विकासन्युज

सीतापाइलामा अशोक लेलैण्डको दोस्त प्लसको प्रदर्शन

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले नेपालको लागि भारवहन १.५ टन क्षमता रहेको दोस्त प्लस शुक्रबार सितापाईला पार्टी प्यालेसमा प्रदर्शन गरेको छ । उक्त सफ्ट लन्च कार्यक्रमका बीच आइएमई मोटर्स प्रालिले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लन्च र टेस्ट ड्राइभ समेत गराएको छ । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको दोस्त प्लस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५” को टायर, अगाडि ३ र पछाडि ६ स्प्रिङ्ग पत्ता रहेको छ । दोस्त प्लस मोडलको अहिले बजार मूल्य २० लाख ४० हजार रुपैयाँ रहेको छ । दोस्त प्लस गाडीका प्रोडक्ट ईन्चार्ज प्रभातविक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी गर्दै ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देश्यले क्यासलेस बीमा पोलिसी सुविधापनि ल्याएको बताए । अशोक लेलैण्डले अघिल्लो उत्पादन दोस्त स्ट्रङ्गको सफलताबाट उत्साहित हुँदै उक्त गाडीभन्दा धेरै गुणा राम्रो पर्फमेन्स भएको दोस्त प्लस गाडी बजारमा ल्याएको आइएमई मोटर्स प्रालिका सेल्स हेड सुशील थापाले जानकारी दिए ।

शनिवार अन्तराष्ट्रिय रेस्लिङ हुँदै, डिस मिडियाबाट प्रत्यक्ष प्रशारण हुने

काठमाडौँ । नेपाल रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते ३ बजे एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा हुने प्रतियोगितामा ८ देशका टप रेस्लरहरुको सहभागी हुने भएका छन् । रेस्लिङ च्याम्पियनसिपमा करिव ४५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयमा हुन लागेको प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्ड लगाएत खेलाडीहरुको सहभागिता रहने छ । नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी, अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदीप पाण्डे, कुवरे केसी, विकाश खड्का रहेका छन् । प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ । संघले यस अघि काठमाडौंमा २०७३ साल बैशाख ०४ गते पहिलो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप गरेको थियो । पोखरामा २०७३ साल फागुन १८–२१ मा नेपाल भारत मैत्रिपूर्ण प्रतियोगिता र २०७४ साल कात्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप काठमाडौँ र ईटहरीमा सम्पन्न गरिसकेका छ । २०७४ फागुनमा आरडब्लु संग्राम आयोजना भएको थियो ।

बर्दियामा सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौँ । सिद्धार्थ बैंकले शुक्रबार बर्दियाको बाँसगढीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकको बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका उपमेयर सुष्मा चौधरीले गरेकी हुन् । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६५ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

लमजुङको दुईपिप्लेमा एनसीसी बैंकको शाखा बिस्तार

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी बैंक) बैंक लि. ले लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ । दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण तार काट्ने तयारीमा, ‘इन्टरनेट तथा टिभी सेवा बन्द हुँदै’

काठमाडौँ । इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिले इन्टरनेट र टिभी सेवा बन्द हुने चेतावनी दिएका छन् । नेपाल विद्युत प्राधिकरणले पोल तथा अप्टिकल फाइबरको भाडा बृद्धि गरेकोमा आपत्ति जनाउँदै समितिले इन्टरनेट र टिभी सेवा बन्द हुने जनाएको छ । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमसँग सम्झौता गरी ती संस्थाहरुको पोल प्रयोग गरी आफ्नो सेवा प्रवाह गर्दै आएकोमा २०७५ साउन १ गतेदेखि भाडा बृद्धि गरेपछि सेवा प्रदायकहरुले भाडा तिरेका छैनन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समन्वय समितिका संयोजक दिनेश सुवेदीले नेपाल विद्युत प्राधिकरणले तोकेको नयाँ दररेट अनुसार पोल भाडा तिरेमा इन्टरनेट र केबल टिभी सेवा महङ्गो हुन जाने बताए । उनले भने-‘हामीले बार्षिक ९० करोड कमाई गर्दै आएको छौँ, प्राधिकरणलाई मात्र ७५ करोड बुझाउँदा हामी कसरी चल्न सक्छौँ ? त्यसकारण इन्टरनेट र टिभी सेवा बन्द गर्न बाध्य हुन्छौँ ।’ विद्युत प्राधिकरणले नयाँ पोल भाडा दररेट अनुसार भुक्तानी नगरेमा तारहरु काटिदिने निर्णय र पत्राचार गरेपछि व्यवसायीहरु आतंकित भएको उनले बताए । तारहरु काटिए इन्टरनेटमा आधारित सेवाहरु र केबल टिभीहरु ठप्प हुनेछन् । बैंक, एटीएम, एयरलाइन्सहरु, बिमानस्थलका सम्पूर्ण सेवाहरु, सञ्चार माध्यमहरु र मोवाइल टाबरका सेवाहरु ठप्प हुने अध्यक्ष सुवेदीले चेतावनी दिए । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले यसबारेमा आफूहरु वार्तामा बस्न तयार भएपनि आफूहरुलाई बेवास्ता गरिएको बताए । उनले भने-कसैले पनि हाम्रो कुरा सुन्न चाहेको छैन । २०७५ साउन १ गतेदेनि सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत टेलिकम सर्भिस चार्ज लगाएको छ, यसप्रतिपनि व्यवसायीहरुले आपत्ति जनाएका छन् । त्यसैगरी विदेशी च्यानलहरु क्लिन फिड हुनु पर्ने प्रावधानले समेत अप्ठ्यारोमा पारेको संघका अध्यक्ष भट्टले बताए । इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समिति, नेपाल केबल टिभी महासंघ, इन्टरनेट सेवा प्रदायक एशोसियशन र डिश मिडिया नेटवर्क लिमिटेडले प्राधिकरणलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका छन् ।

