पर्यटकीय स्थल सौराहामा आन्तरिक पर्यटकको घुइँचो, विदेशीको संख्या न्यून
चितवन । विदेशी पर्यटक घट्दै जाँदा यतिबेला आन्तरिक पर्यटकले यहाँको पर्यटकीय क्षेत्र भरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा परिवारसहित घुमफिर गर्ने नेपाली प्रचलन बढेसँगै यो मौसममा पर्यटकीय महत्व बोकेका ठाउँहरु आन्तरिक पर्यटकले भरिने थालेका छन् । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सौराहासँगै पटिहानी, जगतपुर र मेघौलीका होटल आन्तरिक पर्यटकले भरिएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेका अनुसार अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत स्वदेशी रहेका छन् भने ४० प्रतिशत हाराहारी विदेशी रहेका छन् । सौराहाको कूल क्षमताको ६० प्रतिशत पर्यटकले भरिएको घिमिरेले बताए । गतवर्ष भन्दा यसवर्ष स्वदेशी पर्यटक बढेको उहाँको भनाइ थियो । स्कुले विद्यार्थीको परीक्षा सम्पन्न भएसँगै घुमाउने प्रचलन बढेकै कारण यो मौसममा गतवर्ष भन्दा १० प्रतिशत नेपाली पर्यटक बढेको उनले बताए । विगतमा पनि चैत मसान्तका दिन शतप्रतिशत होटल भरिने उनले बताए । कुनै समय नेपालीलाई पर्यटक नमान्ने यहाँका व्यवसायीको अहिलेको रोजाइँ नेपाली हुने गरेको छ । व्यवसायीका अनुसार कोठाको रकममा मूल्य घटाउन जोड गर्ने नेपालीले खानपानमा भने विदेशीको भन्दा धेरै खर्च गर्ने भएपछि होटल व्यवसायीको रोजाइँमा नेपाली पर्न थालेका हुन् । घिमिरेका अनुसार नयाँवर्ष नजिकिएका कारण पनि होटल ‘बुकिङ्’ निकै बढ्दै गएको छ । हिमाल चढ्न नेपाल आएका विदेशी पर्यटक पनि यहाँ आउने क्रम जारी छ । कूल विदेशी पर्यटकको ५० प्रतिशत चिनियाँ रहेका छन् भने अन्यमा भारतीय, युरोपियन र अमेरिकन रहेको घिमिरेले बताए । पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीका अनुसार कतिपय नेपालीको आम्दानी बढेसँगै पारिवारिक घुमफिर गर्ने प्रचलन वर्षेनी बढ्दै गएको छ । जसको प्रभाव प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा परेको व्यवसायीको भनाइ छ । हरेक हप्ताको अन्तिम दिन परिवारसँगै बाहिर खाने, सबैको फुर्सद भएका बेला घुम्न जाने नेपाली प्रचलन बढेसँगै स्कुले बच्चाको बिदाको समय पारेर घुम्न आउने नेपाली बढेको उनले बताए । वर्षेनी यो सङ्ख्या बढ्दै गएको भन्दै उहाँले विदेश जानु भन्दा पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकलाई आकर्षीत पार्नुपर्ने उनले बताए । घुमफिरमा कला–संस्कृति, रिति–रिवाज, भौगोलिक अवस्था लगायतको अध्ययन भन्दा खानपिनमा नेपाली बढी रमाउने गरेको सुवेदीले बताए । चितवन आउने पर्यटक जङ्गल सफारीमा बढी केन्द्रित हुने गरेका छन् । क्षेत्रीय होटल सङ्घ कसरा सेक्टरका अध्यक्ष गणेश पौडेलले विदेशी पर्यटक घट्दै जाँदा आन्तरिक पर्यटक बढ्दै गएको बताए । सो क्षेत्रमा ३० प्रतिशत हाराहारी आन्तरिक पर्यटक रहेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले आन्तरिक पर्यटक बढ्नेक्रम जारी रहेको बताए । तीन दिनअघि पानी पर्दा समेत सौराहाबाट चल्ने ३२ वटा जीप आन्तरिक र बाह्य पर्यटकले भरिएको भन्दै उनले धेरै नेपाली देखिने गरेको बताए । विगत केही वर्षयता नेपाली घुमफिर गर्ने प्रचलन बढेर गएको ढकालले बताए । चितवन र नवलपुर क्षेत्रमा पर्यटकीय होटलको सङ्ख्या १५० वटा रहेका छन् । सौराहा, भरतपुर, पटिहानी, जगतपुर, मेघौलीसँगै नवलपुरको नारायणी छेउमा पर्यटकीय होटल रहेका छन् । पर्यटकीय स्तरका ती होटलमा रु १५ अर्ब भन्दा बढी लगानी भइसकेको छ । नेपाली पर्यटक बढ्दै गएपछि नयाँ ठूला होटलमा लगानी गर्ने क्रम पनि बढ्दो छ । रासस
