विकासन्युज

२०५ कम्पनीमा इन्भेष्टमेन्ट र ग्लोबल आईएमई बैंकमात्रै राम्राे !

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचिकृत २८ वाणिज्य बैंकमध्ये दुई कम्पनीमात्र अब्बल देखिएका छन् । नेप्सेले वर्गिकरण गरेको सूची अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आईएमई बैंकमात्रै ‘ए’ वर्गमा परेका कारण अन्यभन्दा अब्बल मानिएका हुन् । नेप्सेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सूचिकृत कम्पनीहरुलाई विभिन्न चार वर्ग(ए, बी, जी र जेड)मा वर्गिकरण गरेको छ । जसअनुसार ‘ए’ वर्गमा जम्मा २ कम्पनी परेका छन् भने ‘बी’ वर्गमा कुनै पनि कम्पनी परेका छैनन् । नेप्सेले तयार पारेको सूचीअनुसार सबैभन्दा धेरै कम्पनी ‘जेड’ वर्गमा परेका छन् । (कुन कम्पनी कुन वर्गमा परे हेर्नको लागि यसमा क्लिक गर्नुहोस् ।) नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५’ गत २०७५ साउन १ गतेदेखि कार्यान्वयमा ल्याएको थियो । सोही व्यवस्थाअनुरुप संगठित संस्थाको चुक्तापूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी ए, बी, जी र जेड गरी चार वर्गमा वर्गिकरण गरिएको नेप्सेले जनाएको छ । सोही अनुसार हाल जम्मा दुई वाणिज्य बैंकमात्र चुक्तापूँजी, प्रतिफल, नियम परिपालना लगायतको क्षेत्रमा अब्बल देखिएको मानिन्छ । साथै, उक्त वर्गिकरणमा परेका संगठित संस्थाले उल्लेखित वर्गमा पर्नु नपर्ने कारण सहित ३५ दिनको म्याद भित्र दावी सहित निवेदन दिन नेप्सेले आग्रह गरेको छ ।

आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उद्घाटन

काठमाडौं । काठमाडौंको हात्तिगौडामा सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ भएका छन् । पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता तर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ सञ्चालनमा आएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्घाटन वरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर गरेका छन् । उद्घाटन कार्यक्रममा नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ ब्यानरको प्रर्दशन गरेका थिए भने बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बसनारायण मर्हजनले दीप प्रज्वलन गरि सम्पुर्ण कानुनी प्रकृया पुरा गरि खोलिएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोका प्रमाणपत्रहरु प्रदर्शन गरेरे कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा बोल्ने क्रममा बरिष्ठ गायक आनन्द कार्कीले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्देश्य महिलाहरुलाई उद्यमशिल बनाउने र अहिलेको आधुनिक प्रविधि सहितको सुविधा समाबेस गरी सञ्चालनमा आएकोले छिटै नै सबैको मन मस्तिष्कमा बस्न सफल होस भन्ने शुभकामना ब्यक्त गरे । फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिगार्ने, पुरुषको कपाल काटने ब्युटिसियन कोर्सहरु सञ्चालन र ब्युटिपार्लरमा उपलब्ध हुने सबै किसिमका सेवाहरु उपलब्ध हुने यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोमा गरिब, एकल महिला, आर्थिक अबस्था कमजोर भएका महिलाहरुले निःशुल्क रुपमा ब्युटिसियन तालिम लिएर स्वरोजगार बन्न सक्ने कुरा यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोकी प्रबन्ध निर्देशक गोपी मायाँ थुलुङले बताइन ।

सरकारी विद्यालयमा छोराछोरी नपढाए सेवा सुविधा बन्द गर्ने वडा अध्यक्षको घोषणा

काठमाडौं । पोखरा महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष निर्मल दियालीले सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेका छन् । अध्यक्ष दियालीले सामुदायिक विद्यालय प्रतिको आम मानिस भित्र रहेको नकारात्मक धारणा हटाउनु पर्ने जानकारी दिँदै ‘सामुदायिक विद्यालयमा भर्ना गराउनु, शैक्षिक गुणस्तरको जिम्मा म लिन्छु’ उनले भने । ८ वटा आधारभुत विद्यालय र २ वटा माध्यामिक विद्यालय रहेको सो ठाँउको स्थानिय वासिन्दाले सामुदायिक विद्यालयमा भर्ना नगरे स्थानिय स्तरबाट दिने सेवा सुविधा नदिने बताए । सामुदायिक विद्यालय प्रति हेर्ने दृष्टिकोणमा सुधार ल्याउने उद्देश्यले सो नियम लागु गरेको जानकारी दिएका छन् ।

