विकासन्युज

चलिचत्र ‘वीर विक्रम २’ ले गर्याे पहिलाे पोस्टर सार्वजनिक 

काठमाडौं । चलचित्र ‘वीर विक्रम २’ को पहिलो पहिलाे पोस्टर सार्वजनिक गरेको छ । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म पहिलो पोस्टरमा मुख्य पात्रहरुको मात्र तस्विर सार्वजनिक गरेको छ । च्याम्स इम्टरटेनमेन्ट लण्डन सिने संयुक्त ब्यानमा निर्माण गरिएको चलचित्रमा पल शाह, नजिर हुसेन, नायिका वर्षा सिवाकोटी र कलाकार वुद्धि तामाङ्गको तस्विर पोस्टरमा सार्वजनिक भएको छ । चलचित्र वीर र विक्रमको कथामा आधारित रहेको छ भने नायकमा वुद्धि तामाङ्गलाई खलपात्र देखिने भएको छ । त्यस्तै फिल्ममा नायक पह शाह र नायिका वर्षा सिवाकोटी जोडीको रुपमा देखिएका छन् । पिरतीको मिठो तिर्सना भन्ने बोलको गीत र वाचा गीतले राम्रो बजार जमाईरहेको छ । ‘वीरविक्रम’ मा नाजिर, दयाहा राई, दीया पुनलाई देखिएको थियो । कार्यकारी निर्मातामा अर्पण सापकोटा रहेका छन् भने ‘वीर विक्रम २’ मा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी सत्री, मनिष लिम्बु लगायतका अभिनय रहेको छ ।

सरकारी विद्यालयमा निजी सरहको सुबिधा, प्राविधिक रुपमा स्मार्ट बन्दै ७ सय ९२ विद्यालय

काठमाडौ । सरकारी विद्यालयलाई स्मार्ट बनाउने योजनामा नेपाल दूर सञ्चार प्राधिकरणले सघाउने भएको छ । विद्यालयमा प्राविधिक वातावरणको विकासमा प्राधिकरणले सहयोग गर्ने भएको हो । विद्यार्थीलाई प्रविधि मैत्री बनाउन प्राधिकरण सहयोगी बन्न लागेको हो । नेपाल दुर सञ्चार प्राधिकरणका उप–निर्देशक सुगन शाक्य भन्छन्–‘सरकारी विद्यालयलाई निजी सरहको सुविधा प्रदान गर्नु आजको आवश्यकता हो, यसमा हामीले काम गर्न सक्नु पर्छ, सूचना प्रविधिको प्रयोगशाला स्थापनाले भोलिका दिनमा धेरै क्षेत्रमा सहयोग गर्छ ।’ यो कार्यक्रम काठमाडौ उपत्यकामा मात्रै नभई देशैभर लक्षित कार्यक्रम हो । हाल सरकारले देशव्यापी रुपमा ७ सय ९२ स्कूलहरु छनोट गरिसकेको छ । २ हजार आवेदन मध्येबाट यी स्कूल छनौटमा परेका हुन् । छनौटमा परेको एउटा स्कूलमा कम्तीमा पनि २४ वटा कम्प्यूटर वितरण गरिन्छ । कम्प्यूटर सहित प्रोजेक्टर, राउटर समेत वितरण गरिने विद्यालयलाई प्राविधिक रुपले स्मार्ट बनाउन कम्प्युटर, प्रोजेक्टर, इन्टरनेटका राउटर तथा प्रिन्टर समेत प्रदान गर्ने तयारी भएको छ । अहिलेको युग विज्ञान प्रविधिको युग भएकाले कम्प्युटर शिक्षा अपरिहार्य मानिन्छ । यस्तो समयमा सरकारले सरकारी विद्यायलयमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी यस्तो स्मार्ट पूवार्धार सहितका स्कूलको योजना अघि सारेको हो । साथै, यो कार्यक्रम स्मार्ट स्कूल निर्माणको प्रारम्भिक बिन्दु मानिएको छ । छनौटमा परेका विद्यायलयमा सरकारले प्रविधि मैत्री वातारण निर्माण गर्ने उद्देश्य राखेको पाईन्छ । प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिमबाट प्रत्येक निर्वाचन क्षेत्रमा ३ वटा विद्यालय छनोट गर्ने कार्यविधि बनाइएको थियो । यस्तै १, ३, गण्डकी र ५ बाट भने प्रति निर्वाचन क्षेत्र न्युनतम ४ वटा विद्यालय छान्ने योजना बनाएको थियो ।प्रत्येक स्मार्ट स्कूलका लागि १५ देखि २२ लाख रुपैयाँ बराबरको प्राविधिक सामाग्री प्रदान गर्ने गर्ने प्राधिकरणले जनाएको छ । कुन कुन विद्यालय छानिए ? हेर्नुहोस सूचि  

नेप्से सामान्य अंकले बढेर १२६० बिन्दुमा, छिमेक लघुवित्तको मात्रै ७ करोडको कारोबार

