विकासन्युज

मार्जिन काराेबारमा १७३ कम्पनी अयाेग्य; बीमा र फाइनान्स कम्पनी एउटै परेनन्

काठमाडौं । बजार पुँजीकरणका हिसाबले सूचीकृत दश ठूला कम्पनीमध्ये ४ ओटा कम्पनीहरु नै मार्जिन कारोबारका लागि अयोग्य देखिएका छन् । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य बैंक तथा वित्तीय संस्थाको सूचीमा सबैभन्दा बढी पुँजीकरण भएको नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक तथा एनएमबि बैंकका शेयरहरु मार्जिन कारोबारका लागि अयोग्य देखिएका हुन् । यी चारओटा कम्पनी गतसाताको उच्च बजार पुँजीकरण भएका दश कम्पनीहरुमा परेका थिए । बाँकी ६ ओटा कम्पनीहरु नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, एनआईशी एशिया बैंक र नेपाल एसबीआई बैंकका शेयरहरु भने मार्जिन कारोबारका लागि योग्य छन् । बजारमा सूचीकृत २०४ कम्पनीमध्ये नेप्सेले प्रकाशित गरेको विवरण अनुसार ३१ कम्पनीका शेयर मात्रै माविर्जन कारोबारका लागि योग्य देखिएका छन् । जसमध्ये ११ ओटा वाणिज्य बैंक, ६ ओटा विकास बैंक, ९ ओटा लघुवित्त संस्था, ३ हाइड्रोपावर, ओरेन्टल होटल र नेपाल टेलिकमका शेयरमात्रै कारोबारका लागि योग्य देखिएका हुन् । बाँकी १७३ कम्पनीका शेयरहरु भने यसका लागि अयाेग्य देखिएका छन् । जीवनबीमा, निर्जीवन बीमा र फानान्स कम्पनी अन्तर्गत समूहका भने कुनै पनि शेयरको मार्जिन कारोबार हुन नसक्ने भएको छ । बजारमा राम्रो कार्यसम्पादन मूल्याङ्कन गरिएका शेयरहरु समेत मार्जिन कारोबारका लागि अयोग्य देखिँदा मार्जिन कारोबारकै औचित्यमाथि प्रश्न उठ्ने भएको छ । पुस महिनाभित्र साधारणसभा गरी दुई बर्षसम्म कम्तीमा १० प्रतिशत लाभांश दिएको कम्पनी मात्रै मार्जिन काारेबारका लागि योग्य हुने व्यवस्था अनुरुप त्यस्तो गरिएको हो । यसले कम्पनीहरुलाई वित्तीय सुशासन कायम गर्न दबाब सिर्जना गर्ने भए पनि हालको लागि भने यसले मार्जिन काराेबारप्रतिकाे उत्साह कम गराउँछ ।

आदि रेमिडिजले ल्यायो छालाजन्य रोगको उपचार लक्षित लुली मलम

काठमाडौँ । छालाजन्य रोग उपचार लक्षित आदि रेमिडिज प्रालिले एण्टी फङग्ल श्रेणीको नयाँ मोलिक्यूल लुली कोनाजोल बजारमा ल्याएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि सल्लाहकार समितिले चालु आवको सम्पन्न हिउँदे बैठकबाट यो नयाँ मोलिक्युलको उत्पादन र बिक्री वितरणलाई अनुमति दिइएको कम्पनीले जनाएको छ । औषधि उत्पादनतर्फ आत्मनिर्भर बन्ने क्रमलाई पछ्याउंदै यस प्रकारको नयाँ उत्पादन बजारमा ल्याइएको कम्पनीका निर्देशक सन्तोष बरालले बताएका छन् । लुली मलम अत्यन्त उपयोगी र गुणवत्ता युक्त औषधि भएकोले सबैको मन जित्न सफल हुने कम्पनीको दाबी छ । छालामा देखा पर्ने दाद, चिलाउने जस्ता रोगको उपचारमा कम्पनीले यस अघि विभिन्न ५ प्रकारका मलम औषधि बजारमा ल्याइसकेको छ । लुली एण्टी फङग्ल अन्तर्गत पर्ने उसको छैटौँ उत्पादन हो । हालसम्म यस प्रकारका औषधि आयातमा निर्भर हुँदै आएको छ । नेपाली बजारमा एण्टी फङग्ल औषधिको वार्षिक बजार कारोबार करिब दुई सय करोडको हुने गर्दछ । जसको ७५ प्रतिशत बजार हिस्सा आयातित औषधिले ओगट्ने गरेको छ । नेपाली ब्राण्डको बजार आकार मात्र २५ प्रतिशतमा सीमित छ । नेपालका सञ्चालित औषधि उद्योग मध्ये एण्टी फङग्ल तर्फ आएका ब्राण्डको बजार प्रवेश सुरुवात चरणमा छ । जसको कुल वार्षिक कारोबार १६ करोड सम्म पुग्ने बजार विज्ञ बताउँछन् ।

