भारतको मैसुरमा कुमारी बैंक लिमिटेड पुरस्कृत
काठमाडौँ । भारतको मैसुरमा सम्पन्न Infosys Finacle Client Innovation Award 2019 मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ । यसरी Infosys Finacle बाट सम्मानित हुनेमा अहिले सम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो । आफ्नो कोर बैंकिङ्ग सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा कुमारी बैंक उक्त अवार्डले सम्मानित भएको हो । प्राविधिक रुपान्तरण, सही प्रयोग तथा श्रृजनशीलता जस्ता बुंदाहरुलाई आधार मानेर उक्त अवार्ड दिने गरिन्छ । Infosys Finacle को उक्त समारोहको यस संस्करणमा “Accelerated Transformation” विधामा कुमारी बैंक विजेता भएको हो । सोही विधामा अरु बैंकमध्ये पन्जाब नेशनल बैंक विजेता तथा ICICI Bank, Andhra Bank र Emirates NDB (UAE) उपविजेता भएका छन् । अन्र्तराष्ट्रिय मञ्चमा नवीन बैंकिङ्ग प्रविधिमा प्रतिष्ठित मानिने उक्त अवार्डले सम्मानित भए पश्चात् आगामी दिनमा अझ आधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।
सिराहाको लाहानमा अजोड इन्स्योरेन्सको नयाँ शाखा
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले सिरहाको लाहानमा शाखा बिस्तार गरेको छ । लाहान शाखा कार्यलयको उद्घाटन प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीको अध्यक्षता तथा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोकलाल अमात्यबाट सम्पन्न भएको छ । सो उद्घाटन समारोहमा संस्थाका नायब कार्यकारी अधिकृत सुरेन्द्र थापाले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्य योजन तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे । उक्त अवसरमा शेख मिडिया हाउस प्रालिका अध्यक्ष फिरोज शेख तथा रेडियो समग्र लाहानका अध्यक्ष भैरब गेलालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा सञ्चालनमा रहेको र संस्थाले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुत्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन शाखाको स्थापना गरिएको जानकारी गराए ।
१४ क्यासिनोले पर्यटन विभागलाई तिरेनन् २८ करोड, तीन क्यासिनो इजाजत बिनै सञ्चालन
काठमाडौँ । मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले रु २८ करोडभन्दा बढी बक्यौता रकम तिर्न अटेर गरेका छन् । चार क्यासिनो सञ्चालकका १४ क्यासिनोले नियामक निकाय पर्यटन विभागलाई रु २८ करोड ७५ लाख ५४ हजार २५ बक्यौता तिर्न बाँकी छ । क्यासिनो ह्याप्पीआवर प्रालिले सञ्चालन गरेको चार क्यासिनोबाट रु १४ करोड ६६ लाख ४३ हजार ७५० बक्यौता रहेको छ । ह्याप्पीले आर्थिक वर्ष २०७१ सालदेखि २०७४ सालसम्मको रोयल्टी रकम बुझाएको छैन । यो कम्पनीले होटल स्वीटड्रिम महेन्द्रनगर, होटल लाकौल भैरहवा, होटल स्नेहा नेपालगञ्ज र होटल ढाका काँकडभिट्टामा गरी चार स्थानमा क्यासिनो सञ्चालन गर्दै आएका छन् । त्यस्तै रक इन्टरनेशनल प्रालिबाट रु पाँच करोड ६९ लाख ४५ हजार २७५ बक्यौता