विकासन्युज

अनामनगर र सुकेधारामा विस्फोट, ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको अनामनगर र सुकेधारामा विस्फोट भएको समाचार प्राप्त भएको छ । विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ । अनामनगरको घट्टेकुलोमा एक जनाको र सुकेधारमा दुई जनाको मृत्यु भएको बताइएको छ । घटनाबारे थप बिवरण आउन बाँकी छ ।

धरानमा गच्छदारमाथि गोली प्रहार, चार लाख लुटेर लुटेरा फरार

काठमाडौं । जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई आज(आइतबार) अज्ञात समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । स्कुटीमा आएका तीन जनाको समूहले गोली प्रहार गरी उनको साथमा भएको ४ लाख रुपैयाँ लुटेको धरान इलाका प्रहरी कार्यालयले जनाएको छ । गच्छदार पानबारीबाट दिउँसो को१८प ५२९४ नंं नम्बरको मोटरसाइकलबाट धरान फर्कंदै गर्दा तीन जनाको समूहले रोकेर लिफ्ट मागेका थिए । रोकेपछि लुटपाट गरेको र प्रतीकार गर्दा गोली प्रहार गरेको गच्छदारले बताए । उनीहरूले चार राउण्ड गोली हानेकामा दुई गोली उनलाई लागेको थियो । बायाँ कम्मरको माथिल्लो भाग र हातको कुहिनामा गोली लागेका गच्छदारको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानस्थित प्रहरी पोष्टका इञ्चार्ज दुर्गा पराजुलीले जानकारी दिए । घटनापछि धरानको सुरक्षा व्यवस्था कडा बनाइएको सहायक प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । धरानबाट अन्यत्र जाने चारैतिरका नाकामा प्रहरी चेकपइन्ट राखेर लुटेराको खोजी गरिरहेको जनाइएको छ । रासस

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा मेगा बैंकको एटीएम, संख्या ९९ पुग्याे

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा संचालनमा ल्याएको छ । बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा विस्तार गरेको हो । यस सहित बैंकको एटीएम संख्या ९९ पुगेको छ । सन् २०२० को नेपाल भ्रमण वर्षलाई पनि ध्यानमा राखेर विमानस्थलमा विस्तार गरिएको एटीएम सेवाले स्वदेशी तथा विदेशी पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने मेगा बैंकको विश्वास छ । हाल १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।

सेलपेको ब्राण्ड एम्बेस्डरमा हाँस्य कलाकार महजोडी, के हो त सेलपे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडको वालेट लोड गर्न नपर्ने सेलपे सेवाको ब्राण्ड एम्बेस्डरमा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंशआचार्य(महजोडी) नियुक्त भएका छन् । सेलकमले आफ्नो सेवामा स्तरोन्नति गर्दै थप शीर्षकहरुमा सेवा प्रदान गर्ने निर्णयका साथ भुक्तानी सेवा सेलपे शुरुवात गर्न लागेको हो । सेलकमले सन् २०१३ मा टेलिकम सेवा प्रदायक कम्पनी एनटीसी र एनसेलको रिचार्ज गर्दा पिन नं. हाल्नु पर्नेलार्ई विस्थापन गर्दै पहिलोपटक पिनलेस टपअप तथा बिल पेमेन्ट सेवा शुरु गरेको थियो ।| भुक्तानी सेवाको प्रतिस्पर्धी बजारमा सेलकम सबै आधारभूत स्ट्याण्डर्ड सेवा सहित थप नयाँ फिचर र सहज सुविधा प्रदान गर्ने प्रणाली लिएर बजारमा आउन लागेको सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले बताए । के हो त सेलपे ? सामान्य भाषामा बुझ्दा सेलपे एउटा अनलाइन पेमेन्ट सेवा हो । विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमाहलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, पीटुजी, बीटुपी, बीटुबी, बीटुजी आदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा सेलपे स्थापित भएको हो । स्थापित सेलकम प्राइभेट लिमिटेडले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा “सेलपे” को सुरुवात गर्न लागेको हो । कम्पनीका प्रबन्ध निर्देशक पवन प्रधानले नयाँ विशेषता र रणनीतिका साथ बजारमा आएको बताए । ‘सबैभन्दा पहिलो फाइदा सेवाग्राहीले सेलपेमा वालेट बनाउननपर्ने हो’ उनले भने । यस्ता छन् विशेषता सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुबै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्तद्रुत, सरल तथामितव्ययी सेवाहो । सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनिभुक्तानीकालागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देश भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो । विक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपे मार्फत गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्न र अन्य भुक्तानी माध्यमबाट प्राप्त गर्दा लाग्ने शुल्क भन्दा न्युन शुल्कमा सेलपे सेवा प्राप्त गर्न सक्नेछन् । यसरी न्युन शुल्क तथा भुक्तानी रकम तुरुन्तै प्राप्त गरी दोहोरो फाईदा हुने छ । साथै, राज्यको हकमा अन्य (विदेशी) भुक्तानी सेवा प्रदायकले सेवा शुल्क वापत करोडौं विदेशी मुद्रा विदेश जाने हुंदा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले सेलपे जस्तो स्वदेशी भुक्तानी सेवा प्रदायकलाई प्रोत्साहित गरी मुलुकको विदेशी मुद्रा संचयमा योगदान दिन सक्नेछन् ।  