जुत्ता घरमा ट्रिपल सिजन मेला, ६० प्रतिशतसम्म छुट अफर

काठमाडौं । नेपाल जुत्ता घरमा ट्रिपल सिजनलाई लक्षित गर्दै बिशेष छुट अफर ल्याएको छ । जुत्ता घरले नयाँ बर्ष, बिहेको लगन र नयाँ शैक्षिक सत्रको ट्रिपल सिजन केन्द्रित अफर ल्याएको हो । अफर अनुसार नयाँ जुत्ताहरुको खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुट पाइने नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताए । ‘नयाँ वर्ष, विहेको सिजन र नयाँ शैक्षिक सत्रका लागि ६० प्रतिशतसम्मको छुट सुविधा ल्याएका छौं’, उपाध्यायले भने । बैशाख भरि लागु हुने मेलामा खरिद गरिएका जुत्ता चप्पलहरुमा ६ महिनाको वारेन्टी सुविधा पनि रहेको छ । नयाँ शैक्षिक सत्र, नयाँ बर्ष र बिहेको सिजनलाई जुत्ता उद्योगीहरुले बजार विस्तारको उपयुक्त अवसरका रुपमा लिने गरेका छन् । नेपाली जुत्ताघरले स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित जुत्ताहरुमा बिभिन्न अवसर पारेर बिभिन्न सुबिधाहरु उपलब्ध गराउँदै आएको छ । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । कहाँ कहाँ छन् जुत्ता घर ? नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ५ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । कुन कुन ब्राण्डका जुत्ता पाइन्छन् ? नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् । प्रतिष्पर्धा छाडेर सहकार्यमा आएको नजिर बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् । नेपाली जुत्ताघरले नेपाली जुत्ताहरुको बजार प्रवद्र्धन र प्रतिष्पर्धी कम्पनीहरुको सहकार्यतामा जोड दिँदै आएको छ ।

सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्स बीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड बीच बीमा सेवा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको निर्र्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् । यसबाट बैंककाग्राहकहरु लाभान्वितहुनुका साथै छिटो, छरितो र सहज रुपमाबीमा सम्बन्धी सेवाहरु प्राप्तगर्न सक्ने विश्वास बैंकले लिएको छ ।

एक साताभित्रै ५ कम्पनीको आईपीओ, उत्साहजनक सहभागिताको सम्भावना

काठमाडौं । एक साताको बीचमा ५ ओटा कम्पनीको आईपीओ निष्कासन हुँदैछ । दुईओटा जलविद्युत् कम्पनी, दुईओटा लघुवित्त र एउटा म्युचुअल फण्डको आईपीओ यस सातादेखि प्राथमिक बजारमा निष्कासनको लागि तयारी गरिएको छ । बिहीबारदेखि नै नबिल म्युचुअल ब्यालेन्स फण्ड-२ को १ अर्ब २० करोड रुपैंया बराबरको १० करोड २० लाख इकाई खुला भएको छ । यसको शेयर निष्कासन अवधि छिटोमा सोमबारसम्म छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समाविष्ट दुई जलविद्युत् कम्पनीहरु रसुवागढी हाइड्रोपावर र साञ्जेन हाइड्रोवावरको १ अर्ब ४३ करोड रुपैंयाका १ लाख ४३ हजार कित्ता शेयर शुक्रबारदेखि बिक्रीका लागि खुल्ला हुनेछ । यो आईपीओ छिटोमा आगामी मंगलबार बन्द हुनेछ । उता नेपाल एग्रो र गणपति लघुवित्तको क्रमशः १ करोड ६१ लाख र ३ करोड ३५ लाख रुपैंया बराबरका शेयर निष्कासनको अन्तिम तयारीमा छन् । नेपाल एग्रोको आईपीओ आइतबार (बैशाख ८ गते) देखि खुल्नेछ भने गणपति लघुवित्तको शेयर सोमबार (बैशाख ९ गते) देखि आईपीओ निष्कासन गर्न आह्वानपत्र प्रकाशन गरिसकेका छन् । यी कम्पनीहरुले चैत १८ र चैत ७ गते धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरेका थिए । यसरी नबिल, रसुवागढी, साञ्जेन, नेपाल एग्रो र गणपति समेतगरी ५ ओटा कम्पनीका गरी कुल २ अर्ब ६७ करोड ९६ लाख रुपैंया बराबरका प्रारम्भिक सार्वजनिक निष्कासनहरु यसै साता खुल्ने भएको हो भने गुराँसको २ करोड ५० लाख रुपैंया बराबरको शेयर अर्को साता खुला हुने सम्भावना छ । उसले चैत २६ गते आईपीओ निष्कासनको अन्तिम स्वीकृति पाएको थियो । उत्साहजनक सहभागिताको सम्भावना लघुवित्तको शेयरमा आकर्षण कायमै रहेको अवस्थामा निष्कासनको क्रममा रहेका ७ करोड ४६ लाख रुपैंया बराबरका नेपाल एग्रो, गणपति र गुराँसको शेयरहरु सदाझैँ लगानीकर्ताको आकर्षणको केन्द्रविन्दु बन्ने निश्चित छ । त्यस्तै राम्रो प्रतिफल दिनसक्ने प्रक्षेपण गरिएकोले यी दुई कम्पनीहरुमा शेयर आवेदनका लागि लगानीकर्ता आतुर देखिन्छन् । त्यसैले यी कम्पनीहरुमा उत्साहजनक सहभागिताको सम्भावना देखिन्छ । नबिललाई भने गाह्रो नबिल ब्यालेन्स आईपीओ बिक्री गराउन मुस्किल पर्ने देखिन्छ । बजारमा सञ्चालनमा रहेका म्युचुअल फण्डको कार्यसम्पादन तथा बजारमूल्य राम्रो नभएको परिप्रेक्षमा आउन लागेको फण्डमा आम लगानीकर्ताको आकर्षण कम देखिएको छ । बजारमा रहेका १३ ओटा म्युचुअल फण्डमध्ये १२ ओटाका बजारमूल्य अंकित मूलभन्दा कम हुनु, नबिल म्युचुअल फण्डकै नबिल ब्यालेन्स फण्डको बजार मूल्य समेत अंकित मूल्यभन्दा कम हुनु, एकैपटक ठूलो परिमाणमा ईकाई बिक्री खुल्नु तथा रसुवागढी, साञ्जेन तथा अन्य तीन लघुवित्तहरुको आईपीओ समेत निष्कासनको अन्तिम चरणमा रहनु जस्ता कारणले नबिललाई आईपीओ बिक्रीमा गाह्रो पर्ने संकेत देखिएको हो । यद्यपि बिहीबारदेखि खुल्ला भएको फण्डको ईकाईमा पहिलो दिनमा पर्ने आवेदनले यसको पूर्वसंकेत गराउँछ ।