तिर्न बाँकी छ । काठमाडौँको ओरियन्टल होटलमा सञ्चालन गरेको क्यासिनो र्याडसहित विभिन्न जिल्लाका पाँच स्थानमा क्यासिनो सञ्चालन गरेको छ । होटल साथी धनगढी, होटल सुरज वीरगञ्ज, होटल नान्स भैरहवा, होटल रियाज काँकडभिट्टामा क्यासिनो सञ्चालन गरेका छन् । गील्ट इन्भेष्टमेन्ट प्रालिको रु आठ करोड ३९ लाख ६५ हजार बक्यौता रकम बुझाउन बाँकी छ । उक्त कम्पनीअन्तर्गत होटल याक एण्ड यतिमा सञ्चालन गरेको रोयल क्यासिनोले तीन वर्षदेखि रोयल्टी रकम बुझाएको छैन । त्यस्तै, सेन्ट्ररल मिडिया प्रालिले सञ्चालन गरेको सि एमजी क्लब मिनी क्यासिनोले होटल ओपेरा महेन्द्रनगर, होटल भिस्वा वीरगञ्ज, होटल रत्ना विराटनगर, होटल प्लाटिनियम काठमाडौँमा गरी चार स्थानमा सञ्चालन गरेको क्लबको समेत बक्यौता रहेको विभागले जनाएको छ । र्याड क्यासिनो, रोयल क्यासिनो, एमजी क्लब (मिनी क्यासिनो) सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा चलिरहेका छन् । क्यासिनो नियमावली २०७० बमोजिम पर्यटन विभागमा सात क्यासिनो दर्ता भएका छन् । ठूला क्यासिनो छ र मिनि क्यासिनो एक गरी सात नयाँ क्यासिनो दर्ता भएको पर्यटन विभागको घरबास ‘होमस्टे’ शाखाले जनाएको छ । ठूला क्यासिनोका लागि रु तीन करोड र साना क्यासिनोलाई ७५ लाख शुल्क तोकिएकोमा आव २०७५/७६ देखि क्यासिनो सञ्चालन रोयल्टी शुल्कमा वृद्धि भएको छ । आव २०७१/७२ देखि क्यासिनोले बक्यौता बुझाएका छैनन् । क्यासिनो सञ्चालक बक्यौता शुल्क नबुझाई अदालत जाने गर्दा बक्यौता रकम थपिने गरेको पर्यटन विभागले जनाएको छ । नयाँ नियमावलीअनुसार ठूला क्यानिसो सञ्चालन गर्दा चार करोड र साना क्यासिनो सञ्चालनका लागि रु एक करोड तिर्नुपर्छ । ठूला क्यासिनो सञ्चालन गर्न २५ करोड पूँजी र सानो क्यासिनो सञ्चालन गर्न १५ करोड पूँजी आवश्यक पर्छ । तीन क्यासिनो बिना इजाजत सञ्चालनमा हाल सञ्चालनमा रहेका तीन क्यासिनोले इजाजतपत्र नलिएको पाइएको छ । महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनले तीन क्यासिनोले स्वीकृति नलिई सञ्चालन गरेको भन्दै कारवाहीमा गरी दुई कम्पनीको रु एक करोड र चार स्थानमा सञ्चालित एक कम्पनीको रु दुई करोडसमेत गरी रु चार करोड इजाजतपत्र दस्तुर असुल गर्नुपर्ने ठहर गरेको छ । आर्थिक ऐन, २०७४ अनुसार आर्थिक वर्ष सकिएको दुई महीनाभित्र रोयल्टी नबुझाउने निकायलाई रोयल्टी रकमको वाषिर्क १५ प्रतिशतका दरले शुल्क र त्यस्तो म्याद नाघेको मितिले तीन महीनासम्ममा रकम नबुझाएमा वार्षिक १५ प्रतिशतका दरले थप शुल्कसमेत लगाई क्यासिनोको रोयल्टी असुल गर्नुपर्ने व्यवस्था छ । गत वर्ष एक कम्पनीले रु तीन करोड र अर्को एक कम्पनीले रु पाँच करोड ७३ लाख ९० हजारसमेत आठ करोड ७३ लाख ९० हजार रोयल्टी नबुझाएको हुँदा थप शुल्कसमेत लगाई असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । आधुनिक मेशिन वा उपकरणको माध्यमबाट खेलाइने खेल (क्यासिनो) को लागि एक इजाजतपत्रबाट एक स्थानमा मात्र त्यस्तो खेलाउन सकिनेमा एक मिनी क्यासिनोबाट