बैंकमा सुन राख्दा ब्याज पाइने, ब्याजदर र प्रक्रियाबारे माेडालिटी बन्दै
काठमाडौं । अब बैंकमा सुनचाँदीलगायतका बहुमूल्य धातु निक्षेपको रुपमा राखेमा ब्याज पाइने भएको छ । बजारमा लगानी योग्य पुँजी अभाव भएका बेला सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले यस्ता बहुमूल्य धातुलाई निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था गर्न लागेको हो । मौद्रिक उपकरणका रुपमा प्रयोग गरिने यस्ता डेरिभेटिभ वस्तुको उपयोग गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्थाले यस्ता बहुमूल्य धातु निक्षेपको रुपमा स्वीकार गर्दा ‘हेयर कट’ (मूल्य समायोजन) गरी कमोडिटी डेरिभेटिभलाई निक्षेप डेरिभेटिभमा गर्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘यस विषयमा मोडालिटी बन्दैछ, उनले भने ‘सुनचाँदीजस्ता बहुमूल्य धातुलाई मौद्रिक उपकरणका रुपमा प्रयोग गर्ने सरकारी तयारी हो । यस्ता धातु कमोडिटी वस्तु भएपनि यसको खासै उपयोग हुन नसक्दा बैंंकमा शुल्क तिरेर सुरक्षित गर्नु पर्ने अवस्था थियो । अबको यो नयाँ व्यवस्थाले शुल्क तिर्नुको सट्टा ब्याज आउने भएको छ ।
नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता जेठ २० गतेदेखि, साकुरा नेपालले दियाे ९० हजार
बिदुर । आगामी जेठ २० गतेदेखि २९ गतेसम्म संचालन हुने देश्राे नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताका लागि साकुरा नेपाल कन्सल्टेन्सीले म्यान अफ दि म्याचकाे प्रायाेजन गरेकाे छ। कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अनुजकुमार श्रेष्ठले बिहीवार बिहान प्रतियोगिताका आर्थिक संयोजक एवं नुवाकोट जिल्ला फूटवल संघका अध्यक्ष दीपकलाल चित्रकारलाई रु ९०,००० हस्तान्तरण गरेका छन्। प्रतियोगिताको प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ बन्ने खेलाडीहरुलाई उपलब्ध गराईने रु दस हजार नगद पुरस्कार रकमको व्यवस्था साकुरा नेपाल कन्सल्टेन्सीले गरेको हाे। गत वर्ष सम्पन्न प्रथम नुवाकोट गाेल्डकपमा पनि साकुराले नै याे बिधाकाे प्रायाेजन गरेकाे थियाे। जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजना तथा बिदुर नगरपालिकाको संरक्षकत्वमा बट्टार खेलमैदानमा संचालन हुने नुवाकोट गोल्डकप फुटबलमा ‘ए’ डिभिजन क्लवहरु नेपाल अार्मी, नेपाल प्रहरी, मनाङ मर्स्याङ्दी लगायत विभागीय टिमहरु र नुवाकोटको स्थानीय टिम सहित १० टिमको सहभागिता रहने बताईएको छ ।
एनआईबिएल एस क्यापिटलले ५० करोडको खुलामुखी योजना ल्याउने
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल कै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” नामक सामूहिक लगानी कोष सञ्चालन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष नियमावली, २०६७ र सामूहिक लगानी कोष निर्देशिका, २०६९ लागू भएपछि नेपाल मै पहिलो पटक जारी हुन लागेको यो खुलामुखी योजनाको कोष प्रबद्र्धकमा नेपाल इन्भेष्टमेण्ट बैंक लि. रहेको छ । योजना ब्यबस्थापकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको जनाइएको छ । खुलामूखी योजना बमोजिम जम्मा रु. ५० करोड रुपैयाँ बरावरको ५ करोड इकाईको लागी नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएकोमा पहिलो चरणमा रु.