विकासन्युज

मेलम्चीपछिको अर्को ठूलो आयोजना पोखरामा, जापानबाट ४ अर्ब ८१ करोड रुपैयाँ अनुदान

काठमाडौं । पोखरामा खानेपानीको क्षेत्रमा अहिले सम्मकै ठूलो आयोजनाको काम शुरु हुने भएको छ । पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम शुरु गर्न लागिएको हो । खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास आउँदो जेठ २८ गते मंगलबार गर्ने कार्यक्रम छ । खानेपानी मन्त्रालयको उपत्यका बाहिर सुरु हुन लागेको यो पहिलो ठूलो आयोजना हो भने मेलम्ची पछि मन्त्रालयको खानेपानीको क्षेत्रमा शुरु हुन लागेको यो दोस्रो ठूलो आयोजना हो । यो आयोजनाबाट कास्की पोखरा महानगरपालिका क्षेत्र भित्र दैनिक साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने जनाईएको छ । अबको तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको छ । जापानले यो अनुदान रकम सिभिल ठेक्काको लागि दिएको संस्थानले जनाएको छ । जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनी सँग संस्थानले २०७५ फागुन २४ गते सम्झौता गरेको थियो । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो । खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले बताए । अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेण्ट प्लान्ट निर्माण र पाईपलाईन विस्तारमा खर्च हुने महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले जानकारी दिए । दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए । त्यस्तै खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ । पोखराको पस्र्याङ, फूलबारी र कोल पाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्न लागिएको डेपुटी प्रोजेक्ट म्यानेजर महर्जनले बताए । पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो । सन् २००४ मा यसको सम्भाव्यता अध्ययन गरिएको थियो ।

‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ नामको योजना बजारमा ल्याएको छ । कम्पनीले आज(आइतबार) देखि नै लागू हुने गरी ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ उक्त सार्वजनिक गरेको हो । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमकाबीच उक्त बीमा योजना सार्वजनिक गरेको हो । सो अवसरमा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यो योजनामा प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी हुने बताएका छन् । साथै, आजीवन जोखिम बहन गर्नु र बीमा अवधिपश्चात पनि समर्पण मूल्य प्राप्त गर्न, यस योजनाको मुख्य विशेषता रहेको उनले जानकारी दिए । यस्ता छन् विशेषता: कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बीमाङ्क रकम २ लाख रूपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बीमाङ्क रकम राखेर सहभागी बन्न सकिने कम्पनीले बताएको छ । यो बीमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उमेर ६५ वर्ष तोकिएको छ । साथै, यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ । यसमा दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ । बीमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यो योजनाको बीमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ । त्यस्तै, बीमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध-वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले बताएको छ । बीमालेख चालू भएको अवस्थामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखअन्तर्गत पूरा बीमाङ्क रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिनेछ । यसमा बीमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीले बताएको छ । एकल बीमाशुल्क योजनामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस वा एकल बीमाशुल्क रकममध्ये बढी हुने रकम बीमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ । साथै सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अविध समाप्ति पश्चात् जीवनभर कुनै पनि समयमा बीमितको मृत्यु भएमा पुनः बीमाङ्क बराबरको रकम प्रदान गरिनेछ । ९० प्रतिशतसम्म कर्जाको सुविधा यस योजनामा बीमा प्रारम्भ भएको मितिले १ वर्षपछि २ वर्षको पूरा बीमाशुल्क भुक्तानी गरेपश्चात बीमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ । साथै, एकल बीमाशुल्क योजनामा बीमा प्रारम्भ भएको मितिले १३औं महिनादेखि बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

नाराको बार्षिकोत्सव र्याफटिङ गरेरै मनाइयो

काठमाडौ । नेपाल एशोसियसन अफ र्याफटिङ एजेन्सी(नारा) ले आफ्नो ३१ औ वार्षिक उत्सवको अवसरमा शनिबार त्रिशुली नदीमा र्याफटिङ विषेश कार्यक्रम आयोजना गरेर मनाएको छ । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने नाराका साथ उक्त कार्यक्रमसम्पन्न भएको हो । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार तथा पर्यटन प्रवर्धनमा रुची राख्ने पर्यटनप्रेमीहरुको सहभागिता रहेको थियो । त्रिशुली पर्यटकको गन्तन्य बन्दै पर्यटकले त्रिशुलीलाई नै छनोट गर्नुमा काठमाडौबाट छोटो दुरीमा पुग्न सकिने भएकाले हो । राजधानी छाडेर पृथ्वी राजमार्गको केही समयको यात्रा पछि नै र्याफटिङ स्थल पुग्न सकिन्छ । साथै, नेपालको भोटेकोशी, पोखरा लगायतका स्थानमा समेत र्याफटिङको मज्जा लिन सकिन्छ । राजधानी लगाएका स्थानमा अन्य दिन आफ्नो काम तथा दैनिकीमा व्यस्त हुने भएकाले शनिबार र्याफटिङमा आन्तरिक पर्यटकको संख्या बढी हुन्छ । पछिल्लो समय त्रिशुली नदीको चिसो पानीमा यार्फटीङ् गर्न नेपाली–विदेशी दुवैको घुँईचो लाग्ने गरेको जानकारहरु बताउँछन् ।

