सानेपामा सवारी दुर्घटना, मोटरसाइकलमा सवार दुई पत्रकारको मृत्यु
काठमाडौं । आइतबार अपरान्ह सानेपाको नयाँ बाटोमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुई जना पत्रकारको सनाखत मृत्यु भएको जनाईएको छ । मृत्यु हुनेमा ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे र नुवाकोटका २८ वर्षीय चन्द्रमणि मुडबरी रहेका छन् । मृतक घिमिरे कृषि पत्रकार थिए । स्रोतका अनुसार पत्रकार घिमिरे मोटरसाइकलमा सवार रहेका थिए । शुरुमा विपरित दिशाबाट आएका दुई जीप ठोक्किएर अनियन्त्रित भएको र उक्त अनियन्त्रित जीपमा अर्को एउटा जीप र मोटरसाइकल आएर ठोक्किन पुगेको स्रोतले जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाको भवन बनाउन ग्लोबल बैंकको ५ लाख सहयोग
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि रु ५ लाख सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक बसन्तकुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै कामु कार्यकारी प्रमुख ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक आरती राणा, बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख बसन्तराज रेग्मी तथा बैँक तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
२० लाख पर्यटक भित्र्याउने योजनालाई दाताले पत्याएनन्, सहयोग जम्मा ६७ लाख मात्रै
काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ मा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूबाट संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय जम्मा ७६ लाख ६० हजार (६० हजार अमेरिकी डलर) रुपैयाँ परिचालन हुने भएको छ । सरकारले पर्यटन वर्ष मनाउँदै गर्दा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूबाट प्राप्त हुने सहयोगमध्ये सबैभन्दा थोरै रकम उक्त मन्त्रालयलाई प्रदान गर्ने तयारी गरेको हो । पर्यटन मन्त्रालयले सन् २०२० सम्म २० लाख पर्यटन भित्र्याउने तयारीमा छ । सरकारलाई विकास साझेदार तथा अन्तर्राष्ट्रिय गैरसरकरी संस्थाले विभिन्न परियोजना संचालन गर्न प्राविधिक तथा अन्य गरी एक खर्ब ८९ अर्ब ४० करोड नेपाली रुपैयाँ सहयोग गर्ने भएका छन् । सो सहयोगमध्ये आगामी आवमा ४४ अर्ब ६४ करोड १५ लाख प्राप्त हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ । विभिन्न परियोजना संंचालन गर्न नेपाललाई प्राप्त हुने कुल सहयोगमध्ये २४ अर्ब ७९ करोड २४ लाख रुपैयाँ अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूमार्फत र १९ अर्ब ८४ करोड ९० लाख द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट परिचालन हुनेछ । आगामी आवमा विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाबाट सबैभन्दा बढी सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त हुने भएको छ । मन्त्रालयलाई ६ अर्ब ७ करोड परिचालन हुनेछ । उक्त मन्त्रालयअन्तर्गतका कार्यक्रम लागि कुल २५ अर्ब ६१ करोड २७ लाख सहयोग परिचालन हुने अनुमान गरिएको छ । बेलायत, नर्वे, न्यूजील्याण्ड, अष्ट्रेलिया, अमेरिकालगायतका विकास साझेदारले उक्त कार्यका लागि प्राविधिक तथा अन्य सहयोग परिचालन गर्न लागेका हुन् । पपुलेशन सर्भिस इन्टर्नेशनलले ११ जिल्लामा महिला स्वास्थ सम्बन्धि कार्यक्रम संचालन गर्न दुई करोड २४ लाख ३९ हजार अमेरिकी डलर परिचालन गर्ने भएको छ भने आगामी आवको लागि ६ करोड ७३ लाख १६ हजार डलर परिचालन गर्ने सरकारी अनुमान रहेको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । वन हार्ट वल्र्ड वाइडले बाग्लुङ, डोल्पा, धादिङ, भोजपुर र सिन्धुपाल्चोक जिल्लामा महिला तथा नवजात शिशुको सुरक्षा संजालको अभिवृद्धि कार्यक्रम संचालन गर्न आगामी आवमा पाँच करोड ८८ लाख २० हजार अमेरिकी डलर परिचालन गर्ने भएको छ ।
