेनको प्याराफिट निर्माण गरिएको छ । एकेडेमी उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले खेल पूर्वाधारको निर्माणले गण्डकी प्रदेशमा खेलकूदको विकासमा टेवा पुग्ने बताए । एकेडेमी निर्माणले ह्याण्डबल खेलको तल्लोतहबाटै विकास गराउन थप मद्दत पुग्ने अपेक्षा सङ्घको छ । नेपालमा हुने दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गरी सो एकेडेमी निर्माण गरिएको बताइन्छ । ह्याण्डबल सङ्घको आयोजना तथा नेपाल ह्याण्डबल सङ्घको प्राविधिक सहयोगमा यही माघ ९ गतेदेखि शुरु भएको चौथो संस्करणको ‘एकता बुक्स अन्तर बिद्यालय छात्रछात्रा ह्याडबल’ प्रतियोगितामा छात्रातर्फ पोखरा एकेडेमी र छात्रतर्फको उपाधि माउण्ट अन्नपूर्ण स्कुलले जितेका छन् । रासस

ग्लोबल आइएमई बैंक १३ औं वर्षमा प्रवेश

काठमाडौं । ग्लोबल आइएमई बैंकले १३ औं वर्षमा प्रवेश गरेको छ । १२ औं वर्षिकोत्सवमा “बचत गरौँ” भन्ने मूल नाराका साथ प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । राजधानीमा वित्तीय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समिति प्रमुख कार्यकारी अधिकृत लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, वीर हस्पिटल,जमल हँुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो । उपत्यकामा मात्र नभई विराटनगर, लाहान, नारायणघाट, बुटवल, पोखरा, नेपालगञ्ज लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेका थिए । देशभरि हालसम्म १३३ शाखा, १४२ एटिएम, ३ वटा देशमा सम्र्पक कार्यालय, ७ वटा एक्टेन्सन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवारहेको ग्लोबल आइएमई बैंकले ९ लाख ५० हजार भन्दा बढि ग्राहकलाई सेवा दिँदै आइरहेको छ । स्थापनाको एकदशकको अवधिमा ग्लोबल आइएमई बैंकले बैंक अफ द इएरअर्वाड, बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाड, र बेष्ट इम्प्लोयर अवार्ड लगायतबाट समेत सम्मानित भईसकेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउदै देशको अर्थ व्यवस्थापनमा सहयोग पुराउँदै आएको छ ।

बीमा कम्पनीमा ‘क्रस होल्डिङ’को सकस, मर्जरको विकल्पबारे छलफल

काठमाडौं । बीमा कम्पनीहरुमा क्रस होल्डिङको समस्या विकराल बन्दै गएको छ । एउटै व्यक्ति तथा कम्पनीले ३/४ वटासम्म बीमा कम्पनीमा लगानी गरेपछि बीमा समितिले छानविन अघि बढाएको छ । समितिले कुन बीमा कम्पनीमा कसको कति लगानी छ ? कसले आफन्तका नाममा लगानी गरेर कम्पनी होल्ड गरेका छन् ? त्यसको एकिन विवरण संकलन अघि बढाएको हो । ‘क्रस होल्डिङको समस्या देखिएपछि लगानीकर्ताको विस्तृत विवरण मागेका छौं, प्रतिवेदन तयार पारेर सञ्चालक समितिमा पठाउँछौं’, बीमा समितिका सहायक निर्देशक सुशिलदेव सुवेदीले देशविकाससँग भने । उनले कुन कम्पनीमा कुन व्यक्ति तथा फर्मको क्रस होल्डिङ कस्तो अवस्थामा छ भन्नेबारे भने एकिन भैनसकेको बताए । ‘हामी विवरण संकलनकै चरणमा छौं, अहिले नै तथ्य बताउन सक्ने अवस्था छैन’, समितिका सहायक निर्देशक सुवेदीले देशविकाससँग भने । श्रोतका अनुसार करिब एक दर्जन बीमा कम्पनीमा ठूलै मात्रामा क्रस होल्डिङ रहेको छ । गोविन्द संघाईले सुर्या लाइफ र ज्योति लाइफ र एलआईसी नेपालमा लगानी गरेका छन् । आइएमई ग्रुपले जीवन बीमा तर्फ रिलायबल लाइफ र आइएमई लाइफमा लगानी गरेको छ । त्यस्तै, निर्जीवन बीमा तर्फ आइएमई जनरल र नेपाल इन्स्योेरेन्स कम्पनीमा पनि आइएमई समुहको लगानी रहेको छ । त्यस्तै, युनाइटेड इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनीमा राष्ट्रिय बाणिज्य बैंकले लगानी गरेको छ । मोति दुगडले गुराँस लाइफ र नेपाल रि इन्स्योरेन्स कम्पनीमा लगानी गरेका छन् । बीमा दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ ले एउटा कम्पनीमा १५ प्रतिशत लगानी गर्ने व्यक्ति वा फर्मले सोही प्रकृतिको अर्काे कम्पनीमा १ प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने व्यवस्था गरेको छ । आइएमई लाइफ र रिलायबल लाइफमा आइएमई ग्रुपले सो नियम भन्दा बढी लगानी गरेको समिति श्रोतले बतायो । त्यस्तै, युनाइटेड इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनीमा पनि राष्ट्रिय बाणिज्य बैंकले नियम भन्दा बढी लगानी गरेको छ । साथै, ज्योति र नेपाल लाइफमा गोविन्द संघाईले नियम भन्दा बढी लगानी गरेका छन् । बीमा समितिले क्रस होल्डिङमा रहेका बीमा कम्पनीहरुबाट लगानी घटाउने वा मर्जरमा पठाउने विकल्पमाथी छलफल अघि बढाएको छ । यद्यपी समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने क्रस होल्डिङबारे के गर्ने भन्ने निष्कर्ष सञ्चालक समितिले मात्रै निकाल्न सक्ने बताए । ‘हामी अध्ययनको चरणमा छौं, एकिन विवरण मगाएर कैफियतसहितको प्रतिवेदन सञ्चालक समितिमा लैजान्छौं र त्यहिँबाट निर्णय गर्छाै’, समितिका अध्यक्ष चापागाईँले भने । एकै व्यक्ति वा कम्पनीमा एउटै प्रकृतिका एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्दा व्यवसायीकता बढाउन, सुशासन कायम गराउन समेत असहज हुने भन्दै समितिले अध्ययन अघि बढाएको हो ।