विग मास्टर लक्की ड्रमा उज्जल राई बने भाग्यमानी, पुरस्कार पाए पल्सर बाइक

काठमाडौँ । रोयल काठमाडौँ हिमालयन बेभरेज प्रालिले यस बर्ष सञ्चालन गरेको विग मास्टर लक्की ड्र कार्यक्रमका भाग्यशाली विजेतालाई पुरस्कार वितरण वितरण गरेको छ । उपत्यकाका लागि मात्र सञ्चालन गरिएको लक्की ड्र कार्यक्रम काठमाडौमा खुल्ला गरिएको हो । लक्की ड्रमा समावेश गरिएका पाँच हजार कुपनवाट प्रथम पुरस्कार १५० सिसिको पल्सर मोटर वाइक पुरानो ठिमि स्थित सुनिमा स्टोरका उज्जल राईले जितेका छन् । उनलाई कम्पनीका अध्यक्ष गणेश चापागाईँले पुरस्कार हस्तान्तरण गरे । लक्की ड्र अन्तरगत प्रथम पुरस्कार मोटर वाइक एक थान , द्वितीय पुरस्कार स्कुटर दुई थान लगायत २० थान रेफ्रिजेटर , १० थान ५५ इञ्चको टिभी र सान्त्वना पुरस्कार अन्तरगत २५ थान मोवाइल राखिएको कम्पनीले जनाएको छ । कम्पनीका बिक्री बितरण प्रमुख मिलन शर्माले शुभकामना मन्तव्य दिदै आफ्ना उपभोक्ता र ग्राहक वर्गमा यस कम्पनिद्वारा उत्पादित वाइनहरु उपभोग र बिक्री गर्न उत्पेरणा र हौसला प्रधान गर्न लक्की ड्र कार्यक्रम सञ्चालन गरिएको बताए । कार्यक्रममा कम्पनीका अध्यक्ष चापागाईँले सम्पूर्ण कर्मचारी, बितरक, ग्राहक वर्ग, उपभोक्ता सबैलाई नयाँ बर्ष २०७६ को शुभकामना दिएका थिए । कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक जिशुन चापागाईँ, क्वालिटी कन्ट्रोल एवम् जेनरल मेनेजर डा विएन मिश्र लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सुनको मूल्य २ सयले घट्यो, प्रतितोला ५९ हजार १ सयमा कारोबार

काठमाडौं । विहिबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन विहिबार ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन भने प्रतितोला ५८ हजार ८ सयमा कारोबार भईरहेको छ । बुधबार प्रतितोला ५९ हजार १ सयमा कारोबार भएको तेजावी सुन बिहिबार ५८ हजार ८ मा बिक्री भइरहेको छ ।  त्यस्तै चाँदी भने प्रतितोला ७२५ मा कारोबार भई रहेको छ ।