इमाडोलमा श्री इन्भेष्टमेन्टको १२ औँ शाखा बिस्तार
काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कं. लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्वर ४ इमाडोलमा बाह्रौं शाखा सञ्चालनमा ल्याएको छ । देशभरीका विभिन्न १२ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको कम्पनीले काठमाडौंमा १ स्थानबाट बैकिङ्ग सुविधा दिने तयारी भइरहेको जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी रु. ८१ करोड, निक्षेप ४ अर्व ३५ करोड तथा कर्जा लगानी करिव ४ अर्ब रहेको कम्पनीले जनाएको छ ।
भरतपुर मिलनचोकमा गरिमाको शाखा बिस्तार
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आईतबार भरतपुर नगरपालिका वार्ड नं. २६ मिलनचोकमा शाखा शाखा कार्यालय सञ्चालन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका वार्ड नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्त रुपमा गरेका हुन् । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गईरहेको चितवनमा बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकहरुबाट समेत सकारात्मक सहयोग प्राप्त भएको कारणबाट यस क्षेत्रमा थप शाखाहरु खोल्न उत्प्रेरित भैरहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंक ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेकोे जानकारी दिए ।
कामना सेवा विकास बैंकले एकैदिन बिस्तार गर्यो २ शाखा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले एकै दिन दुई शाखा सञ्चालन गरेको छ । प्रदेश नं. १ को मोरङ जिल्लाको धरान रोड, विराटनगर र सुन्सरी जिल्लाको इटहरी चोक, इटहरीमा आफ्नो ८५औं र ८६औ शाखा कार्यालय स्थापना गरेको हो । उक्त कार्यक्रम बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उद्घाटन भएको छ । यसैगरी, बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।
रिलायन्सले ६३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, सानिमा क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त
काठमाडौँ । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर(आइपीओ) निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । रु.१००/– दरको ६३ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमालाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
ओपोद्वारा नयाँ ब्राण्ड पहिचान ‘आइ रेनो’ प्रस्तुत
काठमाडौं । ओपोले आफ्नो नयाँ ब्राण्ड पहिचान (ब्राण्ड आइडेन्टिटी) प्रस्तुत गरेको छ । नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको अद्यावधिक पहिचान प्रस्तुत गरेको छ । ओपोले नयाँ ब्राण्ड आईडेन्टिीटी निर्माणका लागि न्यूयोर्कको पेन्टाग्रामका ख्यातीप्राप्त डिजाइनर, एडी ओपारासँग सहकार्य गरेको छ । ओपोको नयाँ ब्राण्ड आईडेन्टिटीले सफलतापूर्वक कम्पनीको रोमाञ्चक विकास र हालको बृद्धि तथा सफलता प्रतिबिम्बित गरेको छ । नयाँ ब्राण्ड ईमेजरीले थप सरल लोगो अनावरण गरेको छ । ओपोको विशेष कर्भ (बक्र)का साथ चरितार्थ गरिएको नयाँ लोगो पृथक तर निकै आकर्षक देखिन्छ । साथै, यसको डिजाइनमा श्रृजनशीलताका लागि पर्याप्त स्थान दिइएको छ । ईमेजरीमा नयाँ रंग प्रणाली(कलर सिष्टम) र भिज्यूअल ले–आउटका साथै कस्टम टाइपफेस, ओपो सान्सपनि समावेश गरिएको छ । ओपोको रचनात्मक भिजनको प्रतीक रेनोले नेपालमा ओपो स्मार्टफोनको विकासका लागि आउँदो १० बर्षका लागि उत्पे्ररकको काम गर्ने कम्पनीको अनुमान छ । यहीभिजनका साथ ओपोले नयाँ उत्पादन अवधारणा, डिजाइन दर्शन र सञ्चार मोडलका साथमा‘आई’म रेनो’ ब्राण्ड क्याम्पेन सञ्चालनमा ल्याएको छ । ‘आई’ म रेनो’ क्याम्पेन अन्तर्गत ओपोले विश्वभरका प्रसिद्ध कलाकारसंग सहकार्य गरी श्रृजनशीलताको शक्ति दर्शाउने प्रयास गरेको जनाएको छ ।