सीतापाइलामा अशोक लेलैण्डको दोस्त प्लसको प्रदर्शन

<p>काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले नेपालको लागि भारवहन १.५ टन क्षमता रहेको दोस्त प्लस शुक्रबार सितापाईला पार्टी प्यालेसमा प्रदर्शन गरेको छ । उक्त सफ्ट लन्च कार्यक्रमका बीच आइएमई मोटर्स प्रालिले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लन्च र टेस्ट ड्राइभ समेत गराएको छ । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै [&hellip;]</p>

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले नेपालको लागि भारवहन १.५ टन क्षमता रहेको दोस्त प्लस शुक्रबार सितापाईला पार्टी प्यालेसमा प्रदर्शन गरेको छ ।

उक्त सफ्ट लन्च कार्यक्रमका बीच आइएमई मोटर्स प्रालिले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लन्च र टेस्ट ड्राइभ समेत गराएको छ । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको दोस्त प्लस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५” को टायर, अगाडि ३ र पछाडि ६ स्प्रिङ्ग पत्ता रहेको छ । दोस्त प्लस मोडलको अहिले बजार मूल्य २० लाख ४० हजार रुपैयाँ रहेको छ ।

दोस्त प्लस गाडीका प्रोडक्ट ईन्चार्ज प्रभातविक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी गर्दै ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देश्यले क्यासलेस बीमा पोलिसी सुविधापनि ल्याएको बताए ।

अशोक लेलैण्डले अघिल्लो उत्पादन दोस्त स्ट्रङ्गको सफलताबाट उत्साहित हुँदै उक्त गाडीभन्दा धेरै गुणा राम्रो पर्फमेन्स भएको दोस्त प्लस गाडी बजारमा ल्याएको आइएमई मोटर्स प्रालिका सेल्स हेड सुशील थापाले जानकारी दिए ।

Share News