राम्रो काम गर्दा गर्दै….अलबिदा रविन्द्र अधिकारी
काठमाडौँ । सायद रविन्द्र अधिकारीलाई यति छिट्टै जानु रहेछ, त्यही भएर उनले गर्नु पर्ने काम रफ्तारमा गरेका रहेछन् । एक वर्ष अघि मन्त्री बन्दै गर्दा रविन्द्र अधिकारी केही हतास देखिन्थेँ । कसरी काम गरेर देखाउने ? १०० दिनको कार्यप्रगति देखाउन उनी यसरी लागे कि कर्मचारीलाई राम्ररी निदाउन समेत दिएनन् र सबैभन्दा छिटो कार्यप्रगति प्रस्तुत पनि गरे । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा (अनेरास्वीयू) मा राम्रो अभ्यास गरेर खारिएका अधिकारी मिडिया ह्यान्डलिङमा अब्बल रहेका थिए । उनले यो कुरा राम्ररी बुझेका थिए कि काम नगरे मन्त्री बन्नुको कुनै तुक छैन । उनी मन्त्री बनेपछी अति हतारोमा देखिन्थेँ, कामलाई कसरी गति दिने ? पर्यटनको माध्यमबाट देशलाई समृद्धिको यात्रामा अघि बढाउन वर्ष २०२० लाई पर्यटन वर्ष मनाउने निर्णय गरे । धेरै भन्दा धेरै विदेशी पर्यटक भित्र्याउन उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल द्रुत गतिमा अघि बढाउन सक्दो प्रयास गरे । मन्त्रीको निर्देशनमा विमानस्थल असारबाटै परीक्षण उडान गर्ने र असोजसम्ममा व्यवसायिक उडान गर्ने गरी निर्माण भैरहेको छ । चिनियाँ पर्यटक भित्र्याउन उनले चिनियाँ भाषामै एप्सको निर्माण गरेका छन् । पटक पटक चीन भ्रमणका बेला करोडौं चिनियाँ पर्यटकलाई बुद्ध जन्मस्थल लुम्बिनी ल्याउन सकिन्छ भनेर बारम्बार भन्दै आइरहेका थिए । चिनियाँ ब्युरोकेसी नेपालको पर्यटनमा सहयोग गर्न तत्पर छ, करोडौं चिनियाँ बुद्ध भूमि टेक्न चाहन्छन् भनेर बारम्बार दोहोर्याउदै आएका थिए । उनी मन्त्री बनेपछि नेपाल वायुसेवा निगमले २४ अर्ब खर्चिएर ल्याएको २ जहाज यति विवादित बन्यो कि सारा जनता जहाजको विषयमा विज्ञ बन्न भ्याए । यसै क्रममा संसदको सार्वजनिक लेखा समितिले अधिकारीलाई समेत छानविन गर्न सिफारिस गरेपछि उनीमाथी संकट चुलिएको थियो । नेपालको इतिहासमै ल्याइएको सबैभन्दा ठूलो जहाजलाई नेपाल वायु सेवा निगमले व्यस्त बनाउन नसक्दा अधिकारीले जसको साटोमा अपजस पाउन थाले । पछिल्लो समय अधिकारीलाई मन्त्री पदबाट हटाउन खोजिएको भनेर पनि आँकलन गर्न थाले । तर, उनले पत्रकार सम्मेलन नै गरेर राजीनामा नदिने स्पष्ट पारे । यसपछिका दिनहरुमा उनी देशका विभिन्न विमानस्थलहरुको स्तरोन्नती र बन्द रहेका विमानस्थलहरुलाई सञ्चालन गर्न मै व्यस्त रहन्थेँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्नका लागि काभ्रेको नागिडाडामा आन्तरिक विमानस्थल बनाउन उनकै सक्रियातामा स्थल छनोट गरी काम अघि बढाइयो । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि साथ दिए । ओलीले सार्वजनिक रुपमै सो विमानस्थल आवश्यक रहेको र बन्नु पर्ने विचार व्यक्त गर्दै आएका थिए । त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्नका लागि उनले सक्दो प्रयास गरे । उनकै पहलमा विमानस्थलमा हेलिप्याड, पार्किङस्थल बनाउने लगायत प्रगतिको काम गरे । विमानस्थलमा कर्मचारीको व्यवस्थापन गरी दैनिक २३ घण्टासम्म सञ्चालन गरे । नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियन र आइकाओको कालो सूचिबाट हटाउन उनी निरन्तर लागि परे । यद्यपी आइकाओको कालो सूचिबाट हटेपनि युरोपियन युनियनले हटाउन मानेन । ताप्लेजुङ घटनाले अधिकारी मात्र होइन पर्यटन क्षेत्र विकासका चम्किला