भेरी-बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’, एक वर्षअघि नै निर्माणको काम सम्पन्न
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक)ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो । बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो । आजै सुर्खेत पुगेका प्रधानमन्त्री ओलीले यसपछि सिक्टा सिँचाइ आयोजनाको निरीक्षण गर्ने कार्यक्रम गर्दैछन् । ‘‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित थिए । रासस
हिमालय उर्जाको आईपीओ बाँडफाँड, आवेदन दिने सबैले पाए १० देखि २० कित्ता सेयर
काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको आईपीओ मंगलबार भएको छ । उक्त आईपीओमा रितपूर्वक आवेदन दिने सबै आवेदकले सेयर पाएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्का अनुसार आईपीओमा ६९ हजार ६७० जनाले रितपूर्वक आवेदन दिएका थिए । जसमध्ये ६६ हजार ९५० जनाले २० कित्ताका दरले र २ हजार ७२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा कूल ६९ हजार ७०८ वटा आवेदन परेको थियो । जसमा ३८ आवेदकबाट परेको २ हजार ८०० कित्ता आवेदन रद्ध भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ । कम्पनीले गत चैत २० गतेदेखि २५ गतेसम्म निष्काशन गरेको उक्त आईपीओ मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी बैंकेटमा बाँडफाँड गरेको हो । कम्पनीले कूल १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यसमध्ये सर्वसाधारणका लागि १३ लाख ६६ हजार २२० कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमा ४ गुणा बढी आवेदन परेको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेडले जनाएको छ । कूल निष्काशित साधारण सेयरमध्ये कर्मचारीलाई ३ प्रतिशत र सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याईएको छ । तुलनात्मक रूपमा कम लागतमा परियोजना बन्दै गरेको र सम्पन्न हुने चरणमा पुगिसकेकोले लगानीकर्ताले यस कम्पनीको सेयर मन पराएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताएका छन् । रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मे.वा. को उपल्लो खिम्ति र ७ मे.वा. को अपर खिम्ति–२ गरी कुल १९ मे.वा. का आयोजनाहरु निर्माण गरिरहेको छ । विवरण पत्रमाउल्लेख भएअनुसार १९ मे.वा. निर्माण गर्नको लागि लागत करिव ३ अर्ब १५ करोड रहेको छ । यसरी हेर्दा प्रति मे.वा. लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना यहि २०७६ आषाढ मसान्तमा सम्पन्न हुने उल्लेख छ ।
एभरेष्ट बैंकका ग्राहकलाई चिरायू हस्पिटलमा १५ प्रतिशत छुट
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चिरायू नेशनल हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपालको बसुन्धारास्थीत चिरायू नेशनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । हस्पिटलले डिसेम्बर २०१३ देखि आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले विभिन्न सेवाहरुमा १५ ५ छुट पाउने छन् । साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १५५ छुट पाउने छन् ।
प्राइम-ओम मर्जर: राष्ट्र बैंकलाई तीनओटा पत्र, ओम मर्जरमा जानै नसक्ने, प्राइम जानैपर्ने
