विकासन्युज

नयाँ वर्षमा महिन्द्राको बन्डल अफर, १० हजारदेखि १ लाख रुपैयाँसम्म क्यास ब्याक

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउछ बन्डलमा’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा हरेक ग्राहकले न्यूनतम १० हजारदेखि १ लाख रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने छन् । साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ र हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिने छ ।

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा गणेशराज पोखरेल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत पोखरेललाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । २०७५ साल चैत्र १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि पोखरललाई सिइओमा नियुक्त गर्ने निर्णय भएको हो । तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समयावधि समाप्त भए पश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । पोखरेलले स्थापनाकाल देखि नै बैंकमा आबद्ध भई विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । पोखरेलले साथै २०६५ साल देखि नै दोस्रो वरियतामा रहेर बैंकमा कार्य सम्पादन गर्दै आएका हुन् । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकमा आबद्ध हुनु अघि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही कार्य कुशलता प्रदर्शन गरिसकेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले ‘भित्र सिस्टम र बाहिर इमेज’लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने बताए । नीतिनियमको पालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । बरिष्ठ अर्थविद डा. शंकरप्रसाद शर्मा अध्यक्ष रहेको सिटीजन्स बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको छ ।

उपसचिव राम विचारी ठाकुरको नेतृत्वमा डेढ करोड घोटला

काठमाडौं । उपसचिव राम विडारी ठाकुरको नेतृत्वमा डेढ करोड घोटला भएको खुलासा भएको छ । जिल्ला वन कार्यालय, डोल्पामा कार्यरत ३ जना कर्मचारीहरुको मिलेमतोमा ठुलो रकम हिनामिना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको छ । उपसचिव ठाकुर सहित कर्मचारीहरु रुद्र बहादुर बुढा र भिम बहादुर बुढा र जडीबुटीका ठेकेदारहरुसँग मिली मोटो रकम लेनदेन गरी निजी हकभोगको जग्गाबाट जडीबुटी संकलन गरेको भनी नक्कली कागजात तयार गरी रकम हिनामिना गरेको आयोगले दाबी गरेको छ । तीनै जना विरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा १ करोड ४८ लाख विगो दाबी सहित मुद्दा दायर गरेको छ ।  

साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांस दिने, अघिल्लो बर्षभन्दा १ अर्ब बढीको कारोबार

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । उक्त सभाले आव २०७४/०७५ मा भएको नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । कर्पोरेशनले कूल १ अर्व १० करोड ८१ लाख नाफा आर्जन गर्न सफल भएको थियो । कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुंदै आव २०७४/०७५ मा ९ अर्व ६९ करोडको कारोवार गर्न सफल भएको बताए । अघिल्लो वर्ष ८ अर्व ५८ करोडको कारोवार भएको थियो । अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गर्नु परेकोले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको जानकारी गराए । चिनी आयातमा भएको व्यवधान वारे जानकारी गराउंदै उनले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पुर्याउंदै आफ्नो कारोेबारमा सकारात्मक सुधार सहित अगाडि बढेको बताए । कर्पोरेशनले भूकम्प प्रतिरोधात्मक प्रविधिको घर निर्माण गर्ने उद्देश्य अनुसार कर्पोरेशनको समेत लगानीमा फ्यूचर वक्र्स विल्डिङ्ग सोलुसन प्रालि कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन सुरु गरेको छ । कर्पोरेशनको सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेडले उक्त प्रविधिको घरहरु निर्माण गरी बिक्री गर्ने उद्देश्य अनुरुप चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा सो कार्यको थालनी गरेको छ ।

त्रिशुली जलविद्युतको आईपीओमा १७ गुणा बढी आवेदन, कति जनाले भरे सेयर ?

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले चैत ७ गतेदेखि निष्काशन गरेको आइपीओमा करिब १७ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ६ करोड ६३ लाख ३६ हजार ३२० कित्ताका लागि आवेदन परेको छ । जुन माग भन्दा १७.९० गुणा बढी हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३७ लाख ५ हजार कित्ता सेयर माग गरेको थियो । बिक्री प्रबन्धकका अनुसार सोमबार साँझ पाँच बजेसम्म एक लाख ५५ हजार ४७४ जनाले ६६ करोड ३३ लाख ६३ हजार २०० रुपैयाँ बराबरको सेयर माग गरेका छन् । कम्पनीले चैत ७ गतेदेखि ३७ करोड ५ लाख रुपैयाँ बराबरको सेयरको बिक्री खुला गरेको थियो । माग भन्दा बढी आवेदन परेकाले कम्पनीले सोमबार नै सेयर बिक्री गर्न बन्द गरेको क्यापिटलले जनाएको छ । कम्पनीले जारी गरेको उक्त आईपीओमा न्युनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाइने व्यवस्था थियो ।

बारा जिल्लाको निजगढमा कामना सेवाको शाखा बिस्तार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले बारा जिल्लाको निजगढ नगरपालिका वडा नं ७ स्थित निजगढमा सोमबार ७४औँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं २ मा यो सँगै ८ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।

महालक्ष्मीको बीमा सेवा एनसीसी बैंकबाट पनि पाइने

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा पोलिसी बिक्री गर्ने गरीे सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

दुगड ग्रुप अन्तरगतको विवेक अटोमोबाइल्सले थाइल्याण्डमा मनायो वार्षिकोत्सव

काठमाडौँ । नेपालमा पियाजियो थ्री ह्विलर्सको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले आफ्नो पहिलो वार्षिकोसत्वको उपलक्ष्यमा देश बाहिर पहिलो अन्तराष्ट्रिय कन्फरेन्स सम्पन्न गरेको छ । थाइल्याण्डको पट्टाया शहरमा सम्पन्न कन्फरेन्समा ४६ ब्रान्च तथा डिलरहरुलाई संलग्न गराइएको थियो । कार्यक्रममा ५ उत्कृष्ट बिधाहरुमा अवार्ड समेत दिईएको थियो । कार्यक्रममा बेस्ट डिलर रिजन अवार्ड, बेस्ट ब्रान्च रिजन अवार्ड, १०० क्लब अवार्ड, अपकमिङ स्टार अवार्ड र गोर्खाली अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ । उक्त अवार्ड एमभि दुगडका उपाध्यक्ष विवेक दुगड, डाईरेक्टर उर्भि दुगड, पियाजियो भेहिकल प्रालि ईण्डियाका उपाध्यक्ष सूधान्सु अग्रवाल, निर्यात बिक्री म्यानेजर दिपककुमार र हेड अफअपरेसन विजय महत्तोले हस्तान्तरण गरे । तीन पाङ्ग्रेले हिमाल, पहाड र तराईलाई जोडेको हुँदा यसप्रति हरेक नेपालीको आत्मियता गासिएको र आगामी दिनहरुमा यस्तै थप कार्यक्रमहरुका साथ एमभि दुगड ग्रूप अग्रसर रहने उपाध्यक्ष विवेक दुगडले बताए ।