बर्दियाको ठाकुरद्वारामा माछापुच्छ्रे बैंकको नयाँ शाखा
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा आएको छ । फागुन १५ गते बर्दियाको ठाकुरबाबा गाउँपालिकास्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्रप्रसाद महतोले गरेका हुन् । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने जनाएको छ ।
बर्दियाको बबईमा नेपाल इन्भेष्टमेण्टको एक्स्टेन्सन काउण्टर बिस्तार
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बबई एक्सेन्टर काउण्टर बैंकको सुर्खेत शाखा अन्र्तगत रहेको छ । बबई एक्स्टेन्सन काउण्टरबाट रकम खातामा जम्मा गर्न र झिक्न मिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोवाइल बैंकिङ्ग जस्ता बैंकिङ्ग कारोवार गर्न सो भेगका जनतालाई सहयोग पु¥याउने छ । सुर्खेत कोहलपुुर सडक खण्डमा पर्ने रत्नराजमार्गको बबई चेपाङ्गमा राष्ट्रिय गौरवको बहु चर्चित भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना रहेको छ । यस काउण्टरले सुुर्खेत कोहलपुर खण्डमा पर्ने सम्पुर्ण व्यापारिक केन्द्रका साथै छिन्चु, बबई लगायतका जनतालार्ई आर्थिक कारोबार गर्न सहयोग पुर्याउने छ ।
एनआईसी एशियाको स्मार्ट टेलर सेवा, चेक बिना नै काउण्टरबाट भुक्तानी
काठमाण्डौ । एनआई सी एशिया बैंकले बैंकले डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाई दिन सम्पूर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकिकरण गरी स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ । स्मार्ट टेलर मार्फत बैंकका ग्राहकहरूले चेक बिना नै आफ्नो मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्ने छन् । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास लिएको छ ।
फागुन १८ गतेदेखि नेपाल रेडक्रस सोसाइटीको विशेष महाधिवेशन
काठमाडौं । फागुन १८ गतेदेखि नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रिय विशेष महाधिवेशन ललितपुरको गोदावरीमा आयोजना हुने भएको छ । दुई दिनसम्म हुने सो महाधिवेशनमा नेरेसा केन्द्रिय कार्यसमितिका सबै पदाधिकारी, सदस्यहरु, ७ वटा प्रदेशका ७४ वटा जिल्ला शाखाबाट ३ ३ जना प्रतिनिधि गरि करिब २८० जनाको उपस्थिति रहनेछ । ५५ वर्षको इतिहासमा ४७ वटा नियमित महाधिवेशन सम्पन्न गरिसकेको नेपाल रेडक्रसले पहिलो पटक विशेष महाधिवेशन राख्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी हाल सिडीयो कार्यालयले ४ वर्षमा हुने कार्यकाल २ वर्षमा नै हुनुपर्ने भन्ने कुरामा असहमति रहेको साथै वैदेशिक सम्बन्ध र संस्था विस्तारमा सरकारसँग स्विकृति लिनुपर्ने विषय प्रति असन्तुष्टि रहेको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले बताएका छन् । वार्षिक २५ लाख मानिस समक्ष सेवा प्रदान गर्दै आएको नेपाल रेडक्रस सोसाइटी आगामी दिनमा ७७ वटै जिल्लाबाट ग्रामिण बस्तीका विपन्न परिवार, विद्यालयलाई सहयोग गर्दै जोखिम न्यूनीकरण सम्बन्धी कार्याक्रम विस्तार गर्ने जानकारी दिएका छन् । संस्थाको वैधानिक विषयमा तत्काल परेका अफ्टेरोहरुलाई पार गर्दै दीर्घकालिन रुपमा समस्या समाधान गर्न सो महाधिवेशन गर्न लागेको अध्यक्ष थापाले बताए ।
मुक्तिनाथ विकास बैंकले गर्यो ५० हजार सहयोग
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सँस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवन पुनः निर्माण कार्यको लागि पचास हजार सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक लि. कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलका प्रहरी निरीक्षक चेतना पोखरेललाई हस्तान्तरण गरेका थिए ।
सिटिजन लाइफको नयाँ सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना सार्वजनिक
काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवनबीमा नामक नयाँ योजना नेपालीहरु माझ प्रस्तुत गरेको छ । काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलद्वारा उक्त योजना बजारको लागि सार्वजनिक तथा शुभारम्भ गरिएको थियो । बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिमबहनगर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पुर्याउने उद्देश्यले वार्षिक रुपमा बीमाङ्कको पाँच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ । यस विशेषताले ग्राहकहरुलाई बीमा योजनाअनुसारको आफ्नो बीमा शुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज गराउने छ । साथै कम्पनीले ग्राहकहरुको सुविधाको लागि डिजिटल प्रस्ताव फारमको समेत सुभारम्भ गरेको छ। २०७४ कार्तिकदेखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमाशुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पुस मसान्त सम्ममा २४५ करोडको लगानी गर्न सफल भएको छ ।
हेलिकप्टर दुर्घटना अपडेट: नेपाली सेनाको एनआई १७ हेलिकप्टरबाट सात जनाको शव काठमाडौं ल्याइँदै
काठमाडौं । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । घटनास्थलमा अहिले शव संकलनको काम भैरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना ताप्लेजुङको पाथीभारा मन्दिरबाट डेढ किलोमिटर टाढा तारेभीरमा भएको हो । घटनास्थलमा स्थानीय वासिन्दा, प्रहरी र नेपाली सेनाले शव संकलन भैरहेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । घटनास्थलसम्म शव ल्याइपुग्न २ घण्टा लाग्ने बताइएको छ । घटनास्थलको भौगोलिक अवस्था निकै कठीन भएकोले शव विमानस्थलसम्म ल्याउन असहज रहेको स्थानीय वासिन्दा उमानाथ पौडेलले जानकारी दिए । घटनामा परि मन्त्री रविन्द्र अधिकारी, यति एयर लाइन्सका सञ्चालक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे र क्याप्टेन क्याप्टेन प्रभाकर केसीको निधन भएको छ ।
लक्ष्मी बैंकको ९९औँ शाखा कीर्तिपुरमा
काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको कीर्तिपुरमा आफ्नो ९९औँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । हाल बैंकको शाखा ४६ जिल्लामा ९९ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।