महेन्द्रनगर, वीरगञ्ज, विराटनगर र काठमाडौँसमेत चार ठाउँमा सञ्चालन गरी एक स्थानको मात्र नवीकरण दस्तुर रु ५० लाख दाखिला गरेको पनि भेटिएको छ । ऐनको व्यवस्थाबमोजिम कारवाही गरी नपुग नवीकरण दस्तुर रु एक करोड ५० लाख असुल गर्न सरकारलाई महालेखाले भनेको छ । केही क्यासिनो सञ्चालकले इजाजत दस्तुर नबुझाई विगतदेखि क्यासिनो सञ्चालन गरिरहेकै स्थानमा नयाँ नामबाट क्यासिनो सञ्चालन हुँदै आएकामा क्यासिनो नियमावली, २०७० अनुसार विभागबाट अनुगमन मूल्याङ्कन तथा कारवाही हुनुपर्नेमा नभएको पाइएको छ । रासस
बुद्ध लामाको चौथो गीत ‘सोल्टीनी सोल्टीनी’ भिडियो सहित सार्वजनिक
काठमाडौं । नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामाको नयाँ गीत ‘सोल्टीनी सोल्टीनी’ म्यूजिक भिडियोका साथ सार्वजनिक भएको छ । एपिवानद्धारा निर्मित दोस्रो गीतमा आशुसेन लामाको शब्द तथा संगित रहेको छ । चर्चित रियालिटी शो नेपाल आइडल पहिलो सिजनको विजेता बुद्ध लामा अर्काे म्युजिक भिडियो बजारमा आएको छ । अनिल के मनान्दरको निर्देशनमा रहेको म्युजिक भिडियोमा लामा र अलिसा राईको अभिनय रहेको छ । आइडलको यात्रा पछि लामाको ४ ओटा गीत बजारमा आइसकेका छन्, ती सबै गितहरु दर्शकले रुचाएका छन् । भिडियाे हेर्न तल क्लिक गर्नुहोस् ।
अष्ट्रेलिया जाँदा नलैजानुस् यी सामान, नत्र परिएला १० बर्ष जेल !
अष्ट्रेलिया । अष्ट्रेलियाले बाहिरबाट ल्याइने खानेकुरा ,खाद्यान्न र पशुजन्य उत्पादनमा कडाइ सुरु गरेको छ। देशबाहिरबाट आउने खानेकुराले अष्ट्रेलियामा रोग र माहमारी फैलाई देशलाई असुन्तलित बनाउने हुनाले यस्तो सुरु गरिएको अष्ट्रेलियन सरकारले जानकारी दिएको छ। अप्रिल १७,२०१९ बाट लागू गरिएको नयाँ नियम अनुसार यदी बाहिर देशबाट ल्याइएको सामानको गुणस्तर कम भएको अवस्थामा उक्त व्यक्तीलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइने बताईएको छ। त्यसैले यदी तपाई घरबाट अष्ट्रेलियामा बस्ने आफ्ना छोराछोरी,आफन्त, अष्ट्रेलिया सामान पठाउँदै हुनुहुन्छ भने सजक हुनुहोला। अष्ट्रेलियामा के लैजान पाइन्छ, के पाइदैन ? १। खाना तपाईले अष्ट्रेलियामा कफी,बिस्कुट ,ब्रेड ,केक,चक्लेट, मेपल सिरप, तेल आदि ल्याउन पाउनुहुन्छ । यदी तपाई अचार, चियापत्ती, मसला, दुधजन्य पदार्थ लैजाँदै हुनुहुन्छ भने उक्त सामनको बारेमा तपाईले स्पस्ट विवरण दिनु पर्नेछ। २। औषधी तपाईले व्यक्तिगत प्रयोजनका लागि औषधी लैजान पाउनुहुन्छ तर तपाईले उक्त औषधीको डाक्टरले अंग्रेजीमा लेखेको प्रेस्क्रिप्सन सँगै बोक्नुपर्ने हुन्छ। तपाईले यसरी आफुले खाँदै गरेको औषधी लैजान सक्नुहुन्छ। ३। बनस्पति ,फुल र बिरुवाहरु जरा सहितको बनस्पतिहरुलाई अष्ट्रेलियामा लैजान प्रतिबन्ध लगाइएको छ। यदी कसैले लैजान पर्ने अवस्था आउँछ भने उसले कृषि तथा जलश्रोत विभागबाट अनुमती लिनुपर्ने हुन्छ। ४। चाडबाडको सामाग्री अप्रावासी विद्यार्थीहरुले दसैं-तिहार, जनैपुर्णिमा जस्ता चाडपर्वमा ल्याउने सामनको जाँच गरि लैजान पाउने छन्। तर विद्यार्थीहरुले