व्यक्तिहरु पनि सधैका लागि बिलाएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक विरेन्द्र श्रेष्ठ, प्राधिकरणकै एरिड्रोम इन्जिनियरिङका प्रमुख धुब्र भोछिभोया, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, क्याप्टेन प्रभाकर केसी, उपसचिव युवराज दाहाल र सेनाका जमदार अर्जुन घिमिरेले ज्यान गुमाएका छन् । अधिकारी हँसिला र कामलाई उच्च गति दिन सक्ने व्यतित्वका धनी थिए । राम्रो काम गरेरै चर्चामा उक्लिन खोजेका अधिकारी अप्रत्यासित रुपमा बिलाएका छन् । उनको यो सकारात्मक सोच र उनको आत्मा देशको प्रगतिमा धड्किरहनेछ ।
कालिका पावरको फागुन २७ गतेदेखि बुक क्लोज
काठमाडौं । कालिका पावर कम्पनीको आगामी फागुन २७ गतेदेखि चार दिन बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी फागुन ३० गतेसम्म बुक क्लोज गर्न लागेको हो । कम्पनीको एघारौँ वार्षिक साधारणसभा चैत ८ गते बस्दै छ । उक्त सभा सो चितवनको भरतपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्दै छ । सभाले सर्वसाधारण समूहबाट २ जना र स्वतन्त्रबाट १ जना संचालकहरु निर्वाचन गरि नियुक्त गर्दै छ ।
शनिबारदेखि पुनः वर्षा दोहोरिने मौसम पूर्वानुमान महाशाखाको अनुमान
काठमाडौँ । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनः दोहोरिने मौसमविद् अर्यालले भने । राति देशको पहाडी भू-भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशको पश्चिमी भागमा सामान्य बदली रही मध्य र पूर्वी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाका सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमवल ८ डिग्री र अधिकतम तापक्रम १६ दशमलव ५ डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज दाङको न्यूनतम तापक्रम माइनसमा झरेको छ । सबै भन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस
चालक अनुमतिपत्रः प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार
काठमाडौँ । यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै चालक अनुमतिपत्र नेपालीकरणका लागि विभाग नपठाउन पत्राचार गरिएको बताए । यसअघि नेपालीकरणको सेवा दिँदै आएका कार्यालयले समस्या आउँदा आवश्यक सूचनाका लागि विभाग पठाउने गरेका थिए । उनले भने, “कस्ता कागजात समेट्दा नेपालीकरण गर्नेरनगर्ने भन्ने निर्णय अब प्रदेशले नै गर्नेछ ।” यातायात व्यवस्था कार्यालय गत मङ्सिर २८ मा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा हस्तान्तरण भएको थियो । नेपालीकरणमा कुनै पनि किसिमका समस्या आउँदा प्रदेशकै मन्त्रालयबाट समाधान खोज्नुपर्ने प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरे पनि जिम्मेवारी लिइसकेको छैन । उनले भने, “विभागले नै यातायात व्यवस्था कार्यालयबाट आएका समस्या समाधान गर्दै आएको थियो ।” यातायात व्यवस्था ऐन, २०४९ को दफा ५२ मा विदेशबाट जारी भएको चालक अनुमतिपत्रका आधारमा अधिकारप्राप्त अधिकारीले परीक्षा नलिई चालक अनुमतिपत्र दिनसक्ने व्यवस्था छ । सोही व्यवस्थाका आधारमा विभागले विसं २०७४ देखि यो सेवा शुरु गरेको थियो । एकान्तकुना, सुकेधारा, ठूलो भर्याङ, जगाति, सुनसरी, पर्सा, रुपन्देही र कास्की कार्यालयले चालक अनुमतिपत्र नेपालीकरण गर्दै आएका छन् । रासस
६ लाख २७ हजार आप्रबासी बेलायतमा, १५ बर्षपछि आप्रबासीको संख्या उच्च