ग्रीनसिटी अस्पतालमा निशुल्क शल्यक्रिया, रविनाले पाइन् नयाँ जीवन

काठमाडौँ । आठ बर्षसम्म जीबन मरणको संघारमा रहेकी दाङ्ग जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगीले मलद्धारको शल्यक्रिया भएपछि नयाँ जीबन पाएकी छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारको सदस्य रहेकी योगीको अबस्थाको जानकारी पाउना साथ बसुन्धरा स्थित ग्रीनसिटी अस्पतालले आफ्नै अस्पतालमा बोलाई उनको निःशुल्क अप्रेशन गरिदिएपछि उनको परिवारले आफनो छोरीले नयाँ जीवन पाएको बताएको छ । बरिष्ठ वालशल्य चिकित्सक डा. गेहराज दाहालको नेतृत्वमा एनेस्थेसियामा डा. आशिष अमात्य र स्टाफ नर्सहरुको टोलीले पाँच घण्टा लगाएर उनको मलद्धारको अप्रेशन गरिएको थियो । त्यसअघि उनलाई अन्य बिभिन्न अस्पतालमा उपचारका लागि लगिएको तर अप्रेशन सफल हुन नसकेको योगीका परिवारले बताएका छन । ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले यस्तो खालको सेवागर्ने अबसर अस्पताले पायो भने जुनसुकै बेला तयार रहेको बताए । ग्रीनसिटीले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वार विहिनदुई दलितवालिकाहरु ९ महिना उमेरकी लोकमाया सुनार र १३ वर्षिया लिला विकको निःशुल्क उपचार गरेको थियो । कुपण्डोलको सडकमा खुट्टा सुनिएको अबस्थामा मागेर बसेका दष्टिबिहीन दम्पत्ति सन्त मुखिया र उनकी श्रीमतीलाई १५ दिन सम्म अस्पतालमै भर्ना गरी पुर्ण स्वास्थ्य बनाएर पठाइएको थियो भने अहिले सम्म १८ वटा मुटुको अप्रेशन निुशुल्क गरिएको अस्पातालले जनाएको छ ।

गैरआवासीय संघका सदस्यलाई लक्षित गर्दै ‘एनआरएन फ्याम्ली कार्ड’को सुरुवात

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आजबाट ‘एनआरएन फ्याम्लि कार्ड’ को औपचारिक सुरुवात गरिएको छ । गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी ‘एनआरएन फ्याम्लि कार्ड’को सुरुवात गरिएको हो । यो कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु-आमा, श्रीमान-श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने छन् । यद्यपी विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू हुने छैन । संघले सदस्यलाई सदस्यता बापत केही सुविधा पनि प्राप्त होस् भन्ने हेतुले विभिन्न व्यावसायिक प्रतिष्ठानहरुसँग सहमति गरी ति प्रतिष्ठानले आपूर्ती गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको छ । जस अन्तर्गत ती प्रतिष्ठानले संघका कार्ड धारकहरुलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन् । कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपाल भित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरु, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चार सम्बन्धि क्षेत्र, बैकिंङ क्षेत्र, बीमा, फिटनेश सेन्टर लगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् । कार्डको म्याद २ वर्षको हुनेछ । त्यस पश्चात कार्ड पुनः नवीकरण गराउनुपर्नेछ । यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनु पर्नेछ । संघले आफ्ना सदस्यहरुको क्यू आर कोड सहितको कार्ड बनाउने प्रक्रियाको विगतदेखि नै शुरु गरिसकेको छ । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस् भनी यो व्यवस्थाको सुरुवात गरिएको बताए । गैरआवासीय नेपालीहरुको सञ्जाललाई थप बृहत् बनाई उनीहरुले सदस्यता बापत केही प्रभावकारी सेवा सुविधा पाउन सकुन भनि यो कार्डको व्यवस्था गरिएको उनले बताए । यस्तै संघकी उपाध्यक्ष सपिला राज भण्डारीले लामो समयदेखिको प्रयासले सफलता हासिल गरेको बताइन् । आगामी अक्टोबरसम्म कम्तीमा पनि ७ सय विभिन्न स्वास्थ्य, शिक्षा, बैकिंङ, बीमा लगायतका क्षेत्रका प्रतिष्ठानहरुसँग सहमति गरी कार्ड मार्फत विशेष सहुलियतको व्यवस्था गरिने उपाध्यक्ष राजभण्डारीले जानकारी गराए । कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष सपिला राज भण्डारी, मकाउबाट प्रतिनिधित्व गर्नु हुने आइसीसी सदस्य मुकेश बरुवाल, राष्ट्रिय समन्वय परिषद् ओमानका उपाध्यक्ष केशवलाल श्रेष्ठ र सचिव रविन सिल्पकार, एनआरएनए एकेडेमीका संयोजक डा. प्रमोद ढकाल सहित विभिन्न सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