काठमाडौं । प्राइम कमर्शियल बैंक र ओम डेभलपमेन्ट बैंकबीचको मर्जर प्रक्रिया रोकिएको छ । ओम डेभलपमेन्ट बैंक मर्जर प्रक्रियाप्रति अनिच्छुक देखिएसँगै प्रक्रिया अघि बढ्न नसकेको हो । मर्जर प्रक्रिया अघि बढाउने तथा डिमर्जमा जाने सम्बन्धमा प्राइम र ओमका तर्फबाट ३ ओटा पत्र राष्ट्र बैंकमा पुगिसकेको छ । नेपाल राष्ट्र बैंकमा पठाइएको पत्रमध्ये ओम डेभलपमेन्ट बैंकका तर्फबाट डिमर्जमा जाने आशयसहितको पत्र, प्राइमका तर्फबाट मर्जर प्रक्रियामा सहजीकरण गरिदिने आशयसहितको पत्र रहेको बताइएको छ । एउटा पत्र संयुक्त मर्जर कमिटीको तर्फबाट पठाइएको भए पनि उक्त पत्रमा समेत दुई पक्षको फरक फरक मत रहेको बताइएको छ । राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले मर्जर कमिटीको पत्रले बैंकहरु मर्जरमा जान चाहेको हो कि होइन स्पष्ट पार्न नसक्ने गरी पत्र प्राप्त भएकोे बताउँदै मर्जरका लागि निर्णय गर्ने समय बैशाख १३गतेसम्म रहेको र त्यसपछि आवश्यक सोधपुछ गर्ने बताए । ‘मर्जरको निर्णयका लागि १३ गतेसम्म समय छ, यो समय सकिएपछि हामी प्रश्न गर्छौ, डिमर्जमा जाने भए पनि त्यसको छुट्टै प्रक्रिया छ, सोही प्रक्रियाअनुसार अघि बढ्छ’ पौडलले विकासन्यूजसँग भने । उता, ओमले राष्ट्र बैंकलाई बुझाएको पत्रमा भने प्राइम बैंकले मर्जरपछिकाे सञ्चालक समितिमा आफ्नो प्रतिनिधित्व गराउन नमानेको, आफ्ना कर्मचारीहरुलाई मर्जरपछिको व्यवस्थापनमा उचित प्रतिनिधित्व नदिएको तथा प्राइम बैंकभित्र विभिन्न व्यवस्थापकीय समस्या देखिएकोले आफूहरु डिमर्जमा जान लागेको उल्लेख गरेको बताइएकाे छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीका अनुसार ओमले त्यस्ताे व्यहाेराकाे पत्र पठाउँदा प्राइम बैंकले भने आफूहरुले मर्जर चाहेको र ओम भने प्रक्रियाबाट पछि हट्न लागेको भन्दै मर्जरमा सहजीकरण गर्न राष्ट्र बैंकलाई अर्को पत्र लेखेकाे छ । ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमाेहन अधिकारीले आफू मर्जर प्रक्रियामा सहभागी नभएको बताउँदै संयुक्त मर्जर कमिटीले राष्ट्र बैंकलाई पत्र पठाएको आफूले थाहा पाएको बताए । तर, पत्रमा के व्यहोरा छ भन्ने आफूलाई थाहा नभएको उनले दाबी गरे । तोकिएको चुक्ता पुँजी पुगिसकेका दुवै बैंकहरु यसअघि स्वेच्छिक रुपमा मर्जरको तयारीमा जुटे पनि ओमभित्र मर्जरमा जानै नहुने मत बलियो भएपछि मर्जर प्रक्रिया रद्द गर्ने निष्कर्षमा ओम डेभलपमेन्ट बैंक पुगेको बताइएको छ । ‘प्रक्रिया रोकिएको छ, राष्ट्र बैंकले एक्सन लिए केही हुन सक्छ, तर ओमले नचाहँदा नचाहँदै केही हुन सक्दैन, त्यसैले प्रक्रिया अघि बढ्ने सम्भावना कमजोर छ’– प्राइम बैंक स्रोतले भन्यो । प्राइम कमर्शियल बैंक लिमिटेडका सञ्चालक गजेन्द्र विष्टले पनि ओमसँगको मर्जर प्रक्रिया दुइ महिनादेखि नै अवरूद्ध भएकाे बताए । ‘माघ अन्तिम सातादेखि प्रक्रिया अघि बढेकाे छैन’ विष्टले भने-‘एउटा गाेरू बसेपछि अर्काे गाेरूबाट जाेत्न सकिदैन । राेपाइ राेकिएकाे छु।’
मेरो सुरक्षाले मोवाइल व्यवसायीलाई ११ लाखको निःशुल्क बीमा गरी दिने
काठमाडौँ । मेरो सुरक्षाले नयाँवर्षको अवसरमा निःशुल्क बीमा योजना सार्वजनिक गरेको छ । मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स अन्तरगत नयाँ योजना ल्याएको हो । यस योजनामा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहकार्य गर्ने मोबाइल व्यवसायी सहभागि हुन सक्छन् । मेरो सुरक्षाका अनुसार मोबाइल व्यवसायीको ११ लाख रुपैंया बराबरको निशुल्क बीमा हुनेछ । मेरो सुरक्षाका प्रमुखकार्यकारी अधिकृत प्रेम सुनुवारका अनुसार मोबाइल व्यवसायीले १० लाख रुपैंया बराबरको दुर्घटना बीमा तथा एक लाख रुपैंया बराबरको स्वास्थ्य उपचार बीमा निःशुल्क पाउने छन् । योजनामा सहभागि हुनका लागि मोबाइल व्यवसायीहरु मेरो सुरक्षाको मोबाइल प्रटेक्सन प्लानका बितरक हुनु पर्नेछ । बैशाख २० गतेसम्ममा मेरो सुरक्षासँग सम्पर्कमा आउने मोबाइल बितरकहरुलाई मात्र निःशुल्कबीमा योजनामा सहभागि गराइने बताइएको छ । मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा निःशुल्क बीमा योजना ल्याएको हो । मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगकै सहकार्यमा मोबाइल प्रोटेक्सन प्लान सञ्चालन गरिरहेको छ । केही समय अघि मात्र चितवनमा शाखा बिस्तार गरेको मेरो सुरक्षाले बैशाखको पहिलो सातादेखि बुटवलमा पनिशाखा सञ्चालनमा ल्याउने जनाएको छ । कुनै कारणले मोबाइल फुटेमा, आगो वापानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ । मोबाइलप्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सुरक्षा प्रोटेक्सन प्लान खरीद गरी आफ्नो मोबाइलको बीमा गराउन सक्छन् । मेरो सुरक्षाले मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीको १ लाख रुपैंयाको निःशुल्क दुर्घटना बीमा समेत गरि दिने जनाएको छ । मोबाइल प्रोटेक्सन प्लान लिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । मोबाइलको बीमा गर्दा लाग्ने शुल्क इसेवा, खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिङबाट भुक्तान गर्न सकिन्छ ।
बैशाख १३ गतेदेखि ‘छक्का पञ्जा २’ पुन : प्रदर्शन हुने
काठमाडौं । ‘छक्का पञ्जा २’ पुन : हलमा प्रदर्शन हुने भएको छ । दिपाश्री निरौला तथा दिपकराज गिरीको निर्देशनमा रहेको सो चलचित्र सन् २०१७ अगस्ट १७ मा रिलिज भएको थियो । हालसम्म पनि युट्यबमा नआएको सो चलचित्र बैशाख १३ गते देखि पुनः प्रदर्शन हुने भएको छ । प्रदर्शन भएको २ वर्ष वितिसक्दा पनि युट्यबमा नआए पछि दर्शकले हर्ने इच्छा व्यक्त गरेकै कारण पुन प्रदर्शन गर्ने भएको चलचित्र निर्माण समुहले जानकारी दिएको छ । दिपकराज गिरी, केदार घिमिरे, प्रियका कार्की, जितु नेपाल, वर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकालले यस फिल्ममा अभिनय रहेका थिए । १ घण्टा ३५ मिनेट सम्मको प्रदर्शन हुने सो फिल्म नेपाली समाजभित्रको चालचलन, रितिरिवाज, संस्कार लाई टपक्क टिपेर चलचित्रमा उल्लेख गरिएको थियो । सो चलचित्रले करिब १५ करोड आम्दानी गरेका बक्स अफिसले बताउँदै अब पुनः प्रदर्शनले थप आम्दानी बढ्ने जानकारी दिएको छ ।
सानिमा बैंक र म्याक्स हेल्थकेयरबीच सम्झौता, उपचार खर्चमा ५ प्रतिशत छुट
काठमाडौँ । सानिमा बैंक लिमिटेड र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धि सम्झौता भएको छ ।सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग, बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडका तर्फबाट सेल्स तथा मार्केटिङ्गका उप-प्रबन्धक सुरज जोसेफले हस्ताक्षर गरेका हुन् । म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेड, भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचारसम्बन्धि सेवा दिने चेन संस्था हो । हाल, यस संस्थाको १४ वटा साझेदार अस्पतालहरु छन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयर ईन्स्टिच्युटमा साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्ने छन् । साथै सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशत सम्म छुट पाउन सक्ने छन् ।
बैशाख ५ गते विप्लवको नेपाल बन्द
काठमाडौं। विप्लव माओवादीले बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ। सरकारले आफुहरुको कार्यक्रमलाई अंकुश लगाई दमन गर्न खोजेको बिरोध गर्दै उनिहरुले बन्द घोषणा गरेका हुन्। सरकारले फागुण २८ गते राती देखी विप्लवको कार्यक्रम बन्द गराई ३५ दिन भित्रमा आत्मासमर्पण गर्न आदेश दिएको थियो। विप्लवले बैशाख २ गतेबाट सुरु हुने कार्यक्रमको पहिलो दिन कोण सभा, बैशाख ३ गते अन्तरकृया, बैशाख ४ गते मशाल जुलुस, बैशाख ५ गते नेपाल बन्द र बैशाख ६ गते देखी प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुने देशका विभिन्न भागहरुमा बन्दको कार्यक्रमहरु आयोजना गर्ने बताएको छ।