ताजा फलफूल, सुक्खा फलफुल तथा मिठाईका परीकार जस्तै लड्डु, बर्फी, रसमलाई, पेडा आदि ल्याउन पाउने छैनन्। तपाईले प्रतिबन्धित सामान ल्याउनु भयो भने के हुन्छ ? यदी तपाई अष्ट्रेलिया आउँदै हुनुहुन्छ भने तपाईलाई एउटा कार्ड पेपेर दिईनेछ जसमा तपाईले ल्याउनुभएको सामानको विवरण लेख्नुपर्ने हुन्छ। सेकुरेटी अफीसरले तपईको लगेज चेक गर्ने छन् र यदी तपाइले आफ्ना सामानको विवरण लेख्नुभएन वा गलत लेख्नुभएमा उनीहरुले तपाइको सामनको जाँच गरी विवरण झुटो ठहरिएको अवस्थामा तपाईलाई जेल लगी $४२०००० जरीवाना लगाइने वा १० बर्ष जेल समेत हुनेछ ।
धरानमा कामना सेवाकोे ८२औं शाखा बिस्तार
काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सुनसरी जिल्लाको धरानमा शाखा बिस्तार गरेको छ । धरान उपमहानगरपालिका वडा नं.६ स्थित छाताचोकमा मंगलबार ८२औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले नयाँवर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिधरी सापकोटाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेश प्रमुख राईले बैंकको संक्षिप्त जानकारी गराउँदैप्रदेश नं १मा यो सँगै ६वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।
मुक्तिनाथ विकास बैंकद्धारा महानगरीय प्रहरी वृत्तलाई जनचेतनामूलक स्टीकर सहयोग
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौं महानगरपालिका वडा नं १,महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई सामाजिक जनचेतनामुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टीकर सहयोग गरेको छ । उक्त स्टीकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १०००० घर तथा कार्यालयमा टाँसिनेछ । उक्त स्टीकर मुक्तिनाथ विकास बैंक लि. मार्केटिङ्ग तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले महानगरीय प्रहरी वृत्त, कमलपोखरीका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेललाई हस्तान्तरण गरे ।
केएल दुगड समूहको नयाँ उत्पादन चनाको सत्तू बजारमा
काठमाडौं । केएल दुगड समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्राण्डको आफ्नो नयाँ उत्पादन चनाको सत्तू देशभर उपलब्ध गराएको छ । हाल यो ५०० ग्रामको प्याकमा उपलब्ध रहेको छ । ज्ञान चनाको सत्तू उत्कृष्ट गुणस्तरको चनाबाट अत्याधुनिक मेसिनद्वारा भुटि, पिसि मेटालिक प्याकेटमा प्याक गरिएको हुन्छ । ज्ञान सत्तूलाई पानीमा घोलेर स्वादअनुसार विरेनून वा साधानून, कागतीको रस, भुटेको जिरा राखी एक प्रकारको इनर्जि ड्रिङ्कको रुपमा सेवन गर्न सकिन्छ वा पानीरदुध सँग घोलेर बाक्लो हलुवाको रुपमा पनि खान सकिन्छ । यसबाट विभिन्न स्वादिष्ट मिठाई तयार गर्न सकिन्छ । यो पेट र पाचनको लागी राम्रो आहार हो । गर्मीको मौसममा यसको सेवनले शितलता प्रदान गर्नुका साथै शरीरमा स्फूर्ती प्रदान गर्ने कम्पनीले जनाएको छ । ज्ञान सत्तू एक स्वच्छ, स्वादिष्ट तथा पौष्टिक आहार हो, जसमा प्रोटिन प्रचूर मात्रामा पाईन्छ–कम्पनीले जनाएको छ ।