शैक्षिक सम्मेलनको निष्कर्ष,‘व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुसन्धान जरुरी’

ललितपुर । व्यवस्थापन र प्रविधि क्षेत्रको उन्नयनका लागि समयसापेक्ष खोज अनुसन्धानको आवश्यकता बढेर गएको विज्ञहरुले बताएका छन् । आईतबार ललितपुरमा सम्पन्न २ दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका सहभागिहरुले व्यवस्थापन र प्रविधि शैक्षिक प्रमाणपत्रका लागि मात्रै नभई राष्ट्रकै लागि आवश्यक रहेकोमा जोड दिए । कुमारीपाटीस्थित मेगा नेशनल कलेजले आयोजना गरेको व्यवस्थापन र प्रविधिका सम्भावना र चुनौती विषय अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, चीन,बेलायत, अमेरिका, फ्रान्स,जर्मनी लगायत राष्ट्रका प्राध्यापकहरुको उपस्थिति थियो । सम्मेलनका दौरान व्यवस्थापन शिक्षा, प्रविधि शिक्षा, जनशक्ति व्यवस्थापन, अर्थतन्त्र, सेयर बजार , प्रविधि व्यवस्थापन लगायतका विषयमा केन्द्रीत रहेर ४० भन्दा बढी कार्यपत्रहरु पेश भएको थियो । आयोजक मेगा नेशनल कलेजका प्रिन्सिपल डा. घनश्यामप्रसाद साहले सम्मेलनले नेपालभित्र व्यवस्थापन र प्रविधि क्षेत्रमा रहेका सम्भावना उजागर गर्न र चुनौती सामना गर्ने उपाय खोज्न मद्दत गरेको बताउनुभयो । ‘देशविदेशका प्रतिष्ठित प्राध्यापकहरुको कार्यपत्र र त्यसमाथिको छलफलका क्रममा नेपालभित्र व्यवस्थापन र प्रविधि क्षेत्रमा सरकारी र नीजि दुवैक्षेत्रबाट पर्याप्त लगानी आवश्यक रहेको प्रसंग उठ्यो । शैक्षिक क्षेत्रसंगै सरकारी क्षेत्रबाट पनि व्यवस्थापन र प्रविधिको अनुसन्धानमा पहल हुनुपर्ने देखियो’, साहले भने । सम्मेलनमा प्राध्यापक तथा विद्यार्थीहरुले गरेका अनुसन्धानमूलक कार्यपत्रहरुमाथि छलफल भएको थियो । सम्मेलनमा सहभागि युनिभर्सिटी अफ लण्डनका प्राध्यापक जोए फोस्टरले नेपाल र बेलायतबीच कतिपय समानता रहेको भन्दै व्यवस्थापन र प्रविधिका क्षेत्रमा आपसी सहकार्य हुन आवश्यक रहेको बताए । ‘नेपाल र बेलायतले व्यवस्थापन र प्रविधिका क्षेत्रमा आपसी सहयोग बढाउनुपर्छ । विद्यार्थी र प्राध्यापकहरुले मात्रै होइन दुई देशका सरकारले पनि पहल गर्नुपर्छ’, फोस्टरले भने । आधुनिक विश्वमा व्यवस्थापन जटिल बन्दै गएको र प्रविधिको समुचित प्रयोग बिना कुनैपनि प्रतिष्ठान वा राष्ट्रसमेत सही ढंगले परिचालन हुन नसक्ने उनको भनाई छ । त्यस्तै भारतको मेवार विश्वविद्यालयका प्राध्यापक राजेश भट्टले व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्तिको नेपाल र भारतजस्ता राष्ट्रले सधैं अभाव व्यहोर्नुपरेको भन्दै दुवै देशमा दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक सहकार्य बढाउनु पर्ने बताए । नेपाल खुला विश्वविद्यालयका डीन प्राध्यापक डा.रामचन्द्र पौडेलले नेपालमा शैक्षिक अनुसन्धानको क्षेत्रमा शिक्षण संस्थाहरुले लगानी बढाउनु पर्ने बताए । सरकारले पनि शैक्षिक अनुसन्धानका लागि उपयुक्त वातावरण र अवसर दिनुपर्ने भन्दै उहाँले व्यवस्थापन र प्रविधिको क्षेत्रमा हुने शैक्षिक अध्ययनको प्रतिफल राष्ट्रले नै पाउने बताए । नेपालका विश्वविद्यालयहरुको अनुसन्धान क्षमतालाई बढाउन आवश्यक रहेको पौडेलको भनाई थियो । खुला विश्वविद्यालयका सल्लाहकार प्राध्यापक डा. वेद गिरिले विश्वभर व्यवस्थापन र प्रविधि एक गतिशील विषयका रुपमा रहेको भन्दै नेपालमा ढिलै भएपनि यस विषयमा खोजी अनुसन्धान थालिनु सकरात्मक विषय भएको बताए । ‘विश्वभर यस विषयमा शैक्षिक अनुसन्धान निकै प्राथमिकतामा छ । नेपालमा पनि यस अन्तर्राष्ट्रिय सम्मेलनले शैक्षिक अनुसन्धान र खोजका लागि मार्गप्रशस्त गरेको छ । यसमा शिक्षाक्षेत्रका सबैले सहयोग गर्नुपर्छ ।’, गिरिले भने । दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न विश्वविद्यालयका प्रतिनिधि, व्यवस्थापन र प्रविधि विषयका २ हजार बढी विद्यार्थी तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहेको थियो । आयोजक मेगा नेशनल कलेजले शैक्षिक विषयमा अनुसन्धानमुलक सम्मेलनहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ ।