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य ३.७४ अंकले उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबारको नेप्से परिसूचक ०.३० प्रतिशतले बढेर १२६०.६८ अंकमा पुगेको छ । परिसूचकमा सामान्य सुधार देखिएतामा पनि कारोबार रकममा भने गिरावट भएको छ । मंगलबारको बजारमा कुल ६१ करोड ४१ लाख ४७ हजार ४११ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ४२ करोड घटी हो । सोमबारको बजारमा कुल एक अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । मंगलबार सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको सेयर कारोबार भएको छ । लघुवित्तको एकैदिन साधारण र संस्थापक सेयर गरी कुल ७ करोड ५० लाख ४६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी साधारण सेयर ४ करोड ९६ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने बाँकी २ करोड ५३ लाख ८० हजार कित्ता संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, संस्थाको साधारण सेयरको मूल्य प्रतिकित्ता १०२१ रुपैयाँ रहेको छ भने संस्थापक सेयरको मूल्य प्रतिकित्ता ५६४ रुपैयाँ रहेको छ । बजारमा कारोबारमा आएका समूहमध्ये बैंकिङ, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र उत्पादनमूलक समूह हरिया देखिएका छन् । बाँकी ट्रेडिङ्, होटल, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूह राताम्मे देखिएका छन् । सो दिन सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले मंगलबार मात्रै ९.८९ प्रतिशत कमाएका हुन् । सोमबारको तुलनामा मंगलबार इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले बढेर ३८९ रुपैयाँ पुगेको छ ।

परिसंघका पदाधिकारीलाई उद्योग मन्त्रीको स्वागत, ‘देशमा लगानीको वातावरण बन्दै’

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल उद्योग परिसंघको नव–गठित कार्य समितिका पदाधिकारीहरुलाई आफ्नै कार्यालयमा स्वागत गरेका छन् । सो अवसरमा मन्त्री यादवले वर्तमान सरकारको लक्ष्य नै दीगो आर्थिक विकास तथा समृद्धि रहेको बताउँदै नवगठित कार्य समितिले समेत यसलाई आत्मसात गरी आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरे । देशमा लगानीको वातावरण बन्दै गएको, वैदेशिक लगानीका धेरै प्रतिवद्धताहरु आईरहेको परिप्रेक्ष्यमा परिसंघले आफ्ना आगामी कार्यक्रमहरु मार्फत यसको सन्देश देश तथा विदेशमा समेत प्रभावकारी ढङ्गमा पु¥याउन सहयोग गर्नु पर्नेमा मन्त्री यादवको जोड थियो । सोही अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले नेपालको आर्थिक विकास औद्योगिक विकासमा निर्भर रहने भएकोले लगानीको वातावरणलाई अझै राम्रो बनाउन सरकार पछि नपर्ने कुरा व्यक्त गरे । सरकारले मुलुकका सातै प्रदेशमा निर्माण गर्ने नयाँ औद्योगिक क्षेत्रहरुको सञ्चालन निजी क्षेत्रलाई गर्न दिन सकिने सम्भावना रहेको भन्दै यस तर्फ समेत निजी क्षेत्रको ध्यानाकृष्ट गरेका थिए । दुर्गम क्षेत्रमा स्थापना भएका उद्योगहरुको पूर्वाधार निर्माणमा सरकारबाट ढिलाई भएको भए त्यस्ता पूर्वाधारहरु निजी क्षेत्र आफैले निर्माण गर्न चाहे सरकारले वित्तीय/प्राविधिक सहयोग गर्ने सोच समेत बनाई रहेको उनले जानकारी दिए । स्वागत तथा बधाई कार्यक्रममा परिसंघका नव नियुक्त अध्यक्ष सतिशकुमार मोरले विगत देखिनै परिसंघले सरकारसँग सहकार्य गर्दै रचनात्मक सहयोग र सुझावहरु दिंदै आएको र आगामी दिनहरुमा समेत यस्तो कार्य निरन्तर रहने कुरा व्यक्त गरे । सरकारले उद्योगमैत्री नीति लिएको, छोटो समयमा नै उद्योगसँग सम्बन्धित धेरै कानून परिमार्जन गरेकोले देशमा लगानीको वातावरण क्रमशः बन्दै गएको कुरा व्यक्त गरे । सरकार आगामी बजेटको तर्जुमामा लागेकोले उद्योगीहरुको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भएकोले उद्योगीहरुको तर्फबाट नयाँ वजेटसँगै नयाँ जोस तथा स्फूर्ति ल्याउने खालको लगानीमैत्री बजेट आउने अपेक्षा रहेको बताए । सो कार्यक्रममा परिसंघका पदाधिकारी, गभर्निङ काउन्सिलका सदस्य लगायत राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।

ऐन संशोधनपछि कम्पनी बन्द गर्न सजिलो, १ अर्ब ८१ लाख चुक्तापूँजी भएका ४७२ वटा खारेज