बाराको सिमरामा महिन्द्राको वर्कसप उद्घाटन

काठमाडौँ । नेपालको औद्योगिक तथा व्यापारिक घराना “एमभि दुगड” ग्रुप अन्तर्गतको दुगड व्रदर्स एण्ड सन्स प्रालिले बारा जिल्लाको सिमरामा वर्कसप उद्घाटन गरेको छ । कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्राका कस्टुमर केयर हेड के रवी, दुगड ब्रदर्स एण्ड सन्स प्रालीका उपाध्यक्ष बिबेक दुगड, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कागल्कर, कन्ट्री म्यानेजर तपस पट्टनायक, दुगड ब्रदर्स एण्ड सन्स प्रालीका सिनियर म्यानेजर वेदप्रकाश शर्मा, हेड अफ अप्रेशन शम्भु प्रसाद सुवेदी, सर्भिस हेड सुदिपराज सुवेदी र चन्दन रौनियारको उपस्थिति रहेको थियो । नेपाल भर ३४ सर्भिस सेन्टरमा २०० भन्दा बढी टेक्निसियनहरु मार्फत सेवा गर्दै आएको कम्पनीले जनाएको छ ।

सनराइज बैंकको नयाँ शाखा ललितपुरकाे ठेंचोमा

काठमाडौं । सनराइज बैंकको नयाँ शाखा ललितपुरस्थित ठेंचो विस्तार भएको छ । औपचारिक कार्यक्रमका साथ गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले उक्त शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सो कार्यक्रममा संचालक समितिका सदस्यहरु ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, नायव महा प्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरू उपस्थिति रहेको थियो । बैंकको शाखा संख्या १०४ वटा पुगेको छ भने २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

चौतारी लघुवित्तमा २ सञ्चालक निर्वाचित

काठमाडौँ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारण समूह(समूह ख) बाट २ जना निर्वाचित भएका छन् । कम्पनीको शनिवार सम्पन्न वार्षिक साधारण सभाबाट दोलखाका दीपककुमार बुढाथोकी र अर्घाखाँचीका केशवराज पन्थी सञ्चालक पदमा निर्वाचित भएको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जनाएका छन् ।

सिटिजन्सले गर्याे रामकोटको त्रिवेणी पुस्तकालयलाई सहयोग  

काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको रामकोटको पुस्तकालय तथा स्रोत केन्द्रलाई ५० हजार रुपैयाँमा आर्थिक सहयोग गरेको छ । “योर पार्टनर फर प्रोग्रेस”भन्ने नाराको साथ बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच बैंकद्वारा सो संस्थालाई ५० हजारका चेक हस्तान्तरण गरियो । सन् २०१२ देखि भीमढुंगा क्षेत्रका जिज्ञासु स्थानीयवासीलाई विज्ञान, प्रविधि, साहित्य, धर्म, इतिहास, भूगोल, स्वास्थ्य, वातावरण, यौन, कृषि, पशु स्वास्थ्य आदि जस्ता विषयका पुस्तकहरु उपलब्ध गराई ज्ञान आर्जन गर्ने माहोल बनाउन त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तत्पर रहेको छ । उक्त सहयोग रकम उपयुक्त कक्षहरुको निर्माण, व्यवस्थापन तथा संचालनका लागि प्रयोग गरिने कुरा पुस्तकालय व्यवस्थापन समितिले जानकारी गराएको छ । बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ । हाल नेपाली भरी ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेका र  ग्राहकवर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने स्थानीयको भनाई छ  ।

मेभोक्स हेलमेट अब नेपाली बजारमा, मूल्य २ हजारदेखि ४ हजार रुपैयाँसम्म

काठमाडौँ । केही दिन पहिले मात्र भारतीय बजारमा लन्च गरिएको मेभोक्स हेलमेट अब नेपाली बजारमा समेत उपलब्ध भएको छ । सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट नेपाली बजारमा सत्यदीप इन्टरनेसनलले उपलब्ध गराएको हो । फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ४ सय देखि ४ हजार ८ सय रुपैयाँ सम्म छ । मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षात्को मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ । हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ । अगाडिको दृश्य राम्रो देख्न र हेलमेट कोरिनबाट बचाउनका लागि समेत यसमा विशेष व्यवस्था गरिएको छ । राइडरको सुरक्षाका लागि यसमा धेरै फिचरको प्रयोग गरिएको कम्पनीको दावी छ ।

सेञ्चुरी बैंकले बिमोचन गर्यो २०७६ सालको क्यालेन्डर

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ । आइतबार एक समारोहबीच बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले क्यालेन्डर बिमोचन गरेका हुन् । सो क्यालेन्डर भिजिट नेपाल २०२०को सन्दर्भमा सातवटा प्रदेशहरुमा रहेको पर्यटकीय स्थलहरुलाई समेटिएर तयार पारिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।