अब एक्सेल डेभलपमेन्ट बैंकबाटै एशियन लाईफको जीवन बीमा किन्न पाइने

काठमाडौं । अब एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा खरिद(किन्न) गर्न पाइने भएको छ । एशियन लाईफ ईन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकबीच “जीवन बीमा सेवा“ सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उक्त सेवा पाउने भएका हुन् । एशियन लाईफले जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्देश्यले एक्सेलसँग सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा एशियन लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एक्सेल डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

डडेलधुरामा माछापुच्छ्रे बैंकको थप २ शाखा रहित बैंकिङ्ग सेवा, संख्या १०० पुग्यो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजय मेरू गाउँपालिका–२ स्थित चमाडार अमरगढी नगरपालिका-७ स्थित पोखरामा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म १०० शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले १०१ वटा शाखाहरु लगायत १०० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २०१ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२२ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

नेप्से दोहोरो अंकले घट्दा ६२ करोडको कारोबार, सबै समूह राताम्मे

काठमाडौं । साताको पहिलो दिनको नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको आइतबारकाे नेप्से बजार बन्द हुँदा ११.९३ अंकले घटेर १३०२.६१ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९१ प्रतिशत घटी हो । त्यस्तै, परिसूचक सहित कारोबार रकममा पनि गिरावट देखिएको छ । आइतबार कुल १६५ कम्पनीको ६२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत बिहीबारको तुलनामा झण्डै ३१ करोड रुपैयाँ घटी हो । गत बिहीबार ९३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । कूल कारोबारमा आएका कम्पनीमध्ये नेपाल बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । बैंकको एकैदिन ४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, शिवम् सिमेन्टको ४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५६० रुपैयाँ रहेको छ । बजारमा कारोबारमा आएका सबैसमूह राताम्मे देखिएका छन् । कारोबारमा आएका कूल ११ समूह मध्ये सबैभन्दा बढी जीवन बीमा समूह ओरालो लागेको छ । बैंकिङ्, फाइनान्स, उत्पादनमूलक, माइक्रोफाइनान्स र म्युचअल फण्ड समूह सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । उता जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशतले घटेको छ ।

सिभिल बैंकको शाखा अब झापाको सुरुङ्गामा पनि

काठमाडौं । सिभिल बैंकले झापा जिल्लाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको छ । उक्त स्थानमा बैंकको आवश्कता महसुस गर्दै सिभिल बैंकल नयाँ शाखाको उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गरेका हुन् । उद्घाटन कार्यक्रममा पोखरेलले नेपाललाई समृद्धितर्पm लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो व्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्यखर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुँजीको निर्माण गर्न आग्रह गरेका छन् । सिभिल बैंकले आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोषकुमार बुढाथोकीले बताए । साथै, यस शाखा सहित बैंकको कुल शाखा संख्या ७५ पुगेकोे पनि छ ।