काठमाडौं । ऐन संशोधन भएपछि ४७२ कम्पनी खारेजीमा गएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार बैशाख १० गतेसम्म १ अर्ब ८१ लाख ४५ हजार चुक्तापूँजी भएका ४७२ वटा कम्पनी बन्द भएका हुन् । कम्पनी ऐनको पहिलो संशोधनले पुराना कम्पनीलाई चुक्ता पूँजीको ०.५ प्रतिशत शुल्क बुझाएर खारेजीमा जाने सुबिधा उपलब्ध गराएपछि ती कम्पनी खारेजीमा गएका हुन् । पुराना कम्पनीलाई चुक्तापूँजीको ०.५ प्रतिशत बुझाउने प्रावधान अनुसार ४७२ कम्पनीले ५० लाख ४० हजार ७२५ रुपैयाँ राजश्व बुझाएका छन् । पुराना कम्पनी बन्द गर्नको लागि आवेदन फारम, कम्पनी खारेजी सम्बन्धी साधारण सभाले गरेको निर्णयको माइन्युट, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ताको प्रमाणपत्र र अन्य निकायबाट अनुमति लिएका भए त्यस्तो निकायबाट अनुमति लिएको प्रमाणपत्र उपलब्ध गराउनु पर्ने रजिष्टार कार्यालयले जनाएको छ । कम्पनी खोल्न भन्दापनि बन्द गर्न समस्या हुँदै आएको सरोकारवालाले गुनासो गर्दै आएका थिए । ऐन संसाधनसँगै अब विविध कारणले सञ्चालन हुन नसकेको उद्योग प्रतिष्ठान स्वेच्छिक खारेजीमा जान सक्ने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

युनियन हाईड्रोको आईपीओ भर्नुभयो ? छिटो गर्नुस् अब मात्र तीन दिन बाँकी

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको साधारण सेयर(आईपीओ) भर्ने समय अब मात्र तीन दिन बाँकी रहेको छ । कम्पनीले २०७५ साल चैत १३ गतेदेखि निष्काशन गरेको आईपीओको बिक्री आगामी २०७६ वैशाख १२ गते बन्द हुँदै छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ३५ लाख ३४ हजार ३४० कित्ता साधारण सेयरहरु बिक्री गरेको थियो । सो मध्ये कर्मचारीहरुलाई २ प्रतिशत अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरेको थियो भने बाँकी रहेको ३४ लाख ६३ हजार ६५४ कित्ता साधारण सेयरहरु सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो । चैत १३ गतेदेखि बिक्री खुला भएको उक्त आइपीओमा छिटोमा चैत १७ गते बन्द हुनुपर्ने थियो । तर माग अनुसारको आवेदन नपरेपछि कम्पनीले बिक्रीको म्याद थपेर ढिलोमा बैशाख १२ गतेसम्म आवेदन दिन पाउने व्यवस्था लागू गरेको हो । आईपीओ भर्न इच्छुकले न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फाइभको रेटिङ दिएको छ । जसले कम्पनीको अवस्था कमजोर छ भन्ने बुझाउँछ ।

प्रभु बैंकले शुरु गर्यो अनलाइन खाता सेवा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यो सुबिधासँगै खाता खोल्नका प्रभु बैंकको कार्यालयमा जानु पर्ने अवस्थाको अन्त्य भएको छ । सूचना प्रविधिको उपयोग गर्दै घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने व्यवस्था मिलाईएको जनाइको छ । आफु रहेको स्थानबाट अनलाईन खाता खोल्ने आवेदन गर्न आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ । यो सम्पूर्ण प्रकृयाको लागि बैंकको वेबसाइटमा रहेको अनाइन एकाउन्ट ओपनिङ बटन क्लिक गर्नु पर्नेछ । प्रभु बैंकले सञ्चालनमा ल्याएको अनलाईन खाता सम्बन्धी सेवाबाट ग्राहकहरुको समय बचत हुने तथा विना झण्झट आप्mनो समय अनुकुल आफु रहेको स्थानबाट अनलाईन खाता खोली प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकोले अधिकतम ग्राहकहरुले यसबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।

ओप्पोको एफ सिरिजका नयाँ फोन बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं। ओप्पोले आफ्नो एफ सिरिजको नयाँ फोन बजारमा ल्याएको छ। ओप्पो एफ ११ प्रो नाम गरेको उक्त नयाँ फोन सोमबार नेपालमा सार्वजनिक गरेको हो । यस नयाँ फोनले कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्वीर खिच्ने क्षमता राख्दछ । एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा-क्लियर क्यामेरा प्रणाली, राइजिङ क्यामेरा, पानोरामिक स्क्रिनको व्यवस्था छ । ओप्पो एफ ११ प्रो थन्डर ब्ल्याक र अउरोरा ग्रीन गरी दुई रङमा उपलब्ध छन् ।  यो संगै कम्पनीले एफ११ र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिशन पनि सार्वजनिक गरेको छ । ६ जिबी र्याम र १२८ जिबी रोम सन्चय क्षमता रहेको एफ११ प्रोको मूल्य रू ४७ हजार ९९०, एफ ११ को रू ३७ हजार ९९० र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिशनको मूल्य रू ४९ हजार ९९० निर्धारण गरिएको छ । सार्वजनिक सबै फोनहरू अप्रिल २९ देखि बजारमा उपलब्ध हुने बताइएको छ ।