गण्डकी विकास बैंकद्वारा विपन्न विधार्थीहरुलाई स्टेशनरी वितरण

काठमाडौँ । गण्डकी विकास बैंक लि.कावासोती शाखाले शुक्रबार नवलपुर कावासोती नपा वडा नं. १६ डण्डा स्थीत दिपेन्द्र आधारभूत बिद्यालयमा अध्ययनरत विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागी स्टेशनरी वितरण गरेको छ । बैंकले २७ थान झोला, २७ दर्जन कपी, ९ प्याकेट पेन्सील, ३६ प्याकेट पेन तथा ८१ थान नुहाउने साबुन वितरण गरेको छ । संस्थाका सहायक प्रधानाध्यापक नलराज भूर्तेलले संस्थामा रहेका २५३ जना बालबालिकाहरु अध्ययनरत रहेको र सो मध्ये ८० प्रतिशत विद्यार्थी गरीब तथा विपन्न रहेको र सो मध्ये पनि २७ जना वेसहारा रहेको जानकारी दिए । उक्त सहयोग वितरण बैंकका चितवन सव क्लष्टर प्रमखु सुरज शर्मा र कावासोती शाखा प्रमुख भिष्मचन्द्र उपाध्याय सहितको टिमले गरेको थियो ।

सुजुकीले ल्यायो सुपर क्यारीमा विशेष अफर, ‘१ वर्षको निःशुल्क बीमा र २० हजार नगद छुट’

काठमाडौँ । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर ल्याएको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा रु. २०००० को नगद छुटपनि प्रदान गर्ने जनाएको छ । कम्पनीले २ वर्ष/३०००० किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ । कम्पनीद्वारा नयाँ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ्ग सुबिधा उपलब्ध गराएको छ, जस अन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास सेड्युल अनुसार पर्दछ । बजारमा नयाँ सुपर क्यारीको मूल्य रु.११,९९,०००/– रहेको छ । यस्ता छन् विशेषताः सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ्ग क्षेत्र रहेको छ भने ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १६० एम एमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ्ग रेडिएस रहेको छ । लाइट स्ट्रिमिङ्ग ह्वील, मोबाइलचार्जिङ्ग सकेट, डुयअल असिस्ट ग्रिप, मल्टि पर्पोज स्टोरेज स्पेस, बोटल होल्डर आदिजस्ता सुविधाहरु रहेका छन् । १२ इन्चको ह्वील्स, लोड सेन्सर प्रविधि, चुस्त ब्रेकिङ्गको लागि अगाडिको फ्रन्ड डिस्क तथा रियर ड्रम ब्रेक आदिसुपर क्यारीक ा विशेषताहरु हुन् ।