लण्डन, बेलायत । यूरोपेली संघबाहिरबाट बेलायत पुग्ने आप्रबासीको सङ्ख्यामा १५ बर्षपछि यस बर्ष अत्यधिक वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले पछिल्लो समय जारी गरेको लामो समय बेलायत बसोबास गर्न जाने आप्रबासी सङ्ख्यामा एक बर्षको अन्तरालमा सन् २०१८ को सेप्टेम्बर अन्त्यसम्ममा छ लाख २७ हजार आप्रबासी बेलायत पुगेका र तीन लाख ४५ हजार आप्रबासी बाहिरिएको तथ्याङ्कमा उल्लेख छ । यसरी हेर्दा बेलायतमा रहने आप्रबासी सङ्ख्यामा दुई लाख ८३ हजार थप भएको देखिएको छ । तथ्याङ्क अनुसार धेरै व्यक्ति बेलायतमा एक बर्षभन्दा बढी रहने गरी गएका छन् । तथ्याङ्कको बिश्लेषण गर्दा खुद आप्रबासीको आप्रवासन र बिदेश गमनको तथ्याङ्कमा सन् २०१६ को अन्त्यपछि स्थिरता देखिएको छ । तर, कार्यालयले भनेको छ, आप्रबासी सङ्ख्यामा यूरोपेली संघ आवद्ध राष्ट्रबाट बेलायत जाने र अन्य मुलुकबाट बेलायत जाने तथ्याङ्कमा परिवर्तन देखिएको छ । बेलायतका लागि यूरोपबाट जाने आप्रबासीको तुलनामा अन्य मुलुकबाट बेलायत जाने नागरिकको सङ्ख्या सन् २००४ पछि पहिलोपटक बढी देखिएको छ । काम र पढाइका शिलशिलामा बेलायत आउने आप्रबासी सङ्ख्यामा विगत पाँच बर्ष यता बढ्दो क्रममा रहेको अध्ययनले देखाएको छ । सन् २००९ पछि पहिलो पटक सन् २०१८ मा बेलायत पुग्ने यूरोपेली नागरिकको सङ्ख्यामा क्रमश कमी आएको पाइएको छ । मध्य तथा पूर्वी यूरोपेली मुलुक, जसलाई इयूका आठ मुलुकबाट पनि चिन्ने गरिन्छ, का नागरिकको बेलायत आउनेभन्दा छोड्ने क्रम बढेको देखिएको छ । फर्किनेमा सन् २००४ पछि बेलायत आएर बसोबास गर्दै आएका यूरोपेली आप्रबासीहरू रहेका छन् । सन् २०१४ पछि बेलायतमा कामका लागि आउने व्यक्तिको सङख्याभन्दा विद्यार्थी भिषामा आउने यूरोपेली आप्रबासीको सङ्ख्यामा वृद्धि रहेको पनि तथ्याङ्कमा छ । समग्रमा बेलायत पुग्ने आप्रबासीमा पछिल्लो समय धेरै विद्यार्थीहरू रहने गरेको पनि जनाइएको छ । रासस/सिन्ह्वा
शुक्रबार सुन साताकै कम मूल्यमा, प्रतितोला ६२ हजारमा कारोबार
काठमाडौं । विहिबारको तुलनामा सुन प्रतितोला ४ सयले घटेको छ । साता भरिको नै कम मूल्यमा शुक्रबार सुन प्रति तोला ६२ हजारमा कारोबार भईरहेको छ । विहिबार ६२ हजार ४ सयमा बिक्री भएको सुनमा एक्कासी यो साता प्रतितोला ४ सयले कमी आएको हो । त्यस्तै विहिबार तेजावी प्रतितोला ६२ हजार १ सय कारोबार भएको थियो भने शुक्रबार प्रतितोला ४ सय घटेर ६१ हजार ७ सयमा कारोबार भईरहेको छ । चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ७७० मा कारोबार भईरहेको छ । साताको पहिलो दिन आइतबार सुन प्रतितोला ६२ हजार ६ सयमा कारोबार भएको थियो । सोमबार, मङ्गलबार भने प्रतितोला ६२ हजार ७ सय र ६२ हजार ८ सयमा बिक्री भएका हो । बुधबार भने आइतबारको मूल्यमा बिक्री भएको थियो ।
कामना सेवा विकास बैंकको भिसा डेबिट कार्ड सञ्चालनमा, ‘पहिलो विकास बैंक बन्ने दिन धेरै टाढा छैन’
