गैह्र आवसीय नागरिकलाई सेयर कारोबार गर्न बाटो खुला
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गैह्र आवसीय नागरिकहरुलाई सेयर कारोबार गर्न बाटो खुला गरिदिएका छन् । उनले नयाँ बजेटमा गैह्र आवसीय नागरिकहरूले दोश्रो बजार मार्फत पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने बताएका छन् । साथै, सबै प्रकारका धितोपत्र ऋणपत्रको दोश्रो बजार कारोबार विद्युतीय मार्फत गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने छ । सरकारी ऋणपत्र किनबेच गर्नका लागि अनलाइन प्रणाली विकास गरिने छ । धितोपत्रको दोश्रो बजार निश्चित रकम भन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुको स्थायी लेखा नम्बर(प्यान) सहितको विवरण नेप्से तथा सीडीएससी राफसाफ प्रणालीमा आवद्ध गरिने छ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जको संस्थागत सुधार गरिने खतिवडाले बताएका छन् ।
कर्मचारीको तलब २० र १८ प्रतिशतले बढ्यो
काठमाडौं । सरकारले कर्मचारीहरुको तलब २० र १८ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले साउन १ गतेदेखि लागु हुने गरि राजपत्रांकित कर्मचारीहरुको तलब १८ प्रतिशत र राजपत्र अनंकित कर्मचारीहरुको तलब २० प्रतिशतले बढाईको घोषणा गरेका हुन् । त्यस बाहेक कर्मचारीहरुले प्राप्त गर्दै आएको पोशाक र महंगी भत्ता पनि यथावत राखिएको छ ।
उद्योग क्षेत्रमा २ अर्ब ८७ करोड बजेट विनियोजन, उद्योगीलाई ५० प्रतिशत विद्युत महशुल छुट
काठमाडौं । आर्थिक वर्ष २०७६ / ०७७ को बजेटमा उद्योग क्षेत्रमा सरकारले २ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ ।कपडा उद्योगीलाई विद्युत महशुलमा ५० प्रतिशत र बैंक कर्जाको ब्याजदरमा ५ प्रतिशत सम्म छुट दिने भएको छ । निर्माण परियोजनामा पनि स्वदेशी रड तथा सिमेन्ट प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने भएको छ । उद्योग क्षेत्रमा सरकारले २ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ ।
सांसदलाई ६ करोड, राष्ट्रिय सभाका सदस्यको पनि भूमिका
काठमाडौं । स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमले निरन्तरता पाएको छ । चालु आर्थिक बर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड विनियोजन गरिएको त्यस्तो रकम अब ६ करोड पुगेको छ । त्यसका लागि सरकारले ९ अर्ब ९० करोड रुपैंयाँ विनियोजन गरेको छ । अब कार्यबिधी संसोधन गरेर राष्ट्रिय सभाका सदस्यहरुको समेत भूमिका थपिनेछ । एक भन्दा बढी निर्वाचन क्षेत्र भएका क्षेत्रहरुमा संयुक्त रुपमा कार्यक्रम ल्याउन सक्ने व्यवस्था पनि गरिएको छ ।
गरिव तथा दलित बालबालिकाका लागि १ अर्ब ६४ करोड रुपैयाँ विनियोजन
काठमाडौं । गरिव,दलित तथा कर्णाली क्षेत्रका बालबालिकाका लागि १ अर्ब ६४ करोड रुपैयाँ विनियोजना गरिएको घोषणा भएको छ । आगामी आर्थिक वर्ष २०७६।७७ सालको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले गरिब, दलित तथा कर्णाली क्षेत्रका बालबालिकाका लागि १ अर्ब ६४ करोड रुपैयाँ विनियोजनमा गरेका छन् । उक्त रकम विनियोजनमा गरिब, दलित एवं कणाली बालबालिकालाई मध्यनजर गरि छुट्याएको अर्थमन्त्री डा. खतिवडा बताए । उक्त क्षेत्रको प्रभाव साढे ३ लाख जना बालबालिका रहेको दलित बालबालिकाका लागि पहुँच पराउँने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । चालु आर्थिक वर्ष २०७५।७६ मा माहिला, बालबालिका तथा जेष्ठ नागरिक क्षेत्रका लागि १ अर्ब ८८ करोड १२ लाख घोषणा गरेको थियो ।
सरकारले लियो ‘बिग मर्जर’को बाटो, ठूला बैंक र बीमा कम्पनीलाई मर्जरमा लगिने
काठमाडौं । सरकारले ठूला बैंक तथा वित्तीय संस्था र बीमा एक आपसमा मर्जरमा जाने नीति लिएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा अर्थमन्त्री युवराज खतिवडाले त्यस्तो नीति लिएका हुन् । ‘बैंक तथा वित्तीय संस्थाहरुको मर्जर प्रक्रियालाई निरन्तरता दिइनेछ, ठूला बैंक तथा वित्तीय संस्थाहरु समेत एक आपसमा मर्जमा जान प्रोत्साहन गरिनेछ, यस्तो व्यवस्था बीमा कम्पनीका हकमा समेत लागु हुनेछ’ बजेट बक्तव्यमार्फत् खतिवडाले भने ।
‘एक विद्यालय एक प्रशिक्षक’लाई ५ अर्ब बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत “एक विद्यालय एक प्रशिक्षक” लाई ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदमा नयाँ बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
रेल, पानी जहाज र सडकमा १ खर्ब ६३ अर्ब ५२ करोड
काठमाडौं । सरकारले रेल, पानी जहाज र सडक पूर्वाधारको विकासका लागि १ खर्ब ६३ करोड ५२ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको संयुक्त सदनमा पेश गरेको बजेत अनुसार सरकारले रेलमार्ग, पानी जहाज र सडक पूर्वाधारका लागि सो मात्रामा बजेट विनियोजन गरेको हो । जसमा रेल, मोनो रेल र मेट्रो रेलका लागि रेल, पानी जहाज, सडक पूर्वाधारका लागि ७ अर्ब ७० करोड रुपैंयाँ उपलब्ध गराएको छ ।