गगन थापा भन्छन्ः काङ्ग्रेससँग आत्मविश्वासै छैन्

चितवन । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले काङ्ग्रेसमा आत्मविश्वास नभएको बताएका छन् । नेपाली काङ्ग्रेस माडी नगर समितिले माडीमा आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा थापाले काँग्रेसमा आत्मविश्वास नभएकाले त्यसलाई बढाउन लाग्नुपर्ने धारणा राखेका हुन् । निर्वाचनमा भएका तिक्तता हटाउँदै पार्टीलाई बलियो बनाएर लैजानु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । अहिले काङ्ग्रेस सङ्कटमा परेको भन्दै उनले सङ्कटका समयमा आत्मविश्वास बढाएर अघि बढ्नुपर्ने बताए । नेपाली काङ्ग्रेस सङ्कटमा पर्दा सधैँ मुलुक पनि सङ्कटमा पर्ने गरेको भन्दै उनले यो सङ्कटबाट उठाउने जिम्मेवारी पनि काङ्ग्रेसकै काँधमा रहेको बताए । रासस

बीमा समितिका अध्यक्ष भन्छन्ः बैंक र बीमा व्यवसायलाई छुट्याउनै मिल्दैन

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बैंक र बीमा व्यवसायलाई एक अर्कासँग छुट्याउनै नमिल्ने बताएका छन् । बुटवलमा आयोजीत बैंकिङ, बीमा र पुँजी बजार प्रदर्शनीमा बोल्दै समितिका अध्यक्ष चापागाईँले बैंक र बीमा क्षेत्र एकापसमा अभिन्न अंग भएको र यसको विकास पनि सँगसँगै अघि बढाउनुपर्ने स्पष्ट पारे । चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति उनले मानव जीवन, सम्पत्ती, व्यवसाय, कृषि उत्पादन लगायत हरेक क्षेत्रमा हुने आर्थिक क्षती न्युनिकरण गर्न बीमाले सहयोग पु¥याउने पनि बताए । बैंकबाट कर्जा लिएर गरिने व्यवसायको जोखिम न्युनिकरण अनिवार्य रहेको उल्लेख गर्दै कृषि बीमामा सरकारले दिएको सुविधाको उपयोग गर्न आग्रह गरे । प्रदर्शनीमा बीमा समिति, नेपाल धितोपत्र बोर्ड, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, विभिन्न बाणिज्य बैंकहरु, विकास बैंक, बीमा कम्पनीहरु, वित्त कम्पनी, मर्चेन्ट बैंक, लघुवित्त कम्पनीहरु, स्टक ब्रोकर कम्पनीहरु लगायतको सहभागिता रहेको थियो ।