नेशनल माइक्रोफाइनान्सले पिडितलाई एकसाथ गर्याे बित्तीय साक्षरता र राहत वितरण
काठमाडौं । नेशनल माइक्रोफाइनान्सको शाखा कार्यालय टेडालेग्राहक सदस्यहरु वित्तीय साक्षरता र राहत वितरण गरेको छ । बिरगंज मनपा वडा नं. ३२ टेडास्थित नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाको शाखा कार्यालय टेडामा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र सभापति मानारी शक्तिविकास समुहको अध्यक्ष आशा दहाल, अतिथिहरुमा समाजसेवी अफताब आलम, लालबाबु यादव, रन्जना झा विभिन्न पार्टी प्रतिनिधी, बुद्धिजीवी,पत्राकारहरु, सुरक्षाकर्मीहरु र ग्राहक सदस्य तथा अभिभावकहरु गरि करीब ४५० जनाको उपस्थिती रहेको थियो । प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाबाट प्रदान गर्ने सेवाहरु, संस्थाको प्रगती, भावी रणनीति,गोष्ठीको महत्व, समुहअध्यक्षको भुमिका जिम्मेवारी, कर्जा सदुपयोगिताको महत्व, बचतको महत्व, लघुविमाको महत्व, असल समुहका बिशेषताहरु, सम्बन्धमा सहभागीहरुलाई वित्तीय साक्षरताको बारेमा छलफल गरे । कार्यक्रमा प्रमुख अतिथि रामबहादुर यादवले उत्कृष्ट प्रथम द्धितीय, तृतीयको साथै सान्तवाना समुह अध्यक्षहरुलाई स सम्मान सहित पुरस्कार तथा प्रमाणपत्र समेत रहेको ८० जना पिडिड सदस्यहरुलाई जनहीचामल १ बोरा, चिउरा २ किलो, दाल १ किलो, चिनी १ किलो, नुन १ किलो, भुजा १ किलो, तेल १ लिटर, मशाला ३प्याकेट, झुल १ थान र तन्ना १ थान समाग्रीहरु वितरण गरिएको थियो ।
चितवन मेडिकल कलेजमा टेस्टट्युब बेबीकाे सेवा शुरु
काठमाडौं। चितवन मेडिकल कलेजले चितवनमै पहिलो पटक इन भिट्रो फर्टिलाइजेसन आइभिएफ अर्थात् टेस्ट टयुब बेबी गर्भाधान प्रक्रिया सुरु गरेको छ। विश्वो स्वास्थ्य सेवाको अवसर पारेर मेडिकल कलेजले आइभिएफ प्रविधिबाट कृत्रिम गर्भाधान प्रक्रिया सुरु गरेको हो। उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आईभिएफ सेन्टरको उद्घाटन गर्दै चितवन मेडिकल कलेजले सुरु गरेको यो पहल सर्वसाधरणको लागि लाभदायक हुने बताए। ३ करोडको लगानीमा बनेको यो सेन्टर भित्र छुट्टाछुट्टै ल्याब, अपरेसन कक्ष, विर्य संकलन, चेकजाँच, ड्रेस चेन्ज, परामर्श कक्ष तथा विश्राम कक्षहरुको व्यवस्था गरिएको छ। अस्पताललले काठमाडौका अस्पतालले भन्दा सस्तोमा सेवा उपलब्ध गराउने जनाएको छ।
‘पी ३० सिरिज’ का ह्वावे मोबाइल नेपाली बजारमा, चैत्र २९ बाट बिक्री शुरु हुने