सिभिल बैंकको १४ प्रतिशत लाभांश पारित, संचालकमा ६ जना निर्विरोध निर्वाचित

काठमाडौँ । सिभिल बैंक लिमिटेडको प्रस्तावित १४.३ प्रतिशत लाभांश पारित भएकाे छ । शुक्रबार सम्पन्न बैंककाे  सातौं र आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई १०.२५ प्रतिशत बोनस र ४.०५ प्रतिशत नगद गरी साे मात्राकाे लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेकाे हाे । आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट बैंकको चुक्ता पूँजीको १०.२५ प्रतिशतका दरले हुन आउने ७४ करोड ४० लाख रूपैयाँ बराबरको बोनस  वितरण गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । १०.२५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी बढेर ८ अर्ब रुपैयाँ नाघ्ने छ । त्यस्तै, कम्पनीले कर प्रयोजनको लागि ०.५४ प्रतिशतका दरले हुन आउने ३ करोड ९१ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । साथै, साधारण सभाले बैंकको संस्थापक शेयरधनीहरुको तर्फबाट इच्छाराज तामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेशबहादुर मल्ललाई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।

‘बैंकिङः आज र भोलि’ विषयक सम्मेलन सम्पन्न

काठमाडौं । नेशनल बैंकिङ  ईन्ष्च्यिुटले ‘बैंकिङः आज र भोलि’ विषयमा शुक्रबार पोखरामा पहिलो पटक सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा बिभिन्न बैकिङ्ग प्रतिष्ठानका करिब १०० जना प्रतिनिधिहरुको सहभागिता भएको थियो । उक्त सम्मेलन नेपाल राष्ट्र बैंक, पोखरा प्रमुख डा. दिल्लीराम पोखरेल र नेशनल बैकिङ्ग ईन्ष्च्यिुटबाट सन्जीव सुब्बाले उद्घाटन गरेका हुन् । उक्त सम्मेलनमा पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण थापा र बंंैकिङ विशेषज्ञ अनलराज भट्टराइको पनि सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व गभर्नर क्षेत्रीले बैंकिङ क्षेत्रमा नैतिकता र मार्गदर्शक सिद्धान्तहरुमा जोड दिएका थिए । त्यसैगरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले वित्तीय प्रणाली र अर्थव्यवस्थामा बैंकहरुको भूमिकाबारे बोलेका थिए । त्यसैगरी बैंकिङ विशेषज्ञ अनलराज भट्टराईले एसएमई लोन, समस्या र सम्भावनाहरु बारे प्रस्तुति दिएका थिए ।

गायक रमेश श्रेष्ठ मेलोडीको ‘सुपरग्लु’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । स्टेज किङको उपाधि पाएका चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘सुपरग्लु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘सुपरग्लु’भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको हो । चर्चित गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतकमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप गरेका छन् । म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् । म्युजिक भिडियोमा चर्चित नायिका निता ढुंगाना नबिन राइ तथा बिशाल लामाको नृत्य तथा अभिनय देख्न सकिन्छ ।   https://www.youtube.com/watch?v=NBhh-f2vSk4