१२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २५ लाख इकाई सर्वसाधारणहरुमा जारी गरिने तथा बीज पूँजीको रुपमा रकम रु.७ करोड ५० लाख रुपैयाँ बराबरको ७५ लाख इकाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडले खरिद गर्नेछ । खुलामुखी योजनको लागि आवेदकहरुले आवेदन गर्दा न्यूनतम् १०० र बढीमा २ लाख ५० हजार इकाईका लागि प्रति इकाई रु.१० का दरले भुक्तानी गरी आवेदनदिन सक्ने एस क्यापिटल लिमिटेडले जनाएको छ । खुलामुखी योजनाको जेठ १९ गतेदेखि बिक्री खुल्ला गरिने योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । योजनाले नेपाल स्टक एक्सजेञ्ज लिमिटेडमा सूचिकृत धितोपत्रहरुका साथै मुद्दती निक्षेपमा लगानी गर्नेछ । हाल जारी भएका इकाईहरु बाँडफाँट भएको मितिले ३ महिनापछि मात्र खरिद बिक्रीका लागि खुल्ला हुने जनाएको छ ।
बजेटले उल्ट्यायो शेयर बजारको ५७ करोडको प्रश्न, वित्तीय क्षेत्रको हस्तक्षेपबाट पछि हटे अर्थमन्त्री
काठमाडौं । नयाँ आर्थिक वर्षको बजेट घोषणापछि आज शेयर बजार खुल्दैछ । अर्थतन्त्रको बायोमिटरको रुपमा लिने शेयर बजारले आज त्यसको प्रतिक्रिया देखाउनेछ । खासगरी व्यक्तिगततर्फको पुँजीगत लाभकर घटाउनु र हकप्रद तथा बोनस शेयरको पुँजीगत लाभकर गणना गर्दा वेटेड एभरेज (भारित औसत) आधारमा गणना गर्ने घोषणाले बजारमा उत्साह थप्ने देखिएको छ । अघिल्लो आर्थिक वर्षमा सरकारले व्यक्तिगततर्फको पुँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पु¥याएको थियो । यद्यपी यसले बजारमा खासै नकारात्मक असर पारेको थिएन । जब हकप्रद तथा बोनस शेयरको खरिदमूल्य १०० रुपैंया मानेर त्यसमा पुँजीगत लाभकर उठाउनेगरी आन्तरिक राजस्व विभागले नेपाल स्टक एक्सचेञ्जलाई व्यवस्था गर्न भनेपछि लगानीकर्ताहरू आन्दोलनमा उत्रिएर बजार ठप्प पार्नेसम्मको काम गरेका थिए । आगामी वर्षको बजेटमा सो लाभकर दरलाई ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमात्रै लाग्ने व्यवस्था गर्यो । सरकारले यसअघिको निर्णयबाट पछि हट्दै पुँजीगत लाभकर गणना विधिलाई पनि औपचारिक रुपमा सच्याएको छ । योसँगै महालेखा परीक्षकले पुँजीबजारको पुँजीगत लाभकर असुल गर्नुपर्ने भन्ने टिप्पणी अर्को वर्षदेखि बजारले खेप्नुपर्ने छैन । तर सरकारले सम्बोधन गरेको यो विषयपछि मूल्य समायोजनमा औसत आधारमूल्य गणना गर्ने पद्दतीको भने अन्त्य हुन सक्नेछ । शेयर बजारले गरेको मागमा बजेटले उठाउन नसकेको विषय भनेको अल्पकालीन कारोबारी र दीर्घकालिन लगानीकर्ता छुट्याउने विषय हो । अल्पकालीन रुपमा सट्टेबाजीका लागि कारोबार गर्ने कारोबारीहरुलाई धेरै लाभकर लिनुपर्नेे र दीर्घकालमा बिक्री गर्नेहरुका लागि कममात्रै कर लिनुपर्ने व्यवस्था गर्नुपर्ने बजारको माग भने बजेटले सम्बोधन गर्न सकेको छैन, बरु व्यक्तिगत र संस्थागत लाभकरको अन्तरलाई बढाइदिएको छ । बिग मर्जरको विषय बजेटमा बैंक तथा वित्तीय संस्थाहरुको मर्जर प्रक्रियालाई निरन्तरता दिँदै ठूला बैंक तथा बीमा कम्पनीहरुलाई समेत मर्जरमा लैजान प्रोत्साहित गर्ने नीति लिएको छ । अधिकांश सरकारी स्वामित्वमा रहेका कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकहरुलाई एकीकरण गर्ने नीति लिएको भए मात्रै त्यसले बजारमा एउटा आयाम सिर्जना गर्नसक्थ्यो तर त्यो भएन, त्यसैले यो सम्वोधनको असर बजारमा तत्काल देखिने सम्भावना छैन । लघुवित्तको संरचनाबारे केही बोलिएन अर्थमन्त्री युवराज खतिवडाले केही समयअघि लघुवित्त संस्थाहरुलाई ननबैंकिङ वित्तीय संस्थाको रुपमा विकास भन्दै त्यस्ता संस्थालाई विकास बैंकमा रुपान्तरण गर्नुपर्ने बताउँदै आएका थिए । तर, मौद्रिक नीतिको मार्गदर्शकको रुपमा रहने बजेटले यसबारे कुनै सम्बोधन गरेको छैन, यसले गर्दा बैंकिङ क्षेत्रमा खासै ठूलो संरचनागत परिवर्तनको सम्भावना देखिँदैन । त्यसो त राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका क्रममा त्यस्तो प्रस्ताव गरेको छैन, यो ऐन अहिले अर्थ मन्त्रालयबाट कानून मन्त्रालय पुगेको बताइएको छ । समग्रमा बजेटले शेयर बजारलाई नकारात्मक प्रभाव पार्ने कुनै काम गरेको छैन, तर लगानीकर्ताहरु ज्यादै उत्साहित हुनुपर्ने विषय पनि बजेटमा छैन । त्यसो त मौद्रिक विषयमा अनावश्यक हस्तक्षेप गरेको आरोप लाग्दै आएका अर्थमन्त्री युवराज खतिवडा मौद्रिक विषयको निर्णय राष्ट्र बैंकलाई नै गर्न दिनेगरी पन्छिन खोजेको समेत देखिन्छ । शेयर बजारको आगामी एक वर्षको अवस्था बुझ्न राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिलाई नै कुर्नुपर्ने देखिन्छ ।
सिटिजन लाइफद्वारा ३ लाख मृत्यु दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जीवन सारथी योजना अन्तर्गत मृत्यु दाबी भुक्तानी बापत ३ लाख रुपैंया रकम भुक्तानी गरेको छ । बर्दिबास, महोत्तरीमा मंगलबार एक कार्यक्रम गरी सिटिजन लाइफ बर्दिबासका शाखा प्रमुखले स्वर्गीय श्रिचन महतोकी श्रीमती जानकी महतोलाई उक्त रकम एकमुष्ठ भुक्तानी गरेका हुन् ।
एनआईसी एशियाका ग्राहकलाई किष्ट हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र किष्ट हस्पिटल, काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख बजार व्यवस्थापन अधिकृत दीपक ढकाल र किष्ट हस्पिटलको तर्फबाट हस्पिटलका नायव निर्देशकसुरज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।
चापागाउँ र रामकोटमा सिद्धार्थ बैंकको शाखा
काठमाडौँ । सिद्धार्थ बैंकले बुधबार ललितपुरको चापागाउँ र काठमाडौँको रामकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाईको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।
कञ्चनपुरको पुनर्वासमा प्रभु बैंकले खोल्यो नयाँ शाखा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले कञ्चनपुर जिल्लाको पुनर्वास नपा वडा नं. ३ मा शाखा कार्यालय बिस्तार गरेको छ । उक्त शाखाको बुधबार पुनर्वास नपाका नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।