काठमाडौ । ह्वावे मोबाइल कम्पनीले नेपाली बजारमा ‘पी ३० सिरिज’ अन्र्तगतका मोवाइल फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले ह्वावे ‘पी ३०’, ह्वावे ‘पी ३० प्रो’ र ह्वावे ‘पी ३० लाइट’ मोबाइल सार्वजनिक गरेको हो । नेपाली बजारमा ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट स्मार्टफोनको बिक्री चैत्र २९ बाट सुरू हुने कम्पनीले जनाएको छ । अग्रीम बुकिङ भने चैत्र २७ बुधबारसम्म गर्न सकिनेछ । ह्वावे‘पी ३० प्रो’ को मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँ, ह्वावे ‘पी ३०’ को मूल्य ८४ हजार ९ सय रुपैयाँ र ह्वावे ‘पी ३० लाइट’ को मूल्य ३९ हजार ९ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । उक्त मोवाइलको बिक्री चैत्र २९ गते शुक्रबारबाट सुरु हुनेछ । साथै, सो मोवाइल फोनको बुकिङ् भने चैत्र २७ गते बुधबारसम्म गर्न सकिने छ । मोवाइल कम्पनीले ग्राहकको सहजताको लागि ह्वावे पी सिरिजका स्मार्ट फोनहरु शुन्य ब्याजदरमा गरिद गर्न सकिने व्यवस्था मिलाएको छ । सोही कार्यका लागि नबिल बैक, माछापुच्छ्रे बैक, मेघा बैक, कुमारी बैंक, सिद्धार्थ बैक, ग्लोबल आएमई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र नेपाल इन्भष्टमेन्ट बैकसँग कम्पनीले सहकार्य गर्ने जनाएको छ । डीएस्को मार्क स्कोरमा कीर्तिमानी ११२ अंक ल्याएको ह्वावे पी ३० प्रो मा नयाँ लाइका क्वाड क्यामरा प्रणाली रहेको छ । यस्तै, ह्वावे सुपर स्पेक्ट्रम सेन्सर भएको ४० एमपिको मुख्य क्यामेरा, २० एमपिको अल्ट्रावाइड एङ्गल, ८ एमपीको टेलिफोटो क्यामरा, ह्वावे टिओएफ क्यामरा र उत्कृष्ट सेल्फीहरु खिच्ने ३२ एमपीको फ्रन्ट क्यामरा रहेको छ । मोवाइल फोन सार्वजनिक गर्ने अवसर पारेर ह्वावे मोवाइल कम्पनीका सिइओ ड्यानी डेनले भने–‘ह्वावे कम्पनीले ग्लोबल रुपमा काम गर्ने लक्ष्य राखेको छ र हालसम्म त्यसमा हामीहरुलाई सफलता मिल्दै आएको छ ।’
हेल्लो किड्सले मनायो वार्षिकोत्सव र अभिभावक दिवस
काठमाडौं। जोरपाटिमा अवस्थित हेल्लो किड्सले स्थापनाको दोश्रो वर्ष पारगरेको उपलक्ष्यमा वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। अरुणीमा शैक्षिक प्रतिष्ठानकै सेवा बिस्तार स्वरुप स्थिापित सो शैक्षिक प्रतिष्ठानले बालबालिकाको सिकाइलाई उच्च प्राथमिकतामा राख्दै बालबालिकालाई सबे क्षेत्रबाट एक सवल र सक्षम नागरिक बनाउन सक्दो कोशिश गरेको विद्यालयले जनाएको छ। कार्यक्रमको शुभारम्भ अरुनीमा एजुकेशन नेटवर्कका अध्यक्ष गोपाल बरालले गमलामा पानी हालेर गरेका थिए। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै हेल्लो किड्सका अध्यक्ष केशव प्रसाद जोशीले सम्पूर्ण अभिभावकको साथ सहयोग र हौसलाले उक्त स्थानमा आईपुगेको बताए। कार्यक्रममा साना बालबालिकाको संगीतीक प्रस्तुति देखी लिएर धेरै रमाइलो र सन्देशमुल्क प्रस्तुतीहरु विद्यार्थीले दिएका थिए। कार्यक्रममा स्थानीयबासी, बुद्धिजीवी, बिभिन्न क्षेत्रका प्रतिष्ठत व्यक्ति,अभिभावक लगायतकाको उपस्थिती रहेको थियो।
प्रदेश १ मा सामाजिक विकास मन्त्रालयको घोषणाः सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध
विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ । समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध गरेको घोषणा गरेका हुन् । मन्त्रालयलद्वारा आइतबार आयोजित कार्यक्रममा चुरोट, बिँडी, सिगार, तमाखु, हुक्का, सुल्फा, कच्चा सुर्ती, खैनी, गुट्खालगायतका सुर्तीजन्य पदार्थ सेवन गर्न र बोक्न निषेध गरिएको हो । मन्त्रालय प्राङ्गणको मूलढोकामा सुरक्षागार्डले मन्त्रालय आउने सेवाग्राही र कर्मचारीको सुर्तीजन्य पदार्थ जाँच गरी सुर्ती फाल्न गेटमा डस्टबिनको व्यवस्था गरिएको छ । मन्त्रालायले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले आइतबारदेखि यसको प्रभावकारी थालनी गरिएको जनाएको छ । मन्त्रालयमा आउने व्यक्तिको साथमा सुर्तीजन्य पदार्थ फेला परे मन्त्रालयमा लैजान नदिनुका साथै यस्ता पदार्थ भेटिएमा मन्त्रालयको गेटमै फाल्ने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता गोपी घिमिरेले जानकारी दिए । मन्त्रालयभित्र त्यस्तो पदार्थ साथमा भेटिए नियमअनुसार कारवाही हुने उनले जानकारी दिए । त्यसैगरी प्रदेश भित्रका विद्यालय, स्वस्थ्य संस्थालगायतका अन्य स्थानमा सुर्तीजन्य पदार्थको सेवन रोक्ने कार्यको शुरु गरिएको छ । प्रदेशमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न कानून निर्माण गरिने भएको छ । कार्यक्रमको शुरुआतमा प्रदेशका ११ विद्यालय छनोट गरी त्यहाँ सुर्तिजन्य पदार्थको सेवनमा रोक लागाउने प्रतिबद्धता गराइएको छ । प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखले पनि सुर्तीजन्य पदार्थ बोक्न र प्रयोगमा निषेध गर्ने प्रतिबद्धता जनाएका छन् । रासस
सुनको मूल्य २ सय रुपैयाँले वृद्धि, प्रतितोला ६० हजारमा कारोबार
कठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । आइतबारको तुलनामा तेजावी सुनको मूल्य २ सय बढेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै लामो समय देखि साेहि स्थान कार्यम राख्दै आएको चाँदी भने सोमबार प्रतितोला ५९ हजार ७ सयम रुपैंयामा कारोबार भईरहेको छ ।
काङ्ग्रेसमा अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन गरिँदै
काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो । समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा बसेको बैठकले काङ्ग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली पनि सङ्कलनका लागि पत्राचार गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । पार्टी केन्द्रीय कार्यसमितिको यही चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो । विसं २०७४ मा भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी दिने, उम्मेदवारलाई हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारवाही गर्न काङ्ग्रेसले यसअघि पनि अनुशासन समिति बनाएको थियो । यसअघिको अनुशासन समितिका संयोजक रमेश रिजालले पदबाट राजीनामा दिएपछि सो समिति विघटन भएको थियो । तत्कालीन अनुशासन समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्र पाण्डे र हृदयराम थानी सदस्य थिए । पार्टी केन्द्रीय कार्यालयमा यसअघि ५० जिल्लाबाट करीब ३५० नेता कार्यकर्ताविरुद्ध पार्टी हितविपरीत कार्य गरेको भनी कारवाहीका लागि उजुरी परिसकेको छ । त्यसमध्ये छानबिन गरी करीब २०० लाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । काङ्ग्रेस विधानअनुसार कसुरका आधारमा पार्टी हितविपरीतका क्रियाकलापमा संलग्न सदस्यलाई एक वर्षदेखि पाँच वर्षसम्म पार्टीबाट निलम्वनलगायत कारवाही गर्न सक्ने व्यवस्था छ । रासस