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । शुक्रबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै बैंकले भिसा डेबिट कार्डको औपचारिक उद्घाटन गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृृत प्रविण बस्नेतले अध्यक्ष सुदीप आचार्यलाई भिसाको पहिलो कार्ड हस्तान्तरण गर्दै यसको सुरुवात गरेका हुन् । डेबिट कार्ड सेवा सुरु गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले सेवा सुरुवात भएसँगै यसका ग्राहकले नेपाल र भारतमा रहेका भिसा नेटवर्कका सम्पूर्ण मेसिनबाट पैसा निकाल्न वा भुक्तानी गर्न सकिने जानकारी दिए । बैंकले निकट भविष्यमै क्रेडिट कार्डको फिचर भएको ओभरड्राफ्ट कार्ड लञ्ज गर्ने तयारी गरिरहेको समेत जानकारी दिए । योसँगै बैंक पूर्ण क्षमताको बैंक बन्ने समेत सीईओ बस्नेतले त्योसँगै बैंक पूर्ण क्षमता र सुविधायुक्त बैंक बन्ने दाबी गरे । बैंकका अध्यक्ष सुदीप आचार्यले बैंक व्यवस्थापन र कर्मचारीलाई प्रभावकारी रुपमा काम गर्दै बैंकको गरिमालाई उच्च बनाउन आग्रह गर्दै कामना सेवा विकास बैंक विकास बैंकहरुमै पहिलो बन्ने दिन धेरै टाढा नभएको बताए ।
नेपाल र चीनबीच पेट्रोलियम खानी अन्वेषण सम्झौता, चिनियाँ टोली एक महिनामै आउने
काठमाडौं । नेपाल र चीनबीच दैलेख र पाल्पाको पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद सापकोटाको नेतृत्वमा चीन गएको नेपाली प्रतिनिधी मण्डलले पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्बन्धी सम्झौता गरेको हो । चाईना जिओलोजिकल सर्भेसँग दैलेख–सुर्खेत र पाल्पाको खानी अन्वेषण गर्ने सम्झौता गरेर आजै नेपाल फर्कदैछ । ‘दैलेख र पाल्पाको पेट्रोलियम खानी अन्वेषण परियोजना कार्यान्वयन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ, नेपाली टिम आजै स्वदेश फर्कदैछ’, खानी तथा भूगर्भ विभागका उप महानिर्देशक रामप्रसाद घिमिरेले विकासन्युजसँग भने । सम्झौता अनुसार सुर्खेत–दैलेखमा र पाल्पामा रहेको पेट्रोलियम खानीको विस्तृत अन्वेषण र ड्रिलिङको काम गरिनेछ । त्यसपछि सो क्षेत्रमा कस्तो प्रकृतिको कति इन्धन भण्डार रहेको छ, ती खानीहरुको व्यवसायीक उत्खनन सम्भव छ वा छैन् ? लगायतका तथ्यहरु पत्ता लाग्नेछ । अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली एक महिनाभित्रै नेपाल आउने पनि घिमिरेले जानकारी दिए । पुस २९ गतेको मन्त्रिपरिषद बैठकले ईम्प्लिमेन्टेशन एग्रिमेन्ट अफ चाईना अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल स्वीकृत गरेको थियो । यस अघि चाइना जिओलोजिकल सर्भेको टोलीले सन २०१६ को अप्रिल ३० मा नेपाल आएर सुर्खेत दैलेख, बुटवल पाल्पा र चतरा बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो । खानी तथा भूगर्व विभागले पेट्रोलियम पदार्थहरुको अन्वेषणका लागि एक करोड बजेट विनियोजन गरेको छ । श्रोतका अनुसार चिन सरकारले नेपालमा पेट्रोलिमय उत्खननका लागि २ अर्ब २० करोडको बजेट विनियोजन गरेको छ । तर नेपालले भने ४ अर्ब रुपैंया लाग्ने प्रक्षेपण पठाएको छ । चीनले ६/७ ठाउँमा ड्रिल गरेर पेट्रोलियम पदार्थको मात्रा र गुणस्तर पत्ता लगाउने बताएको छ । अब यीनै ब्लकहरुमा ड्रिल गरिनेछ । २०७४ साउन ३१ गते चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण तथा उत्खनन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । सो अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले चिन भ्रमणका क्रममा जारी गरेको संयुक्त वक्तव्यमा पनि नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण गर्ने उल्लेख थियो । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन २०७४ साल साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको थियो । यी हुन १० ब्लक नेपालका १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ ।